wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 26, 2011

तेस्रो कोरियन भाषा (KLT)परिक्षाको लागि बैशाख १९ ,२० ,२१ र २२ गते आबेदन लिने तयारि

इपिएस कार्यालय ग्वार्को ललितपुर ले चैत्र ८ गते सुचना प्रकासित गरी कोरियन भाषा परिक्षाको निम्ति आगामी बैसाख १९ , २० र २१ र २२ गते आबेदन लिने जानकारी गराएको छ। जसमा भाषा परिक्षा आगामी साउन ६ र ७ गते हुनेसमेत जानकारी दीइएको छ । यस सम्बन्धि सम्पूर्ण बिबरण चैत्र मसान्तमा राष्ट्रिय दैनिक बाट प्रकासित गर्ने सुचनामा उल्लेख छ। नेपाल बाट सन् २००८ बाट कोरियन भाषा परिक्षा लिएर नेपाल सरकारले दक्षिण कोरियामा कामदार पठाउदै आएको छ। त्यस अगाडी प्रसिक्षण कोटामा लुम्बिनी ओभरसिज र मुनड्रप ओभरसिज बाट कामदार कोरिया जाने गर्दथे बढी रकम लिएर ती मेनपावर कम्पनिले कामदार पठाउदै आएको व्यापक गुनासो र बिरोध भए पछी दक्षिण कोरियाले कामदार लैजान बन्द गरिदिएको भएपनि नेपाल सरकार को पहलमा सन् २००७ मा तत्कालिन श्रममन्त्रि रमेश लेखकले दक्षिण कोरिया सरकार संग श्रम समझौता गरी कामदार छनौट मा मानब बिकाश संसाधन केन्द्र (H RD) दक्षिण कोरियाको सम्पूर्ण अधिकार हुने गरेर नेपाल सरकारले आफ्नो मातहतमा भाषा परिक्षा लिएर दक्षिण कोरिया नेपाली कामदार हरु पठाउदै आएको छ। नेपाल सरकारले कुनै कमिसन नलिएर सस्तो रकममा कामदार कोरिया पठाउदै आएको छ नेपाली कामदार हरु करिब ७०००० रुपया मात्र लागत खर्चमा दक्षिण कोरिया पुग्दछन।

सन् २००८ मा पहिलो भाषा परिक्षामा ६७०० जना कामदारहरुले भाषा पास गरेका थिए जसमा भाषा परिक्षाको निम्ति ३२००० जनाले आबेदन दिएका थिए भने सन् २०१० को दोस्रो भाषा परिक्षा गत भदौ मा भएको थियो उक्त परिक्षा को निम्ति ४२००० जनाले आबेदन दिएका थिए सन् २०१०मा नेपालले ४००० कोटा पाएको थियो भने यो वर्ष कोटा कति पाउने भन्ने बारेमा निश्चित नभएपनि नपाल सरकार का श्रम सचिबले १०००० को त पाउन सक्ने सम्भवना भएको बताउनु भएको छ।एक सुत्रका अनुसार नेपालले ५०००मात्र कोटा पाउने जानकारीमा आएको छ। आखिरी कोटा धेरै थोरै भएपनि दक्षिण कोरियामा नेपाली कामदार हरुको माग रएको र इपीयस प्रणाली ले निरन्तरता पाउनु खुसीको कुरो हो। इपीयस प्रणाली अन्तर्गत दक्षिण कोरिया आएका कामदारहरुको बिभिद समस्याहरु भने नभएका होइन् दक्षिण कोरियाको श्रम बिभागले इपीयस प्रणालीमा काम गर्न आउने कामदारहरुको हक अधिकार को निम्ति कानुन निर्माण गरे पनि कम्पनीको मालिकलाई बिसेष अधिकार प्रदान गरेका कारण नेपाली कामदार हरुलाई कम्पनीका मालिकहरुले अनाबस्यक दुख दिने गरेको दक्षिण कोरियामा इपीयस बाट आएका अधिकांस नेपाली हरुको गुनासो रएको छ । कोरियन भाषा पास गरेका करिब ६५०० जना कोरिया गैसकेको इपीयस कार्यालय नेपालले जनाएको छ । सन् २०१० को निम्ति ४००० कोटा पाएको भएपनि दक्षिण कोरियाको अध्यागमन बिभागको कडा अध्यागमन नीतिको कारण पहिल्यै कोरिया मा गैर कानुनीरुपमा ओभर इस्टे बसेका नेपाली हारलाई कोरिया प्रबेस गर्न नदिने र नामथर पासपोर्ट परिबर्तन गरेर प्रवेश गरेका नेपाली हरुलाई समेत धरपकड गरेर नेपाल पठाउने कार्य गरिरएको छ ।
यसरी प्रबेश गरेका लगभग ३०० को हारहारीमा नेपालीउनीहरुको फोटोको आधारमा पहिचान गरी नेपाल पठाइसकेको र येसरी आएका कतिपय कामदारहरु कम्पनि छोडेर अबैधानिक भैसकेको बताइएको जानकारी प्राप्त भएको छ । भने एकचोटी ओभरइस्टे कतिपय उमेदबारहरु भाषापास गरेपनि प्रक्रिया पुर्याएर प्रतिक्षा को सुचिमा बसेका भएपनि कोरिया आउनपाउने होकी नपाउने कुरो अस्पस्ट भएको छ।ध्यागमन बिभाग कोदबाबमा HRD दक्षिण कोरियाले श्रम सम्झौता समेत रद्द गर्दिन सक्ने आसंका समेत गरिएको छ भने तर बजारमा हल्ला जेजस्तो भएपनि कति कामदारलाई नेपाल फर्काइयो कति कामदार हरुको श्रम सम्झौता ओभरइस्टे भएकै कारण रद्द भएको छ या हुन्छ भन्ने बिसयमा सम्बंदित निकायले आजसम्म अधिकारिक जानकारी भने दिएको छैन्।

Comments :

0 comments to “तेस्रो कोरियन भाषा (KLT)परिक्षाको लागि बैशाख १९ ,२० ,२१ र २२ गते आबेदन लिने तयारि”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger