कर्मचारी आन्दोलनको कारण देखाउदै आज बिहान पत्रकारलाई सिहदरबार प्रवेशमा केही समय रोक लगाइयो। समाचार संकलनका लागि सिंहरदबार पुगेका पत्रकारलाई सिंहदरबार प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका हुन्। सिंहदरबारको दक्षिणी गेटमा खटिएका नेपाल प्रहरीका अधिकारीहरुले गृह मन्त्रालय र सम्बन्धित ईन्चार्जको आदेशका कारण पत्रकारलाई प्रवेशमा रोक लगाएको बताए। पत्रकारहरुले नै गृहमन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएपछि मात्रै प्रवेश दिइएको थियो। तलब बृद्धिमा असहमति जनाउंदै निजामती कर्मचारीले दुई दिनदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्रमा प्रदर्शन गरिरहेका छन्।
Showing posts with label खबर सेरोफेरो. Show all posts
Showing posts with label खबर सेरोफेरो. Show all posts
July 20, 2011
April 18, 2011
लालसलाम भनेरे झलनाथ खनालले
झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री । कम्युनिष्ट नेता हुन् खनाल । उनले लाल सलाम गर्नु कुनै नौलो कुरा पनि होइन । खनालले लाल सलाम पहिलो पटक गरेका पनि होइनन् । तर आफ्नो भाषणको पूरै समय विकास निर्माण र आफ्नो कार्यकाल सफल हुने बताएका उनले अन्तमा लाल सलाम गरेपछि सबैले अनौठो माने ।नेपालका कम्युनिष्ट मध्ये सबैभन्दा बढी क्रान्तिकारी देखिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सार्वजनिक कार्यक्रममा लालसलाम गर्न छोडिसकेका बेला खनालले एकाएक लाल सलाम गरेपछि छुट्टै चर्चा भयो ।प्रधानमन्त्री खनाललाई गुल्मी उद्योग वाणिज्यसंघले महोत्सवमा प्रधानमन्त्री कै हैसियतमा कार्यक्रम उद्घाटन गर्न बोलाएको थियो । उनले लाल सलाम गरे त्यो कुनै नौलो घटना पनि थिएन र आश्चर्य मान्नु पर्ने विषय पनि थिएन । April 14, 2011
२०६७ साललाई फर्केर हेर्दा
२०६७ साल नेपालका लागि खासै फलदायी रहेन । यो वर्ष नेपालमा हत्या िहंसा सत्ताको छिनाझम्टीकै खवर सुनेर विताउनु पर्यो । दलका नेताहरु जुटमा भन्दा फूटमा बढी ध्यान केन्द्रीत गरे । शान्ति प्रकृया थप जटील बन्दै गयो भने शिशु गणतन्त्र हुर्कने भन्दा पनि कोमामा जाने अवस्थामा पुग्यो ।२०६७ सालमा भएका केही महत्वपूर्ण घटना क्रमलाई हजुरको सहजताका लागि बुँदागत रुपमा प्रस्तुत गरेका छु
२०६७ साल हामीबाट विदा भएको छ । यो वर्षमा नेपाली जनताले पाउने भन्दा बढी गुमाउने नै भयो । आशा भन्दा निराशा बढी दियो २०६७ ले । दलहरु संविधान निर्माणमा भन्दा सत्ता प्राप्तीमा बढी समय खर्च गरे । यो वर्ष संविधानसभाको म्याद एक वर्ष थपियो तर संविधान निर्माणको स सम्म पनि लेख्न सकेनन् दलहरुले । के के भए त वर्ष २०६७ मा ।
२०६७ बैशाख
April 8, 2011
नेपाली जनताले थाम्नै नसक्ने महंगो भयो नेपालको शान्ति प्रकृया, अहिले सम्म ५७ अर्ब लगानी
२०६३ साल मंसीर ५ गते तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएपछि सुरु भएको नेपालको शान्ति प्रकृया पाँच वर्ष पूरा हुन लाग्दा समेत पूरा हुन सकेको छैन ।चार वर्ष पूरा भएर पाँचौ वर्ष पूरा गर्ने तरखरमा रहेको शान्ति प्रकृया अहिले पनि दोधारमा छन् । यो अवधिमा शान्ति प्रकृयाकै नाममा ५७ अर्व खर्च भइसकेको छ । तर चार वर्ष अघिको शान्ति प्रकृयाको अवस्था र अहिलेको अवस्थामा खासै तात्वीक भिन्नता छैन ।
शान्ति प्रकृयाको मुख्य अंश माओवादी जनमुक्ति सेना अहिले पनि शिविरमै छन् द्वन्द्वबाट विस्थापित भएकाहरु अझै पुनःस्थापित हुन सकेका छैनन् सत्य निरुपण आयोग अझै गठन सम्म हुन सकेको छैन । सर्वसाधारणहरु अझै पनि त्रासमै बाँच्नु परेको छ ।शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन विदेशी दाताहरुले दिएको अधिकांश रकम माओवादी जनमुक्ति सेनाको भरणपोषण र शिविर व्यवस्थापन तथा अनुगमनमा खर्च भएको सरकारी तथ्याङ्क छ । त्यो बाहेक द्वन्द्व पिडितका नाममा बाडिएको रकम र युद्धका बेला ध्वंस भएका संरचना निर्माणमा खर्च भएको छ ।विभिन्न दातृ राष्ट्रले उपलब्ध गराएको रकमको केही अंश सरकार मार्फत खर्च भएको छ भने बाँकी दातृ राष्ट्रका नियोगहरुले गरेका छन् ।
March 31, 2011
आउँदो वर्ष कोरियाले ७ हजार कामदारको कोटा नेपाललाई दिने,परिक्षा को सम्पूर्ण जिम्मा प्याब्सनलाई दिने सम्भाबना
![]() |
| दक्षिण कोरिया |
रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ मा अहिलेसम्मकै सबैभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । उसले ७ हजार १ सय नेपाली लैजाने गरी कामदार छनोटका लागि आवश्यक भाषा परीक्षाको प्रक्रिया यही महिनादेखि सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भाषा परीक्षा लिने र नतिजा प्रकाशित गर्ने मितिबारे कोरियाली पक्षसँग सहमति भइसकेको जानकारी दिए । 'चैत २८ गतेदेखि भाषा परीक्षा लिने प्रक्रिया सुरु हुन्छ,' श्रेष्ठले भने, 'यसपटक अघिल्ला वर्षभन्दा धेरै कामदार लैजाने योजना बनाएको छ ।' कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत हाल दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण भएका कामदार कोरिया गइरहेका छन् ।
अर्थ सचिब खनाल राजीनामाको तरङ्ग ,बास्तबिकता के हो ? राम काहानी सहित
अर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्री भरतमोहन अधिकारीको कार्यशैलीको विरोध गर्दै मन्त्रालय छोडे । उनले आफू मन्त्रीको दवावमा काम गर्न नसकेको र भ्रष्टहरुलाई कारवाही गर्न नदिएको जस्ता आरोप लगाएर मन्त्रालय छोडे । जव उनले मन्त्रालय छोडे तव कर्मचारी देखि राजनीतिक दल संसदीय समिति र सरकारनै हल्चल भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अर्थमन्त्रीको दवाबमा अर्थसचिव रामेश्वर खनाललाई राजीनामा गर्न बाध्य पारिएकॊ दावी गरेको छ । व्यवस्थापिका संसदको बुधबारको वैठकमा काग्रेसले अर्थमन्त्रीकै कारण सचिव खनालले राजीनामा दिएको आरोप लगाउदै संसदमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेको छ ।
बैठकको सुरुमै सभामुखसंग समय लिएर कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा निष्ठावान कर्मचारीलाई राजीनामा गर्न बाध्य तुल्याइएको घटनाले अर्थमन्त्री भरतमोहन अधिकारी शंकाको घेरामा परेको आरोप लगाए । उनले अर्थसचिव खनाल प्रकरणमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदनको बैठक चल्न नदिने चेताबनी समेत दिए ।
March 26, 2011
तेस्रो कोरियन भाषा (KLT)परिक्षाको लागि बैशाख १९ ,२० ,२१ र २२ गते आबेदन लिने तयारि
इपिएस कार्यालय ग्वार्को ललितपुर ले चैत्र ८ गते सुचना प्रकासित गरी कोरियन भाषा परिक्षाको निम्ति आगामी बैसाख १९ , २० र २१ र २२ गते आबेदन लिने जानकारी गराएको छ। जसमा भाषा परिक्षा आगामी साउन ६ र ७ गते हुनेसमेत जानकारी दीइएको छ । यस सम्बन्धि सम्पूर्ण बिबरण चैत्र मसान्तमा राष्ट्रिय दैनिक बाट प्रकासित गर्ने सुचनामा उल्लेख छ। नेपाल बाट सन् २००८ बाट कोरियन भाषा परिक्षा लिएर नेपाल सरकारले दक्षिण कोरियामा कामदार पठाउदै आएको छ। त्यस अगाडी प्रसिक्षण कोटामा लुम्बिनी ओभरसिज र मुनड्रप ओभरसिज बाट कामदार कोरिया जाने गर्दथे बढी रकम लिएर ती मेनपावर कम्पनिले कामदार पठाउदै आएको व्यापक गुनासो र बिरोध भए पछी दक्षिण कोरियाले कामदार लैजान बन्द गरिदिएको भएपनि नेपाल सरकार को पहलमा सन् २००७ मा तत्कालिन श्रममन्त्रि रमेश लेखकले दक्षिण कोरिया सरकार संग श्रम समझौता गरी कामदार छनौट मा मानब बिकाश संसाधन केन्द्र (H RD) दक्षिण कोरियाको सम्पूर्ण अधिकार हुने गरेर नेपाल सरकारले आफ्नो मातहतमा भाषा परिक्षा लिएर दक्षिण कोरिया नेपाली कामदार हरु पठाउदै आएको छ। नेपाल सरकारले कुनै कमिसन नलिएर सस्तो रकममा कामदार कोरिया पठाउदै आएको छ नेपाली कामदार हरु करिब ७०००० रुपया मात्र लागत खर्चमा दक्षिण कोरिया पुग्दछन।
March 10, 2011
संगठन बिस्तारको होडबाजीमा उद्योग बन्दको आन्दोलन
कुटाकुट हुँदै बिभाजनसम्म पुगेको माओवादी मजदुर संगठनका दुवै पक्षले आफ्नो पक्षलाई मजबुद बनाउन तलबबृद्धिको परम्परागत र लोकपि्रय नारा अघि सार्दै उद्योग बन्दसम्मको आन्दोलनमा उत्रिएका छन् ।
आ-आफ्नो संगठन विस्तारका लागि जे पनि गर्न तयार देखिएका दुवै पक्षले मजदुरलाई आफ्नो पक्षमा पार्न उद्योग नै बन्द गर्नेसम्मको प्रतिस्पर्धामा उत्रिएपछि लोडसेडिङकाबीच न्यून उत्पादन गरिरहेका उद्योग मर्कामा परेका छन् ।न्युनतम तलब १० हजार हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको शालिकराम जमरकट्टेल नेतृत्वको अखिल नेपाल टे्रड युनियन महासंघले देशभरका उद्योग बन्द गर्ने चेतावनी दिइरहेको छ । महँगी भत्ता तथा तलब गरी १० हजार पारिश्रमिकको माग गर्दै मंगलबारबाट हेटौंडा क्षेत्रका उद्योग बन्द गरेको वद्री वजगाई नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघले बिहीबार आन्दोलन घोषणा गर्दैछ । पार्टीले दुबै समुहलाई विघटन गरि महाधिवेशन गर्न निर्देशन दिएपनि त्यसलाई अटेर गर्दै दुवै पक्ष संगठन विस्तारमा लागेका छन् ।
March 5, 2011
सन्त नेता किसुन जी हामीहरु माझ रहनु भएन
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डाक्टर भारत रावतले जानकारी दिएका छन्।लामो समयदेखि भट्टराईका सहयोगीका रुपमा रहेका अमिता कपालीले अस्पताल परिसरमा रहेका सञ्चारकर्मी र शुभेच्छुकहरुलाई निधनको खबर औपचारिक रुपमा सुनाइन्।भट्टराईलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो।
October 20, 2010
बजेट ल्याएरै छाड्छौं:सरकार्/बजेट ल्याउनै दिदैनौ मओबादी
३ कार्तिक, सरकारका प्रवक्ता एवं संचारमन्त्री शंकर पोखरेलले माओवादी अवरोधका बावजुद पनि कामचलाउ सरकारले पूर्णबजेट ल्याएरै छाड्ने बताएका छन । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता पोखरेलले बजेटका कारण मुलुक आर्थिक बन्दी नहुने बताए । माओवादीले कुनै पनि हालतमा यो सरकारलाई बजेट ल्याउन नदिने चुनौती दिइरहेको बेला सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो ।बजेट ल्याउन अवरोध गरेर माओवादीले केटाकेटीपन देखाएको बताउदै उनले संविधानका विवादित बुदाँमा सहमति नबन्दासम्मयाँ न सरकार गठन हुन नसक्ने बताए भने उता एकिकृत नेकपा माओवादीले कुनै पनि हालतमा कामचलाउ सरकारलाई नयाँ बजेट ल्याउन नदिने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँवजारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
October 13, 2010
बेनीको पोल राजधानीमा
सात वर्षअघि माओवादी र सेनाको दोहोरो भिडन्तका बेला गोलीले छियाछिया पारेको एउटा बिजुलीको पोल राजधानी ल्याइएको छ।मदन पुरस्कार पुस्तकालयको पहलमा आइतबार पोल आइपुगेको हो।१२ वर्षे द्वन्द्वको झलक दिने उक्त पोल पुस्तकालयमातहतै स्थापना हुन लागेको 'युद्ध संग्रहालय'मा लोगोका रुपमा रहनेछ। द्वन्द्व अवधिका सामग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालयले 'नेपाल शान्ति संग्रहालय' को योजना सुरु गरेको छ।'हामी नेपालीको चाँडै बिर्सने बानी छ,' संग्रहालय तयारीमा लागेका पत्रकार कुन्द दीक्षितले नागरिकसँग भने, 'त्यस्तो बेला लडाइँका चिह्न र अवशेषहरुलाई जोगाएर राखिएन भने भोलि यसबारे अध्ययन सामग्री रहने छैनन्।'आफ्नै सम्पादनको 'लडाइँमा जनता' पुस्तक तयारीकै क्रममा उक्त तस्बिर आइपुगेको र बेनी भ्रमणमा प्रत्यक्ष देखेपछि गहिरो प्रभाव परेको दीक्षितले बताए।
September 4, 2010
सभासद् किन्न महराद्वारा ५० करोड रुपैयाँ माग
प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण :महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।
August 31, 2010
कामदार कोटा बढाउन कोरिया सकारात्मक,३६ हजार १ सय ८१ जनाले KLT परीक्षा दिए
कोरिया कामदारको कोटा बढाउन सकारात्मक देखिएको छ। सरकारले केही दिन अघि कोरियासँग नेपाली कामदारको कोटा बढाउन आग्रह गरेको थियो।कोरिया जानको लागि आवेदन दिएका प्रशिक्षार्थीको परीक्षा हेर्न आएको कोरिया मानव संशाधन विभागका उपाध्यक्ष किम चोङ ह्योले कोटा बढाउन सकारात्मक रहेको जवाफ दिएका हुन्।'कोटा बढाइदिन हामीले गरेको आग्रहलाई कोरियाले सकारात्मक रुपमा लिएको छ,' श्रम तथा यातायात मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'उनीहरुले सकेसम्म पहल गर्ने प्रतिवद्धता जनाएका छन्।'भट्टराईका अनुसार नेपालमा सबैभन्दा बढीले आवेदन दिएको र कोटा बढाउन आग्रह गरेको आफ्नो सरकारलाई जानकारी दिने प्रतिवद्धता गरेका छन्।मन्त्रालयले केही दिनअघि काठमाडौंस्थित कोरियाली राजदूतावासलाई पत्र पठाएको हो। पछिल्लो समयमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान ४२ हजार ४७ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए। कोरियाले इपिएसअन्तर्गत १५ मुलुकमध्ये सबैभन्दा बढी आवेदन दिनेमा नेपाल परेको छ।कोरियाले यीमध्येबाट चार हजार कामदार लिने घोषणा गरेको थियो। पहिलोपल्टको भाषा परीक्षामा ३२ हजारमात्र सहभागी भएका थिए। भाषा परीक्षामा सहभागीमध्ये उत्कृष्ट छनोट गरेर रोस्टरमा राख्ने र कोरियाको मानव संशाधन विभागले कामदार माग गरेपछि पठाउने प्रक्रिया थालिन्छ।
August 26, 2010
हेर बाढिको बिजोग
गत सोमबारदेखि परेको अविरल वर्षाको कारण मुलुकभर गएको बाढीपहिरोमा दर्जनको ज्यान गएको छ । आज विहानै रौतहटमा २० घर बगाएको समाचार प्राप्त भएको छ । रौतहटको पश्चिम तर्फको गाविसमा लालबकैया नदिले २० घर बगाएको हो ।विगत चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट चितवनमा एक जनाको मृत्यु र एक महिला वेपत्ता भएकी छिन् । सो बाढीका कारण चितवनको माडीसँग सदरमुकाम भरतपुरको यातायात सम्बन्ध बिच्छेद भएको छ भने गर्दी र बघौँडा गाविस जलमग्न भएको छ बताइएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त गौतमका अनुसार सो क्षेत्रका मानिसहरूसँग मोबाइल सम्पर्क भइरहेको छ । बाढीले बगाएर दक्षिण अयोध्यापुरी ६ मा स्थानीय खोलाले बगाउँदा ५२ वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको हो । उनको शव स्थानीयबासीले फेला पारेका छन् ।
माओवादी बैठकमा शिर्ष ३ नेताको आ-आफ्नै प्रतिबेदन प्रस्तुत
९ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन मध्यमार्गी भएको भन्दै उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराइले पनि छुट्टा-छुढ्टै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको निर्बाचनमा बहुमत पुग्न नसकेको अवस्था, अवरुद्ध शान्तिप्रक्रिया र संविधान लेखन तथा बढ्दो बैदेशिक हस्तक्षेपलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।पोलिटव्युरो सदस्य अग्नी सापकोटाका अनुसार यसअघिको पोलिटव्युरो बैठकले पारित गरेको दस्तावेज थप व्याख्या सहित बैठकमा प्रस्तुत गरिएको छ । प्रचण्डले सापकोटाको सहयोगमा काभ्रेको धुलीखेलस्थित मिराबेल होटेलमा बसेर केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज तयार पार्नुभएको थियो ।
August 25, 2010
आज गाईजात्रा पर्व बिभिन्न कार्यक्रम गरी मनाइदै
९ भाद्र, काठमाडौं । दिवङ्गत हुनेहरुको आत्मशान्तिका लागि बुधबार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साँस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । गाईजात्रामा एक वर्ष भित्र दिवङ्गत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी टोलमा परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गरिएकाहरुलाई श्रद्धालुहरुले अन्न र पैसा दान गर्छन् । गाईजात्रा निकाल्दा वर्षभरी दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी तर्छन् भन्ने जनविश्वास छ ।तत्कालीन मल्लकालीन राजा प्रताप मल्लले पुत्र वियोगले शोकविह्ल भएकी आफ्नी रानीलाई अरुका सन्तान पनि मेरका हुन्छ भनि सान्त्वना दिलाउन भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा निकाल्न नगरबासीलाई निर्देशन दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।
August 24, 2010
अग्नी एअरको विमान दुर्घटनाग्रस्त/ दुर्घटनामा १४ जनाको मृत्यु, सेनाको हेलिकप्टर उद्धारका लागि तयार, मौसमले साथ दिएन
अग्नि एयरको ट्वीनअटर विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा मंगलबार विहान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका तीन जना सदस्य थिए ।घटनास्थलमा लक्की शाह र नवल सुनामको परिचय पत्र फेला परेको छ ।काठमाडौंबाट विहान सात बजे पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको हो ।विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् ।
August 23, 2010
आज पनि मुलुकले प्रधानमन्त्री नपाउने /अर्को चुनाव २ साता पछी
भाद्र ७ - पाँचौं चरणको निर्वाचनबाट प्रधानमन्त्री चयन नहुने निश्चित भएपछि प्रमुख दलहरू समय लिएर सहमति प्रयासमा जुट्ने भएका छन् ।सभामुख सुवास नेम्वाङको पहलमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूको आइतबारको बैठकले प्रधानमन्त्री पदका लागि सोमबार हुने मतदानबाट जे परिणाम आए पनि विवादित राजनीतिक मुद्दामा सहमति खोज्न 'घनिभूत' छलफल गर्ने समझदारी गरेका हुन् ।
'सदनबाट प्रधानमन्त्री निर्वाचित हुन नसक्दा जनतामा लोकतान्त्रिक प्रणाली, दलहरू र संविधानसभाप्रति आशंका र वितृष्णा उत्पन्न हुन गएको छ । यस्तो अवस्था कहिलेसम्म रहन्छ भनी दलहरूको गम्भीर ध्यानाकर्षण गराएको छु,' बैठकपछि सभामुख नेम्वाङले भने, 'शीर्ष नेताहरूले सोमबारको निर्वाचनबाट परिणाम निस्किएन भने पनि मंगलबारदेखि मुलुकसामु रहेका विवादित विषयमा छलफल गरी सहमति कायम गर्न तयार छौं भन्ने प्रतिबद्धता जनाउनुभएको छ ।'
बुटवल होटलमा एक मृत जोडी फेला
भाद्र ६ - बुटवलको सिन्दुर होटलमा आइतबार एक जोडी मृत भेटिएका छन् । करिव तीस वर्षिय तनहुँका काशीनाथ पण्डित र तनहुँकै ढोरचीर्दी गाविस ५ की करिव ३० वर्षिय सीता राना मृत अवस्था फेला परेका हुन् ।कास्कीको गगनगौडा वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पण्डीत झ्यालको भेण्टिलेसनमा ट्रयाकसुटको पासो लगाएर र राना बाथरुममा मृत अवस्थामा आइतबार दिउँसो फेला परेका हुन् ।
शनिबार दिउँसो बास वस्न आएका उनीहरु बिहान खाना खाने समयसम्म पनि बाहिर ननिस्केपछि होटल मालिक प्रताप तुलाचनले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरु बसेको २०१ नम्वरको कोठा खोली हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी निरीक्षक माधव गौतमका अनुसार कोठामा चारवटा बिषका शिषा समेत भेटिएकाले प्रहरीले विष सेवनपछि आत्महत्या गरेको प्रारम्भिक अनुमान छ ।
शनिबार दिउँसो बास वस्न आएका उनीहरु बिहान खाना खाने समयसम्म पनि बाहिर ननिस्केपछि होटल मालिक प्रताप तुलाचनले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरु बसेको २०१ नम्वरको कोठा खोली हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी निरीक्षक माधव गौतमका अनुसार कोठामा चारवटा बिषका शिषा समेत भेटिएकाले प्रहरीले विष सेवनपछि आत्महत्या गरेको प्रारम्भिक अनुमान छ ।
July 23, 2010
प्रचण्ड र रामचन्द्र दोश्रोपटक पनि हरुवा प्रधानमन्त्री
व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल फेरि अस्वीकृत हुनु भएको छ ।विहीबारको संसद बैठकमा दुवै दलका नेताले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि नयाँ प्रधानमन्त्रीमा प्रचण्ड र पौडेलको उम्मेदवारी दोस्रो पटक अस्वीकृत भएको घोषणा सभामुख सुवासचन्द्र नेम्वाङले गर्नुभएको हो ।माओवादी अध्यक्ष प्रचण्डलाई उपस्थित ५ सय ७२ सभासद मध्ये २ सय ४१ मत परेको थियो भने विपक्षमा १ सय १३ मत परेको थियो । यस्तै २ सय १८ सभासद तटस्थ बसेका थिए ।
Subscribe to:
Posts (Atom)





































.jpg)