wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 25, 2010

आज गाईजात्रा पर्व बिभिन्न कार्यक्रम गरी मनाइदै


९ भाद्र, काठमाडौं । दिवङ्गत हुनेहरुको आत्मशान्तिका लागि बुधबार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साँस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । गाईजात्रामा एक वर्ष भित्र दिवङ्गत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी टोलमा परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गरिएकाहरुलाई श्रद्धालुहरुले अन्न र पैसा दान गर्छन् । गाईजात्रा निकाल्दा वर्षभरी दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी तर्छन् भन्ने जनविश्वास छ ।तत्कालीन मल्लकालीन राजा प्रताप मल्लले पुत्र वियोगले शोकविह्ल भएकी आफ्नी रानीलाई अरुका सन्तान पनि मेरका हुन्छ भनि सान्त्वना दिलाउन भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा निकाल्न नगरबासीलाई निर्देशन दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर, दाङ, पाल्पालगायत जिल्लामा गाईजात्रा र लाखे नाच सुरु भएको छ । गाईजात्रादेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको दिन सम्पन्न हुन्छ ।पछिल्लो समय गाईजात्रा पर्वलाई राजनीति र सामाजिक विकृतिलाई व्यङ्ग्य प्रहार गर्दै मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभर प्रहसन लगायतका व्यङ्ग्यात्मक कार्यक्रम आयोजना भइरहेको छ । रेडियो तथा टेलिभिजनहरुले पनि गाईजात्रा विशेष कार्यक्रम चलाएका छन् भने पत्रपत्रिकाले गाईजात्रा विशेषाङ्क निकालेका छन् ।

Comments :

0 comments to “आज गाईजात्रा पर्व बिभिन्न कार्यक्रम गरी मनाइदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger