wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 18, 2010

म्याग्दीमा २०६६ निराशा र उपलब्धी दुबै

सन्तोष गौतम, बेनी अनलाइन
म्याग्दी ३ बैशाख । राजनितिक अस्थिरताको भुमरीमा जुग्रीरहेको पश्चिम नेपालको म्याग्दी जिल्लाका लागि वर्ष२०६६ विभिन्न उपलब्धीसँगै निराशाजनक बन्यो ।
तत्कालीन प्रधानसेनापति रुगमांगत कटवाललाई माओवादी नेतृत्वको सरकारले गरेको कारबाही राष्ट्रपतिले स्विकृत नगरीदिएपछि सत्ता छाडेर सडकमा ओर्लेको माओवादीको आन्दोलन जिल्लामा वर्षो सुरु देखि अन्त सम्म पनि जारी छ । यस बिचमा एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राई, कांग्रेस नेता खुमबहादुर खड्का लगायत केन्द्रिय नेताहरूको जिल्लामा भएको उपस्थितीले राजनितिक कार्यर्ताहरू उत्साहीत बने ।
राजनितिक दलका गतिविधीहरू सदरमुकाम बेनी केन्द्रित भए । बैठक, भेला र सम्मेलनमा गाउँ केन्द्रित राजनितिक गर्ने निर्ण्र्ााभएपनि दलहरूले यसलाई दिर्घकालीन रुपमा निरन्तरता दिन सकेनन् । भेला, सम्मेलन र केन्द्रिय कार्यक्रम तथा संगठन विस्तार गर्ने क्रममा नेताहरू गाउँ गएपनि उनिहरूले देशको प्रमुख मुद्दा संविधान निर्माण प्रक्रियाका बिषयमा र्सवसाधारणसँग कमै मात्र छलफल गरे । वर्षो अन्त्यतिर एकिकृत नेकपा माओवादी अन्य दलबाट टाढा हुन थालेको छ । संविधान निर्माण प्रक्रिया ओझेलमा परेका कारण अन्य ठाउँमा जस्तै म्याग्दीबासी पनि वर्तमान राजनितिक स्थिती प्रती निराश छन् ।

प्राकृतीक प्रकोपबाट मानविय क्षत्ती नभएपनि सडक दर्ुघटनाका कारण यो वर्षम्याग्दीमा केहीले ज्यान गुमाए । बेनी-दरबाङ सडक खण्डमा साउन १२ गते दिउँसो भएको सडक दर्ुघटनामा नेकपा एकिकृतका जिल्ला सचिव हिराबहादुर केसी सहित ७ जनाको ज्यान गयो । पाखापानीको रायखोरमा वर्षअगावैदेखि सुरु भएको पहिरो अझै रोकीएको छैन् । रुमको अदीभारामा रुमखोलाको कटान नियन्त्रण भएपनि ज्यामरुककोटको बगरफाँट बस्तीमाथीको पहिरोका कारण जोखिममै छ ।
अनावृष्टि, अतिवृष्टी, असिना, खडेरी जस्ता मौसमी कारणले कृषी क्षेत्र प्रभावित बन्यो । अनुकुल मौसम, सिचाई सुविधा र जनशक्ति अभावका कारण कृषी उत्पादन घट्दो देखिन्छ । ग्रामिण क्षेत्रका खेतबारी बाँझै बस्न थालेका छन् । धौलागिरि, निलगीरी, अन्नपर्ूण्ा, गर्ुजा लगायत हिमाल हिउँदको अन्तसम्म हिउँबिहीन बनेको खबर चर्चित बन्यो । वर्षो अन्तमा खेतीबाली खडेरीले सुक्न थालेका छन् । यहाँका कृषहहरूले पनि जलवायु परिवर्तनको महशुस हुन थालेको बताउँछन् ।
प्राकृतीक सुन्दरताले भरिपर्ूण्ा म्याग्दी जिल्लाको पर्यटकीय स्थलहरूमा सरकारी निकाय र स्थानीयबासीबाट पदमार्ग, मोटरबाटो, होटल जस्ता पर्ुवाधार निर्माण भए । खोप्रा लेक, अन्नपर्ूण्ा आधार शिवीर, नारच्याङ गाउँ, अन्धगल्छी लगायत ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भए । राउण्ड धौलागिरि जाने पदमार्गमा पर्ने नाउराको भिरमा घोरेटो बाटो र टोड्के पुग्ने सडक बन्यो । भुरुङ तातोपानी र सिङ्गा तातोपानीमा पर्यटकको आगमन बढ्नुका साथै दग्नाम र शिखमा भेटीएका तातोपानीका मुहना संरक्षणमा स्थानीयबासीले चासो देखाएका छन । विभिन्न संम्भावना र प्रयासका बिच विश्व आर्थिक मन्दी र बेनी जोमसोम पदमार्ग सडकमा परिणत भएपछि बाहृय पर्यटक घटेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
विकास निर्माणको क्षेत्रमा यो वर्षराम्चे, हिस्तान, शिख, घारा, कुहँु, पाखापानी गाविसलाई सडकले छोयो बेनी दरबाङ र बेनी जोमसोम सडकको स्तरवृद्धी गर्ने काम कछुवाको गतिमा भइरहेको छ । स्थानीयबासीमा बढेको आगनमा सडक पुर्‍याउने रहर बढेको छ । यसले प्राकृतीक विपत्ति निम्त्याउने चिन्ता गर्न थालीएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट स्वास्थ्य, सरसफाई र खानेपानी सम्बन्धि योजना र कार्यक्रम सञ्चालन भइरहेका छन् । वर्षो अन्तमा भएको जिल्ला परिषद्ले ५ वर्षभत्र सबै गाविसमा सडक पुर्‍याउने योजना पारित गरेको छ ।
शैक्षिक क्षेत्रमा प्रवेशीका परिक्षाको परिक्षाफल निराशाजनक भएपनि ग्रामिण क्षेत्रमा उच्च मावि र क्याम्पस खुले । शिवाङ, शिख जस्ता दर्ुगम ठाउँमा उच्च मावि खुले, बेनीमा निजीक्षेत्रबाट न्यु वेष्ट प्वाईन्ट कलेज सञ्चालनमा आयो । बाबियाचौरमा मंगला शिक्षा क्याम्पस खुलेपछि शैक्षीक जागरण आएको छ । चिमखोलामा ताररहीतर् इन्टरनेट सेवा पुग्यो । सामाजिक कार्यकर्ता महाविर पुन अन्य ठाउँमा पनिर् इन्टरनेट विस्तार गर्न व्यस्त हुनुहुन्छ ।
वर्ष२०६६ म्याग्दीको वित्तिय क्षेत्रको विकासका लागि उपलब्धीमुलक भएको मानिएको छ । आईएमर् इ र शेयर मार्केट फाईनान्सले बेनीमा शाखा स्थापना गरे निलगिरि विकास बैङ्कले दरबाङमा पहिलो शाखा स्थापना गर्‍यो । गाउँ गाउँमा सहकारी स्थापना भए । ऋण खोज्न साहुकहाँ जानुपर्ने संस्कार परिवर्तन हुन थालेको छ । वित्तिय संस्थाहरूले जिल्लामा निक्षेप संकलन गरेर बाहीर लैजाने गरेको आरोप हटेको छैन् ।
१ सय ६४ मेघावाटको कालिगण्डकी गर्ज, अपर कालिगण्डकी, मिस्त्री, घाराखोला लगायत जलविद्युत आयोजना निर्माणको चरणमा प्रवेश गरेका छन् । ३० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजना २०६६ मा नै निर्माण सुरु गर्ने भनिएपनि सो भएन् । निजि क्षेत्रको अगुवाईमा माघ पहिलो सात परम्परालाई निरन्तरता दिदै आर्थिक, साँस्कृतिक र पर्यटन विकासका लागि जिल्लामै पहिलोपटक सडक खाना महोत्सव सञ्चालन भयो ।
२०६६ म्याग्दीको शान्ति सुरक्षाका लागि चुनौतीपर्ूण्ा बन्यो भने प्रशासनीक निकाय आलोचित बन्यो । वर्षरि १२ जनाको कुटपिट र धारीलो हतियार प्रयोग गरि हत्या भयो । रत्नेचौरमा २ बालीकाको बलत्कारपछि हत्या भएको पुष्टि भएपनि अभियुक्त अझै फरार छन् । सुरक्षा निकायले गरेको मेला नियन्त्रण गर्ने प्रयासलाई सरोकारवालाले स्वागत गरे ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले फागुन १ गते माओवादीले जनयुद्धको वर्षाँठ मनाईरहेको बहुचर्चीत र बिवादीत खाद्य संस्थानको जग्गामा संम्भावित झडप रोक्न भन्दै निषेधाज्ञा लगाउँदा राजनितिक क्षेत्रबाट मात्र नभएर सामाजिक क्षेत्रबाट पनि आलोचित बन्नु पर्‍यो ।
अनेकन चुनौती र समस्यासँग संर्घष्ा गर्दै २०६६ हामीबाट टाढा हुँदैछ । विगतको समिक्षा गर्दै भविष्यप्रती सबै जिम्मेवार बनौ । नववर्ष२०६७ को पावन अवसरमा हाम्रो तर्फेखि सुख शान्ति, सम्वृद्धी र सफलताको शुभकामना । 

Comments :

0 comments to “म्याग्दीमा २०६६ निराशा र उपलब्धी दुबै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger