wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

October 14, 2010

कोरियामा रहेका नेपालिहरुले बडा दशै मनाउने भब्य तयारि, राजदुत कोइराला ज्युबाट टिका लगाउने तयारी


रघु त्रिपाठी,दक्षिण कोरिया 
नेपालीहरुको महान् चाड दशैंको पूर्वसन्ध्या शुरु भएको छ । नेपालको अस्थीर राजनीति र गिर्दो आर्थिक अवस्थाबाट वर्षभरि दुःख भोगेका नेपालीहरु अब त दशैं आयो केही समय भए पनि दुःख र मनमुटाव बिर्सी आराम गरौं भन्दै आ आफ्नो घर फर्कन शुरु गरेका छन् । तर टाढा प्रवासमा भएका नेपालीहरु चाहे अनुसार भन्नासाथ कहाँ घर जान सक्छन र ? बरु प्रवासमै भए पनि नेपालीहरु जम्मा भई विभिन्न कार्यक्रम सहित एकसाथ दशैं मनाई घरको सम्झना मेटाउछन् रयस्तो दशैं कार्यक्रमा सहभागी भई सबै नेपालीहरु एक परिवार भएको अनुभूति गर्छन ।

यसै क्रममा दक्षिण कोरियाका नेपालीहरु पनि प्रत्येक वर्ष सामुहिक रुपले दशैं मनाउने तयारीहरु भईरहेको छ । राजधानी सउलमा सामूहिक दशैं समारोहको आयोजना एन आर एन कोरियाले गर्ने भएको छ
भने सो कार्यक्रमलाई नेपाल पत्रकार महाँसंघ कोरिया शाखा तथा आन्सान स्थित आपतकालीन नेपाली सेवा समिति त्यसैगरी रुपन्देही सम्पर्क समिति लगायतका संस्थाहरुले सहयोग गर्ने भएको छ । त्यसैगरी दशैं कार्यक्रममा सहभागीहरुलाई नेपाली महामहिम कमल कोइरालाले टिका लगाइदिनुहुने भएको छ ।
टिका लगाउने समयः १२ बजेदेखि २ बजेसम्म ।

मिति २०१० १० १७ तारिख 
अपरान्ह १२ बजे जोङगाक स्थित दुर्गा रेष्टुरेन्ट । हरितालिका तीज मनाएको ठाउँ

Comments :

0 comments to “कोरियामा रहेका नेपालिहरुले बडा दशै मनाउने भब्य तयारि, राजदुत कोइराला ज्युबाट टिका लगाउने तयारी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger