दक्षिण कोरियामा रहेका नेपालीहरुको छाता संगठन नेपाली सम्पर्क समिति NCC CUP प्रतियोगितामा म्याग्दी सेवा समाज समिति कोरियाले NCC CUP भलिबल उपाधी जितेको छ ।

नेपाली सम्पर्क समितिले आयोजना गरेको NCC CUP भलिबल प्रतियोगितामा भाग्यसाली चिठ्ठाको उडाएको थियो उक्त चिठ्ठा प्रतियोगितामा चिठ्ठा नम्बर १८०८ का श्रीस मगरले प्रथम पुस्कार स्वरुप ल्याप्टप जितेका छन । त्यस्तै चिठ्ठा नम्बर १९२१ का मिन गौचनलाई डिजिटल क्यामेरा परेको छ भने तेस्रो पुरस्कार चिठ्ठा नम्बर २०४४ का टिआर ले घडी जितेका छन् । त्यस्तै गरी ४ जना सहभागी होम कार्की, सुरेस लिम्बु र ओम विष्टले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । उक्त भलिबल प्रतियोगितामा नेपाली राजदुत महामयिम कमल प्रसाद कोइराला, विभिन्न संघ सस्थाका प्रतिनिधिका साथै धेरै दर्शकहरुको उपस्थिति रहेको थियो।
स्मरण रहोस प्रतियोगितामा अघिकांश नेपाली राष्ट्रिय स्तरका भलिबल खेलाडीहरुको सहभागिता रहेको थियो । कोरिया र नेपाली कलाकारहरुद्वारा नृत्य एबम गितका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमले भरिएको उक्त भलिबल नेपाली सम्पर्क समितिको अध्यक्ष डेविट राईको अध्यक्षतामा सचिव आनन्द गुरुङले सञ्चालन गर्नु भएको थियो।
Comments :
0 comments to “एनसीसी कप म्यग्दीसामाज कोरियाले चुम्यो”
Post a Comment