wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 22, 2010

प्रधानमन्त्रीको टुंगो लागेन, अर्को निर्वाचन शुक्रबार

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले स्पष्ट बहुमत हासिल गर्न नसके पछि बुधबार प्रधानमन्त्रीको टुंगो लाग्न सकेन । एमालेले भने अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।प्रधानमन्त्रीका प्रत्यासीहरुले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि आगामी शुक्रबार दिउँसो १ बजे बस्ने संसदको अर्को बैठकले नयाँ प्रधानमन्त्रीको टुंगो लगाउने छ ।

संसदमा मतविजनका आधारमा गरिएको निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त गर्न सक्नु भएन ।दुई तिहाई बहुमत हासिल गर्न नसक्ने अवस्था आएपछि एमालेले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।संसदमा उपस्थित ५ सय ९७ सभासद मध्ये माओवादी अध्यक्ष प्रचण्डको पक्षमा २ सय ४२ र विपक्षमा १ सय १४ मत परेको थियो ।
तटस्थ सभासदको संख्या भने २ सय ३६ जना थिए ।

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका उम्मेदवारीका लागि उपाध्यक्ष डा. बाबुराम भट्राईले प्रस्ताव गर्नु भएको थियो भने अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन जनाएनुभएको थियो ।
यस्तै संसदमा उपस्थित ५ सय ९७ सभासद मध्ये कांग्रेस नेता पौडेलको पक्षमा १ सय २४ र विपक्षमा २ सय ३५ मत परेको थियो । पौडेलको पक्षमा मतविभाजन हुने क्रममा २ सय २८ जना सभासद भने तटस्थ बसेका थिए ।पौडेलको प्रस्तावकमा भने वरिष्ठ नेता शेरबहादुर देउवा रहनुभएको थियो भने समर्थकमा महामन्त्रीद्धय कुलबहादुर गुरुङ र विमलेन्द्र निधि रहनुभएको थियो ।प्रधानमन्त्रीका प्रत्यासी एमालेका अध्यक्ष झलनाथ खनालको पक्षमा ४ सय १ मत प्राप्त हुने लिखित सहमति नआए उम्मेदवारी फिर्ता लिने सर्त अनुसार नै आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिएको घोषणा खनालका प्रस्तावक वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको हो ।
कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका नेपालले आफ्नो पार्टी सहमतिको पक्षमा रहेकाले सहमतिको वातावरण बनाउन उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।
अन्तरिम संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीमा चयन हुन हाल कायम ५ सय ९९ सभासदको बहुमत अर्थात ३ सय मतको आवश्यकता पर्छ ।

Comments :

0 comments to “प्रधानमन्त्रीको टुंगो लागेन, अर्को निर्वाचन शुक्रबार”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger