पर्वत जिल्ला दुर्लुङ्ग गाविसमा मंगलवार अपरान्ह गोली चल्दा दुई जना घाइते भएका छन् । बनौ-६ का महेन्द्र पुनले गोली चलाउँदा दुर्लुङ्ग-२ का १५ बर्षीय लक्ष्मण बस्याल र २३ बर्षीय रमेश नेपाली घाईते भएका हुन् ।बस्याललको अबस्था गम्भिर छ । पेटमा एक गोली लागि बेहोस भएका बस्याललाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखराको मणिपाल अस्पताल रेफर गरिएको प्रहरीले बतायो ।
हातमा एक गोली लागेका नेपालीको भने पर्वत अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरीराज वाग्लेले बताए ।गोली चलाउने पुनलाई स्वचालित एक थान पेस्तोल सहित नियन्त्रण्मा लिई घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी प्रमुख वाग्लेले जानकारी दिए । वाग्लेलेका अनुसार पेस्तोलमा भरी गोली रहेको र तीन गोली मात्र चलाईएको छ ।सामन्य विवाद पछि गोली चल्दा सर्बसाधरणहरुमा भागदौडमच्चिएको प्रत्यक्षदर्शीहरुले जनाकारी दिए ।
अनलाइनबाट
hi dear can you plz contact us in dragonstarblog@gmail.com.We need your help so plz contact once.you can see our blog at wwww.arundhungel.blogspot.com plz