
होचा भनिएका खगेन्द्र थापा मगरलाई प्रमाणपत्र दिन गिनिजबुक अफ दि वर्ल्डको टोली मंगलबार पोखरा आएको छ । खगेन्द्रको स्वास्थ्य परीक्षण गरी बिहीबार उनलाई विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोसहितको एक टोली यहाँ आएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।खगेन्द्रको जन्म दिनको अवसर पारेर २८ गते उनलाई होचा व्यक्तिको प्रमाणपत्र दिइने प्रतिष्ठानका अध्यक्ष मिनबहादुर थापा मगरले जानकारी दिए । अक्टुबर १४ अर्थात असोज २८ गते खगेन्द्र १८ वर्ष पुरा हुने हुदाँ उनले औपचारिक रुपमा प्रमाणपत्र पाई विश्वकै होचा व्यक्तिको मान्यता पाउनेछन् ।
पाँच वर्षको प्रतिष्ठानको प्रयासले गिनिजबुकको टोली उनलाई प्रमाणपत्र दिन नेपाल आउने वातावरण बनेकेा हो । लेकसाइडको बाराही होटलमा एक कार्यक्रम गरी खगेन्द्रलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन वर्ष २०११ का लागी खगेन्द्र सदभावना राजदुत समेत घोषित भइसकेका छन् । बाबु रुपबहादुर र आमा धनमाया थापा मगरको कोखबाट ०४९ असोज २८ गते बाग्लुङको धुल्लुबासकोट,६ उर्लेनीमा उनकेा जन्म भएको हो ।
कान्तिपुर बाट
Comments :
0 comments to “खगेन्द्रलाई होचा व्यक्तिको प्रमाणपत्र दिन गिनिजबुक टोली पोखरामा”
Post a Comment