wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 30, 2010

हेर्नुस त कोमल वली त दुलईको भेषमा चिरीच्याट्ट पर्नु भएछ नि


तपाईं दुलहीको लुगामा सजिन खासै रुचाउनुभएन नि ?
मलाई थाहा छ, बेहुलीको भेषमा म निकै राम्री देखिन्छु । सबैले 'कस्ती राम्री देखिएकी,' भनेर जिस्क्याउँछन् पनि । त्यसैले लगाउन मन नलागेको । मलाई भेट्ने सबैले विवाहबारे सोध्छन्, 'बिहे कहिले गर्ने ?' उनीहरूलाई जवाफ दिँदा-दिँदा म थाकिसकेँ । यो लुगामा देखिएपछि मैले अनेकखाले प्रतिक्रिया बेहोर्नुपर्छ 
योभन्दा पहिले बेहुलीको लुगा लगाउनुभएको थियो ? यो लुगामा राम्री देखिन्छु भनेर कसरी थाहा पाउनुभयो ?
दुलहीको लुगामा सबै नारी राम्री देखिन्छिन् । यसभन्दा पहिले म्युजिक भिडियो सुटिङका वेला मैले यो लुगा लगाएकी थिएँ । पछि, त्यो भिडियो हेरेर म आफँै दंग परेकी थिएँ । एउटा रमाइलो कुरा, त्यस भिडियोमा म दुलही बनेको देख्दा मेरा आफन्त र साथीहरू रोएका थिए रे । मलाई माया गर्ने साथीहरू मेरो यो फोटो देखेर फेरि रुनेछन् 
आज बिहेको यो लुगा लगाउँदा कस्तो लाग्यो ?
रमाइलो । एकपछि अर्को पहिरन लगाउँदै, शृंगार गर्दै जाँदा आज म साँच्चिकै दुलही बन्दै छु कि जस्तो अनुभूति भइरहेको छ । मेरो मुटु नै ढक्क फुलेजस्तो, कता-कता डर लागेजस्तो भएको छ । म त साँच्चिकै दुलही बनेर बिहे गरेर कतै जाँदै छु कि जस्तो अनुभव हुँदै छ 
यो लुगामा मन परेको कुरा (जस्तो चुरा, सिन्दूर, साडी) के हो ?
सबै लुगा र शृंगारका साधन मन परेको छ । किनभने बेहुली हुन सबैको उत्तिकै महत्त्व छ । यी पहिरन मैले निकैपटक लगाएकी छु 
पहिलोपटक तपाईं कुनै दुलहीको नजिक कहिले बस्नुभएको थियो ? त्यसवेला कस्तो लागेको थियो  ?





स्कुलदेखिको मेरी साथी थिइन् तुलसीपुरमा, उनी मेरो बेस्टप|mेन्ड । उनको बिहेमा उनलाई शृंगारमा सघाएकी थिएँ । उनी दुलही बनेको देख्दा मलाई पनि दुलही बन्न मन लागेको थियो  । तर, मेरो उद्देश्य अर्कै थियो । फेरि मेरो दिमागमा त्यस कुराले त्यति महत्त्व पाएन । अहिले सम्झँदा लाग्छ- त्यो मेरो 'इम्याचियोरिटी' थियो 
बिहे गरेको भए तपाईंको लक्ष्य पूरा हुँदैनथ्यो त ?
हुन पनि सक्थ्यो । तर, हाम्रो समाज र मेरो पारिवारिक बनावटका कारण मेरो उद्देश्य पूरा नहुने सम्भावना निकै थियो 
बिहेमा यस्तो पहिरन नै किन लगाइन्छ ? यो आवश्यक नै छ र ?

किनभने हिन्दूधर्म परम्पराअनुसार हरेक धार्मिक अनुष्ठानमा रातोलाई शुभ मानिन्छ । त्यसैले सबै शुभकार्यमा रातो रंग प्रयोग गरिने चलन निकै अघिदेखि छ । बिहे त झन् दुई आत्मालाई एक बनाउने शुभकार्य हो । विजयको प्रतीक पनि हो रातो रंग, प्रेमको प्रतीक पनि । रातो रंगले मानिसलाई ऊर्जा पनि दिन्छ 
तपाइंले जीवनभरि नै यस्तो पहिरन लगाउने वेला भयो नि ? किन नलगाएको ? ढिला भएन ?





आज लगाएकी छु नि । यतिले पुगेन र ? लगाउँला नि । त्यो दिन पनि छिट्टै आउनेछ । ढिला भएको छ कि छैन त्यो त मान्छेको हेराइमा फरक पर्छ 
तपाइंले आजसम्म कोही आदर्श दुलही देख्नुभएको छ ?
आदर्श केलाई मान्ने ? मान्छे कुनै कुरामा पूर्ण हुन सक्दैन । तपाइंले पूर्ण देख्नुभएको मान्छे अर्कोलाई अपूर्ण लाग्न सक्छ । त्यसैले होला, मैले त्यस्तो आदर्श दुलही अहिलेसम्म देखेकै छैन 
तपाइंलाई आएको बिहेका प्रस्ताव कस्ता थिए ? कस्तो लाग्यो ?
सामान्य, जस्तो अरूलाई पनि आउँछन् । एउटा प्रस्ताव मलाई याद छ, पहिलोपटक एउटा केटा मलाई हेर्न आएका रहेछन् । मामुले मलाई बैठकमा बोलाउनुभयो, म हातमा लठ्ठी हल्लाउँदै भित्र पसेँ र आमालाई ग्वाम्म अँगालो हालेँ । टेबुलमा रोटी थियो झिकेर खाइदिएँ । हाँसेर गफ पनि गरेँ । उनीहरू त मलाई देखेर छक्क परे । त्यसवेला केटा निकै नर्भस भएका थिए । साँझ आमाले मलाई सोध्नुभयो, 'त्यो केटा कस्तो लाग्यो ?' भनेर । मैले सोझै भनेँ, 'म बिहे गर्दिनँ । अहिले नै त्यस्तो कुरा नगर्नूस् ।' त्यसपछि मेरो जीवनले अर्कै मोड लियो 
त्यसपछि बिहेका कस्ता-कस्ता प्रस्ताव आए ? किन अस्वीकार गर्नुभयो ?
त्यसपछि अनगिन्ती आए । सबै क्षेत्रका केटा आएका थिए । म हाँसिदिन्थे, कुरा गरिदिन्थेँ । तर, प्रेमी बनाउँदै हिँडिनँ किनभने मेरो सानो निर्णयले पनि मेरो लक्ष्यमा पुग्न अवरोध हुन सक्थ्यो 
हिजोआजका दुलही कस्ती हुनुपर्छ ?
सक्षम । किनभने भोलि ऊ नयाँ सन्ततिको आमा बन्नेछ । अर्का कुरा, उसले परिवार र प्रेमलाई सन्तुलित राख्न पनि सक्ने हुनुपर्छ  

तपाइंले प्रेम गर्नुभएको छ ?
गर्‍या छु । मैले जसलाई प्रेम गर्छु, अति नै गर्छु । र, उसलाई सम्मान पनि गर्छु ।  

प्रेमीको सामीप्यमा बस्दा कस्तो कुरा गर्नुहन्छ ?
सामीप्यमा त बसिँदैन । बसियो भने पनि बौद्धिकस्तरको कुरा हुन्छ । देश र राजनीतिको कुरा हुन्छ । अलिअलि मायाको कुरा त हुने नै भयो 
सुहागरात सम्झनायोग्य बनाउन के गर्नुपर्ला ?
मेरो विचारमा त सुहागरातका लागि बेडमा सिस्नो राखिदिनुपर्छ । जब दुलाहालाई सिस्नोले पोल्छ, त्यो रात जीवनभरि नै अविस्मरणीय बन्नेछ 
सुहागरात कस्तो होस् भन्ने चाहनुहुन्छ ?
आकर्षणपूर्ण । सुखद्, अविस्मरणीय होस् भन्ने चाहन्छु । मेरो मात्रै होइन सबैको चाहना त्यस्तै हुन्छ 
सुहागरातका लागि कुन स्थान बढी उपयुक्त होला ?
स्थानले खासै फरक पार्दैन । दुवैबीच अगाध माया र आकर्षण छ भने सुनसान जंगल या झुपडीमा पनि सुहागरात सुखद् हुन सक्छ । दुवैबीच आत्मीय प्रेम छैन भने जस्तो ठाउँमा गए पनि त्यसले केही महत्त्व राख्दैन 
बिहेका पाँच फाइदा र बेफाइदा ? 
फाइदाः
१. सुख-दुःख साटासाट गर्न पाइन्छ 
२. नयाँ सृष्टि सुरु हुन्छ अर्थात् सन्तानको जन्म हुन्छ 
३. प्रगतिका लागि आवश्यक सहयोग प्राप्त हुन्छ 
४. अनुशासित समाज निर्माण हुन्छ 
५. विवाहले यौनलाई अनुशासित बनाइदिन्छ  
बेफाइदाः
१. पारिवारिक झन्झट 
२. बिहे असफल भएमा भोग्नुपर्ने पीडा दुःखदायी हुन जान्छ 
३. अनावश्यक रूपमा जनसंख्या वृद्धि हुन्छ 
४. समझदारी नभएमा प्रगतिमा बाधा हुन्छ 
५. अनावश्यक रूपमा नारीको स्वतन्त्रतामाथि हनन हुन सक्छ । 
अनलाइन बाट 

Comments :

0 comments to “हेर्नुस त कोमल वली त दुलईको भेषमा चिरीच्याट्ट पर्नु भएछ नि”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger