wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 19, 2010

उडायो बाचा सबै हुरीले




२०६३ माघ १ गते अन्तरमि संसद्मा सहभागी हुने बेला तत्कालीन नेकपा माओवादीले 'हामी कांग्रेस-एमालेजस्तो विधायिका संसद्को बैठक चलिरहेका बेला अनुपस्िथत हुने छैनौँ । सबै बैठकमा हाम्रो अनिवार्य उपस्िथति हुनेछ' भन्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । प्रारम्भिक दिनमा उसले प्रतिबद्धता कायम गर्ने प्रयत्न पनि गर्‍यो । जस्तो- बैठकका दिन सबै एउटै गाडी चढेर सिंहदरबार जाने, एकै किसिमको लुगा लगाउने, सामूहिक रूपमा बस्ने आदि ।
 समय घर्कंदै जाँदा उनीहरूको प्रतिबद्धता भने पानीको फोका बन्यो । सामूहिक गाडीको सट्टा हरेकका लागि गाडी हुन थाले । समान पहिरन 'स्टाइलिस' र विविध पहिरनले विस्थापित गर्न थाल्यो । यसलाई नियन्त्रण गर्न पार्टीले आचारसंहिता त ल्यायो तर त्यसले पनि केही लछारपाटो लाउन सकेन । हुँदाहँुदा प्रधानमन्त्रीका लागि चौथो चरणको निर्वाचनको दिन साउन २१ गते त आफ्नै पार्टीबाट प्रधानमन्त्री पदका उम्मेदवार बनेका प्रचण्डलाई मत खसाल्न झन्डै तीन दर्जन माओवादी सभासद् अनुपस्िथत रहे । जबकि, माओवादीले साउन ५ गतेको निर्वाचनमै आफ्ना सबै सभासद्लाई प्रचण्डलाई मत हाल्न ह्वीप जारी गरेको थियो ।

यसो कल्पना गरौँ त, सिंहदरबार छिर्दाको माओवादी र अहिले सिंहदरबारभित्रको माओवादी !

Comments :

0 comments to “उडायो बाचा सबै हुरीले”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger