wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 24, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/ दुर्घटनामा १४ जनाको मृत्यु, सेनाको हेलिकप्टर उद्धारका लागि तयार, मौसमले साथ दिएन


अग्नि एयरको ट्वीनअटर विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा मंगलबार विहान दुर्घटना हुँदा  १४ जनाको मृत्यु भएको छ । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका तीन जना सदस्य थिए ।घटनास्थलमा लक्की शाह र नवल सुनामको परिचय पत्र फेला परेको छ ।काठमाडौंबाट विहान सात बजे पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको हो ।विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् ।
घटनास्थलमा शवका टुक्रा यत्रतत्र छरिएको र विमान पूर्णरुपमा क्षतिग्रस्त भएको स्थानीयबासीलाई उद्धृत गर्दै एकीकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामिछानेले जानकारी दिनुभयो ।उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, फापरबारी र हात्तिसुढे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ । पानी परिरहेकोले उद्धारमा कठिनाई भएको छ । स्थानीय खोलामा बाढी आएकोले घटनास्थलमा जान कठिनाई भइरहेको प्रहरी प्रमुख गौतमराज कट्टेलले जानकारी दिनुभयो ।स्थानीय वासिन्दाले शवहरु यत्रतत्र छरिएको बताएका छन्। अहिले स्थानीयहरु घटनास्थलमा पुगेर लास कुरेर बसेका छन्। प्रहरी घटनास्थल पुगेको छैन। दुर्घटनामा पर्नेहरु जिवित रहने सम्भावना कम छ। लुक्ला विमानस्थलमा अवतरण गर्न नसकेको विमान काठमाडौं फर्किएको थियो। नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरे पनि मौशमका कारण उड्न सकेको छैन।शिखरपुर गाविसको वस्तीपुरमा दुर्घटना भएको हो। विमानमा ६ विदेशी, ५ नेपाली २ पाइलट र एक एयर होस्टेज रहेका थिए। स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार खराब मौशमका कारण त्यहाँ पुग्न सकिने अवस्था छैन। उनीहरुले विमान चिन्न समेत नसकिने अवस्थामा रहेको बताएका छन्। दुर्घटनाबारे यथार्थ जानकारी आउन सकेको छैन। अविरल वर्षाका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ।९ एन ए एच ई कल साइन (विमान नम्बर) रहेको विमान बिहान ७ बजे लुक्लाको लागि उडेको थियो। लुक्लाको मौशम खराब भएको लुक्ला विमानस्थल टावरले जानकारी दिएपछि विमान फर्किएको थियो। ७:३० बजे विमान दुर्घटनामा परेको हो। विमानका चालक लक्की शाह र सह चालक सोफिया सिंह रहेको नागरिक उड्ययन प्राधिकरण स्रोतले बताएको छ। विमानको सहचालक भने महिला पाइलट रहेको बताइएको छ।

Comments :

0 comments to “अग्नी एअरको विमान दुर्घटनाग्रस्त/ दुर्घटनामा १४ जनाको मृत्यु, सेनाको हेलिकप्टर उद्धारका लागि तयार, मौसमले साथ दिएन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger