wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 4, 2010

मुख बिगार्नेको पछि को लाग्छ र ?



नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला ‘ट्वाक्क-टुक्क’बाट पहिचान बनाएका जितु नेपाल हास्य अभिनेताको रुपमा स्थापित भइसकेका छन् । दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका उनले अहिले ‘जिरे खुर्सानी’ नामक हाँस्य टेलिश्रृंखलामार्फत दर्शकलाई हसाई रहेका छन् । दिनेश डि.सी र सन्तोष पन्तको प्रभावबाट कलाकारिता क्षेत्रमा लागेका जितु पछिल्लो समय दमन रुपाखेतीसंगको जोडी तोडेर ‘जिरे खुर्सानी’मा शिवहरि पौड्यालसँग अभियनमा जमेका छन् ।
 पछिल्लो समय बेलायत गएका नेपाली बिद्यार्थीको दुःख पिरबारे देखाइरहेका जीतुसंग काठमाण्डौंमा गरेको कुराकानीको संक्षेप ।


० जिरे खुर्सानीमा एसएलसी पास गर्नु भा’छ, साँच्चिको चाहीँ कति पढनु भा को हो ?
- आई. ए पास छु ।
० विदेश पनि जानु भो साँच्चिकै दुःख पाउने रहेछन् त नेपालीले ?
- धेरै जसोले दुःख पाएको देखियो । आफन्त नहुने र पैसा कम बोकेर जानेले दुःख पाएका छन् । वास्तवमा विदेशको रियालिटी बुझेर मात्र उता जानु पर्ने रहेछ ।
० राज्यको राम्रो नीति नभएर नेपाली विदेशीएका हुन ?
- देशको अवस्था यस्तो छ, विदेश नगएर के गर्ने । राज्यले नै यता केही राम्रो नीति ल्याए त को विदेश जान्थ्यो र ?
० पर्दामा त खुव लभ गर्दै हिडनु हुन्छ, रियल लाईभमा कतिको केटी घुमाइयो त ?
- त्यस्तो घुमाइएन । विहे पनि एरेञ्ज नै गरियो । त्यस्तो अवस्थै आएन ।
० कलाकारहरको पछि लाग्ने त हुन्छन नि ?
- मुख विगारेर हँसाउने पछि को पो लाग्छन र ?
० मुख विगारेर मात्र हँसाउनु राम्रो हो र ?
- त्यो त परिस्थिति अनुसार हुन्छन् । कसैले मुख विगारेको मन पराउँछन, कसैले अरु नै ।
० जोडी टुट्दा र जम्दाको असर कस्तो पर्‍यो ?
- जोडी जमेको राम्रो हो । टुट्दा पनि आपसी सहमतीमा नै भएको हो । दमनजी र मेरो अहिले पनि राम्रो सम्बन्ध छ । केही त्यस्तो छैन । हामीले आ-आˆनै तरिकाले काम गरेका छौं ।
० चलचित्रमा पनि अभिनय गर्नु भो, तर आज आजभोली किन देखिन छोडनु भो नि ?
- वास्तवमा मिल्ने खालको भुमिका नै पाईएन, फेरि पैसा पनि कम पाइने । पर्दा मात्र ठूलो, अरु सबै कुरा सानो ।
० हाँस्य कलाकारलाई जोकरको रुपमा बढी प्रयोग गर्ने भएर हो कि ?
- त्यो पनि हो । राम्रो भुमिका दिदैनन् । कमेडीयनलाई खासै प्राथमिकता दिएको देखिँ दैन् ।
० स्टेज शो, चलचित्र र टेलिभिजन रोज्नु पर्दा ?
- स्टेज शो र टेलिभिजन नै रोज्छु ।
० टेलिभिजन हाँस्य कार्यक्रम निकै फस्टाउँदो छ नि ?
- टेलिभिजन च्यानलहरुको बढ्दो संख्यासँगै हाँस्य श्रृंखलाहरु पनि बढिरहेका छन् । एकातर्फ आर्थिक स्थिति सुधारिएको देखिन्छ भने अर्कोतर्फ गुणस्तर खस्केको पनि देखिन्छ । समग्रमा भन्दा राम्रा रहन्छन्, नराम्रा बढारिन्छन् ।
"अनलाइन बाट" 



Comments :

0 comments to “मुख बिगार्नेको पछि को लाग्छ र ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger