wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 23, 2010

प्रधानमन्त्रीको टुंगो आज नलागे साउन १७ मा निर्वाचन

व्यवस्थापिका संसद अन्तर्गत कार्याव्यवस्था परामर्श समितिले नयाँ प्रधानमन्त्रीको टुंगो आज नलागे आगामी साउन १७ गते पुनः तेस्रो पटक निर्वाचन गर्ने मिति तोकेको छ ।तेस्रो चरणको मिति तोक्ने विषयमा मुख्य तीन दलवीच मतभेद भएपछि मध्यान्ह सवा १२ बजे डाकिएको परामर्श समितिको बैठक साँझ मात्र बसेको हो ।

विहीबार साँझ बसेको परामर्श समिति बैठकले आजको संसदमा हुने दोस्रो पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसके तेस्रो पटकका लागि आगामी १७ गतेको मिति तोकेको चुरेभावर एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले जानकारी दिनुभयो ।

परामर्श समितिको बैठकले अर्को निर्वाचनको मिति तय गर्न ढिलाई भएका कारण दिउँसो १ बजेका लागि डाकिएको संसद बैठक केही वेरपछि बस्दैछ ।
कांग्रेसले आफ्नो गाउँ, क्षेत्र र जिल्ला अधिवेसनपछि मात्रै प्रधानमन्त्री चयनको नयाँ मिति तोक्नुपर्ने बताएको थियो भने एमालेले भोलि नै तेस्रो चरणको निर्वाचनको मिति तय गर्नुपर्ने दवाव दिएको थियो ।
एमालेले दोस्रो चरणमा पनि प्रधानमन्त्री चयन गर्न नसकिए संसदको निर्वाचन नियमावलीलाई नै संसोधन गरेर नयाँ व्यक्तिले पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा अघि सारेको छ ।
बुधबारको संसद बैठकमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत हासिल गर्न नसके पछि पुनः निर्वाचनका लागि आजको लागि बैठक बोलाईएको हो । प्रधानमन्त्रीका अर्का उम्मेदवार एमालेका अध्यक्ष झलनाथ खनालले भने बुधबारको निर्वाचनमा अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
आजको निर्वाचनमा एमाले र मधेसीवादी चार दल तटस्थ बस्ने निर्णय गरेकाले दोस्रो निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावन न्यून रहेको छ ।

Comments :

0 comments to “प्रधानमन्त्रीको टुंगो आज नलागे साउन १७ मा निर्वाचन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger