wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 2, 2010

अफगानिस्तानमा डेढसय भन्दा बढी नेपाली पक्राउ

अफगानी राष्ट्रपति हमिद कारजाईले विदेशी सुरक्षा गार्डलाई चार महिनाभित्र मुलुक छाड्न उर्दी जारी गरेकै बेला त्यहाँ डेढ सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। रेस्टुराँ, क्याफे र गैर सुरक्षा संस्थामा कार्यरत नेपाली पक्राउ परेका हुन्।
स्वदेशीलाई रोजगारी दिलाउने र देशको सुरक्षा आफ्नै नागरिकका काँधमा सुम्पने योजनाअनुरूप कारजाईले मंगलबार यस्तो आदेश दिएका थिए।
कारजाईको आदेशभन्दा एक साताअघि नै गैरकानुनी बसोबास गर्दै आएका नेपालीलाई स्थानीय प्रहरीले हिरासतमा लिएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ।
भिसा नाघेका, नक्कली भिसामा प्रवेश गरेका १ सय ५० भन्दा बढी नेपाली अफगानिस्तानका विभिन्न इलाकामा पक्राउ परेको बताइएको छ । तीमध्ये अधिकांश रेस्टुरा, क्याफे र गैर सुरक्षा संस्थामा कार्यरत रहेका जनाइएको छ ।
अफगानिस्तानमा कार्यरत नेपालीबाटै खबर आएकाले स्थानीय रेडक्रसको सहयोगमा उद्धार पहल भइरहेको पनि जनाइएको छ ।
राष्ट्रपति कारजाईले आदेश दिनुअघि नै गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदारलाई स्थानीय प्रहरीले निगरानी र धरपकड सुरु गरेको थियो।
अफगानिस्तानका सुरक्षा शिविरमा युगान्डा र नेपाली कामदार बढी छन्। त्यहाँ १५ देखि २० हजार नेपाली कार्यरत रहेको दूतावासको अनुमान छ।
त्यसमध्ये धेरैजसो तालिबानविरुद्ध लडिरहेको अमेरिकी नेतृत्वको नेटोका आधार शिविर र ती देशका कूटनीतिक नियोगमा कार्यरत छन्।
उनीहरू पहरा दिनेदेखि विदेशी फौजका सहयोगी, भान्से, प्राविधिकलगायत हुन्।
पहरा दिनेमा बेलायती, भारतीय र नेपाली सेनाबाट निवृत्त भएका बढी छन्। बाकी राष्ट्रसंघीय नियोग, रेस्टुरा र विमानस्थलमा काम गर्छन्।
वैदेशिक रोजगार विभागको तथ्यांकमा भने हालसम्म ४ सय ४१ नेपालीमात्र रोजगारीका लागि अफगानिस्तान गएका छन्।

Comments :

0 comments to “अफगानिस्तानमा डेढसय भन्दा बढी नेपाली पक्राउ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger