wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket
Showing posts with label इपीएस सम्बन्धी जानकारी. Show all posts
Showing posts with label इपीएस सम्बन्धी जानकारी. Show all posts

July 13, 2011

कोरिया भाषा परीक्षाको तयारि र परिक्षा दिदा ध्यान दिनु पर्ने कुरा हरु

यतिबेला नेपाली युवाहरू कोरियन भाषा परीक्षामा सामेल हुने तरखरमा छन्। यसपटक ५७ हजार ६ सय ७५ नेपाली युवायुवती कोरिया जान भाषा परीक्षण -ईपीएस) का लागि तयार छन्। तेस्रो कोरियन भाषा परीक्षा २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याका आधारमा सञ्चालन गरिने भएको छ। वस्तुगत बहुउत्तरको मूल्यांकनमा आधारित सुनाइ र पढाइ सीप कोरियन भाषपरीक्षाको आधार हुनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। 
कोरियन भाषा परीक्षणमा परीक्षार्थीले सुनेर, बुझेर र पढेर दिइएको उत्तरपुस्तिकामा सही उत्तरमा चिह्न लगाउनुपर्छ। प्रश्नपत्रमै विकल्पका रूपमा चारवटा उत्तर समावेश गरिएका हुन्छन्। हेर्दा सजिलो लाग्ने वस्तुगत प्रश्नमा एकमात्र सही उत्तरमा चिह्न लगाउनुपर्छ। उपयुक्त उत्तरमा चिह्न मात्र लगाउनुपर्ने यस्तो परीक्षामा सजग नहुँदा परीक्षार्थीले गलत उत्तर गलत स्थानमा प्रयोग गर्ने सम्भावना निकै हुन्छ। प्रश्नपुस्तिका र उत्तरपुस्तिका फरक-फरक हुन्छन् । परीक्षार्थीको भीड हेरेर यसपटक चार सिफ्टसम्म परीक्षा लिन सकिने बताइन्छ। परीक्षा दुई किसिमका छन्। सुनाइ र पढाइ सीपको परीक्षा निरन्तर सञ्चालित हुनेछन्, जसमा सुनाइ ४० मिनेट र पढाइ ३० मिनेटको हुनेछ। मुख्य प्रश्नहरू ट्राफिक चिह्न, संख्या, घडीको समय, स्वाद, मौसम, बार, दैनिक जीवनमा कामदारका लागि आवश्यक भाषा, सुरक्षासम्बन्धी जानकारी, कोरियन जीवनशैलीसम्बन्धी प्रश्न तथा कार्यालय प्रयोजनमा प्रयोग हुने शब्दावलीहरूसँग सम्बन्धित हुनेछ। 

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger