
'प्रजातन्त्र भनेको के हो?' २० वर्षे नेपाली युवाले यसको परिभाषा खोज्ने बिँडो उठाउँदा धेरैले 'दुस्साहसी कदम' भन्दै खिसी गरे। तैपनि उनको मिहिनेत र सिर्जनशीलताले रङ देखायो। र, श्रव्यदृश्यका माध्यमबाट प्रजातन्त्रलाई परिभाषित गर्ने उनको प्रयास विश्वचर्चित बन्यो। एक मिनेट २० सेकेन्डको 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्रले ८९ मुलुकका २ हजार २ सय प्रतियोगीलाई उछिन्दै अमेरिकी दूतावासको 'डेमोक्रेसी भिडियो प्रतियोगिता' मा पहिलो पुरस्कार हात पार्यो। यी युवा फिल्म निर्देशक हुन् - अनुप पौडेल। विज्ञानमा 'प्लस टु' गरेपछि राजधानीको अस्कर कलेजमा फिल्म निर्देशन पढ्दैछन्।'यो दुई वर्षअघिको कन्सेप्ट हो,' कलेजसँगैको चियापसलमा साथीहरूबीच घेरिएका अनुप भन्छन्, 'प्राविधिक ज्ञान नभएकाले पोहोरको प्रतियोगितामा भाग लिन सकिनँ।' फिल्म निर्माणको सामान्य जानकारी पाउनेबित्तिकै उनी गोल्डन गेट कलेजको साइन्स ल्याबमा गएछन्, र सुटिङ थालेछन्।









एनआरएन कोरियाद्वारा विगत केही वर्षअघिदेखि सुरु गरिएको अवधारणा अनुरुप राजधानी सोलको दोङदेमुनमा नेपालघरको निर्माण गरिएको हो।


































.jpg)

Nepalese Rupee Converter