wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 25, 2011

मलाई डीभी परेछ !~~~~~~~~~~~~~~~~~हुर्रे ~~~~~~~~~


अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् ।
श्री बाबुराम शर्मा 
डाइभर्सिटी भिसा (डीभी) प्रोग्रामका १ करोड २१ लाख निवेदकमध्ये कम्प्युटर र्‍यान्डम ड्रबाट छानिएका ५० हजार विजेतामा तपाईं पनि पर्नुभएको छ । डीभी अमेरिकी कंग्रेसद्वारा स्विकृतप्राप्त स्थायी आवास कार्ड उपलब्ध गराउने चिट्ठा कार्यक्रम हो । यसलाई ग्रिन कार्ड लोटरी पनि भनिन्छ ।
विजेताको विवरण
स्वीकृत मिति: बुधबार, २० जुलाई, २०११, अपराह्न ०१:४८:१४
विजेता: बाबुराम शर्मा 
देश: नेपाल
डीभीबारे जानकारी
डीभीबाट तपाईंले स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरजस्ता अमेरिकी स्थायी आवासका सम्पूर्ण सुविधा र फाइदा पाउनु हुनेछ । एकपटक यो पाएपछि तपाईं जहिले सुकै अमेरिका आउन वा यात्रा गर्न सक्नु हुनेछ । यो भिसालाई १० वर्षमा नवीकरण गर्नुपर्नेछ ।
अमेरिकी सरकारले तपाईंलाई स्वास्थ्य बीमा, आवास सुविधा, कामको ग्यारेन्टी (तपाईंको दक्षता मिल्दो ता कि अमेरिका आएको साता नै काम सुरु गर्न सक्नुहोस्) र शिक्षाको व्यवस्था मिलाउने छ । अमेरिकी कलेज वा विश्वविद्यालयमा स्थानान्तरणसमेत हुनेछ र तपाईंले पढाइलाई निरन्तरता दिन सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि हेर्नुस्- एजुकेशनयुएसए डट स्टेट डट जीओभी
प्रोसेसिङ फी : ८१९ अमेरिकी डलर

मलाई डीभी परेछ !~~~~~~~~~~~~~~~~~हुर्रे ~~~~~~~~~


अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् ।
श्री बाबुराम शर्मा 
डाइभर्सिटी भिसा (डीभी) प्रोग्रामका १ करोड २१ लाख निवेदकमध्ये कम्प्युटर र्‍यान्डम ड्रबाट छानिएका ५० हजार विजेतामा तपाईं पनि पर्नुभएको छ । डीभी अमेरिकी कंग्रेसद्वारा स्विकृतप्राप्त स्थायी आवास कार्ड उपलब्ध गराउने चिट्ठा कार्यक्रम हो । यसलाई ग्रिन कार्ड लोटरी पनि भनिन्छ ।
विजेताको विवरण
स्वीकृत मिति: बुधबार, २० जुलाई, २०११, अपराह्न ०१:४८:१४
विजेता: बाबुराम शर्मा 
देश: नेपाल
डीभीबारे जानकारी
डीभीबाट तपाईंले स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरजस्ता अमेरिकी स्थायी आवासका सम्पूर्ण सुविधा र फाइदा पाउनु हुनेछ । एकपटक यो पाएपछि तपाईं जहिले सुकै अमेरिका आउन वा यात्रा गर्न सक्नु हुनेछ । यो भिसालाई १० वर्षमा नवीकरण गर्नुपर्नेछ ।
अमेरिकी सरकारले तपाईंलाई स्वास्थ्य बीमा, आवास सुविधा, कामको ग्यारेन्टी (तपाईंको दक्षता मिल्दो ता कि अमेरिका आएको साता नै काम सुरु गर्न सक्नुहोस्) र शिक्षाको व्यवस्था मिलाउने छ । अमेरिकी कलेज वा विश्वविद्यालयमा स्थानान्तरणसमेत हुनेछ र तपाईंले पढाइलाई निरन्तरता दिन सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि हेर्नुस्- एजुकेशनयुएसए डट स्टेट डट जीओभी
प्रोसेसिङ फी : ८१९ अमेरिकी डलर

July 23, 2011

कालीगण्डकी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् ।

DSC00897beगलेश्वरबाट म्याग्दी सदरमुकामतर्फ आइरहेको ग १ ज १२३९ नम्बरको ट्याक्सी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् । 

चालक गलेश्वरका बेदप्रसाद सुवेदी र यात्रु ट्रयाक्सी सहित कालिगण्डकी नदीमा खसेको हो ।बेनी नगरपालिमा पर्ने घटान गलेश्वरको डाडाँबाट खसेको ट्याक्सी करिव डेढ किलोमिटर तल जलेश्वरमा नदीमा ढुङ्गामा अड्कीएको छ ।
नदीमा रहेको ट्याक्सी बाहिर निकाल्ने प्रयास भइरहेको भएपनि समस्या भइरहेको छ । घटनास्थलमा प्रहरी, सेना, नेपाल रेडक्रस सोसाइटीका साथै र्सवसाधरण परिचालन गरिएको छ । नदीमा पानीको बाहव उच्च भएकाले ट्याक्सीलाई बाहिर निकाल्न समस्या भएको छ ।

July 20, 2011

सिहंदरबारमा पत्रकारलाई रोक

कर्मचारी आन्दोलनको कारण देखाउदै आज बिहान पत्रकारलाई सिहदरबार प्रवेशमा केही समय रोक लगाइयो।  समाचार संकलनका लागि सिंहरदबार पुगेका पत्रकारलाई सिंहदरबार प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका हुन्। सिंहदरबारको दक्षिणी गेटमा खटिएका नेपाल प्रहरीका अधिकारीहरुले गृह मन्त्रालय र सम्बन्धित ईन्चार्जको आदेशका कारण पत्रकारलाई प्रवेशमा रोक लगाएको बताए।  पत्रकारहरुले नै गृहमन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएपछि मात्रै प्रवेश दिइएको थियो। तलब बृद्धिमा असहमति जनाउंदै निजामती कर्मचारीले दुई दिनदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्रमा प्रदर्शन गरिरहेका छन्।

July 14, 2011

सम्झनामा भानुभक्त "भानुभक्त आचार्य कसरि आदि कबि भए"

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले ।अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे ।उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् ।

July 13, 2011

कोरिया भाषा परीक्षाको तयारि र परिक्षा दिदा ध्यान दिनु पर्ने कुरा हरु

यतिबेला नेपाली युवाहरू कोरियन भाषा परीक्षामा सामेल हुने तरखरमा छन्। यसपटक ५७ हजार ६ सय ७५ नेपाली युवायुवती कोरिया जान भाषा परीक्षण -ईपीएस) का लागि तयार छन्। तेस्रो कोरियन भाषा परीक्षा २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याका आधारमा सञ्चालन गरिने भएको छ। वस्तुगत बहुउत्तरको मूल्यांकनमा आधारित सुनाइ र पढाइ सीप कोरियन भाषपरीक्षाको आधार हुनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। 
कोरियन भाषा परीक्षणमा परीक्षार्थीले सुनेर, बुझेर र पढेर दिइएको उत्तरपुस्तिकामा सही उत्तरमा चिह्न लगाउनुपर्छ। प्रश्नपत्रमै विकल्पका रूपमा चारवटा उत्तर समावेश गरिएका हुन्छन्। हेर्दा सजिलो लाग्ने वस्तुगत प्रश्नमा एकमात्र सही उत्तरमा चिह्न लगाउनुपर्छ। उपयुक्त उत्तरमा चिह्न मात्र लगाउनुपर्ने यस्तो परीक्षामा सजग नहुँदा परीक्षार्थीले गलत उत्तर गलत स्थानमा प्रयोग गर्ने सम्भावना निकै हुन्छ। प्रश्नपुस्तिका र उत्तरपुस्तिका फरक-फरक हुन्छन् । परीक्षार्थीको भीड हेरेर यसपटक चार सिफ्टसम्म परीक्षा लिन सकिने बताइन्छ। परीक्षा दुई किसिमका छन्। सुनाइ र पढाइ सीपको परीक्षा निरन्तर सञ्चालित हुनेछन्, जसमा सुनाइ ४० मिनेट र पढाइ ३० मिनेटको हुनेछ। मुख्य प्रश्नहरू ट्राफिक चिह्न, संख्या, घडीको समय, स्वाद, मौसम, बार, दैनिक जीवनमा कामदारका लागि आवश्यक भाषा, सुरक्षासम्बन्धी जानकारी, कोरियन जीवनशैलीसम्बन्धी प्रश्न तथा कार्यालय प्रयोजनमा प्रयोग हुने शब्दावलीहरूसँग सम्बन्धित हुनेछ। 

April 18, 2011

लालसलाम भनेरे झलनाथ खनालले



झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री । कम्युनिष्ट नेता हुन् खनाल । उनले लाल सलाम गर्नु कुनै नौलो कुरा पनि होइन । खनालले लाल सलाम पहिलो पटक गरेका पनि होइनन् । तर आफ्नो भाषणको पूरै समय विकास निर्माण र आफ्नो कार्यकाल सफल हुने बताएका उनले अन्तमा लाल सलाम गरेपछि सबैले अनौठो माने ।नेपालका कम्युनिष्ट मध्ये सबैभन्दा बढी क्रान्तिकारी देखिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सार्वजनिक कार्यक्रममा लालसलाम गर्न छोडिसकेका बेला खनालले एकाएक लाल सलाम गरेपछि छुट्टै चर्चा भयो ।प्रधानमन्त्री खनाललाई गुल्मी उद्योग वाणिज्यसंघले महोत्सवमा प्रधानमन्त्री कै हैसियतमा कार्यक्रम उद्घाटन गर्न बोलाएको थियो । उनले लाल सलाम गरे त्यो कुनै नौलो घटना पनि थिएन र आश्चर्य मान्नु पर्ने विषय पनि थिएन ।

April 14, 2011

२०६७ साललाई फर्केर हेर्दा

२०६७ साल नेपालका लागि खासै फलदायी रहेन । यो वर्ष नेपालमा हत्या िहंसा सत्ताको छिनाझम्टीकै खवर सुनेर विताउनु पर्यो । दलका नेताहरु जुटमा भन्दा फूटमा बढी ध्यान केन्द्रीत गरे । शान्ति प्रकृया थप जटील बन्दै गयो भने शिशु गणतन्त्र हुर्कने भन्दा पनि कोमामा जाने अवस्थामा पुग्यो ।२०६७ सालमा भएका केही महत्वपूर्ण घटना क्रमलाई हजुरको सहजताका लागि बुँदागत रुपमा प्रस्तुत गरेका छु
२०६७ साल हामीबाट विदा भएको छ । यो वर्षमा नेपाली जनताले पाउने भन्दा बढी गुमाउने नै भयो । आशा भन्दा निराशा बढी दियो २०६७ ले । दलहरु संविधान निर्माणमा भन्दा सत्ता प्राप्तीमा बढी समय खर्च गरे । यो वर्ष संविधानसभाको म्याद एक वर्ष थपियो तर संविधान निर्माणको स सम्म पनि लेख्न सकेनन् दलहरुले । के के भए त वर्ष २०६७ मा ।
२०६७ बैशाख

April 11, 2011

बाग्लुंग कालिका मन्दिर : एक चिनारी

बाग्लुंग कालिका मन्दिर 
पवित्र कालीगण्डकी र काठेखोलाको दोभानमाथि प्रकृतिको नैसर्गिक सुषमाको बीच प्रसिद्ध कालिका देवी भगवतीको पवित्र मन्दिर विद्यमान छ । पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुनि मुकुन्द सेनकी राजकुमारी सँग वि सं १५९१मा विवाह हुँदा राजकुमारीले पाल्पा माझकी देवी कालिका देवी साथमा ल्याई यस पावन भूमिमा वैदिक विधिपूर्वक प्रतिष्ठिापित गरिएको हो ।राजकुमारी यी कालिका देवीको अनन्यभक्त थिईन् । भनिन्छ यिनले कालिका देवीको प्रत्यक्ष दर्शन पाउँथिन् । यी कालिका देवी वेगर राजकुमारी एकक्षण बस्न नसक्ने भएकीले विवाह गरी आउँदा देवीलाई आफ्नो बुबासँग मागी साथमा ल्याएकी हुन् ।कालिका देवीलाई पहिले माझकी देवी काली कालिका देवी श्री देवी माईस्थानको नामले पुकारेको पाइन्छ । कालिका देवीका बारेमा प्राप्त कागजातहरु र लालमोहरहरुमा भगवती भनि उल्लेख भएको देखिदैन । केहि वर्ष पहिले देखिमात्र कालीका देवीको अर्का नाम भगवती पुकारिन थालेको हो ।प्रसिद्ध कालिका देवीको मन्दिर अवस्थित मनोरम जंगलदेखि तल कालीगण्डकीको एकान्त विस्तृति छ जहाँ कालीको कलकल ध्वनि प्रकृतिको मौन संगीत श्रवण गर्न सकिन्छ । कालिका देवीको प्रसिद्धि र महिमा बागलुङ म्याग्दी पर्वत र मुस्ताङ जिल्ल्ामा मात्र सीमित छैन । यो नेपाल अधिराज्यमा नै प्रसिद्ध पवित्र एवं महत्वपूर्ण धार्मिक स्थल मानिन्छ । यहाँ दर्शन गर्न आउने पुत्रकामी दम्पत्तिको मनोरथ निश्चित रुपमा पूर्ण हुन्छ भन्ने विश्वास भक्तजनहरुको छ । कालिका भगवती प्रति असीम भक्तिभाव राखेर दर्शन गर्न आउने भक्तहरुको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रहेको छ ।मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वतिरको ढोका कहिल्यै खोलिदैन । यो ढोका खोल्दा सो ढोकामा नाग उत्पन्न हुने भएकाले सदा बन्द गरिने गरिन्छ ।

April 9, 2011

प्रबासी म्याग्देलिहरुद्वारा एम्बुलेन्स सेवा उपलब्ध गराउने (भिडियो सहित )

रोजगारको शिलशिलामा बेलायत पुगेका म्याग्दीबासीहरूले जिल्लामा एम्बुलेन्स खरिद गरेर सञ्चालनका लागि आर्थिक संकलन गर्न सुरु गरेका छन् ।म्याग्दी प्रवासी नेपाली संघ -मोना) युकेले सांस्कृतीक कार्यक्रम गरेर सहयोग संकलन गर्न सुरु गरेको हो । म्याग्दी र काली भेगका बासिन्दाको सुबिधाका लागि एक एक वटा एम्बुलेन्स उपलब्ध गर्राईने मोना युकेका उपाध्यक्ष कमल पुर्जाले जानकारी दिनुभयो ।एम्बुलेन्स खरिद गर्न गत शनिबार म्याग्दीका लोकगायक खड्ग गर्बुजाको उपस्थितीमा बेलायतको फार्नबरो स्थित ओकफार्क कम्युनिटी विद्यालयमा संस्कृतीक कार्यक्रम गरिएको थियो । नयाँ वर्षो शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा १७ जनाले प्रतिव्यक्ति १ लाख रुपैया भन्दा बढी सहयोग गरेका थिए ।

April 8, 2011

नेपाली जनताले थाम्नै नसक्ने महंगो भयो नेपालको शान्ति प्रकृया, अहिले सम्म ५७ अर्ब लगानी

२०६३ साल मंसीर ५ गते तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएपछि सुरु भएको नेपालको शान्ति प्रकृया पाँच वर्ष पूरा हुन लाग्दा समेत पूरा हुन सकेको छैन ।चार वर्ष पूरा भएर पाँचौ वर्ष पूरा गर्ने तरखरमा रहेको शान्ति प्रकृया अहिले पनि दोधारमा छन् । यो अवधिमा शान्ति प्रकृयाकै नाममा ५७ अर्व खर्च भइसकेको छ । तर चार वर्ष अघिको शान्ति प्रकृयाको अवस्था र अहिलेको अवस्थामा खासै तात्वीक भिन्नता छैन ।
शान्ति प्रकृयाको मुख्य अंश माओवादी जनमुक्ति सेना अहिले पनि शिविरमै छन् द्वन्द्वबाट विस्थापित भएकाहरु अझै पुनःस्थापित हुन सकेका छैनन् सत्य निरुपण आयोग अझै गठन सम्म हुन सकेको छैन । सर्वसाधारणहरु अझै पनि त्रासमै बाँच्नु परेको छ ।शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन विदेशी दाताहरुले दिएको अधिकांश रकम माओवादी जनमुक्ति सेनाको भरणपोषण र शिविर व्यवस्थापन तथा अनुगमनमा खर्च भएको सरकारी तथ्याङ्क छ । त्यो बाहेक द्वन्द्व पिडितका नाममा बाडिएको रकम र युद्धका बेला ध्वंस भएका संरचना निर्माणमा खर्च भएको छ ।विभिन्न दातृ राष्ट्रले उपलब्ध गराएको रकमको केही अंश सरकार मार्फत खर्च भएको छ भने बाँकी दातृ राष्ट्रका नियोगहरुले गरेका छन् ।

स्वामी राजा परदेशै जानाले, घर बिग्रियो मोबाईल फोनले… … … !


म्याग्दी ज्यामरुककोट माइतीघर भएकी विमला शर्मा १२ वर्ष पहिला बागलुङ मालिका-७ का रामजी शर्मासँग वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । तर मोवाइलकै कारण उनको घरबार बिग्रियो । वैवाहिक जीवन सुरु गरेपछि दुई बच्चासहित श्रीमती पाल्न बिमलाका पति रामजी मलेसिया गएका थिए । मलेसिया गएपछि रामजीले कमाएको धनबाट घरखर्ची चलाउँदै बागलुङ बजारमा घडेरी किने । पतिको कमाइबाट विमलाले आफ्नै नाममा घडेरीसमेत पास गरिन् ।पतिकै कमाइबाट शहरमुखी र सुविधाभोगी बन्दै गएकी विमलाले श्रीमान्को कमाइबाटै मोवाइल फोन किनिन् । त्यही मोवाइल फोन रामजी र विमलाको घरबारै बिगार्ने कडी बन्यो ।श्रीमान् विदेश भएको समयमा पर्वत धाइरिङ गाविसको एक केटासँग मोवाइल सम्पर्क गरेकी विमलाको फोन संवाद अनैतिक सम्बन्धमा परिणत भयो । श्रीमान्को कमाइ केटालाई समेत बाँड्न थालेकी उनले आफ्ना माइती घरका दाजुभाइ सबै भुलेर मोवाइलले भेटाएको केटालाई विश्वास गरिन् ।बिरामी भएर पोखरा जाँदा पनि त्यही केटा उनको साथी बन्यो ।

April 7, 2011

‘इको-पदमार्ग’ भनेर चिनिने म्याग्दीको ‘नागी-नारच्याङ’ पदमार्गमा पर्यटकको चहलपहल उत्साहजनक

पर्यटन दिवसको अवसरमा सरकारले गत कात्तिक महिनामा घोषणा गरेको ‘नागी-नाच्र्याङ’ पदमार्ग उद्घाटन नहुदै पर्यटकको उत्साहजनक चहलपहल सुरु भएको छ । आन्तरिक व्यवस्थापन उचित प्रचार-प्रसार र आकर्षक गन्तव्यका कारण छोटो समयमै पर्यटकको आगमन सुरु भएको हो ।पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयले यो सँगै सिन्धुपाल्चोकको पाँचपोखरी-भैरबकुण्ड र बागलुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । लामो र छोटो दुईवटा रुट प्रयोग गर्न सकिने ुनागी-नाच्र्याङु पदमार्गलाई स्थानीयबासिन्दाले पर्वत म्याग्दी इको पदमार्ग भनेर बुझ्ने गरेका छन् । ६० किलोमिटर लामो पदमार्गले पर्वतको दुई र म्याग्दीको सात गाविसलाई समेटेको छ ।म्याग्दीको पिप्ले-१ घुमाउने तालबाट सुरु हुने पर्वत बाँसखर्क डाडाँकटेरी-नागी-महरेडाँडा-डाडाँखर्क-हिस्तान-घराम्दी-खिवाङ-ख्रोपा-नारच्याङबेशी हुदै भुरुङतातोपानी आईपुग्न ९ दिन लाग्छ ।

April 6, 2011

सत्ता साझेदार दल एमाओबादि र एमालेबिच म्याग्दीमा सम्बन्ध चिसिदै


केन्द्रिय राजनितिका सत्ता साझेदार एकिकृत नेकपा माओवादी र नेकपा एमालेबीच म्याग्दी जिल्लामा केही समययता सम्बन्ध चिँसीदै गएको छ । केन्द्रको ठिक विपरीत सत्ता साझेदार दुई दलबिच बढ्दै गएको आरोप प्रत्यारोप र असमझदारीले जिल्लाको राजनीतिक तथा विकास निर्माणको क्षेत्रमा प्रभाव पार्ने संकेत देखिएको छ ।फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको चोरी घटनाका विषयलाई लिएर दुई दलबीच असमझदारी बढेको हो । एमालेले आफ्ना सेक्रेटरी लालु किसानलाई बिना प्रमाण चोरी घटनामा संलग्न भएको आरोप लगाएकाले उसँग सहकार्य नगर्ने माओवादीले बताएको छ ।माओवादीले एमालेका विरुद्ध नाराबाजी र भित्तेलेखन गरेर जिल्ला नेता बालकृष्ण सुवेदी लगायतलाई नछोड्ने घम्की दिएको छ ।

April 5, 2011

भन्छन स्वर्ग मरेपछि देखिन्छरे तर हाम्रा लागि यहि धौलागिरि महोत्सव जिउदै स्वर्ग


क्या राम्रो ताकम गाउ 

पर्यटन बर्ष२०११ को अवसरमा म्याग्दीको ताकममा आगामी बैशाख २१ देखि २५ गतेसम्म  पहिलो धौलागिरि महोत्सव हुने भएको छ । यसको तयारीमा अहिले ताकम गाबिसका ९ वटै वडा का स्थानीय हरु लागि परेका छन्  लगभग तयारि अन्तिम चरणमा रहेको आयोजकले समितिले जानकारी दिएको छ हुन् त पर्यटन बर्षमा महोत्सब हुनु कुनै नौलो कुरा होइन तर पनि यस अर्थमा यो धौलागिरि ताकम महोत्सब नौलो छ कि यस महोत्सबमा ताकम गाबिसका ९ वटै वडा बाट नया प्रतिभा हरु को जन्म गराएर यसबाट नेपाल लगायत धौलागीरिलाई बिस्वमै चिनाउने प्रयत्न समेत भैरहेको छ यसको लागि सो क्षत्र वरिपरी फिल्म शुतिंग समेत भैरहेको छ भने नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक हरुबाट ताकम गाबिसका ९ वटै वडाका बिद्यार्थीहरुलाई आधुनीक तथा पुरानो नृत्य तालिम समेत दिई रहेको छ सबै बिध्यार्थीहरुले प्रति व्यक्ति रु २०० मा नृत्य तालिम समेत लिइरहेको सो प्रचार प्रसार समितिले जनाएको छ । 

March 31, 2011

आउँदो वर्ष कोरियाले ७ हजार कामदारको कोटा नेपाललाई दिने,परिक्षा को सम्पूर्ण जिम्मा प्याब्सनलाई दिने सम्भाबना


दक्षिण कोरिया

रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ मा अहिलेसम्मकै सबैभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । उसले ७ हजार १ सय नेपाली लैजाने गरी कामदार छनोटका लागि आवश्यक भाषा परीक्षाको प्रक्रिया यही महिनादेखि सुरु गर्ने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भाषा परीक्षा लिने र नतिजा प्रकाशित गर्ने मितिबारे कोरियाली पक्षसँग सहमति भइसकेको जानकारी दिए । 'चैत २८ गतेदेखि भाषा परीक्षा लिने प्रक्रिया सुरु हुन्छ,' श्रेष्ठले भने, 'यसपटक अघिल्ला वर्षभन्दा धेरै कामदार लैजाने योजना बनाएको छ ।' कोरियाले रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत हाल दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण भएका कामदार कोरिया गइरहेका छन् ।

अर्थ सचिब खनाल राजीनामाको तरङ्ग ,बास्तबिकता के हो ? राम काहानी सहित

अर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्री भरतमोहन अधिकारीको कार्यशैलीको विरोध गर्दै मन्त्रालय छोडे । उनले आफू मन्त्रीको दवावमा काम गर्न नसकेको र भ्रष्टहरुलाई कारवाही गर्न नदिएको जस्ता आरोप लगाएर मन्त्रालय छोडे । जव उनले मन्त्रालय छोडे तव कर्मचारी देखि राजनीतिक दल संसदीय समिति र सरकारनै हल्चल भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अर्थमन्त्रीको दवाबमा अर्थसचिव रामेश्वर खनाललाई राजीनामा गर्न बाध्य पारिएकॊ दावी गरेको छ । व्यवस्थापिका संसदको बुधबारको वैठकमा काग्रेसले अर्थमन्त्रीकै कारण सचिव खनालले राजीनामा दिएको आरोप लगाउदै संसदमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेको छ ।
बैठकको सुरुमै सभामुखसंग समय लिएर कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा निष्ठावान कर्मचारीलाई राजीनामा गर्न बाध्य तुल्याइएको घटनाले अर्थमन्त्री भरतमोहन अधिकारी शंकाको घेरामा परेको आरोप लगाए । उनले अर्थसचिव खनाल प्रकरणमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदनको बैठक चल्न नदिने चेताबनी समेत दिए ।

March 30, 2011

राष्ट्रपतिले आफ्नो शासनको संकेत गरेकै हुन् त ?


नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई आलंकारिक स्थान दिएको छ । तर राष्ट्रपति डाक्टर रामबरण यादव अहिले सकि्रय राष्ट्रपतिको भूमिका खोज्न थालेका छन् । बढ्दो संक्रमणकालसँगै उनले आफ्नो सक्रियता बढाउनु स्वभाबिक भयता पनि  संविधानको मर्म र मर्यादा भन्दा बाहिर गएर बढाएको चलखेलले नेपाली राजनीतिमा संकट र समस्यामा काला बादलहरु मडारिएका छन् ।एकातिर संविधानसभाको म्याद सकिदै छ । अर्कातिर दलहरु पानी बारबारको अवस्थामा छन् । सबै प्रमुख दलहरु आन्तरिक कलहले थला परेका छन् । यति मात्र होइन बैदेशिक चलखेल र हस्तक्षप चरम उत्कर्षमा छ ।हुँदा हुँदा राष्टपति यादवले कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई यो गर र ऊ गर भन्न थालेका छन् । नेपालको अन्तरिम संविधानले राष्ट्रपतिलाई सरकारले दिएको सुविधान प्रयोग गरी तोकिएको ठाउँमा बस्ने मात्र अधिकार दिएको छ ।

March 29, 2011

फेरी रक्तपाततिर मेरो नेपाल, चारदिनमा ८ बिष्फोट,

फेरी रक्तपाततिर मेरो नेपाल 
पछिल्ला केही दिन देखि लगातार बम विष्फोटका घटना भएका छन् । सृङ्खलाबद्ध रुपमा भएका यी बम विष्फोटका घटनालाई सामान्य रुपमा लिन सकिदैन । नेपालको तरल राजनीति र त्यसभित्र भएको षड्यन्त्रको रुपमा हेरिएको छ ।नयाँ सरकार गठन भएपनि सरकारले पूर्णता नपाउनु, संविधानसभाको म्याद सकिन लाग्दा समेत नयाँ संविधानको टुंगो नहुनु, दलहरुबीचको दुरी दिन प्रतिदिन बढ्दै जानु, एक दलले अर्का दललाई देख्नै नसक्नु तथा दलहरुबीच आफैभित्र मारामार हुनुले मुलुक कुन दिशामा गइरहेको छ भन्ने कुरा सामान्य नागरिकले पनि अनुमान गर्न सक्छन् ।पछिल्लो समय तराईमा मात्र होइन राजधानी काठमाडौमा समेत शान्ति सुरक्षामा ठूलो चुनौति आएको छ । राजधानीको मुटुमै दिनदहाडै गोली हानी हत्या गरिन्छ तर हत्यारा पक्राउ पर्न सक्दैन । दिनानुदिन विष्फोटमा घटना भएका छन् तर राज्य मौन छ । केही बोल्ने हैसियत पनि राख्दैन ।विष्फोटमा घाइते हुनेहरु न त राज्य पक्षका हुन न त कथित विद्रोही । यी त सर्वसाधारण यात्रु थिए । यीनको कुनै दोष थिएन ।

March 26, 2011

तेस्रो कोरियन भाषा (KLT)परिक्षाको लागि बैशाख १९ ,२० ,२१ र २२ गते आबेदन लिने तयारि

इपिएस कार्यालय ग्वार्को ललितपुर ले चैत्र ८ गते सुचना प्रकासित गरी कोरियन भाषा परिक्षाको निम्ति आगामी बैसाख १९ , २० र २१ र २२ गते आबेदन लिने जानकारी गराएको छ। जसमा भाषा परिक्षा आगामी साउन ६ र ७ गते हुनेसमेत जानकारी दीइएको छ । यस सम्बन्धि सम्पूर्ण बिबरण चैत्र मसान्तमा राष्ट्रिय दैनिक बाट प्रकासित गर्ने सुचनामा उल्लेख छ। नेपाल बाट सन् २००८ बाट कोरियन भाषा परिक्षा लिएर नेपाल सरकारले दक्षिण कोरियामा कामदार पठाउदै आएको छ। त्यस अगाडी प्रसिक्षण कोटामा लुम्बिनी ओभरसिज र मुनड्रप ओभरसिज बाट कामदार कोरिया जाने गर्दथे बढी रकम लिएर ती मेनपावर कम्पनिले कामदार पठाउदै आएको व्यापक गुनासो र बिरोध भए पछी दक्षिण कोरियाले कामदार लैजान बन्द गरिदिएको भएपनि नेपाल सरकार को पहलमा सन् २००७ मा तत्कालिन श्रममन्त्रि रमेश लेखकले दक्षिण कोरिया सरकार संग श्रम समझौता गरी कामदार छनौट मा मानब बिकाश संसाधन केन्द्र (H RD) दक्षिण कोरियाको सम्पूर्ण अधिकार हुने गरेर नेपाल सरकारले आफ्नो मातहतमा भाषा परिक्षा लिएर दक्षिण कोरिया नेपाली कामदार हरु पठाउदै आएको छ। नेपाल सरकारले कुनै कमिसन नलिएर सस्तो रकममा कामदार कोरिया पठाउदै आएको छ नेपाली कामदार हरु करिब ७०००० रुपया मात्र लागत खर्चमा दक्षिण कोरिया पुग्दछन।

March 25, 2011

सुडानी पथमा मेरो नेपाल

सुडान एउटा सिक्नु पर्ने पाठ, कसरी शुरु भयो सुडानी युद्ध ?
देश बन्न सपना चाहिन्छ, स्रोत साधन होइन, यही पुष्टी गर्छ सुडानी गृहयुद्धले । सुडानमा सुरु भएको गृहयुद्धको चरण र अहिलेको नेपालको राजनीतिक अवस्था उस्तै उस्तै देखिन थालेको छ । सुडानको राजनीतिक घटना क्रमबाट अहिले नेपाली राजनेताले पाठ सिक्नु जरुरी छ ।
;िसंगापुर र सुडान दुई देशलाई हेर्ने हो भने राजनीतिक व्यबस्थापनले मुलुकको मुहारमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने प्रष्ट पार्दछ । लि क्वानको सपनाले ५० वर्षमा िसंगापुर आर्थिक समृद्विको चरम चुलीमा छ भने सुडानचाही राजनीतिक खिचातानीका कारण अनिश्चितताको भूमरीमा छ ।सुडानको हिरा मोती र जवाहरको लागि शक्तिसम्पन्न राष्ट्रहरुबीच हारालुछ भइरहँदा सुडानमा भने एक छाक खान समेत नपाउने स्थितीमा छ । देशमा पर्याप्त प्राकृतिक स्रँेत हुँदापनि त्यसको समुचीत प्रयोग हुन नसक्दा सुडानमा कुपोषणका कारण बर्षेनी हजारौं बालबालिकाहरु अकालमै मरिरहेका छन् । िसंगापुरको सपनाले धेरै देशलाई चिमोटिरहँदा सुडानमा भएको वेथिती आधुनिक इतिहासकै लागि टाउको दुखाइ बनिरहेको छ । २१ औ शताब्दीको विश्व एक-अर्कामा विज्ञान प्रबिधि र विकासको प्रतिष्पर्धामा रहेपनि सुडान भने मानव इतिहासमै कलंकीत बनाउने शैलीमा गृहयुद्वको झिनाझप्टीमा अल्झेको छ ।राजनीतिक खिचातानी र शक्ति बाँडफाँड प्रभावकारी हुन नसक्दा देश र जनताले कस्तो नियती भोग्नुपर्छ भन्ने नियतीको साक्षँी हो सुडान । अनि जातिय नाराले देशलाई कस्तो अबस्थासम्म पुर् याउँछ भन्ने जान्नका लागि सुडानको इतिहास नै काँफी छ । सर्वसाधरणको आम नरसंहारले एक्काइसौं शताब्दीको बिश्वलाई नै स्तव्ध पार्ने युद्वको औपचारीक अन्त्यपछि सुडान टुकि्रयो ।ठूलो देश र जनसंख्या अहिले गहना मानिन्छ ।

March 24, 2011

कोरियामा १० बर्ष नाघेका अवैधानिक बिदेशीले भिसा पाउने कुरा निराधार


१० बर्ष वा सो भन्दा बढी अवैधानिक रुपमा बसोवास गरिरहेका बिदेशीहरुलाई अब कोरियन सरकारले स्थायी बसोवास दिने अथवा भिसा दिने भएको छ भन्ने हल्ला केही दिन यता कोरियामा बसोवास गर्ने नेपालीहरुमा ब्याप्त छ । यहि हल्ला कै कारण १ दशक भन्दा बढी कोरिया बसेर स्वदेश फर्कन लागेका केही नेपालीले किनिसकेको आफ्नो हवाई टिकट पनि क्यान्सिल गरे । कति जनाले बिदेशीहरुको हकहितका लागि लड्ने संघसंस्थाहरुमा सदस्य बनिरहेका छन् ।तर कोरियन सरकारले भने त्यस किसिमको कुनैपनि जानकारीहरु दिइएको छैन । नेपाली जनमानसमा ब्याप्त हल्ला अनुसार १० बर्षभन्दा बढी अवैधानिक रुपमा कोरियामा बसेको छ भने सो ब्यक्तिले एमनेष्टी ईन्टरनेशनलमा आफ्नो नाम दर्ता गराई स्थायी बसोबास गर्ने अधिकारको दावी गर्न पाउने भन्ने रहेको छ ।

March 23, 2011

बावियाचौर चोरीरीकाण्डः अभियुक्तले बयान फेरे

फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको चोरी घटनाका अभियुक्त कमल किसानले प्रहरीले यातना र दवावमा माओबादीका सचिव लालु किसान सहित माओबादीको नाम लिएको बताएका छन् ।सोमबार जिल्ला अदालतमा बयान दिने क्रममा किसानले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार र राजनितिक दलका प्रतिनिधीसँग दिएको बयान फेरेका हुन् । किसानले अदालतसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालु किसानको भने संलग्नता नरहेको बयान दिएका हुन् । उनले यस अघि प्रहरीको रोहवरमा पत्रकार र राजनितिक दलका प्रतिनिधी समक्ष चोरी गरेको सामान माओवादी सेक्रेटरी किसानलाई बुझाएको बयान दिएका थिए । प्रहरीले यातना दिएर लालु किसानको घटनामा संलग्नता रहेको बताउन दवाव दिएको उनले बयानका क्रममा बताएका छन् । पिडित नरबहादुर गुरुङको घरबाट आफूले ३६ हजार रुपैया नगद चोरी गरेको र

March 20, 2011

स्विमिङ खेल्दा केटी गर्भवति


एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् ।तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।फुर्सदको समयमा इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।आफ्नी आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको बुझिएको छ । कुनचाहिं पुरुषले पाँच तारे होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । होटेलको नाम पनि खुलाइएको छैन । केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् ।

March 17, 2011

हावाहुरीले म्याग्दीका आठ विद्यालयमा क्षति


सोमबार रातीदेखि चलेको हावाह’री मंगलबार दिउँसोसम्म नरोकिएर व्यापक रुप लिँदै गएपछि दिउँसोसम्म म्याग्दीका आठ विद्यालयका भवनसहित छाना उडाएको छ ।गाउँगाउँमा रहेका विद्यालयका छाना उडाउँदा ति विद्यालयको लाखौं रुपैयाँ म’ल्य बराबरको भौतिक सम्पती नस्ट ह’न’का साथै विद्यालयले सञ्चालन गरेको वाषिर्क परिक्षा समेत स्थगित भएको छ ।सोमबार रातीदेखि निरन्तर चलेको ह’रीले रातभरमा गाउँभरि सामान्य क्षती पुर्‍याएको र मंगलबार दिउँसो परिक्षा चलिरहेका बेला विद्यालयको चारकोठे भवनको छानोसहित पर्खालसमेत भत्काएपछि विद्यार्थीहरूको वाषिर्क परिक्षा स्थगित गरिएको सिद्धशान्ती मावि का का प्रधान अध्यापक ह’मनाथ पाण्डेले बताए ।त्यस्तै मंगलबार नै चलेको हावाह’रीका कारण जिल्लाको पाखापानी गाविसमा रहेको अमर मावि, सोहि गाविको कोटगाउँमा रहेको जनआदर्स प्रावि, नारच्याङको प्रभा मावि, चिमखोलाको अमर मावि, दानामा रहेको सरस्वती प्रावि, झिँ गाविसको महेन्द्र मावि र ज्ञानप्रकास मावि दानाको छाना समेत हावाह’रीले उडाइदिएको छ ।

March 16, 2011

कोरियामा १० वर्ष भन्दा बढी अबैधानिक बस्ने बिदेशी नागरिकले भिषा पाउने सम्भाबना


अन्तराष्टिय मानव अधिकारवादी संस्था एम्नेस्टी ईन्टरनेस्नलले  कोरियामा अवैधानिकरुपले बसेका विदेशी 
नागरिकहरु १० वर्ष नाघेको छ भने एम्नेष्टी इन्टरनेश्नलमा आफ्नो नाम दर्ता गराई स्थायी बसोबास गर्ने अधिकारको दावी गर्न सकिने जानकारी दिएको  छ । विभिन्न शिलशिलामा कोरिया प्रवेश गरेर अवैधानिक रुपमा १० वर्ष भन्दा बढी कोरियामा बसेका चाइनिज नागरिकहरुले भने गत साताबाट यो सुविधा पाएको एम्नेष्टीले जनाएको छ ।१० बर्ष भन्दा बढी कुनै देशमा बस्ने नागरिकले धेरै पहिले देखि अमेरिका लगाएत विश्वको अन्य मुलुकले उक्त सुबिधा प्रदान गरेको भएपनि दक्षिण कोरियाले अहिले सम्म यो सुबिधा प्रदान गरेको थिएन । चाइना बाहेक अन्य मुलुकको नागरिकलाई उक्त सुबिधाबाट बन्चित गरिरहेको बिषयमा कोरियामा रहेका बिभिन्न संघ-संस्थाहरुले अन्तराष्टिय मानव अधिकारवादी संस्था एम्नेस्टी ईन्टरनेस्नलको  सहयोगमा कोरियन सरकारलाई दवाब दिईरहेका छन्। हाल कोरियामा १० बर्ष अबैधानिक बसेका बिदेशीको संख्या धेरै भएपनि बास्तविक डाटा भने आएको छैन।

March 12, 2011

म्याग्दी लगायत धौलागिरीमा भुकम्प धक्का

जापानको मियागो शहरमा हिजो ८..९ रेक्टरस्केलको भूकम्प जाँदा सयौंले ज्यान र हजारौं बेपत्ता भइरहेको अवस्थामा पहाडी जिल्ला म्याग्दीमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार राति ११ बजे र शनिबार बिहान ५ बजेर ७ मिनेट र बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्काको महशुस गरिएको अर्थुङ्गेका ठाकुर आर्चायले बताए । भूकम्पको धक्का महशुस गरिएको भएपनि कुनैपनि क्षती भने हुन पाएको छैन् । यसैविच शुक्रबार राति १० बजेर ३३ मिनेट जाँदा गुल्मी, पर्वत र बाग्लुङ्गको सीमा क्षेत्रमा केन्द्र बिन्दु रहेको ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

March 10, 2011

निरुताको सबै नायकलाई भ्याउने मन

मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ । उनको इच्छा हो सबै नायकलाई भ्याउने ।चलचित्र 'दक्षिणा' बाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी यि नायिकाले थुप्रै सफल चलचित्र दर्शक सामु पेस गरिसकेकी छिन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी यि नायिकाले नेपाली चलचित्र उधोगका दर्जनौं नायकलाई भ्याईसकेकी छिन् । उनले आफ्नो पहिलो चलचित्र 'दक्षिणा' मा पहिलो पटक नायक भुवन केसीलाई भ्याईन् अर्थात उनी सो चलचित्रमा भुवन केसीसँग अभिनय गरिन् । त्यसपछि निरूताले आफ्नो दोस्रो चलचित्र 'मित्ज्यू' मा नायक प्रसान्त सिंहसँग जोडीको रूपमा अभिनय गरिन् ।

संगठन बिस्तारको होडबाजीमा उद्योग बन्दको आन्दोलन

कुटाकुट हुँदै बिभाजनसम्म पुगेको माओवादी मजदुर संगठनका दुवै पक्षले आफ्नो पक्षलाई मजबुद बनाउन तलबबृद्धिको परम्परागत र लोकपि्रय नारा अघि सार्दै उद्योग बन्दसम्मको आन्दोलनमा उत्रिएका छन् ।
आ-आफ्नो संगठन विस्तारका लागि जे पनि गर्न तयार देखिएका दुवै पक्षले मजदुरलाई आफ्नो पक्षमा पार्न उद्योग नै बन्द गर्नेसम्मको प्रतिस्पर्धामा उत्रिएपछि लोडसेडिङकाबीच न्यून उत्पादन गरिरहेका उद्योग मर्कामा परेका छन् ।न्युनतम तलब १० हजार हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको शालिकराम जमरकट्टेल नेतृत्वको अखिल नेपाल टे्रड युनियन महासंघले देशभरका उद्योग बन्द गर्ने चेतावनी दिइरहेको छ । महँगी भत्ता तथा तलब गरी १० हजार पारिश्रमिकको माग गर्दै मंगलबारबाट हेटौंडा क्षेत्रका उद्योग बन्द गरेको वद्री वजगाई नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघले बिहीबार आन्दोलन घोषणा गर्दैछ । पार्टीले दुबै समुहलाई विघटन गरि महाधिवेशन गर्न निर्देशन दिएपनि त्यसलाई अटेर गर्दै दुवै पक्ष संगठन विस्तारमा लागेका छन् ।

March 9, 2011

देवयानी अब कोरियामा


नेपाली चलचित्र ‘देवयानी’ प्रिमियर सो दक्षिण कोरियाबाट गरिने भएको छ । नेपाली नयाँ वर्षको अवशर पारेर नेपाल योङ्ग स्टार ग्रुप र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको सयूक्त आयोजनामा अप्रिल १० मा राजधानी सउलमा प्रिमियम शो गर्न लागिएको हो । निर्माता तथा निर्देशक विजय बस्नेतका अनुसार उनको यो महत्वाकाङ्क्षी चलचित्र हो । दुई वर्ष तिन महिना लगाएर पटकथा तयार पारिएको यस चलचित्रको विचार, प्रविधि र कलाका हिसाबले अन्तर्राष्ट्रिय स्तरको भन्न रहेको बस्नेतले बताए ।‘देवयानी’ नारीवाद, राष्ट्रियता र उदात्त प्रेमको त्रिवेणी रहेको यो चलचित्र पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुको कथा हो । यसले देशको माटो र आत्मसम्मानलाई गौरवका साथ प्रस्तुत गरेको छ । यस चलचित्रले व्यक्ति प्रेम जति महान् छ त्यसभन्दा पनि उदात्त र गहिरो प्रेमका रुपमा देश प्रेमलाई चिनाउने प्रयास गरेको छ ।

March 5, 2011

सन्त नेता किसुन जी हामीहरु माझ रहनु भएन


पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डाक्टर भारत रावतले जानकारी दिएका छन्।लामो समयदेखि भट्टराईका सहयोगीका रुपमा रहेका अमिता कपालीले अस्पताल परिसरमा रहेका सञ्चारकर्मी र शुभेच्छुकहरुलाई निधनको खबर औपचारिक रुपमा सुनाइन्।भट्टराईलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो।

March 4, 2011

पर्वत महोत्सवमा २० प्रतिशत स्टल खालि


धौलागिरी अञ्चलको पर्यटन, लघु उद्यम र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तेस्रो पर्वत महोत्सवम राखिएका २० प्रतिशत स्टल खाली रहेका छन् ।महोत्सवमा निर्माण गरीएका कुल १ सय २५ मध्ये २५ वटा स्टल खाली रहेका हुन । शुरुमा विभिन्न क्षेत्रका व्यावासायी, उद्यमी तथा कृषकले आ-आफ्ना बस्तु तथा सामान विक्रिका लागि बुकिङ्ग गरेपनि पछि नआएका हुन् । उत्पादक, कृषक तथा व्यावसायीहरुले न्युनतम तीन हजारदेखि १५ हजारसम्ममा स्टल बुक गराएका हुन् । खाली रहेका स्टलहरु बुक गर्ने संस्था वा व्यावसायीले पनि अग्रिम भुक्तानी दिइसकेको तर सामानहरु किन नराखेको भन्ने जानाकारी प्राप्त नभएको महोत्सवका मुख्य संयोजक होमनारायण श्रेष्ठले बताए ।

चोरीमा माओबादीका जिल्ला स्तरका नेता रहेको आरोपको खण्डन


केहि दिन अगाडी म्याग्दीको बाबियाचौर गाविसमा भएको चोरीमा संलग्न भएको आरोप लागेका व्यक्तिले एकिकृत नेकपा माओबादीका जिल्लास्थीत एक नेतालाई लगाएको आरोपको उक्त पार्टर्ीी खण्डन गरेको छ ।
फागुन ३ गते बाबियाचौर गाविसको वडा नंवर ३ निबासी नरबहादुर गुरुङको घरबाट साढे दुइलाख नगद र छ तोला सुन चोरेको आरोपमा स्थानीय कमल किसानलाई प्रहरीले पक्राउ गरेको थियो ।फागुन ८ गते एकिकृत माओबादीको पार्ट र्यालयबाट पक्राउ परेका किसानले आँफुले उक्त पार्ट जिल्ला सचिव लालु किसानको अनुरोधमा चोरी गरेको र उक्त नगद तथा जिन्सी सम्पर्ुण्ा एकिकृत माओबादीको पार्टर्ीर्यालयमै बुझाएको बयान दिएको प्रहरीले दाबी गरेको छ ।

March 2, 2011

आज महाशिवरात्रि पर्ब धुमधामका साथ मनाइदै


महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको घतान गाविसमा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा श्रद्धाभक्तिपूवर्क पूजा आराधना गर्नेको बुधबार विहान देखिनै भिड लागेको छ ।हिन्दु धर्मालम्बीहरुले मनाउने ४ प्रमुख रातहरू मध्ये महत्वपुर्ण रातको रुपमा चिनिने महाशिवरात्रिको अवसरमा गलेश्वर मन्दिरमा जिल्लाका विभिन्न भागका साथै बाग्लुङर्,पर्वत,कास्की,गुल्मी,पाल्पा,बुटवल लगायतका क्षेत्रबाट पुजाआजा गर्न करिव १६ हजार भन्दा बढि भक्तजनहरू आएको कोषले जनाएको छ ।

ग्रामिण खानेपानी र साना सिँचाईको ७३ लाख ५० हजार बजेट बजेट बाँडफाड


जिल्ला विकास समिति म्याग्दी मा मंगलबार बसेको र्सवदलीय संयन्त्रको बैठकले चालु आर्थिक वर्षा प्राप्त विभिन्न शिर्षका बजेट बाँडफाँड र नयाँ योजनाका लागि बजेट माग गरेको छ । बैठकले चालु आर्थिक वर्षा प्राप्त बाँडफाँड हुन बाँकी ग्रामिण खानेपानी र साना सिँचाई आयोजना शिर्षको ७३ लाख ५० हजार रुपैया बजेट विभिन्न योजनाका लागि बिनियोजन गरेको हो ।ग्रामिण खानेपानी शिर्ष अन्तरगत चालु आर्थिक वर्षो ४३ लाख ५० हजार रुपैया मध्ये स्वास्थ्य र सरसफाईका लागि ९ लाख, र्सर्वेक्षणका लागि दर्ुइ लाख, संयुक्त क्षेत्र सहयोगका लागि तीन लाख र मर्मतका लागि ६ लाख ५० हजार बिनियोजन गर्ने निर्ण्र्ााभएको छ ।
जस अनुसार अर्थुङ्गेको एकपाटे, गलेश्वर लगायत तीन ठाउँमा योजना निर्माण हुनेछ । यसैगरी बाबियाचौरको सेरा, सिम र बजार क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरिने खानेपानी योजनाका लागी १२ लाख ५० हजारका साथै बिम र ताकम गाविसमा खानेपानीका लागि पाँच लाख ५० हजार रुपैयाका दरले बिनियोजन गरिएको निमित्त स्थानीय विकास अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।

March 1, 2011

अनुराधालाई कोरियाको प्रसिद्ध पुरस्कार


सीएनएन हिरो अनुराधा कोइराला कोरियाको प्रसिद्ध'मान्हे ग्राण्ड पुरस्कार'बाट सम्मानित हुने भएकी छन् ।कोइरालाको सक्रियतामा स्थापित माइति नेपालले चेलिबेटी बेचबिखनविरुद्ध महत्त्पूर्ण योगदान दिएको भन्दै उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको दक्षिण कोरियाको सेग्ये इल्बो पत्रिकाले जनाएको छ । पुरस्कार आगामी अगष्ट १२ गते प्रदान गरिने पत्रिकामा उल्लेख छ ।'मान्हे पुरस्कारका लागि सेलेक्सन गरेका छौं भनेर आयोजकले खबर गरेको छ,'  माइति नेपालका निर्देशक विश्व खड्काले मंगलबार साँझ भने, 'कार्यक्रमबारे थप जानकारी केही दिनमै पठाउने इमेल पनि आएको छ ।

बागलुङ मा जीप दुर्घटना ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु


आईतबार राति बागलुङ पाण्डवखानी गाविसबाट हटिया आउदै गरेको ना १ ज १२८६ नंको जीप राति ९ ३० बजेको समयमा मल्म गाविसको वडां नं ९ को चितथानबाट करिब २०० मिटर तल खोलामा खसेर दुर्घटना हुंदा ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु भएको छ भने अन्य ५ जना घाईतको अवस्था गंभीर रहेको छ ।गल्कोट हटिया स्थित गल्कोट उमाबिको बार्षिकोत्सवमा आयोजना गरिएको बास्केटबल प्रतियोगितामा भाग लिन पाण्डवखानीबाट आउदै गरेका खेलाडीहरु सो दुर्घटनामा परेका हुन् ।
मृत्यु हुनेहरुमा पाण्डवखानी ६ का वर्ष ४४ का हर्क बहादुर पुन २५ वर्षीय श्याम काउचा मगर, २३ वर्षीय दिनेश श्रीष, २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन रहेको बताईएको छ ।

म्याग्दीको ताकम गाबिसमा पहिलो धौलागिरि महोत्सब हुने


पर्यटन बर्ष२०११ को अवसरमा म्याग्दीको ताकममा पहिलो धौलागिरि महोत्सव हुने भएको छ ।
ताकम गाविसमा आयोजना गरिएको एक छलफलमा धौलागिरि क्षेत्रको प्रचारप्रसार गरि आन्तरिक तथा बाहृ पर्यटक भित्राउन महोत्सवको आयोजना गर्न लागिएको हो ।महोत्सवमा ताकम गाविसको धार्मीक, पर्यटकीय र ऐतिहाँसीक स्थलका साथै कला र संस्कृतीको प्रचार प्रचार गर्दै स्थानीय प्रतिभा र कृषि उत्पादन तथा वन पैदावारको प्रवद्धन गर्ने आगामी बैशाख २१ देखि २५ गतेसम्म धौलागिरि महोत्सव गरिने स्थानिय छविलाल सुवेदीले बताए ।

February 23, 2011

कालीगण्डकीले बगाएर बेपत्ता भएका बालकको क्षतिपूर्ती ११ लाख ! कति जायज ?

बागलुङ फागुन ९ । गत माघ २९ गते कालीगण्डकी नदीमा नुहाउन गएका ट्वीङकल होस्टेलमा बसेर पढ्ने विद्यार्थी सुनिल गैरे अझैसम्म फेला पर्न सकेका छैनन । टवीङ्कल होस्टेलले युएस एक्याडेमी कक्षा ६मा पढ्ने नरेठाँटी-३ का सुनिल गैरे फेला नपरेपछि मोटो रकम तिर्ने आईतवार सहमति जनाएको छ ।
होस्टेलले राहत स्वरुप आठ लाख रुपैयाँ नगद बालकले होस्टेलमा तिर्न बाँकी रहेको ७० हजार रुपैयाँ मिनाहा गर्ने र बालकको खोजी कार्यमा लागेको करिव दुई लाख रुपैयाँ तिर्ने सहमति जनाएको बेपत्ता बालकका आफन्त अनिल गैरेले बताएका छन् ।रकमबाट बच्चाको स्मृती कोष बनाउने र सोही रकम बाट वेपत्ता बालकका एक मात्र दाजुलाई दश दुई जोडसम्म अध्ययनकोलागि व्यवस्था मिलाउने सहमति भएको पनि जनाईएको छ ।

जिल्ला स्तरीय भलिबलको उपाधि घतान र नारच्याङको हातमा


नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको आयोजनामा शनिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा साचालन भएको जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
मंगलबार बेनीको खुल्ला माचमा भएको फाइनल खेलमा पुरुष तर्फ घतान गाविस प्रथमबावियाचौर गाविस द्धितिय र नारच्याङ गाविस तृतिय भएका छन् ।त्यस्तै महिला तर्फ नारच्याङ गाविस प्रथम िसंङ्गा गाविस द्धितिय र बरंजा गाविस तृतिय भएको युवा संघ नेपाल नगर कमिटी संयोजक नारायण बरालले जानकारी दिनुभयो ।

February 18, 2011

म्याग्दी जिल्लामा कर कार्यालय नहुँदा समस्या

जिल्लामा कर कार्यालय नहुँदा सानोतिनो व्यवसाय गर्ने व्यवसायीले पनि कर तिर्नका लागि हजारौं रकम खर्चिनुपर्दा समस्या सृजना भएकोले जिल्लामै कर कार्यालय स्थापना गरिनुपर्ने म्याग्दीका व्यवसायीहरूले माग गरेका छन् ।बार्षिक  एकदुइ लाख रुपैयाँको कारोबार गर्ने व्यवसायीहरू समेत हरेक वर्षकर चुक्ता गर्नका लागि आन्तरिक राजस्व कार्यालय पोखरा जानुपर्ने र समयमा काम नहुँदा हप्तादिन सम्म बस्नुपर्दा हजारौं रुपैयाँ खर्च लाग्ने भएकोले व्यवसायीको समस्यालाई ध्यानमा राखी हरेक जिल्लामा कर कार्यालय स्थापना हुनुपर्ने माग समेत म्याग्दीका व्यवसायीहरूले राखेका छन् ।सरकारले घोषणा गरेको कर कार्यान्वयन अभियानवर्ष२०६७ का अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले बिहिबार बेनीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै म्याग्दीका व्यवसायीहरूले उक्त कुरा बताएका हुन् ।

म्याग्दी जिल्लामा कर कार्यालय नहुँदा समस्या

जिल्लामा कर कार्यालय नहुँदा सानोतिनो व्यवसाय गर्ने व्यवसायीले पनि कर तिर्नका लागि हजारौं रकम खर्चिनुपर्दा समस्या सृजना भएकोले जिल्लामै कर कार्यालय स्थापना गरिनुपर्ने म्याग्दीका व्यवसायीहरूले माग गरेका छन् ।बार्षिक  एकदुइ लाख रुपैयाँको कारोबार गर्ने व्यवसायीहरू समेत हरेक वर्षकर चुक्ता गर्नका लागि आन्तरिक राजस्व कार्यालय पोखरा जानुपर्ने र समयमा काम नहुँदा हप्तादिन सम्म बस्नुपर्दा हजारौं रुपैयाँ खर्च लाग्ने भएकोले व्यवसायीको समस्यालाई ध्यानमा राखी हरेक जिल्लामा कर कार्यालय स्थापना हुनुपर्ने माग समेत म्याग्दीका व्यवसायीहरूले राखेका छन् ।सरकारले घोषणा गरेको कर कार्यान्वयन अभियानवर्ष२०६७ का अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले बिहिबार बेनीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै म्याग्दीका व्यवसायीहरूले उक्त कुरा बताएका हुन् ।

कांग्रेस लाइ गतिलो थप्पड यो थप्पडबाट पनि काँग्रेसले चेत पाएन भने कांग्रेससले राजनीति नगरे हुन्छ


नेपाली कांग्रेसका नेताहरूलाई पनि कुनै देवीप्रसाद, कालीबहादुर वा भैरवीनाथले थप्पड दिएर प्रधानमन्त्री बनाइदिउन् भन्ने मेरो कामना हैन भन्ने सुरुमै यो स्पष्ट होस्। यस्तै उनीहरूले गरेका बदमासीको सजाय कसैले थप्पडै हानेर दिउन् भन्ने चाहना पनि हैन। थप्पड मारेर सजाय दिनु शारीरिक हिंसा हो। हिंसाले समस्या समाधान गर्दैन। हिंसाचारी मात्र हैन तिनलाई प्रोत्साहित र गौरवान्वित गर्ने पनि मनोरोगी हुन्। म त कांग्रेसले पाउँदै आएको थप्पड र तैपनि नखुलेको चेतको संक्षिप्त चर्चा गर्दैछु।संविधान सभाको निर्वाचनभन्दा पहिलेका घटनालाई बाद गर्ने हो भने पनि कम्युनिस्टहरूले नेपाली कांग्रेसलाई पटकपटक एक्ल्याउने प्रयास गरिरहेकै हुन्। अनि कांग्रेसका नेता चाहिँ ‘परेर पनि नचेत्ने’ मूर्ख भइरहेकै हुन्। विडम्बना, उनीहरूले कम्युनिस्टहरूको धुर्त्याइँ नबुझेर यस्तो मुर्ख्याइँ गरेका पनि हैनन्। व्यक्तिगत स्वार्थका लागि बुझीबुझी बुझ पचाएका हुन्। यही स्वार्थले सायद कांग्रेसका नेताले कम्युनिस्टहरूको नियतमा रहेको खोट देखेको नदेख्यै गरेका हुन्।दिल्लीमा गरिएको बाह्र बुँदे सम्झौतादेखि संविधान सभा निर्वाचन नहुँदासम्म माओवादीहरू गिरिजाप्रसाद कोइरालाको आड लागे। संविधान सभाको निर्वाचन आफ्नो अनुकूल हुनेबित्तिकै उनीहरू कांग्रेसलाई पन्छाउने खेलमा लागिहाले। नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने आश्वासन दिए र रामराजाप्रसाद सिंहलाई उठाए। राष्ट्रपतिलगायतको निर्वाचनमा एमाले, कांग्रेस र मधेसवादी दलहरूबीच सहमति भएपछि तिनैका उमेदवार विजयी भए। तर, सरकार गठन गर्ने प्रसंग चल्नेबित्तिकै एमाले माओवादीसँग मिल्न पुग्यो।

February 17, 2011

पर्यटकलाई गाईड गर्न ११ जिल्लाका ६० जनालाई टेर्किङ तालिम


विदेशी पर्यटकलाई गाइड गर्न पद पर्दशन गर्ने प्रयाप्त दक्ष जनशक्ति नभएपछि ट्रेकिङ तालिम सम्पन्न भएको छ ।ट्रेकिङ एसोसिएसन अफ -टान) र लघु उद्यम विकास कार्यक्रमको आयोजनामा म्याग्दीको बेनीमा दुइ हप्ता देखि गरिएको तालिमा मंगलबार सम्पन्न भएको हो ।तालिममा पश्चिमाञ्चलका चितवन, नवलपरासी, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, लमजुङ, कास्की, सोलुखुम्वु लगायत ११ जिल्लाका करिव ६० जनाको सहभागिता रहेको थियो ।तीन हप्तासम्म सञ्चालन हुने तालिममा ट्रेकिङ रुटमा पर्ने संस्कृती, भुगोल, नक्सा , पर्यटन, संरक्षण, माउन्टेनिक, हाईजेनिक, हावापानी लगायतको बारेमा प्रशिक्षण दिइएको थियो ।र् पर्यटन प्रवर्द्धन गर्नकोलागि प्रयाप्त पथ पर्दशक नभएकोले तालिम सञ्चालन गरेको नेपाल एकेडेमिक तथा होटल मेनेजमेन्टका कार्यकारी निर्देशक प्रदिप कोइरालाले बताउनुभयो ।

February 15, 2011

हत्केला औला सहित हात बिरालोले खायो


सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला औला सहित पुरै हात खाइ दिन्छ यस्तै भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा न ९ मा ।
बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो । आइतबार बिहान बालीकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको जिल्ला अस्पताल मुस्ताङका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिनु भयो । यति लामो समय सम्म उपचार समेत नपाएकी बालिकाको उपचारमा डा भोजराज गौतम डा सदिप जोशी लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन ।
 आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताउनु भयो । बच्चा बच्चिको सरसफाई लगायतका बिषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर् याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई थियो । गत बिहिबार दिउसो बिकट चराङ गाबिसकी बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो ।

February 14, 2011

आखिर के हो प्रणय दिबस वा प्रेम दिबस अर्थात Valentine Day


 अग्रेजीमा भ्यालेन्टाइन डे,  VALENTINE'S DAY र नेपालीमा प्रेम दिवस वा प्रणय दिवस भनेर मनाइने यो दिवसको उत्पतीको बारेमा केहि जानकारी गराउने प्रयत्न गरेको छु । नेपालीमा प्रणय दिवस भनीए पनि हेर्दा  प्राचीन रोमनका पादरीको नाम र कामको सम्मानबाट यसको उत्पती भएको पाईन्छ । उनको सच्चा प्रेमको उपमा नै प्रेम दिवस हो ।
             प्रेमको प्रसिद्ध चाडको रुपमा माया र रमाइलोका साथ मनाइने यो दिवस प्राचीन रोमनवाट शुरुवात भएको हो । यो दिवसको इतिहासका बारेमा धेरै किवदन्तीहरु पाइन्छन् । मध्य युगको इग्लैण्ड र फ्रान्समा १४ फरबरीका दिन चराहरु आफ्नो जोडीको खोजी शुरु गर्छन र प्रेममा लिप्त भई संभोग गर्छन भन्ने धारणा पाइन्थ्यो । साथै प्राचीन रोमनमा महिला र विवाहको देवीलाइ सम्मान गर्दे यो दिनमा उत्सब मनाइन्थ्यो । धेरै कुराहरुको संयुत्त प्रभावबाट प्रेम दिबसको प्रसिद्धि भएको पाइन्छ ।

म्याग्दी समाजले जुन ५ तारिख आईतबार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । आज बसेको कार्य समितिको बैठकले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने निर्णय गरेको हो । प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने स्थानको निश्चित भई नसकेको भएता पनि एक दुई हप्ता भित्र नै हलको निश्चित हुन सक्ने कुरा   म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ ।

January 30, 2011

बिश्वकै अग्लो हिमाल हेर्न नेपाल जानु ,बिश्वकै होचो मान्छे फेब्रुअरी २ मा तपाइँ हाम्रै सामु

हामि कति भाग्यमानि छौ भन्ने कुरा हामि नेपालि भएर मात्रै महसुस गर्न पाइरहेका छौ होला प्रकृतिले भरिपूर्ण हाम्रो देश अनेकौ बिबिधता ले पनि उत्तिकै सम्पन्न छ त्यसै माथि विभिन्न जातजाति भाषा भाषी रहन सहनले हाम्रो पहिचान बिदेशी मुलुकमा छुट्टै छ बिश्वकै अग्लो शिखर सगरमाथाको देश हाम्रो नेपाल बिश्वकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगर भएको देश हाम्रो नेपाल त्यसैले त हामि गौरवान्वित छौ आफुलाई नेपालि भनेर चिनाउन कहिले बिश्वकै नजर सबै भन्दा अग्लो शिखरको रुपमा नेपाल रह्यो भने कहिले बिश्वकै सबै भन्दा होचा व्यक्तिको रुपमा नेपाल रहयो तिनै हाम्रो नेपालि हरुका गौरबशाली चिज हरुलाई प्रचार प्रसारमा ल्याएर हाम्रो देश लाइ अझै उच्च शिखरमा पुर्याउनु हाम्रो जिम्मेवारी हो यहि जिम्मेवारीलाई अनुबोध गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाले यहि फेब्रुअरी २ तारिखमा गर्न लागेको म्याग्देली सांगीतिक सौगातमा बिश्वकै होचा व्यक्ति हामी नेपालिहरुलो गौरब खगेन्द्र थापामगर लाइ ल्याउने जमर्को गरेको हो यस कार्यक्रम बाट संकलित रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माणमा खर्च गरिने छ

January 24, 2011

फेब्रुअरी २ तारिख कोरियामा हुन लागिरहेको म्याग्देली सांगीतिक सौगातमा पाल्नुहुने बिश्वकै होचा र कम तौलका खगेन्द्र थापा मगर यसरि नाच्छन

January 12, 2011

२३ तारिख आइतबारका दिन म्याग्देली महाभेलाको आयोजना गरिने

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको कार्य बिभाजन र कार्यक्रमको अन्तिम तयारी गर्न म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै महिनाको २३ तारिख आईतबारको दिन म्याग्देली महाभेलाको आयोजना गर्ने भएको छ ।  हिजो आईतबार राजधानी सउलको छोङगाकमा बसेको कार्य समितिको बैठकले  ३० तारिख आईतबारमा प्राय: सबै कम्पनीहरुले बिदा नदिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २३ तारिख आईतबार नै महाभेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई महाभेलामा अनिबार्य उपस्थित हुन आग्रह गरिएको छ । तर कार्य समितिको बैठक भने क्रमश: १६ र ३० तारिख समेत बस्ने छ । स्मरणिय रहोस, यसै महिनाको गत १ तारिख समेत म्याग्देली बृहतभेलाको आयोजना गरि सकिएको छ ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger