wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 26, 2010

माओवादी बैठकमा शिर्ष ३ नेताको आ-आफ्नै प्रतिबेदन प्रस्तुत

९ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन मध्यमार्गी भएको भन्दै उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराइले पनि छुट्टा-छुढ्टै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको निर्बाचनमा बहुमत पुग्न नसकेको अवस्था, अवरुद्ध शान्तिप्रक्रिया र संविधान लेखन तथा बढ्दो बैदेशिक हस्तक्षेपलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।पोलिटव्युरो सदस्य अग्नी सापकोटाका अनुसार यसअघिको पोलिटव्युरो बैठकले पारित गरेको दस्तावेज थप व्याख्या सहित बैठकमा प्रस्तुत गरिएको छ । प्रचण्डले सापकोटाको सहयोगमा काभ्रेको धुलीखेलस्थित मिराबेल होटेलमा बसेर केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज तयार पार्नुभएको थियो ।

अध्यक्षले छलफलका लागि पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीले अगाडि बढाईरहेको क्रान्तिलाई सडक, सदन र सरकारका माध्यमबाट अघि बढाउनु पर्ने प्रस्ताब गरिएको छ भने उपाध्यक्ष बैद्यको प्रतिवेदनमा पार्टीले अगाडि बढाएको क्रान्तिलाई सफल बनाउन जनविद्रोहमा जानु पर्ने प्रस्ताब गरिएको छ । यस्तै डा. बाबुराम भट्टराईले पार्टी सुदृढिकरणका विभिन्न प्रस्ताव समेटिएको प्रतिवेदन पेश गर्नुभएको छ ।
समसामयीक राजनीतिक परिस्थितिको समिक्षा गर्दै नयाँ रणनीति तय गर्न एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक बुधबारदेखि राजधानीमा सुरु भएको हो ।
काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारबाट सुरु भएको बैठकमा तीनै नेताको प्रतिवेदनमाथि छलफलसहित अग्रगामी यात्राको कार्यदिशा तय गर्ने माओवादीले बताएको छ । बैठक विहीबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

Comments :

0 comments to “माओवादी बैठकमा शिर्ष ३ नेताको आ-आफ्नै प्रतिबेदन प्रस्तुत”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger