महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण :महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।
- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?
महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?
- तपाईंलाई हङकङ सजिलो पर्छ?
महरा : ऊ कोसँग भेट्न चाहन्छ?
- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।
महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।
- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?
महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।
- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।
महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।
- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।
महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।
- ... मलाई साथीसँग गफ गर्न दिनुस्।
महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।
- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?
महरा : फोनमा?
- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।
महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।
- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?
महरा : हुन्छ, म फोन गर्छु।
महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ।
FROM NAAGARIK NEWS.
Comments :
0 comments to “सभासद् किन्न महराद्वारा ५० करोड रुपैयाँ माग”
Post a Comment