wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 20, 2010

प्रधानमन्त्रीका लागि उम्मेदवारी आज

४ साउन, काठमाण्डौ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गर्ने प्रकि्रया मंगलबार हुँदैछ । संसद सचिवालयले विहान ११ बजेदेखि साँझ ५ बजेसम्म दर्ताको समय तोकिएको छ । मंगलबार दर्ता प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धी प्रस्तावमा बुधबार संसदमा मतदान हुनेछ । मतदान मतविभाजनका आधारमा हुनेछ । उम्मेदवारी प्रस्तावको रुपमा दर्ता हुनेछ ।

राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम बहुमतिय प्रकि्रयाबाट प्रधानमन्त्री चयन गर्न गत असार २८ गते संसदलाई आव्हान गर्नुभएको थियो ।

राष्ट्रपतिले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न आव्हान गर्नुभएपछि संसदले प्रधानमन्त्रीको चुनावी प्रकि्रया अघि बढाएको हो । राष्ट्रपतिले दुई पटक गरेर दिएको १२ दिनको समयसीमामा पनि दलहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्न असफल भएपनि बहुमतिय प्रकि्रया सुरु भएको हो ।प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय साघुिरंदै जाँदा पनि सरकारको नेतृत्व लिन त_िम्सएका मुख्य दल मध्ये एकीकृत नेकपा माओवादी र नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न सकेका छैनन् ।नेपाली कांग्रेसले भने संसदीय दलका नेता रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । मुख्य दलले सहमतिको सरकार गठन गर्न असफल भए सरकारको नेतृत्व लिन त_िम्सएको संविधानसभामा प्रतिनिधित्व गर्ने साना २२ दलले पनि प्रधानमन्त्रीका लागि साझा उम्मेदवारी छान्न सकेका छैनन् ।

Comments :

0 comments to “प्रधानमन्त्रीका लागि उम्मेदवारी आज”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger