wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

August 31, 2010

कामदार कोटा बढाउन कोरिया सकारात्मक,३६ हजार १ सय ८१ जनाले KLT परीक्षा दिए

कोरिया कामदारको कोटा बढाउन सकारात्मक देखिएको छ। सरकारले केही दिन अघि कोरियासँग नेपाली कामदारको कोटा बढाउन आग्रह गरेको थियो।कोरिया जानको लागि आवेदन दिएका प्रशिक्षार्थीको परीक्षा हेर्न आएको कोरिया मानव संशाधन विभागका उपाध्यक्ष किम चोङ ह्योले कोटा बढाउन सकारात्मक रहेको जवाफ दिएका हुन्।'कोटा बढाइदिन हामीले गरेको आग्रहलाई कोरियाले सकारात्मक रुपमा लिएको छ,' श्रम तथा यातायात मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'उनीहरुले सकेसम्म पहल गर्ने प्रतिवद्धता जनाएका छन्।'भट्टराईका अनुसार नेपालमा सबैभन्दा बढीले आवेदन दिएको र कोटा बढाउन आग्रह गरेको आफ्नो सरकारलाई जानकारी दिने प्रतिवद्धता गरेका छन्।मन्त्रालयले केही दिनअघि काठमाडौंस्थित कोरियाली राजदूतावासलाई पत्र पठाएको हो। पछिल्लो समयमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान ४२ हजार ४७ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए। कोरियाले इपिएसअन्तर्गत १५ मुलुकमध्ये सबैभन्दा बढी आवेदन दिनेमा नेपाल परेको छ।कोरियाले यीमध्येबाट चार हजार कामदार लिने घोषणा गरेको थियो। पहिलोपल्टको भाषा परीक्षामा ३२ हजारमात्र सहभागी भएका थिए। भाषा परीक्षामा सहभागीमध्ये उत्कृष्ट छनोट गरेर रोस्टरमा राख्ने र कोरियाको मानव संशाधन विभागले कामदार माग गरेपछि पठाउने प्रक्रिया थालिन्छ।
कोरिया कामदार पठाउने सूचीमा नेपाल पहिलो स्थानमा रहेकाले कामदार बढ्न सक्ने सरकारी अधिकारीको भनाइ छ। तोकिएको समयमा छिटो कामदार पठाएर नेपाल पहिलो स्थानमा परेको थियो। कोरिया नेपाली कामदारका लागि आर्कषक गन्तव्य हो। थोरै पैसामा राम्रो कमाइने भएकाले कोरियामा आर्कषण बढेको हो।
कोरिया जाने कामदारले महिनाको झन्डै ७० हजार रुपैयाँ (९ सय अमेरिकी डलर) कमाउँछन्। त्यहाँ जान हवाई टिकटलगायत सबै खर्च जोड्दा ७० हजार रुपैयाँ भए पुग्छ। कोरिया जाने नेपालीले मासिक ७० हजारदेखि एक लाखसम्म सजिलै कमाउन सक्छन्।
नेपालले २००८ अगस्ट ११ देखि इपिएसअन्तर्गत कोरियामा कामदार पठाउन थालेको हो। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा गइरहेका छन्। त्यसअघि म्यानपावर कम्पनीले कामदार पठाउने गरेका थिए। निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिने प्रस्ताव गरेको हो।
नेपाल र कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भएको थियो। नेपालले २००८ अगस्ट ११ देखि इपिएसअन्तर्गत कोरियामा कामदार पठाउन थालेको हो। नेपाली कामदार कृषि, माछापालन, सेवा, उत्पादनमूलक र निर्माण क्षेत्रमा गइरहेका छन्। त्यसअघि म्यानपावर कम्पनीले कामदार पठाउने गरेका थिए। निजी क्षेत्रका म्यानपावर कम्पनी लुम्बिनी ओभरसिज र मुनड्रप्सले बढी रकम लिएपछि कोरियाले इपिएसबाट कामदार लिने प्रस्ताव गरेको हो।
पाँच हजार भन्दा बढी गयल
कोरियाली भाषा परीक्षामा ५ हजार ५ सय ३९ जना प्रशिक्षार्थी गयल भएका छन्। परीक्षामा समयमै नपुगेर धेरै प्रशिक्षार्थीले परीक्षामा सहभागी हुन नपाएका हुन्। परीक्षाका लागि एक बजेनै जानुपर्ने प्रावधान रहेपनि केही प्रशिक्षार्थी दुई बजे गएका थिए।
'समयमा नपुगेकाले उनीहरु परीक्षामा सहभागी हुन पाएनन्,' इपिएस नेपालका संयोजक महेश आचार्यले भने। समयमा नआउनेलाई प्रवेश नपाउने प्रावधान रहेको थियो। यसलाई कोरियालीहरुले नै कडाईका साथ लागू गरेका थिए।
आवेदन दिएका मध्ये ३६ हजार १ सय ८१ जनाले मात्र परीक्षा दिएका छन्। नेपाल सरकारले गत असार १ देखि ४ गतेसम्म लिएको आवेदनमा ४२ हजार ५० जना सहभागी थिए। परीक्षामा सामेल भएकाको नतिजा असोज २४मा निकालिनेछ। परीक्षाको लागि भनेर कोरियाबाट मानव संशाधन विभागका उपाध्यक्ष ह्यो सहितको ९१ जनाको टोली नेपाल आएको थियो।

Comments :

0 comments to “कामदार कोटा बढाउन कोरिया सकारात्मक,३६ हजार १ सय ८१ जनाले KLT परीक्षा दिए”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger