एक्सन हिरो निखिल उप्रेती र विराज भट्टले सँगै देखिने फिल्म एकदमै थोरै छ। यी दुइ हिरो सँगै अभिनय गर्न मान्दैनन्। तर, राजधानीमा शुक्रबारदेखि रिलिज भएको फिल्म 'दोस्ती'मा विराज र निखिल एकसाथ देखिएका छन्। अर्का एक्सन हिरो अर्जुन कार्कीले समेत सघाएका छन् उनीहरुलाई।विश्वज्योती लगायत १८ हलमा रिलिज भएको 'दोस्ती'मा तीन हिरोको एउटी हिरोइन छिन् जेनिशा केसी।सँगै फिल्म नखेल्ने निखिल र विराजको अभिनय रहेकोले पनि यो फिल्म दर्शकलाई भिन्दै लाग्नसक्छ,' निर्माता रोज राणाले नागरिकसँग भने,'दुई एक्सन हिरो इगोका कारण पनि सँगै अभिनय गर्न मान्दैनथे।
मैले धेरै आइडिया लगाएर यो काम गरें।' उनले अघिल्लो फिल्म 'खलनायक'मा पनि राजेश हमालको साथै निखिल र विराजलाई सँगै खेलाएका थिए।
एक्सन र लभस्टोरी माथिको यो फिल्म मदन घिमिरेले निर्देशन गरेका हुन्। मौनता श्रेष्ठको स्क्रीप्ट, चेतन सापकोटाको संगीत र एन.बी महर्जनको द्वन्द्व रहेको 'दोस्ती'मा तालीम प्राप्त बाजको समेत प्रयोग गरिएको छ।
नागरिक न्युज बाट
Comments :
0 comments to “निखिल र बिराज "दोस्ती" मा संगै”
Post a Comment