एउटा अंक मात्रै गलत डायल नभएको भए नेपाल टेलिकमको विराटनगर शाखामा कार्यरत संखुवासभाका विक्रम भट्टराईले सायद लुनालाई जीवन संगिनीका रूपमा पाउने थिएनन् । झापास् िथत काकाको घर नजिकैको पीसीओमा फोन गर्दा नम्बर गलत थिचियो र विक्रमको कहिल्यै नचिनेकी झापा, सुनगाभाकी लुनासँग कुराकानी गर्ने अवसर जुर्यो । त्यही अवसर अन्ततः उनीहरूको प्रेमसम्बन्धको आधार मात्रै बनेन, विवाहको कारक पनि बन्यो । 'तपाईंको बिहे भएको छ कि छैन, छैन भने गर्लप|mेन्ड छ कि छैन, म तपाइर्ंलाई मन पराउँछु ।' नौलो नम्बरबाट पहिलोपटक आएको एसएमएसको बेहोरा पढेपछि काठमाडौँका गोपाल अर्याल, ३५, धेरैबेर सोचमग्न भए । अर्की एउटी केटीसँगको मधुर प्रेमसम्बन्धमा बाँधिएका गोपाललाई एसएमएसको बेहोराले बेचैन बनायो । एसएमएस गर्ने केटी आफ्नै विद्यार्थी भएको थाहा पाएपछि उनको बैचनी झनै बढ्यो । त्यसपछि उनले एसएमएस गर्ने प्रतिमा पाण्डेलाई भेटे, लामो कुराकानी गरे । एकाध महिनासम्म हरेक साँझ हुने प्रेमिल कुराकानीपछि गोपाल र प्रतिमाबीचको प्रेम प्रगाढ बन्यो । जसको प्रतिफल थियो, केही महिनामै उनीहरू विवाहबन्धनमा बाँधिए । अिचानक फेसबुकमा भेटिएका एउटी केटी देखेपछि कान्तिपुर टीभीका कार्यक्रम प्रस्तोता एवं भिजे सुदिन पोखरेलको मन बिथोलियो ।
उनले अपरिचित केटीको स्टाटस हेरे कमन प|mेन्डको लिस्ट हेरे र त्यो केटी आफ्नी भतिजीको साथी रहेको थाहा पाएपछि प|mेन्ड रिक्वइस्टमा क्लिक गरे । त्यही एउटा क्लिकबाट सुरु भएको चिनजान विस्तारै च्याट, टेलिफोन वार्ता हुँदै प्रेममा परिणत भयो र अन्ततः सम्बन्धले विवाहको रूप लियो । अन्दोलनमा कुदाकुद गरिरहेका बेला कांग्रेसका युवा नेता गगन थापाको मोबाइलमा अनौठो बेहोराको एसएमएस आयो । अरू कसैलाई गरिएको एसएमएस आफ्नामा आएको थाहा पाएपछि गगनले पनि 'रिप्लाई' गरिदिए, तपाईंले गलत नम्बरमा एसएमएस गर्नुभयो । एसएमएस पाएपछि अञ्जनाले गगनलाई धन्यवाद भन्दै फोन गरिन् । कुरा धन्यवादमै मात्र सीमित भएन, त्यसले परिचयको आकार पनि ग्रहण गर्यो । यसरी सुरु भएको सम्बन्धको यात्रा परिचयको पर्खाल नाघेर प्रेमको बाटो दौडन थाल्यो । निरन्तरको फोन र एसएमएसले प्रगाढ बन्दै गरेको प्रेम अन्ततः विवाहमा परिणत भयो । मा थिका प्रतिनिधि उदाहरणहरूले नेपाली समाजमा सम्बन्ध निर्माणको नौलो आयाममाथि प्रकाश छर्छन्। मोबाइल र फेसबुकजस् ता सामाजिक सञ्जालले सम्बन्ध निर्माणमा मात्रै होइन, प्रेमको परम्परागत परभिाषालाई पनि बदलिदिएको छ। प्रविधिको जालोले बेरँिदै गएको नेपाली समाजमा अब सम्बन्ध निर्माणका लागि भौगोलिक दूरी बाधक रहेन। पूर्वकी युवतीको पश्चिमको युवकसँग सम्बन्ध जोडिनु वा मधेसकी कुनै केटीसँग राजधानीमा बस् ने कुनै केटाको प्रेम बस् नु नौलो रहेन। प्रविधिकै भरमा जोडिएका सम्बन्धहरू कत्तिको स् थायी र अस् थायी हुन्छन् भन्ने हेर्न बाँकी छ। तर, प्रविधिले नेपाली समाजमा सम्बन्ध निर्माणको नयाँ ढोका खोल्दै लगेको भने घामजत्तिकै छर्लंग कुरा हो। युवा नेता गगन थापाको भनाइमा त आफ्नै टोल-छिमेकमा मात्रै प्रेम हुने र विवाह हुने परम्परागत मान्यता भत्किन लागेको छ। फलतः फरक भौगोलिक परविेश र फरक जातिहरूबीच पनि सम्बन्ध निर्माणको क्रम सुरु भएको छ। गगनको बुझाइमा यसले समावेशी समाज निर्माणको थालनी गरेको छ। भन्छन्, "अब प्रेम गर्नका लागि प्रेमपत्र लेख्नैपर्ने बाध्यता छैन, न भौगोलिक दूरीको अवरोध नै। " समाजशास् त्री सुरेश ढकाल पनि प्रविधिले गर्दा सामाजिक सम्बन्ध निर्माणको नयाँ परम्परा सुरु भएको बताउँछन्। गत असोज १० गते प्रणयसूत्रमा बाँधिएका रामेछाप, चुचुरेकी शर्मिला कार्की, १७, र सिन्धुली, बितीजोरका कपिल हमाल, २०, को सम्बन्ध निर्माणका पछाडि पनि मोबाइल फोनकै हात छ। स् थानीय एफएम रेडियोमा सञ्चालित हुने सांगीतिक कार्यक्रममा मोबाइलमार्फत सहभागी भएका कार्की र हमाल अन्ततः मित्रताको बाटो हँुदै प्रेमसम्बन्धमा बाँधिएका थिए। प्रविधिकै माध्यमबाट जोडिएका प्रेमसम्बन्धका यस् ता बग्रेल्ती उदाहरणहरूले प्रेमको परम्परागत परभिाषा बदलिदिएको छ। अब प्रेम गर्नकै लागि तारन्तार भेट्नुपर्ने अवस् था रहेन। प्रविधिको सहज पहुँचले एसएमएस र च्याटकै भरमा सम्बन्धले आकार ग्रहण गर्न सक्ने अवस् था निम्तिएको छ। टेलिफोनले जोडेको सम्बन्ध र आफू हिँडेको प्रेमको बाटो सम्भ“mदा लुनालाई अहिले पनि अचम्म लाग्छ। उनका पति अर्थात् विक्रमले पीसीओमा गरेको फोन नम्बर गलत डायल भएर लुनाको घरमा नपुगेको भए न लुनाको प्रेम सुरु हुन्थ्यो, न अहिलेको सम्बन्ध नै। पहिलो फोनको कुराकानी सम्भ“mदा लुनालाई अहिले पनि हाँसो मात्रै उठ्छ। विक्रमले पीसीओकी कुनै केटी ठानेर लुनासँग लामो गफ गरेका थिए र अन्तमा काकालाई बोलाइदिन आग्रह गरेका थिए। तर, लुनाले गलत नम्बर परेको बताउँदा सुरुमा विक्रमले पत्याएनन्। परचिय आदानप्रदानमै पहिलो टेलिफोन संवाद टुंगियो। पहिलो फोनको डेढ महिनापछि मात्रै विक्रमले लुनाको घरमा पुन फोन गर्ने हिम्मत गरे। संयोग के भइदियो भने फोन लुनाले नै उठाइन्। त्यसपछि कहिल्यै एकअर्कालाई नदेखेका लुना र विक्रमका बीच डेढ महिनामा तीन-चारपटकभन्दा बढी टेलिफोन सम्पर्क भयो। लुना भन्छिन्, "मान्छे नचिने पनि टेलिफोनले दुवैलाई नजिक तुल्यायो।"टेलिफोन सम्पर्ककै आधारमा लुना र विक्रमले पहिलोपटक झापाकै सुरुंगामा भेटे, अलिकति लाज, अलिकति संकोच मान्दै प्रेमिल गफ गरे। लुना भन्छिन्, "टेलिफोनमा मन परेको मान्छे पहिलोचोटि भेट्दा त उतिसाह्रो मन परेन। तर, प्रेम भनेको अनुहार हेरेर हुने कुरा होइन रहेछ। " पहिलो डेढघन्टे भेटपछि विक्रम र लुना दुवैको मन हरयिो भयो। लुनाले दोस्रोपटक विक्रमलाई भेटिन्। पहिलोचोटि अलिक मन नपरेको केटो यसपटक लुनालाई असाध्यै मन पर्यो। लगत्तै टेलिफोनबाटै तेस्रोचोटि भेट्ने योजना बन्यो। जुन योजनाले उनीहरू दुवैलाई दम्पतीमा परण्िात गरििदयो। दमकमा भेटेर मन्दिरमा विवाह गर्न भागेको त्यो दिन सम्भ“mदै लुना भन्छिन्, "एउटा आवेगपूर्ण प्रेमसम्बन्ध विवाहमा परण्िात भएपछि मलाई मनको कुनै कुनामा डर लागेको थियो। " एक छोरीकी आमा भइसकेकी लुनालाई विगत सम्झेर अझै पनि अचम्म लाग्छ। टेलिफोनबाट सुरु भएकोे प्रेम कहानी सुन्ने साथीहरू अझै पनि अचम्म पर्छन्। लुना भन्छिन्, "कहिल्यै सोचेकी थिइनँ, एउटै टेलिफोनले जीवनमा यति ठूलो बद्लाव ल्याउँछ भन्ने।"
लुनालाई जस् तै अचम्म लाग्छ, गोपाललाई पनि आफ्नो मोबाइलले जोडेको सम्बन्ध देखेर। काठमाडौँको आदर्शकन्या निकेतनमा गेस् ट टिचर भएर केही महिनाका लागि नाटक विषय पढाउन पुगेका गोपाललाई आफ्नै जीवनको नाटकीय प्रेम सम्झेर अहिले पनि अचम्म लाग्छ। रंगकर्मी गोपालले कहिल्यै सोचेका थिएनन्, मान्छेको जीवनमा मोबाइलले कसरी प्रेम गर्न सघाउँछ भन्ने। तर, नसोचेकै भयो। नौ कक्षामा पढ्ने छात्रा प्रतिमाले उनलाई किन र कसरी मन पराइन् भन्नेचाहिँ गोपाललाई अहिलेसम्म थाहा छैन। प्रतिमा भन्छिन्, "प्रेम गर्नेहरू पागल हुन्छन् भनेको हो रहेछ, म उहाँलाई देख्दा त्यस् तै भएको थिएँ।" पहिले एसएमएस पढेपछि गोपाल धेरैबेर घोत्लिए। त्यतिखेर अर्की एउटी केटीसँग पनि गोपालको प्रेम चक्कर जारी रहेछ। तर, त्यसको गतिसँग भने गोपाल सन्तुष्ट रहेन छन्। आफ्नो पहिलो प्रेम सम्भ“mदै गोपाल भन्छन्, "हामीबीच मतभेदहरू पर्याप्त थिए र प्रेमिकाको व्यवहार पनि बदलिँदै गएको थियो।" त्यही मेसोमा प्रतिमाको प्रेम प्रस् तावका अगाडि गोपालको कुनै जोर चलेन। एकदिन गोपालले उनकी प्रेमिका कसैसँग भागेको खबर सुने। त्यसपछि गोपालको प्रेम सुरु भयो प्रतिमासँग। ती दिन सम्भि“mदै प्रतिमा भन्छिन्, "त्यतिखेर हामीबीच दिनमा दर्जनभन्दा बढी एसएमएस हुन्थे। डेटिङ्का योजनाहरू मोबाइलमै बन्थे। यसरी एउटै एसएमएसबाट सुरु भएको सम्बन्ध गाढा प्रेममा परण्िात भएको पाँच महिना पनि नबित्दै उनीहरूले भागेर बिहे गरे।" बिहेअघिका धेरै साँझ प्रतिमाले गोपालसँगै मोबाइलमा गफ गरेर बिताइन्। भन्छिन्, "बाबासँग कापी किन्न भनी मागेको पैसाले रचिार्ज कार्ड किनियो। साताकै दुई-तीन सयसम्म खर्च हुन्थ्यो। पहिलो भेटपछिका दिनहरूमा गोपाल र प्रतिमाबीच दिनकै आधा घन्टाभन्दा धेरै गफ हुन्थ्यो।" गोपाल भन्छन्, "मोबाइलले नै हाम्रो प्रेम जोड्यो र प्रगाढ बनाइदियो।"सुदिनलाई पनि फेसबुकले नै विवाहबन्धनसम्म पुर्याएको हो। फेसबुकबाटै जीवनसाथी बनाएपछि सुदिनलाई सम्बन्धको नयाँ आयामबारे थाहा भएको छ। उनी भन्छन्, "प्रविधि सञ्चारमा मात्रै सीमित भएको छैन, यसले मान्छेहरूलाई समेत जोडेको छ।" त्यसो नहुँदो हो त बैँग्लोरमा पढ्ने युवतीसँग न सुदिनका भेट हुन्थ्यो, न प्रेम न बिहे नै। यसअघि सुदिनलाई प्रविधिले यति ठूलो काम गर्ला भन्ने लागेकै थिएन। भन्छन्, "प्रविधिले प्रेमको ढोका खोलिदिएको छ।"आज विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या ३ खर्ब ५० करोड पुगिसकेको छ। जसमा नेपालीहरूको पनि केही प्रतिशत हिस् सा छ। नेपालभर सामाजिक सञ्जाल फेसबुकको प्रयोगकर्ता मात्रै झन्डै छ लाख छन्। जसमध्ये १८ देखि २४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ४६ प्रतिशत छन् भने १६ देखि १७ वर्ष उमेर समूहका नौ प्रतिशत छन्। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकका अनुसार, कुल जनसंख्याको २६ दशमलव ७१ प्रतिशत जनताको पहुँचमा टेलिफोन सेवा पुगेको छ। कुल जनसंख्याको २२ दशमलव ८६ प्रतिशत जनताको हातमा मोबाइल सेवा पुगेको छ। छ वर्षअघि ४ लाख ७३ हजारमा सीमित टेलिफोन र मोबाइल सेवाको पहुँच अहिले विस् तार भएर ७३ लाख ५० हजारभन्दा बढी पुगेको छ। यो संख्यामा तन्नेरी पुस् ताकै बाहुल्यता छ। त्यस् तै, इन्टरनेट प्रयोगकर्ताको संख्यासमेत सात लाख नाघेको छ। छ वर्षअघि यो संख्या ३० हजारमा सीमित थियो। फेसबुक र मोबाइलसम्मको बढ्दो पहुँचले सम्बन्धहरूको परम्परागत परभिाषालाई नै बदलिदिएको छ। समाजशास् त्री ढकाल भन्छन्, "प्रविधिले गर्दा सम्बन्ध निर्माणका व्यक्ति स् वतन्त्र हुँदै गएको छ।" ढकालको बुझाइमा यो पुँजीवादी सामाजिक संरचनाकै एउटा अंश हो।
नेपाल बाट साभार
Comments :
0 comments to “साच्चै यो बिज्ञान प्रबिधी पनि अनौठो छ्, प्रविधिमार्फत दाम्पत्य”
Post a Comment