wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 27, 2010

संसद् असफल कि प्रचण्ड ?


विश्वप्रकाश शर्मा
गिरिजाप्रसाद कोइरालाले मृत्युशय्याबाट स्नेहपूर्वक सम्झाउनुभएको थियो, 'पुष्पकमलजी तपाईंको काँधमा दायित्व छ जिम्मेवार भएर अगाडि बढ्नुहोस् ।' कोइरालासँग त्यतिबेला न प्रधानमन्त्रीको पद  थियो, न कांग्रेस सभापतिको सक्रिय अभिभारा तर पनि मुलुककै अभिभावकत्वको उचाइबाट उहाँले सम्झाउनुभयो । देहत्याग गरिरहँदा जम्माजम्मी देशको चिन्ता प्रकट गरेर कोइरालाले शान्तिको 

नायकत्व र सम्भवतः आफूपछि त्यही अभिभावकत्वको दायित्व हस्तान्तरण गर्न चाहनुभएको थियो दाहालमा । तर दुर्भाग्य दल, गुट, पद र प्रतिष्ठा चिन्ताको बदौलत उहाँ 'प्रचण्ड' रहिरहनुभयो, 'पुष्पकमल' भएर फक्रन सक्नुभएन, साझा नेताका रूपमा ।विस्तृत शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता कोइरालाले सहहस्ताक्षरकर्ता दाहाललाई 'अब सम्हाल्नुहोस्' भन्नुको अर्थ प्रधानमन्त्रीको पदमा ज्यान फाल्नुहोस् भन्ने पक्कै थिएन । प्रमुख हस्ताक्षरकर्ताको देहावसानपछि यदि मुलुकले आशाको नजरले सहहस्ताक्षरकर्तातर्फ हेरेको थियो भने त्यो सान्दर्भिक नै थियो । लडखडाएको शान्ति यात्रालाई सम्हालेर दोस्रो स्थानका नेता दाहालले रिक्त प्रथम स्थान ओगट्न सक्नेछन् र ओगटेमा आपत्ति हुनेछैन भन्ने मनोविज्ञानमा थियो मुलुक । तब मुलुकले नवीन राजनेता प्राप्त गर्ने थियो र गत जेठ १४ मै नवीन संविधान पनि ।
त्यो जरुर सम्भव हुने थियो प्रधानमन्त्री पदबाट टाढा उभिन दाहाल तयार भइदिएको भए, जसरी राष्ट्रपतिको पदबाट सहजै पर उभिनुभएको थियो कोइराला । दबाब, तनाव र द्वन्द्वको मार्गबाट राष्ट्रपति बन्नतर्फ लाग्नुभएन उहाँ, बरु विनम्रतापूर्वक उक्लिनुभयो राष्ट्रपिताको उचाइमा । दाहालले भने प्रधानमन्त्री पदका लागि सडक आन्दोलनपछि पराजयको दोस्रो 'ह्याटि्रक' उत्सव संसद्मा मनाउने तयारीमा कुनै लज्जाबेगर सामेल रहेर उहाँमा राजनेता खोज्ने हाम्रो इमानदार मुख्र्याइँलाई इमानदारीपूर्वक तातोपानी खन्याइदिनुभएको छ ।

कांग्रेसको उम्मेदवारी प्रधानमन्त्री पदमा नेपाली कांग्रेसले गरिरहेको दाबी माओवादी अध्यक्षको भन्दा 
बिल्कुल भिन्न छ र सामयिक छ । सबैभन्दा ठूलो दलको हैसियतलाई प्रधानमन्त्रीको मार्गप्रशस्त गर्ने सहजता दुई वर्षअघि कांग्रेसले प्रस्तुत गरेकै थियो । प्रतिपक्षमा सालीनतापूर्वक रहेर माओवादी अध्यक्षको सरकारलाई शान्ति प्रक्रिया अघि बढाउन कांग्रेसले सघाएकै थियो । बिमतिका मुद्दा संसद्मा उठायो तर संसद् एकछिनमात्र पनि अवरुद्ध गरेन । कब्जा, बन्दुक र विद्रोहका भाषण प्रधानमन्त्रीकै कुर्सीबाट गुन्जिएको सुन्यो तर एक दिन मात्र पनि 'नेपाल बन्द' गरेन । धैर्यपूर्वक कांग्रेस प्रतिपक्षमा उभियो तर अधैर्य प्रवृत्तिको परिणाममा माओवादी पार्टी सरकारबाट सडकमा फर्कियो ।
माओवादी नेतृत्वको सरकार कांग्रेसको अविश्वास प्रस्तावले गिरेको थिएन । उमंगबाट सुरु त्यो सरकार उन्मादमा आफैं विसर्जित भएको थियो । राजतन्त्र हटाउन कांग्रेस प्रधानमन्त्रीले
सहमति र विधिको जुन मार्ग अख्तियार गर्नुभएको थियो, जम्माजम्मी सेनापति हटाउन चाहँदा माओवादी प्रधानमन्त्रीले त्यसको ठीकविपरीत मार्ग रोज्न पुग्नुभयो । परिणाममा 'बुमराङ' को दैलोमा दाहालजीको नेतृत्व थला परेपछि कांग्रेसले दोस्रो ठूलो दलको हैसियतमा सरकारको नेतृत्व माग गरेन । कम्युनिस्ट प्रधानमन्त्रीको एक अर्को कम्युनिस्ट विकल्पका लागि कांग्रेसले रातो मखमली कपडामा बेरेर झलनाथ खनालजीको पार्टीसमक्ष पेस गरेको थियो प्रधानमन्त्री पदको कोसेली । तर न ती वाम न यी वाम कसैले पनि काम तमाम गर्न नसकेपछि अन्ततः कांग्रेस आफैंले सत्ताको 'कमान्ड' सम्हाल्ने निधोमा पुग्न बिल्कुल स्वाभाविक थियो र छ ।
शान्ति प्रक्रियाको प्रारम्भिक कालखण्डमा मुलुकको नेतृत्व कांग्रेसले गरेको थियो । विस्तृत शान्ति सम्झौता भइरहँदा, माओवादी लडाकुलाई 'क्यान्टोन्मेन्ट' मा थन्क्याइरहँदा, अन्तरिम संविधानको लेखन र घोषणा हँुदै गर्दा, संविधानसभाको चुनाव गराइरहँदा र गणतन्त्र कार्यान्वयनको इतिहास निर्माण गरिरहँदा मुलुकको प्रधानमन्त्रीको गहन दायित्वमा कांग्रेस थियो । जडता, अवसरवाद र अतिवादबाट मुक्त रहेर समन्वयको साझा थलो बनेर कांग्रेसले मुलुकको नेतृत्व गरेको थियो । त्यसैले सफल नेतृत्वको गौरवमय अनुभवको त्यो जग अनि पछिल्ला दुई सरकारको असफलताले मागेको प्रखर विकल्प कांग्रेसको नेतृत्व नै हो । सत्ता राजनीतिको चस्मा फुकालेर यो वस्तुगत आवश्यकता पढ्नुहोस् कमरेडहरू, आँगनको घामझैं सुस्पष्ट छ सत्य ।
एमालेको तटस्थता
माओवादी अध्यक्षले प्रधानमन्त्री पद सम्हालिरहँदा इतिहासले उहाँलाई लडाकु समायोजन, राज्य पुनर्संरचना र नयाँ संविधान लेखनको अभिभारा सुम्पिएको थियो । उहाँले त्यसलाई अलपत्र र अझ जटिल बनाएर नौ महिनामा छाडेको १३ महिनापछि एमाले नेता माधव नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिइरहँदा 'अयोग्य लडाकुको अलपत्र बहिर्गमन' बाहेक जटिलताको पहाड रत्तिभर पनि फोरिएको थिएन/छैन । यद्यपि माधव सरकारको असफलताको प्रमुख कारण स्वयम् माधवभन्दा बढी कि पुष्पकमल दाहाल थिए कि स्वयम् झलनाथ खनाल ।
आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई अध्यक्ष खनालले जति आफ्नो ठान्नुभएको थियो, त्यसभन्दा बढी विश्वास, आड र भरोसा कांग्रेसले दिएको जगजाहेर छ । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई सफल बनाउन मन-वचनले नलाग्ने तर राजीनामा बाहिर आइसक्दा भित्र कोठाबाट दौरा-सुरुवाल झिकेर प्रधानमन्त्रीको दर्खास्त भर्न कुद्ने । यस्तो दृश्य देखेपछि धेरै मानिसले १२ वर्षअघिको राप्रपा सम्भिmए । सत्ताको गणितीय चाबी हातमा छ भन्दैमा कहिले लोकेन्द्रबहादुर प्रधानमन्त्री त कहिले सूर्यबहादुर । उही पार्टीका एक नेतालाई हटाएर त्यही पार्टीका अर्का नेताको सिंहासन सजाउने सत्ता कल्पना उसबेलाको राप्रपा र उसबेलाको राजनीतिलाई सुहाएको थियो भनेर आजको एमाले र आजको राजनीतिलाई सुहाउँदैन । त्यसैले तटस्थताका नाममा प्रधानमन्त्री पदको बल्छी थाप्ने धन्दा कमरेड झलनाथले तत्कालै बन्द गर्नुपर्छ ।
तटस्थताको अडान अघिल्तिर सजाइएको नारा यद्यपि निकै आकर्षक छ, राष्ट्रिय सहमतिको खोजी । तर तटस्थता होइन मध्यस्थता, उपदेश वितरक होइन हस्तक्षेपकर्ताको भूमिकाबाट मात्रै राष्ट्रिय सहमति बन्न सक्छ भन्ने ज्ञान एमाले संस्थापनलाई हुनैपर्ने हो । शान्ति र संविधानको हाम्रो यात्रा सफल हुन कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलसमेत एक ठाउँमा उभिन निश्चय नै अत्यावश्यक छ । तर राष्ट्रिय सहमतिको प्रतीक्षामा राष्ट्रिय शून्यता राष्ट्रको हितमा हुन्न । पाँचपटकको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री प्राप्त गर्न नसकेपछि एकसाथ पाँच प्रश्न गम्भीर मुद्रामा घनीभूत भएका छन् । एक- राष्ट्रको समग्र अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न, दुई- राजनीतिक नेतृत्वको एकीकृत योग्यताउपरको शंका, तीन- शिशु गणतन्त्रको भविष्यप्रतिको चिन्ता, चार- आमराजनीतिप्रति बढ्दो विकर्षण र निराशा, पाँच- कमजोर अर्थतन्त्र थप ओरालो लाग्न सक्ने खतरा ।
अतः एमालेले निश्चित तर्क र सर्तहरूमा उभिएर दुईमध्ये एक उम्मेदवारका पक्षमा मतदान गरेर मुलुकलाई अनिर्णयबाट मुक्त गर्न पहलकदमी लिनुपथ्र्याे र पर्छ । त्यसो गरेर उसले बहुमतीय सरकारलाई पनि निश्चित समयावधिभित्र सर्वसंलग्नताको सरकारमा बदल्न आक्रामक हस्तक्षेपको व्यावहारिक कार्ययोजना कार्यान्वयन गराउने हैसियत राख्न सक्छ । एमालेको कुनै अडान हुन्न भन्ने स्थापित छवि छँदै थियो, आज गम्भीर निर्णय लिन नसक्ने पार्टीका रूपमा समेत एमालेको अर्को छवि बन्न नदिन एमाले नेतृत्व तत्काल गम्भीर हुनैपर्छ ।
अबको बाटो
पाँच चरणको चुनावबाट पनि मुलुकले प्रधानमन्त्री प्राप्त गर्न नसक्नुको अर्थ संसदीय व्यवस्था नै असफल भएको हो त ? निश्चय नै होइन । माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिका पछिल्तिर या तत्कालीन आवेग छ या परम्परागत शास्त्रीय राग । कांग्रेस र एमालेले साझा स्वरमा उत्तर दिन सक्नुपर्छ- हाम्रा प्रवृत्तिको अयोग्यतालाई व्यवस्थाकै असफलताका रूपमा व्याख्या गर्नेतर्फ नलागौं कमरेड । राजनीतिक नेतृत्वको असफलताको दोष संसद् र संविधानसभाउपर थोपर्नु राम्रो हुन्न ।
दाहाल स्वयम् जान्नुहुन्छ उहाँको 'बुलेट' को यात्रा सम्झौतामा टुंगिएको थियो । बैतरणीको १२ बुँदे प्रसाद, गिरिजाप्रसाद कोइरालाको सक्रियतामा हासिल थियो । माओवादी पार्टीले चुनाव जितिरहँदा त्यो 'माओवाद' होइन कांग्रेसकै संसद्वादको विजय थियो । उहाँ यो पनि जान्नुहुन्छ जनगणतन्त्र क्युबामा थुपै्र राजनीतिक बन्दी जेलमा सडाइएका छन् र एक पुराना राजनीतिज्ञ चार महिनाअघि अनशनपछि जेलमै मरे । पोर्चुगलसँग चार गोल खाएपछि प्रत्यक्ष प्रसारण बन्द गरिएका कारण उत्तर कोरियाले सात गोल खाएर हारेको गत विश्वकपको खबर जनगणतन्त्र उत्तर कोरियाका जनताले सुन्न र देख्न पाएनन् । दाहाल त्यस्तै बन्द समाजको सिद्धान्तका पक्षमा उभिन सक्नुहुन्छ आजको नेपालमा ?
जडता, उग्रता र आवेग अलग कुरा हुन् तर परिवर्तन, विनम्रता र विवेकले एउटै कुरा भन्छ- सहमति, शान्ति र संसदीय प्रक्रियामा नै यो मुलुकको सफलता र भविष्य छ । त्यही सफलता र त्यही भविष्यभित्र हरेक व्यक्ति र हरेक पार्टीले आफ्नो सफलता र भविष्य खोज्नुपर्छ । सबैले यो बुझेका छन्, जो नबुझेको अभिनय गछर््रन् तिनलाई क्रमशः बुझाउँदै लैजाने कर्तव्य लोकतन्त्रवादीहरूको हो ।
लेखक कांग्रेसका युवा नेता हुन् ।

Comments :

0 comments to “संसद् असफल कि प्रचण्ड ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger