wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 27, 2010

युवा कांग्रेसको पक्षमा : प्रदीप पौडेल







नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रतिनिधिका रूपमा झन्डै ४० प्रतिशत युवा प्रतिनिधित्व र कतिपय जिल्ला नेतृत्वमा युवाहरूको विजयले कांग्रेससँगै सिङ्गो लोकतान्त्रिक आन्दोलन र राष्ट्रलाई नै उत्साहित बनाएको छ । एकातिर यो कांग्रेस कार्यकर्ताहरूको युवाप्रतिको भरोसाको प्रमाण हो भने अर्कोतिर ‘बूढाहरूको पार्टी’का रूपमा उपहास गरिने कांग्रेसभित्र पुनःगठन र नवीकरणको व्यग्रता नाप्ने मापक पनि हो । विभिन्न बाहुबलीय संगठन बनाएर युवाहरूको दुरुपयोग गर्ने लहर चलेको बेला कांग्रेसले युवाहरूलाई पार्टीकै नीतिनिर्माण तहमा पुर्‍याएको छ । पुरानाहरूलाई विस्थापित गरेर उनीहरू आएका होइनन्, पुरानाहरूकै सदाशयता र विश्वास जितेर आएका हुन् ।

नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा झापा जिल्ला सभापतिमा पराजित हुनुभयो । केन्द्रीय नेताहरूको चलखेल हुन्थेन भने उहाँ हार्नुहुन्थेन । केन्द्रीयस्तरमा लोकपि्रय छवि भएर पनि जिल्ला संगठन मजबुत बनाउन कस्सिएका विश्वप्रकाशको हारले दुःखित तुल्यायो भने चितवन महाधिवेशनमा अध्यक्ष प्रत्यासी विकास कोइराला चितवन जिल्लाको सभापतिमा निर्वाचित हुँदा खुसी
लाग्यो । डडेलधुराबाट १९ वषर्ीया कौशिल्या भट्ट कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नु हाम्रालागि अत्यन्त उत्साहको विषय हो । १२ कक्षा पढ्दै गरेका प्रकाश नेपाली काभ्रेबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्ने विषय कसैको अनुमानमा पनि थिएन ।
नेपाली कांग्रेस एउटा पार्टीभन्दा पनि एउटा विचारधारा र आन्दोलन हो । हाम्रा अग्रजहरूले इतिहासको एउटा चक्र, एउटा युग पूरा गरे । तिनले राणाशासन विरुद्धको, पञ्चायती तानाशाह विरुद्धको र अन्त्यमा राजतन्त्र विरुद्धको ऐतिहासिक संघर्षहरूको नेतृत्व गरे र जिते । लोकतन्त्रको भरोसालाई बचाएर राखे । तिनको त्याग, वलिदान र कष्टले नै मुलुक र कांग्रेसलाई बचायो । तर शासनको मोर्चामा तिनका गम्भीर असफलताले मुलुकमा अतिवादलाई फल्ने र फुल्ने ठाउँ दियो । सिद्धान्तलाई समयानुकूल व्याख्या गर्न र व्यवहारसँग जोड्न नसक्दा पार्टीको ठूलो पंक्ति निष्त्रिmय र पलायन भयो । हुँदाहुँदै कांग्रेसले संविधानसभा निर्वाचनमा केवल सैंतीस सिटमात्र जित्ने लज्जास्पद अवस्थासमेत आयो । एउटा लोकतान्त्रिक पार्टी अन्धश्रद्धा र वफादारीले मात्र बाँच्न सक्दैन । कांग्रेसलाई अब वफादारीबाट बहसतिर, अन्धश्रद्धाबाट तर्कतिर लैजानैपर्छ । तर के युवाहरूको कांग्रेसले मात्र त्यो क्षति र जनसमर्थनको भर्पाइ गर्न सक्छ त ? पूरै पार्टीलाई चिन्तन र व्यवहारमा युवा बनाउनुपर्छ ।
नेपाली कांग्रेस ०४६ सालपछि एक किसिमको जडताको सिकार भएको छ । यसको नेतृत्वमा मूलतः ०४६ साल अघिको आन्दोलनका अगुवाहरू छन् । संविधानसभा निर्वाचनमा कांग्रेसले केवल १४ जिल्लाका १५ निर्वाचन क्षेत्रमा मात्र चालीस वर्षभन्दा मुनिका युवालाई उम्मेदवार बनाएको थियो । तीमध्ये पनि धेरैजसो जिल्ला मधेसका थिए, जहाँ कांग्रेसका केन्द्रीय र जिल्लाको एउटा पंक्ति मधेसी जनअधिकार फोरम वा तमलोपामा गएपछि पुराना अनुहारहरूको अभाव भएको थियो । समानुपातिकतिर पनि चालीस वर्षमुनिका युवाहरूको प्रतिनिधित्व केवल बाह्र प्रतिशत रह्यो, जबकि यो वर्ष समूहका क्रियाशील सदस्य कांग्रेसमा झन्डै साठ्ठी प्रतिशत छन् ।
२०४६ सालपछि कांग्रेस अघाएको र थाकेको पार्टीजस्तो भएको छ । न नेतृत्वमा नवीनता छ, न नीतिमा । सात सालमा कांग्रेस भर्भराउँदा युवाहरूको पार्टी थियो । कांग्रेस स्थापना गर्दा वीपी कोइराला जम्मा ३३ वर्षका हुनुहुन्थ्यो । ०१५ सालमा प्रधानमन्त्री हुँदा जम्मा ४५ वर्षको । तरुण पार्टीको त्यो छवि पछिसम्म पनि कायम थियो । सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरू पनि ४० कै हाराहारीमा पार्टीको केन्द्रीय समितिमा पुग्नुभएको थियो । अहिलेको पुस्ताले इतिहासको त्यो तथ्यमाथि नै अविश्वास गर्ने अवस्था किन आएको छ भने कांग्रेसको त्यही पुस्तामात्रै दसकौंदेखि पार्टी केन्द्रमा छ ।
यसको अर्थ युवाहरूका लागि विशेषाधिकार वा आरक्षणको वकालत होइन, व्यक्तिगत रूपमा म युवा हुनुको सहानुभूतिको पक्षमा पनि छैन । ‘युवाहरूको कांग्रेस’ले मात्र कांग्रेसलाई बचाउँदैन, त्यसका लागि त ‘युवा कांग्रेस’ चाहिन्छ । नीतिमा, विचारमा, संगठनमा, उत्साहमा, प्रतिबद्धतामा र आस्थामा युवा । प्रश्न उमेरको होइन । प्रश्न हो- नीतिको, सिद्धान्तको र व्यवहारको, आँटको, साहसको । युवकत्व उमेर होइन, प्रवृत्ति हो ।
नेपाली कांग्रेस सुतेको सिंहजस्तो भएको छ । हिजो दलितका बस्तीमा सबैभन्दा पहिला चेतनाको उज्यालो लिएर जाने धनमानसिंह परियारको यो पार्टीसँग आज दलित नै तर्किएका छन् । मंगलादेवी सिंह र द्वारिकादेवी ठकुरानीको यो पार्टीका महिला आफूले पाएको भूमिकासँग सन्तुष्ट छैनन् । महेन्द्रनारायण निधिको यो पार्टीप्रति मधेसी जनताको भरोसा घटेको छ । सबभन्दा पहिले क्रान्तिकारी भूमिसुधारको माग गर्ने, विर्ता उन्मूलन गर्ने र योजना बनाउँदा किसानको तस्वीर अगाडि राख भन्ने वीपीको यो पार्टीसँग किसान निराश छ । राज्यको पुनःसंरचनाको खाकासम्म पेस गर्न नसक्दा एलबी गुरुङ, योगेन्द्रमान शेरचन, शेख इदि्रश, दिवानसिंह राई, भूविक्रम नेम्बाङ, मणिराज राना, बलबहादुर राई जस्ताले बलिदान गरेको पार्टीप्रति जनजातिहरूकोे अविश्वास अझ बढेको छ । जबकि जनजातिहरूलाई संगठित गर्ने र तिनमा स्वाभिमान भर्ने पहिलो पार्टी पनि कांग्रेस नै थियो । हुँदाहुँदै राजधानीका सम्भ्रान्त र अभिजातहरूसमेत नेकपा -एमाले) तिर आकषिर्त भएका छन्, यद्यपि ती कहिल्यै साँचो मनले कांग्रेससँग थिएनन् । आखिर कांग्रेसको व्यवहारमा त्यस्तो के खोट छ, जसले कांग्रेससँग न किसान, न जमिनदार, न मजदुर छ, न मालिक सन्तुष्ट हुनसके ।
कांग्रेसको महाधिवेशनलाई केवल नेतृत्वको प्रश्न नबनाउँ, नेतृत्वसँग नीतिको पनि प्रश्न बनाउँ । क्रान्तिकारी भूमिसुधारको पक्षमा भएका जगन्नाथ आचार्यलाई सरकारबाट निकाल्नुपर्ने कांग्रेसको बाध्यता के थियो ? मेरो मन्त्रालयमा भ्रष्टाचार छ भन्ने हिम्मत गर्ने शैलजा आचार्यले राजिनामा दिनुपर्ने कांग्रेसको मजबुरी के थियो ? शिक्षा र स्वास्थ्यमा अन्धो निजीकरण गरेर धनी र गरिबको यति ठूलो पर्खाल निर्माण गर्नुपर्ने कारण के थियो ? अनुहारहरूमात्र फेरेर कांग्रेस फेरिन्न, कांग्रेसको चिन्तन प्रणाली फेर्नुपर्छ, यसलाई समावेशी बनाउनुपर्छ र साँचो अर्थमा लोकतान्त्रिक समाजवादी बनाउनुपर्छ । कांग्रेसको मुख्य हतियार विचार हो, यसलाई धारिलो बनाउन प्रस्टताको आवश्यकता छ ।
राजनीति समाजसँग संवादको विज्ञान हो । कांग्रेसका थुप्रै नेताले समाजसँग सोझो संवादको सैद्धान्तिक र नैतिक धरातल गुमाएका छन् । आफ्नो समयको सबभन्दा समावेशी, लोकतान्त्रिक र समाजवादी पार्टीलाई विपन्न जनताको पंक्तिबाट अलग गर्ने र केवल सुविधासम्पन्न मान्छेहरूको हित गर्ने पार्टी बनाउने नेताहरू को-को हुन्, महाधिवेशनमा नापतौल हुनेछ । हामी युवाहरू यो पार्टीलाई बचाएकोमा आफ्ना अग्रजहरूप्रति अत्यन्त कृतज्ञ छौं र त्योसँगै यो पार्टीलाई भविष्यमा पनि बचाइरहन दृढसंकल्पित छौं । कांग्रेसलाई फेरि दलितसँग जोड्ने, जनजातिसँग जोड्ने, कणर्ालीसँग जोड्ने, विपन्नसँग जोड्ने, नवयुवाहरूसँग जोड्ने सूत्र के हो ? महाधिवेशनले तय गर्नुपर्छ । कांग्रेस इतिहासको पुस्तक होइन, वर्तमान हो र भविष्य पनि हो भन्ने आधार के हो ? महाधिवेशनले जवाफ दिनुपर्छ । कांग्रेसमाथि धेरै प्रश्न छन्, तर उत्तर छैनन् । युवा कांग्रेसले मात्र ती प्रश्नको उत्तर दिनसक्छ । पार्टीलाई नै युवा बनाउने योभन्दा उत्तम मौका अरू हुन सक्दैन ।

Comments :

0 comments to “युवा कांग्रेसको पक्षमा : प्रदीप पौडेल”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger