wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 13, 2010

१२ बुदे सहमती काँग्रेसलाई दुर्भाग्य- खुमबहादुर खड्का

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्वगृहमन्त्री खुमबहादुर खड्काले १२ बुंदेसहमतीगरी गिरीजाबाबुले माओवादीलाई शहरमा ल्याउनु काँग्रेसकोलागी दुर्भाग्य भएको बताए ।
नेपाली का“ग्रेस जिल्ला समितीले आईतवार बेनीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा खड्काले उक्त विचार ब्यक्त गरेका हुन् । उनले माधव नेपाल नेतृत्वको सरकारमा सहभागी हुनु पनि गल्ती भएको भन्दै बाहिरिनु उपयुक्त हुने बताए ।
जंगलमा सक्किदै जान लागेका माओवादीलाई गिरिजा प्रसाद कोइरालाले १२ बुंदेसहमती मुलधारमा ल्याउनु का“ग्रेसकालागी दर्ुभाग्य थियो । खड्काले भने-माओवादी पोलपोटको शैलीमा अगाडी बढिरहेकोले माओवादी टुक्राटुक्रा भएर सकिने दिन आउँछ, काँग्रेसले पर्खन सक्नु पर्छ ।बर्तमान सरकारमा काँग्रेस सहभागी भएकोमा पनि असुन्तुष्टी ब्यक्त गरे । अहिले सरकारमा जानु गल्ती भएको छ, सरकारलाई र्समथन गर्दै बाहिरिनु उपयुक्त हुन्छ खड्काले थपे ।

भेलामा काँग्रेस केन्द्रीय सदस्य तथा सभासद अर्जुन जोशीले माओवादीको हतियार र लडाकु ब्यवस्थापन नगरी जेठ १४ गते नयाँ संविधान घोषणा गर्ने कुरामा काँग्रेसले सोच्नु पर्ने बताए ।
कार्यक्रममा पुर्ब गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले माओबादीले आतंककारी गतीबीधि नछोडेको आरोप लगाए । उनले जनयुद्ध काल नाम दिएको अबश्थामा उनीहरुको आतंकको शिकार नेपालमा धेरै भएको र म्याग्दीमा पनि भिमबहादुर घिमिरे र शेरबहादुर शेरचन भएको बताएका छन् । कडेलले माओबादीले क्यान्ट्रोनमेनमा नयाँलाई लगेर राखी लडाकुलाई वाईसिएल बनाएर अराजकता फैलाएको आरोप लगाएका छन् । उनले काँग्रेस लगाएत अन्य दलले जोगाएर राखेको करोडौं रकम माओबदीले आफ्ना कार्यकर्तालाई बाँडेर आफु पपुलर हुने ढ्वा· रचेको आरोप लगाए । साथै उनले आगामी महाधिबेसनमा नेतृत्वको लागी खुमबहादुर खड्कालाई अगाडी सरेको समेत बताएका छन् ।
संबिधानसभाका सभासद अर्जुन जोशीले नेपालको पश्चिम र सुदुर पश्चिम भन्दा काठमाण्डौमा बढी रकम बिनियोजन भएका बताउदै उनले काठमाण्डौमा धेरै सभासद भएकाले काठमाण्डौलाई मात्र करिब ३ करोड रकम निकासा भएको बताए । उनले पार्टीले निर्णय गरी सकेको भए पनि नेपालमा संघियता ल्याउनु भनेको दुर्घटना निम्त्याउनु भएको बताए । उनले अहीले काँग्रेस पुनःसंरचना र नयाँ नेतृत्व चयनको मुखमा आएकाले कोही हतास नहुन आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला स्तरीय नेताहरुले अधिकांस समय आफ्नै पार्टीको खेदो खन्दैमा सकेको उक्त कार्यक्रममा काँग्रेस म्याग्दीका पुर्ब सचिब चिरञ्जीवी शर्माले केन्द्रीय स्तरका नेताले फरक फरक धारणा राखेर कार्यकर्तालाई दोधारमा पारेको बताए । महिला संघकी अध्यक्ष विना खड्काले एमालेका अध्यक्ष झलनाथ खनाल जिल्लाको दुर्गम तातोपानी सम्म पुगेको स्मरण गर्दै काँग्रेसका नेता पनि जिल्लाका ग्रामीण पर्यटकीय स्थल सम्म पुग्नुपर्ने बताएकी थिईन । उनले संबिधानसभाको चुनाबमा म्याग्दीमा पराजित हुनु केन्द्रले गरेको बाँदरे चाला आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिनेको उपज भएको आरोप लगाएकी छन् । उनले काँग्रेस नेताहरु आफ्ना नातेदारलाई जागीर लगाउनमै तल्लीन भएकाले जनताबाट तिरस्कृत हुदै गएको बताईन् ।
कार्यक्रमा मन्तब्य राख्ने अधिकांस जिल्ला तहका काँग्रेस नेताहरुले आफ्नै पार्टर्ीीे आलोचनामा समय खर्चेका थिए । काँग्रेसका उपसभापति रेशम बानियाँले जिल्लामा १ सय ५० मात्र क्रियासील सदस्य रहेको बखतमा केन्द्रले ५० प्रतिसत मात्र क्रियासील सदस्य थप गर्ने निर्ण्र्ाागरेर म्याग्दीलाई समस्यामा पारेको बताए । अहिले रहेका १ सय ५० को आधा ७५ जना मात्र सदस्य थप गर्न पाईने भएकाले थप १ सय ५० थान क्रियासील सदस्यता र्फम म्याग्दीलाई पर्ठाईदिनको लागी आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापती भुपेन्द्र खड्का, सचिब हरिकुमार श्रेष्ठ, दलीत संघका गब्बे परियार, काँग्रेसका पर्ुब सचिब माधब रेग्मी, तरुणदलका कृष्ण बरुवाल, कर्ण्र्ााादुर बानियाँ, जितेन्द्र पुन लगाएतले मन्तब्य राखेका थिए ।
(अनलाइन बाट )

Comments :

0 comments to “१२ बुदे सहमती काँग्रेसलाई दुर्भाग्य- खुमबहादुर खड्का”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger