wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 3, 2010

विवाह बिच्छेदकै लागि हो त?

भनिन्छ विश्वास तोडिनैका लागि हो । भने के प्रेम टुट्नैका लागि र विवाह विच्छेदकै लागि हो ? टाढा किन जाने, सन् २००९ भरि बलिउडे जोडीका ‘ब्रेक अप’ सम्झने हो भने भन्नैपर्छ सम्बन्धहरु विच्छेद हुनैका लागि हो कि त !

यो वर्ष विछोडको पीडा झेल्न विवश बलिउड हस्तीहरूको सम्बन्ध सूचीको अग्रपंक्तिमा दीपिका पादुकोण र रणवीर कपुर, पि्रयंका चोपडा र हरमन बवेजा, कंगना रानावत र अध्ययन सुमन, पि्रयंका चोपडा र साहिद कपुर, कोकणा सेन र रणवीर सौरी, पि्रटी जिन्टा र नेस बाडिया परेका छन् ।सबैभन्दा बढी चर्चित ब्रेकअपको सूचीमा दीपिका पादुकोण र रणवीर कपुर रहे । कुनै बेला कस्तोसम्म हल्ला चल्यो भने दीपिका कपुर खानदानकी बुहारी बन्दै छिन् । तर वर्षको अन्त्यतिर आइपुग्दा उनीहरूको प्रेमको डोरी चुँडिएन मात्रै, एउटाले अर्काको मुखै पनि हेर्न नचाहने दिन आयो । हालै एक निर्माता र निर्देशक अफरलाई दीपिकाले अस्वीकार गर्दै ठाडै भनिन्, ‘रणवीर भएको फिल्ममा काम गर्दिनँ ।

चल्तीका नायक-नायिका बनेकाले दुवै व्यस्त भएका र एकअर्कालाई समय दिन नसकेका कारण सम्बन्ध टुक्रिएको तर्क अघि सारिए पनि रणवीर र क्याटि्रना कैफबीच बढेको सम्बन्धले यिनको प्रेमको सानो संसार भताभुङ्ग भएको हो भन्छन् जानकारहरू । हुन पनि पछिल्ला दिनमा रणवीर र क्याटि्रनाको सम्बन्ध बलिउडमा चर्चित छ ।
यसैगरी एकै वर्ष दुई-दुई प्रेमी बनाएर पनि दुवैसित विछोडिएकी पि्रयंकाको हरमन बवेजासँग टुक्रिएको सम्बन्ध बलिउडको वर्षको दोस्रो चर्चित विच्छेद हो । उनीहरूबीचको विछोडको मुख्य कारण हो पि्रयंका सफलताको शिखरतिर चुलिनु र हरमनका फिल्महरू फ्लप हँुदै जानु । हल्ला के छ भने फिल्म ‘लभस्टोरी २०५०’ र ‘ह्वाट्स योर राशि’ को असफलताले यी दुईबीच फाटो ल्याउन ठूलो भूमिका निर्वाह गर्‍यो जसले गर्दा सोच्दै नसोचिएको एउटा ब्रेकअपको चर्चाले बलिउड हल्लियो ।
अर्कोतर्फ करिना कपुरसँग सम्बन्ध टुक्रिएपछि एक्लो जीवन बिताइरहेका साहिद कपुरको नजिक हुन पुगिन् पि्रयंका जो आफैं हरमन बवेजासँगको विछोडपछि असल प्रेमी नभएर भौतारिरहेकी थिइन् । फिल्म ‘कमिने’ मा सँगै काम गर्दा बढेको सम्बन्धले उनीहरू प्रेमी-प्रेमिका हुन पुगे । तर यो वर्षका दोस्रा प्रेमी साहिदसँगको सम्बन्धलाई पनि पि्रयंकाले धेरै दिन टिकाउन सकिनन् । यी दुवै बलिउड सितारा अहिले विछोडको पीडा झेल्दै छन् ।
यस्तै बलिउड चर्चित यो वर्षको अर्को ब्रेकअपमा परेको छ, कंगना रानावत र अध्ययन सुमनको सम्बन्ध । करिब-करिब वर्षभर नै एक-अर्कासँगै बसेर पनि यी दुई छुट्टएिका छन् । सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैजनाले मिलेरै एक-अर्कासँग छुट्टनिे निर्णय गरेका हुन् । बिछोडिनुपर्दा अध्ययन निकै रोएका थिए भने कंगनामा त्यसको कुनै असर देखिएको थिएन । उनले ब्रेकअपलाई सहज रूपमा लिएकी थिइन् ।
यसैगरी चार वर्ष लामो सम्बन्धसमेत टुक्रिएपछि २००९ को चर्चित ब्रेकअपको सूचीमा रह्यो कोकणा सेन र रणवीर सौरीको प्रेम । उनीहरू यसै वर्ष बिहे गर्ने तयारीमा थिए रे । तर दैवले तिनको भाग्यमा अर्कै लेखेको रहेछ, उनीहरूले त उल्टै छुट्टनिे निर्णय लिएर सबैलाई छक्क पारे । उता गालामा सेक्सी डिम्पलका लागि लोकपि्रय हिरोइन पि्रटी जिन्टाको ब्रेकअप पनि बलिउडमा यो वर्ष चिया गफको मुख्य चारो बन्यो । यद्यपि उनका प्रेमी नेस वाडिया बलिउड हस्ती नभई व्यवसायी थिए । धनी प्रेमी नेससँगको सम्बन्धपछि पि्रटीले एक क्रिकेट टिम खरिद गरेकी थिइन् । उनीहरू चाँडै विवाहबन्धनमा बाँधिने चर्चा पनि सञ्चारमाध्यममा छाएको थियो । तर दिलको सम्बन्ध टुक्रिएर व्यापारमा मात्र सीमित हुने गरी खुम्चियो । ब्रेकअपपछि अब पि्रटीले प्रस्टीकरण दिएर भ्याइरहेकी छैनन् । उनी भनिनरहेकी हुन्छिन्, ‘नेस अब मेरो बिजिनेस पार्टर मात्र हो ।’
"अनलाइन खबरबाट साभर"

Comments :

0 comments to “विवाह बिच्छेदकै लागि हो त?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger