wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 26, 2010

हेर बाढिको बिजोग

गत सोमबारदेखि परेको अविरल वर्षाको कारण मुलुकभर गएको बाढीपहिरोमा दर्जनको ज्यान गएको छ । आज विहानै रौतहटमा २० घर बगाएको समाचार प्राप्त भएको छ । रौतहटको पश्चिम तर्फको गाविसमा लालबकैया नदिले २० घर बगाएको हो ।विगत चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट चितवनमा एक जनाको मृत्यु र एक महिला वेपत्ता भएकी छिन् । सो बाढीका कारण चितवनको माडीसँग सदरमुकाम भरतपुरको यातायात सम्बन्ध बिच्छेद भएको छ भने गर्दी र बघौँडा गाविस जलमग्न भएको छ बताइएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त गौतमका अनुसार सो क्षेत्रका मानिसहरूसँग मोबाइल सम्पर्क भइरहेको छ । बाढीले बगाएर दक्षिण अयोध्यापुरी ६ मा स्थानीय खोलाले बगाउँदा ५२ वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको हो । उनको शव स्थानीयबासीले फेला पारेका छन् ।
यस्तै माडीको बगई खोलाले स्थानीय सुकराम चौधरीकी श्रीमतीलाई बगाएर बेपत्ता बनाएको छ । बेपत्ता महिलाको खोजि भईरहेको प्रहरीले जनाएको छ । बाढीका कारण भरतपुर तर्फ आउदैं गरेको एक यात्रुबाहक बसलाई हिजो दिउसो बगई खोलाले बगाएको छ । उता,गएरातिदेखि भइरहेको अविरल बर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त भएको छ । झापा जिल्ला भइ बग्ने नदी निरन्तर रूपमा बढिरहेको भइरहेको छ भने विरिङ्गखोलाले डाँगीबारी–३ मा खेतीयोग्य जमिन कटान गरिरहेको छ ।
बर्षा निरन्तर रूपमा जारी रहिरह्यो भने झापामा व्यापकरूपमा क्षति हुने सम्भावना बढेर गएको छ । यसैबीच, भाद्र ६ गतेका दिन कमल खोलामा डुबेर बेपत्ताभएका एक व्यक्तिको शव आज जिल्लाको दक्षिणभेगको महाभारा गाविसस्थित खोलाको किनारमा फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त शव कोरोबारी–१ बस्ने ३५ बर्षीय मदन कटुवालको रहेको छ । त्यस्तै हिजोदेखि आएको अविरल वर्षाका कारण त्रियुगा नदीको बाढीमा परेका २२ घरका ३२ जना पीडितहरुलाई सुरक्षाकर्मीहरूले छ घन्टापछि उद्धार गरी निकालेका छन् । यसैक्रममा आफ्ना आमाबाबुलाई उद्धार गर्न गएका २४ बर्षीय राजकुमार चौधरीलाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।त्यसैगरी, बाजुरा जिल्ला गोत्री गाविस–५ थाडीकाडा गाउँमा हिजो दिनभरी आएको अविरल वर्षाका कारण घरबाट बाहिर निस्कने क्रममा घरको आँगनबाट आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् । उक्त महिलाको नाम खुल्न सकेको छैन । उनको अझैसम्म भेटिएको छैन । उनको मृत्यु भएको आशंका गरिएको छ ।अविरल वर्षापछि कोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा पर्ने महेन्द्रनगर गाविसका ६ घर बगाएको छ । महेन्द्रनगर गाविसका जलाल र चिलिया टोलका घर बगेका हुन् ।
जलालका भागवत उराउ, राजेन्द्र उराउ, चन्द्र उराउ, श्रीप्रसाद उराउ, टुप्पा उराउ र चिलियाका तारु चौधरीको घर बाढीले बगाएको छ । घर बगे पनि मानवीय क्षति भने भएको छैन । प्रकाशपुर र महेन्द्रनगर गाविसमा कटान जारी रहँदा तीन हजार घर परिवार उच्च जोखिमा परेका छन् ।स्थानीयबासी सुरक्षित स्थानको खोजीमा रहेपनि चारैतिरबाट कोसी नदीले घेरिएकोले उनीहरुको उद्धार हुन सकेको छैन । ठूलो बाढीको कारण श्रीलङ्का टापुसम्म पुग्ने डुङ्गा पनि चल्न सकेका छैनन् ।

Comments :

0 comments to “हेर बाढिको बिजोग”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger