wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

July 2, 2010

एनआरएनद्वारा दक्षिण कोरियामा नेपालघरको निर्माण

दक्षिण कोरियामा नेपालघर निर्माण भएको छ।
एनआरएन कोरियाद्वारा विगत केही वर्षअघिदेखि सुरु गरिएको अवधारणा अनुरुप राजधानी सोलको दोङदेमुनमा नेपालघरको निर्माण गरिएको हो।
रोजगारीका लागि कोरियामा आई बेरोजगार हुनुपरेका वा अन्य विविध समस्याका कारण अलपत्र हुन पुगेका नेपालीको हितका लागि निर्माण गरिएको उक्त नेपालघर गत साउन ३० गते विधिवत् उद्घाटन गरिएको छ।
सो अवसरमा नेपाली राजदूत कमलप्रसाद कोइरालाले सङ्घसंस्थाबीच एकता भई यस किसिमको शुभकार्य भएकामा सन्तोष व्यक्त गर्नुभयो।
छाङसिन् दोङस्थित एक भवनको दोस्रो तल्लालाई भाडामा लिई निर्माण गरिएको सो नेपालघरमा हाल दुई कोठा रहेको छ भने स्नानकक्ष र भान्छा छुट्टै छ। उद्घाटनसँगै हाल केही नेपाली सो घरमा बस्न सुरु गरिसकेका छन्।

Comments :

0 comments to “एनआरएनद्वारा दक्षिण कोरियामा नेपालघरको निर्माण”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger