wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 2, 2010

मेरो सपना पुरा हुने भयो

एसीयाको नोवेल पुरस्कारको रुपमा चिनिने रोमन म्यागासेसे बिजेता डाक्टर महाविर पुनको अभियान वाएरलेर्सर् इन्टरनेट सेवा उत्तरी म्याग्दी सकिए पछि पश्चिम म्याग्दी तिर सुरु भएको छ ।

भरत पुनको नेतृत्वमा गएको अनुगमन टोलीले पश्चिम म्याग्दीको निश्कोट डाँडामा वाएरलेर्सर् इन्टरनेटको टावर स्थापना गर्ने प्रारम्भीक अध्ययन गरी फर्केको छ ।

 निश्कोटडाँडाको टावर बाट पश्चिम भेगका विम, मराङ्ग, दरवाङ्ग, मल्कवाङ्ग र ओखरबोटमा वाएरलेर्सर् इन्टरनेट बिश्तार गर्ने भएको हो । त्यस्तै विम गाबिसको विम गाउमा रिले टावर स्थापना गरी ताकम, धारापानी, देविश्थान लगाएतका गाबिस र गाउहरुमा वाएरलेस पुर्‍याउने योजना रहेको महाविर पुनका सहयोगी भरत पुनले बताउनु भयो । उहाँका अनुसार भकिम्ली गाबिसको डोलेमा टावर स्थापना गरी जिल्लाका सिंगा, भकिम्ली, पुलाचौर, भिरमुनी, ज्यामरुककोट, अर्थुङ्गे गाबिसमा वाएरलेर्सर् इन्टरनेट विस्तार गरीने भएको छ। वाएरलेर्सर् इन्टरनेट बिस्तारको लागी जिल्ला बिकास समितिले जिल्लाका २ ठाउमा टावर निर्माण गरीदिने भएको महाविर पुनले जानाकारी दिनुभएको छ । पुनले चालु अर्थिक बर्षो बाषिर्क बजेटबाट प्रत्यक गाबिसले १ लाख छुट्याएर वाएरलेसको लागी सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । उहाँका अनुसार वाएरलेर्सर् इन्टरनेट जडान पछि प्रत्यक गाउ बाट टेलीमेडिसिएन पद्धतिबाट बिरामीको उपचार गर्न सजिलो पर्ने छ । महावीर पुन को सहयोगले म्याग्दीका प्रत्यक गाउगाउमा इन्टरनेट सुबिधा पुग्न थाले पछी कुनै दिन मैले आफ्नै घरमा बसेर सरा बिश्व हेर्ने  देखेको सपना पुरा हुने भएको हो ।

Comments :

0 comments to “मेरो सपना पुरा हुने भयो”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger