wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

October 13, 2010

बेनीको पोल राजधानीमा

सात वर्षअघि माओवादी र सेनाको दोहोरो भिडन्तका बेला गोलीले छियाछिया पारेको एउटा बिजुलीको पोल राजधानी ल्याइएको छ।मदन पुरस्कार पुस्तकालयको पहलमा आइतबार पोल आइपुगेको हो।१२ वर्षे द्वन्द्वको झलक दिने उक्त पोल पुस्तकालयमातहतै स्थापना हुन लागेको 'युद्ध संग्रहालय'मा लोगोका रुपमा रहनेछ। द्वन्द्व अवधिका सामग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालयले 'नेपाल शान्ति संग्रहालय' को योजना सुरु गरेको छ।'हामी नेपालीको चाँडै बिर्सने बानी छ,' संग्रहालय तयारीमा लागेका पत्रकार कुन्द दीक्षितले नागरिकसँग भने, 'त्यस्तो बेला लडाइँका चिह्न र अवशेषहरुलाई जोगाएर राखिएन भने भोलि यसबारे अध्ययन सामग्री रहने छैनन्।'आफ्नै सम्पादनको 'लडाइँमा जनता' पुस्तक तयारीकै क्रममा उक्त तस्बिर आइपुगेको र बेनी भ्रमणमा प्रत्यक्ष देखेपछि गहिरो प्रभाव परेको दीक्षितले बताए।
'दुइटा पक्षले हतियार बोकेर लड्दा देश, समाज र अर्थतन्त्र कसरी छियाछिया भयो भन्ने हामीले भोगेकै हौं,' उनले भने, 'बेनी आक्रमणका बेला बीचमा परेको पोल त्यसै कुराको बलियो प्रतिबिम्ब भएको छ।'संग्रहालयका निम्ति थुप्रै तस्बिर जम्मा भइसकेपछि यस्ता प्रभावित सामग्रीको पनि संकलन थालिएको हो। दीक्षितका अनुसार पोल झिकिएको ठाउँमा अर्को शोधभर्ना गरिएको छ।'मुलुकभर ४ हजारमध्ये ३२ सय गाविस भवन ध्वस्त पारिएका थिए, त्यस्ता कुरा ल्याउन नसकिएला,' दीक्षितले भने, 'तर, गोली लागेका अस्पतालका शैयादेखि लिएर तानसेन दरबार अगाडिका सवारी साधनजस्ता सामग्रा ल्याउने सोचाइ छ।'भौतिक सामग्री मात्र नभई लडाइँका बेला लेखिएका पत्रहरुको संकलन पनि थालिएको दीक्षितले बताए। 'लडाइँमा संलग्न नभए पनि द्वन्द्वकालमा एउटी पत्नीले खाडीमा काम गर्ने पतिलाई लेखेको पत्रमा समेत त्यतिबेलाको नेपाल बोलेको हुनसक्छ,' उनले भने, 'हामी त्यस्ता पत्रलाई समेत संग्रहालयमा समेट्ने छौं।

Comments :

0 comments to “बेनीको पोल राजधानीमा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger