wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

October 20, 2010

बजेट ल्याएरै छाड्छौं:सरकार्/बजेट ल्याउनै दिदैनौ मओबादी

३ कार्तिक, सरकारका प्रवक्ता एवं संचारमन्त्री शंकर पोखरेलले माओवादी अवरोधका बावजुद पनि कामचलाउ सरकारले पूर्णबजेट ल्याएरै छाड्ने बताएका छन । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता पोखरेलले बजेटका कारण मुलुक आर्थिक बन्दी नहुने बताए । माओवादीले कुनै पनि हालतमा यो सरकारलाई बजेट ल्याउन नदिने चुनौती दिइरहेको बेला सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो ।बजेट ल्याउन अवरोध गरेर माओवादीले केटाकेटीपन देखाएको बताउदै उनले संविधानका विवादित बुदाँमा सहमति नबन्दासम्मयाँ  सरकार गठन हुन नसक्ने बताए भने उता एकिकृत नेकपा माओवादीले कुनै पनि हालतमा कामचलाउ सरकारलाई नयाँ बजेट ल्याउन नदिने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँवजारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
 त्यसैगरी माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन राजनीतिक सहमतिका लागि अन्य दलसँगको छलफलमा तीव्रता दिने निर्णय पनि गरेको छ ।
बैठकपछी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनका लागि दलहरुसँग नयाँ शिराबाट सहमति खोजिने निर्णय भएको बताए । त्यस्तै विवादित विषय टुंग्याउन कार्यदलको कार्यलाई तीब्रता दिने र संविधान निर्माणमा देखिएका ढिलाइमा क्रियाशिलता ल्याउने निर्णय पनि बैठकले गरेको उनले बताए ।

Comments :

0 comments to “बजेट ल्याएरै छाड्छौं:सरकार्/बजेट ल्याउनै दिदैनौ मओबादी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger