wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 22, 2010

देउमयाको हत्याकी आत्महत्या रहस्यको बिषय

म्याग्दी शिख गाविसकी हँसिली र फरासिली देउमाया पूर्जाको मृत्युको खबर यसरी सुन्न पर्ला भनेर कसैले पनि सोचेको थिएन । लिस्बोनमा रेष्टुरेन्ट व्यवसाय चलाउने योजना बनाएकी, भर्खरै गाडी चलाउन सिकेकी र हिम्मतवाली देउमायाको एकाएक मृत्युको खबर डढेलो जसरी चारैतिर फैलिएको छ । यतिबेला उनको मृत शरीर प्रहरी नियन्त्रणमा अस्पताल भित्र छ, श्रीमान् छिन्छिन्मा बेहोस भएर ढलिरहेका छन् भने उनलाई चिनेका नचिनेका प्रवासीहरु शोकमग्न छन् ।घटनास्थलमा जाने पोर्चुगिज, नेपाली सबैले घटनालाई आत्महत्याको नजिक मानेका छन् भने अपराध प्रहरीको विशेष टोली घटनाको अनुसन्धानमा लागेको छ ।
भएको के थियो ?देउमाया र उनका लोग्ने चित्र बहादुर पुर्जा छुट्टीमा थिए । चित्रको पोर्चुगिज नागरिकता आइसकेको थियो भने देउमाया दिल्लीमा रहेको पोर्चुगिज दूतावासबाट कागतपत्र मगाएर पोर्चुगिज नागरिकता माग्ने तयारीमा थिइन् । गते विहीबार बिहान दिल्लीमा कागतपत्र नबनेको खबर आयो । उनी अलि निराश भइन् । चित्र सुतिरहेका थिए । तनावमा रहेकी देउमायाले सुटकेशबाट खत्राक खुत्रकु कागत निकालिन् । दुवैजना बाहिर निस्किएर कफी पसलमा गए । बिहानको सामान्य नास्ता गरिसकेपछि साथीकोमा जान्छु भनी उनी निस्किइन् । चित्र घर फर्किए । दिउँसो डेढ बजेसम्म लोग्नेसँग उनी सम्पर्कविहीन भइन् । कहाँ गइन् थाहा भएन । १ बजेर ३० मिनेटमा सँगाति वसुन्धरा खनाल र पाँच मिनेटपछि अन्तिम पल्ट
सरिता पौडेलसँग १ बजेर ३५ मिनेटमा टाढा जाँदैछु भनेर उनले फोन गरेकी थिइन् । कुरा गर्दागर्दै अचानक काटियो भन्दै दुखी स्वरमा सरिता भाउजूले भन्नुभयो, सारै नरमाइलो लागिराखेको छ ।
दुई बजे सुमद्री किनारमा रहेको होटल मोनिका इसाबेलमा काम गर्ने कामदार र माछा मार्ने माझीहरुले लास तैरिएको देखेपछि पुलिसलाई खबर गरेका थिए । पुलिस दुई घण्टापछि मात्र आइपुगेको थियो ।
चित्रले रातभरी खोजिरहेश्रीमान्ले बेलुकी र राति मायालाई खोजिरहे । नाम देउमाया भएपनि सबैले माया गरेर उनलाई माया भनेर बोलाउने गर्थे । बिहान तीन बजेसम्म श्रीमतीको खोजीमा उनी अक्सर गइरहने मित्रहरुको घरमा सोधखोज गर्न गएका थिए । बिहान पनि श्रीमती खोज्न निस्किएका बेला परिचित पोर्चुगिजले अखबारको समाचार देखाएपछि मायाको दुखद खबर उनले पुलिस मार्फत थाहा पाए ।
चित्रजीले फोन गर्नुभयो हामी दौडेर पुलिस चौकी गयौँ। भित्तामा माया बैनीको हुलिया देखेपछि चित्रजीका आँसू खस्न थाले । छाँगाबाट खसे झैँ भयौँ । प्रेम परियाले भन्नुभयो ।घटनास्थलमा छाता भेटियो साओ जोआओ अभेइरोको समुद्री किनार माया बसेको घरबाट त्यति टाढा छैन । गर्मी याममा घुम्न रमाइलो गर्न धेरै नेपालीहरु यही किनारै किनारै घुम्छन् । तर हिजो अलि अलि पानी परिरहेको थियो ।पुलिसको हुलिया अनुसार समुद्री किनार खोज्न गएका नेपालीहरुको टोलीले मायाको छाता भेटेका छन् । श्रीमान् चित्रले मायाको छाता चिनिहाले । छाता हातमा लिएका चित्र बेहोश भएर त्यही चट्टाने ढुँगामा बजारिए । चट्टाने ढुँगामा पुग्न बडो अप्ठेरो छ । जाँदा जाँदै खोज्ने टोली मध्येका सुवास पोखरेलको खुट्टा पनि मर्किएर उनी पनि लडे ।त्यस्तो ठाउँमा कसरी गइन् होला बैनी ? चिन्ताले एकोहोरिएको बेला उठ्दा भन्न रिँगाएर लडिन् कि ? नरमाइलो अनुहारमा पत्रकार केजिन राईले भने ।हत्या कि आत्महत्या ?घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्ट नआउँदा सम्म यसै भन्न सकिने स्थिति छैन । अहिले डाक्टरले रिपोर्ट दिएको छैन । अनि त्यसपछि मात्र अरुले हेर्न मिल्छ ।श्रीमान् चित्र पुर्जाले समेत यो समाचार तयार पार्दासम्म मायाको लास हेर्न पाएका छैनन् । अदालतले अन्तिम निर्णय नदिँदासम्म सार्वजानिक नगर्ने पोर्चुगिज कानून अनुसार लासलाई प्रहरी नियन्त्रणमाराखिएको छ । पोर्चुगिज टेलीभिजन पत्रपत्रिकाले आज बेलुकीको समाचारमा आत्महत्या जस्तो भएपनि अनुसन्धान भैरहेको बताएका छन् ।दुईजनाको झगडा कहिल्यै सुनिएनलिस्बोनमा रेष्टुरेन्ट व्यवसायको अन्तिम तयारीमा लागेका चित्र र मायाको जोडी लालजोडी नै थियो । कोठामा लामो समयदेखि सँगै बसिरहेका बम सारुले आफूले अहिलेसम्म चित्र र मायाले झगडा गरेको कहिल्यै नसुनेको बताएका छन् । लोग्नेछोराले गर्ने काम गर्ने आँटिली थिइन् माया के भयो भयो ? बम सारुले भने ।लास नेपाल लगिने
सोमबार दिउसोको लागि पुलिसले बोलाएपछि अल्गार्भका नेपालीहरु श्रीमान् चित्र पुर्जाको इच्छा अनुसार लासलाई नेपाल लैजाने तयारीमा जुटेका छन् । दिउसो लिस्बोनमा भएको मगर, शेर्पा, तामाँग, लिम्बू लगायत सबै जनजाति सम्मिलित जनजाति महासँघकोवैठकमा पनि सो विषयमा आकष्मिक छलफल डाकिएको र सँस्थाले आवश्यक सहयोग तत्परताका साथ गर्ने निर्णय लिएको महासचिव दावा साँगे पाख्रिनले बताउनुभयो । यतिबेला अल्गार्भमा एनआरएन समन्वय परिषद सदस्य मकर हमाल, पोर्चुगलका अध्यक्ष लक्ष्मी सापकोटा, नेपाली जनप्रगतिशील मन्चका उपाध्यक्ष डिलाराम चापागाई, एनडीएफ सल्लाहकार सुवास पोखरेल, नेपाल मगर सँघका उपाध्यक्ष बम सारु, पत्रकार केजिन राई, समाजसेवी प्रेम परियार लगायतका नेपाली समुदाय सँघ सँस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको आकष्मिक वैठक बसिरहेको छ ।मृत लास नेपाल पठाउने काम खर्चिलो हुने कुरा टाभल एजेन्सीहरुले बताएका छन् ।अमृत परियारको सहयोगमा पोर्तो नेपाल टीमको विशेष रिपोर्ट म्याग्दी न्युज बाट  

Comments :

1
Anonymous said...
on 

a baburi khali magdi matri news ho bhane ?

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger