wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 13, 2010

आकाश बाट हेर्न पाइने भयो पोखरा लगायत पुनहिललाइ



अब कम्तिमा २ हजार ५ सय रुपैयाँ तिरेपछि पोखरालाई आकाशबाट हेर्न सकिन्छ। फिस्टेल एयरले यो हेलिकोप्टर मार्फत पोखरा आसपासका गाउँमा समेत सेवा विस्तार गर्न सकिने जनाएको छ। 'कुनै लाहुरे हेलिकोप्टर चढेर आफ्नो गाउँ जान चाहन्छ भने हामीले सुविधा दिन्छौं,'  फिस्टेल एअरका वसन्त गौचनले भने।



फिस्टेलको सेवा विस्तारपछि पोखरासहित आसपासका पर्यटकीय क्षेत्रको अवलोकन गर्न चाहने पर्यटकले हेलिकोप्टर सुविधा पाउने भएका छन्। पोखराबाटै दिन थालिएको हेलिकोप्टरको सुविधा पहिलो पटक हो।

एयरले जनवरी सुरुदेखि पोखरालाई आधार मानेर पोखरा विमानस्थलमा २४ सै घन्टा हेलिकोप्टर 'स्ट्यान्डबाई' राख्न थालेको छ। फिस्टेलले आफ्नो हेलिकोप्टरमार्फत पोखरासहित आसपासका पर्यटकीय ठाउँ र वस्तीमा समेत सुविधा दिने जनाएको छ। सेवा सुरु गरेदेखि अहिलेसम्म करिब दर्जन उडान भइसकेका छन्।






 एयरका पोखरा प्रतिनिधि वसन्त गौचनले हेलिकोप्टरमार्फत धार्मिक क्षेत्र मुक्तिनाथ, दामोदरकुण्डसहित पर्यटकीय क्षेत्रमा सेवा दिने बताए। उनले अन्नपूर्ण, माछापुच्छ्रे आधारशिविरसहित विभिन्न पदमार्गमा पर्ने पर्यटकीय स्थलमा समेत सुविधा विस्तार गर्ने जनाए।


'टाढामात्रै होइन, पोखरा नजिकैको विश्व शान्ति स्तूप र सराङकोटमा समेत उडान गरेर पर्यटकलाई सुविधा दिन्छौँ,' गौचनले भने, 'पञ्चासे, सिक्लेस, तान्तिङ, पचगाउँ, सिरुबारी, घान्द्रुक, छोम्रोङ, पुनहिल लगायतका क्षेत्रमा समेत हामी सुविधा दिन्छौं।' गौचनले कम्तीमा २ हजार ५ सय रुपैयाँ तिरेपछि पोखरालाई आकाशबाट हेर्न सकिने जानकारी दिए।
फिस्टेल एयरले यो हेलिकोप्टर मार्फत पोखरा आसपासका गाउँमा समेत सेवा बिस्तार गर्न सकिने जनाएको छ। 'कुनै लाहुरे हेलिकोप्टर चढेर आफ्नो गाउँ जान चाहन्छ भने हामीले सुविधा दिन्छौं,' गौचनले भने।

स्थानीय र आन्तरिक पर्यटकलाई लक्षित गरेर सेवा दिन थालेको उनले बताए। 'सर्वसुलभ दरमा हामीले स्थानीय र आन्तरिक पर्यटकलाई सुविधा दिने तयारी गरेका छौं,' गौचनले नागरिकसँग भने, 'सस्तो र छिटो सुविधा दिने उद्देश्यले पोखरालाई आधार मानेर यो सुविधा विस्तार गरेका हौ।'
उनले हेलिकोप्टर सँगै विदेशी पर्यटकले समेत सुविधा पाउने बताए। गौचनले आन्तरिक पर्यटकका लागि विशेष सुविधा दिने जनाए। 'आन्तरिक पर्यटकलाई पोखरा चिनाउने र उनीहरुको बसाइ लम्ब्याउने हाम्रो योजना हो, जसले गर्दा पोखराको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्छ' उनले भने।

काठमाडौंलाई आधार मानेर हेलिकोप्टर सञ्चालन गर्दा महँगो पर्ने र समय बढी लाग्ने भएकोले पोखराबाटै हेलिकोप्टर सेवा संचालन गरेको उनले बताए। 'केही काम पर्‍यो भने काठमाडौंबाट ल्याउनुपर्ने भएकोले समय बढि लाग्ने साथै महँगो पर्न जाने भएकोले पोखरालाई आधार मानेका हौ' गौचनले भने।
यो हेलिकोप्टर २३ हजार फिटसम्म उडान भर्न सक्ने भएकोले हिमाली क्षेत्रमा कुनै उद्धार कार्य गर्नुपरेमा प्रभावकारी हुने फिस्टेलले जनाएको छ। 'विभिन्न हिमाली पदमार्गमा गएका पर्यटक बिरामी हुने, लड्ने भएकोले उनीहरुको समयमै उद्धार गर्नुपर्ने हुन्छ,' गौचनले भने, 'तुरुन्त उद्धार गर्नुपर्ने ठाउँमा फिस्टेलको यो हेलिकोप्टर प्रभावकारी हुन्छ।' उनले सबैभन्दा बढी उचाइमा पुग्न सक्ने यो नै पहिलो हेलिकोप्टर रहेको दावी गरे।
गौचनले कसैले चाहेमा अनुमति लिएर जुनसुकै क्षेत्रमा अवतरण गरेर पर्यटकलाई सेवा दिन तयार रहेको बताए। 'कुनै आधारशिविरमा पुगेपछि कोही पर्यटकले केहीबेर अवतरण गरेर तस्बिर लिन चाहन्छ भने पनि हामीले अनुमति लिएर उसलाई सुविधा दिन्छौँ,' उनले भने। ५ सिट क्षमताको यो हेलिकोप्टरका सबै झ्याल खुल्ने भएकोले माउन्टेन फ्लाइटमा बढी प्रभावकारी हुने फिस्टेलको दाबी छ। अहिलेसम्म पोखरा र आसपासको हिमाली दृष्यावलोकनका लागि विभिन्न कम्पनीका जहाज मार्फत माउन्टेन फ्लाइट र अल्ट्रालाइटको सुविधा थियो। पोखराको लागि मात्रै विभिन्न प्याराग्लाइडिङ कम्पनीले सुविधा दिएका थिए।
(नगरिक बाट)

Comments :

0 comments to “आकाश बाट हेर्न पाइने भयो पोखरा लगायत पुनहिललाइ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger