wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

October 22, 2010

'कसले चोर्‍यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको कामप्रति चलचित्रकर्मीको प्रतिक्रिया

साहयक निर्देशक हुदै ठूलो ब्यानरको चलचित्र 'कसले चोर्‍यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको निर्देशन क्षमता हेरिसकेपछी चलचित्रकर्मीले विभिन्न प्रतिक्रिया दिएका छन् ।

रिलिज भएको एक सातापछी बिहिबार राजधानीमा प्रेस मिट सहितको गरिएको फेमिली शो हेरिसकेपछी चलचित्रकर्मीले निर्देशक सबिरको विभिन्न मूल्याकंन गरेका हुन । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको पाँचौ चलचित्र कसले चोर्‍यो मेरो मनको केही पक्षलाई माफ गर्दै अधिकाशं चलचित्रकर्मीले स्ट्यार्ण्डड चलचित्रको संज्ञा दिएका छन् । पहिलो ब्याटिङ्गमा छक्का मार्ने प्रयास गरेका निर्देशक सबिरको निर्देशन क्षमतालाई कसले के भने र १०० पूर्णाङ्कको पहिलो परीक्षामा उनलाई कसले कति नम्बर दिए ?

नीर शाह :
बरिष्ठ अभिनेता तथा सोही चलचित्रका चरित्र अभिनेता नीर शाहले सबिरको निर्देशन क्षमता हेरिसकेपछी निर्देशकमा कुशल र हरलक्षण क्षमता आफुले देखेको भन्दै सबिरलाई १ सय मा ७० नम्बर दिन सक्ने प्रतिक्रिया दिएका छन् । चलचित्रमा प्रस्तुतीकरण मुटु हुने भन्दै शाहले सबिरको प्रस्तुतीकरणबाट आफु आकर्षित भएको बताएका छन् ।
किरण खेरलः
सोही चलचित्रको सवै गीत लेखेका बरिष्ठ गीतकार किरण खरेलले ४५ बर्षपछी आफ्नो गीत अनुसारको भाव चलचित्रमा देख्न पाएको भन्दै सबिरको पहिलो निर्देशन क्षमताबाट आफु प्रभावित भएको प्रतिक्रिया दिएका छन् । २०२२ सालमा पहिलो पटक माइतीघरमा गीत कोरेका खरेलले सबिरको काम हेरिसकेपछी नम्बरमा मूल्याकंन गर्दै भने 'म उनलाई दिल खोलेर ७५ अंक दिन्छु ।'
नरेश पौड्यालः
निर्देशक नरेश पौड्यालले सबिरलाई कति नम्बर दिने भन्दा पनि उनको पहिलो प्रयास राम्रो भएको प्रतिक्रया दिएका छन् । आगामी चलचित्रमा स्क्रिन प्ले तर्फसबिरले राम्रो ध्यान दिए उनको भविष्य उज्जवल रहेको नरेशको प्रतिक्रया छ ।
आकाश अधिकारी :
सबिरका गुरू अर्थात निर्देशक आकाश अधिकारीले स्त्रिmप्ट अनुसार सबिरले चलचित्रमा न्याय गरेको भन्दै उनलाई आफ्नो तर्फबाट ९० अकं दिएका छन् । फिल्म मेकिङ्गमा चाहेर पनि सत प्रतिशत अकं ल्याउन नसकिने भन्दै आकाशले भने 'सबिर मेरो चेलो भएका कारण उनले गरेको काम प्रति म आत्तिरहेको थिए, तर फिल्म हेरिसकेपछी ढुक्क भए ।'
केशव भट्टराईः
यस्तै निर्माता केशव भट्टराईले नयाँ युवाले पहिलो पटक गरेको प्रयासले आफुलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिदै निर्देशकीय हिसावले सबिरलाई ९० भन्दा माथिको अकं जति जति दिएपनि हुने प्रतिक्रिया दिएका छन् ।
प्रदिप उदय :
निर्माता प्रदिप उदयपनि सबिरको काम प्रति आकर्षित भएका छन् । पहिलो प्रयासमै निर्देशकिय क्षमता सबिरमा देखिएको भन्दै उदले प्रतिशतका आधारमा सबिरलाई ८० देखि ८५ प्रतिशत दिन सक्ने प्रतिक्रया दिएका छन् ।
यस्तै चलचित्र पत्रकारसंघका अध्यक्ष शान्तिप्रियले फिल्म राम्रो लागेको भन्दै सबिरलाई ८० नम्बर दिन सक्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै नायक रेश मरहठ्ठाले सबिरले फष्ट डेब्यूमै राम्रो काम देखाएकाले टू डी, थ्री डी चलचित्रलगायतमा पनि उनले राम्रो काम गर्न सक्ने क्षमता आफुले पाएको भन्दै सबिरलाई खुलेर ७० र ७५ बीचको अकंदिन सक्ने बताए ।

Comments :

0 comments to “'कसले चोर्‍यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको कामप्रति चलचित्रकर्मीको प्रतिक्रिया”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger