wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 29, 2010

'श्रीमति राम्री नदेखिए पुरुषले बाहिर आँखा डुलाउँछन्'


घरमा श्रीमती राम्री देखिएन भने पुरुषहरूले बाहिर आँखा डुलाउने सम्भावना हुन्छ भन्दै हिरोइन मेलिना मानन्धरले नारीहरूलाई सचेत गराइन्। नारायणगोपाल चोकमा भ्यु ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै मेलिनाले भनिन्, 'त्यसैले हामी श्रीमतीहरू सुन्दर भइरहनुपर्छ र त्यसका लागि ब्युटिपार्लर जानुपर्छ।'पबि गुरुङ, रश्मी गुरुङ र दीपा कुँवरले सञ्चालन गरेको पार्लरको उद्घाटन मेलिनाले अर्की हिरोइन करिश्मा मानन्धरसँग मिलेर गरेकी थिइन्। हरेक नारीले सौन्दर्यसम्बन्धी ज्ञान हासिल गर्न जरुरी रहेको बताउँदै करिश्माले भनिन्, 'आर्थिक रूपमा कमजोर नारीहरूलाई पनि सहुलियतमा सौन्दर्य ज्ञान दिइनुपर्छ।

'उद्घाटन कार्यक्रममा माओवादी नेता हिसिला यमीले आफू नारी सौन्दर्यको नभई त्यसको व्यापारीकरणको विरोधी रहेको बताइन्। 'हरेक कुराको सौन्दर्य हुन्छ, हिजो हाम्रो युद्धको पनि सौन्दर्य थियो,' उनले भनिन्, 'सौन्दर्य र कलात्मकतालाई म हौसला दिन्छुपार्लरमा कोरियाको प्रविधि अपनाइएको पार्लरकी अध्यक्ष पबि गुरुङले दावी गरिन्। १२ वर्ष कोरियामा बसेर फर्किएकी पबि उतै प्रशिक्षण लिएकी हुन्। 'कोरियामा सिकेको सीप यता प्रयोग गर्न लागेकी हुँ,' पबिले भनिन्, 'पार्लरमा स्किनको विशेष हेरचाह  गरिन्छ
नागरिक दैनिक 

Comments :

0 comments to “'श्रीमति राम्री नदेखिए पुरुषले बाहिर आँखा डुलाउँछन्'”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger