पृथ्वी पनि अन्य ग्रह वा नक्षत्रहरू झैं हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, नियान, कार्वोन, सिलिकन, सोडियम, म्याग्नेसियम, फलाम, गन्धक आदि तत्वहरूद्वारा निर्मित ग्रह हो । पृथ्वीलाई भूमण्डल, जलमण्डल र वायुमण्डल गरी मोटामोटी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार भूमि भएको भागलाई भूमण्डल, पानी भएको भागलाई जलमण्डल र वायु भएको भागलाई वायुमण्डल भनिन्छ । पृथ्वीको भूमण्डल विभिन्न किसिमका चट्टान र धातुहरूद्वारा बनेको छ । जसमा पहाड, हिमाल, तराई, उपत्यका, पठार आदि क्षेत्रहरू पर्छन् । त्यसैगरी पोखरी, ताल, नदी, सागर र महासागरहरूबाट जलमण्डल बनेको छ । दुई तिहाइ भाग पानीले ढाकिएको पृथ्वीको भित्रपट्टी पनि कैयौं ठाउँमा पानी विद्यमान छ । प्रशान्त महासागर, एट्लान्टिक महासागर र आर्कटिक महासागर जलमण्डलका प्रमुख भाग मानिन्छन् ।
Showing posts with label सुचना प्रबिधी. Show all posts
Showing posts with label सुचना प्रबिधी. Show all posts
November 4, 2010
खतरामा छ, पृथ्वीको भविष्य
पृथ्वी पनि अन्य ग्रह वा नक्षत्रहरू झैं हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, नियान, कार्वोन, सिलिकन, सोडियम, म्याग्नेसियम, फलाम, गन्धक आदि तत्वहरूद्वारा निर्मित ग्रह हो । पृथ्वीलाई भूमण्डल, जलमण्डल र वायुमण्डल गरी मोटामोटी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार भूमि भएको भागलाई भूमण्डल, पानी भएको भागलाई जलमण्डल र वायु भएको भागलाई वायुमण्डल भनिन्छ । पृथ्वीको भूमण्डल विभिन्न किसिमका चट्टान र धातुहरूद्वारा बनेको छ । जसमा पहाड, हिमाल, तराई, उपत्यका, पठार आदि क्षेत्रहरू पर्छन् । त्यसैगरी पोखरी, ताल, नदी, सागर र महासागरहरूबाट जलमण्डल बनेको छ । दुई तिहाइ भाग पानीले ढाकिएको पृथ्वीको भित्रपट्टी पनि कैयौं ठाउँमा पानी विद्यमान छ । प्रशान्त महासागर, एट्लान्टिक महासागर र आर्कटिक महासागर जलमण्डलका प्रमुख भाग मानिन्छन् ।October 24, 2010
साच्चै यो बिज्ञान प्रबिधी पनि अनौठो छ्, प्रविधिमार्फत दाम्पत्य
एउटा अंक मात्रै गलत डायल नभएको भए नेपाल टेलिकमको विराटनगर शाखामा कार्यरत संखुवासभाका विक्रम भट्टराईले सायद लुनालाई जीवन संगिनीका रूपमा पाउने थिएनन् । झापास् िथत काकाको घर नजिकैको पीसीओमा फोन गर्दा नम्बर गलत थिचियो र विक्रमको कहिल्यै नचिनेकी झापा, सुनगाभाकी लुनासँग कुराकानी गर्ने अवसर जुर्यो । त्यही अवसर अन्ततः उनीहरूको प्रेमसम्बन्धको आधार मात्रै बनेन, विवाहको कारक पनि बन्यो । 'तपाईंको बिहे भएको छ कि छैन, छैन भने गर्लप|mेन्ड छ कि छैन, म तपाइर्ंलाई मन पराउँछु ।' नौलो नम्बरबाट पहिलोपटक आएको एसएमएसको बेहोरा पढेपछि काठमाडौँका गोपाल अर्याल, ३५, धेरैबेर सोचमग्न भए । अर्की एउटी केटीसँगको मधुर प्रेमसम्बन्धमा बाँधिएका गोपाललाई एसएमएसको बेहोराले बेचैन बनायो । एसएमएस गर्ने केटी आफ्नै विद्यार्थी भएको थाहा पाएपछि उनको बैचनी झनै बढ्यो । त्यसपछि उनले एसएमएस गर्ने प्रतिमा पाण्डेलाई भेटे, लामो कुराकानी गरे । एकाध महिनासम्म हरेक साँझ हुने प्रेमिल कुराकानीपछि गोपाल र प्रतिमाबीचको प्रेम प्रगाढ बन्यो । जसको प्रतिफल थियो, केही महिनामै उनीहरू विवाहबन्धनमा बाँधिए । अिचानक फेसबुकमा भेटिएका एउटी केटी देखेपछि कान्तिपुर टीभीका कार्यक्रम प्रस्तोता एवं भिजे सुदिन पोखरेलको मन बिथोलियो ।
July 26, 2010
फेसबुकले ५० करोड पार गर्यो

सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् ।स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।
Subscribe to:
Posts (Atom)

































.jpg)