wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket
Showing posts with label कुराकानी. Show all posts
Showing posts with label कुराकानी. Show all posts

August 20, 2010

ईश्वरसँग मेरो ठूलो गुनासो छ

महको नाम लिनेबित्तिकै मुख रसाउँछ। हास्यव्यंग्यमा मदनकृष्ण र हरिवंश यही रसिला स्वादका कारण चर्चित छन्। ३१ वर्ष लामो सहकार्यमा हजारौं व्यङ्ग्यात्मक प्रस्तुति दिइसकेको महजोडी एक-अर्काबिना अपुरो मानिन्छ। यो जोडीमा उमेरले मदनकृष्ण ठूलो भएकाले हरिवंश मदनलाई महत्त्व दिन्छन्। मदनकृष्ण भने आफूभन्दा बढी प्रतिभा भएको भन्दै हरिवंशलाई महत्त्व दिन्छन्। यी दुईबीच बेला-बेलामा सहकार्य तोडिने चर्चा चले पनि दर्शकहरूले उनीहरूको जोडीलाई छुटि्टन दिएका छैनन्। तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गरेयता उनीहरू लगातार लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन्। विभिन्न सर्वेक्षणले महको जोडीलाई नेपालका सबैभन्दा लोकपि्रय कलाकार मानेको छ। ३१ वर्षअघि गाईजात्राको अवसर पारेर राष्ट्रिय बैंकको कार्यक्रममा प्रहसन देखाएपछि उनीहरूले लगातार गाईजात्रे कार्यक्रम देखाए। त्यसैले जब-जब गाईजात्रा आउँछ, उनीहरूको कार्यक्रम हेर्न दर्शकहरू मरिहत्ते गर्छन्। यही मेसोमा यसपटक बुढानिलकण्ठस्थित उनीहरूको स्टुडियोमा पुगेर साप्ताहिकले हरिवंश आचार्यसँग लामो कुराकानी गर्‍यो। 
गाईजात्रा आएको छ, तर केही वर्षयता दर्शकले तपाईंहरूको गाईजात्रे कार्यक्रम हेर्न पाएका छैनन्, यो दर्शकप्रति अन्याय भएन ?

May 12, 2010

'स्वतन्त्र हुने अधिकार छैन?'



सन्तोष रिमाल, काठमाडौं, वैशाख २९- नेपाली आकासमा निजी कम्पनी विमानहरूको चुरीफुरी बढ्दो छ। तर, सरकारी विमानको हालत भने पखेटा काटिएका पन्छीहरूको जस्तो छ। हिजोआज टिभीमा 'मुटु चाहिन्छ मुटु' भन्दै छाइरहने कलाकार तथा विमानचालक विजय लामाले मंगलबार नागरिकसँग यही विषयबाट कुराकानी सुरु गरे।

'नेपाल वायुसेवा निगमको स्थिति खस्कनुमा दोषी को?' यो पहिलो प्रश्नमा निगमका क्याप्टेन विजयले ढाकछोपको प्रयास गरेनन्, 'हामी कर्मचारी नै हौं। दोषबाट पन्छिन अरूलाई किन औंला देखाउनु?'कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्।

April 2, 2010

दरबार हत्याकाण्डमा गिरिजाबाबुलाई पनि मार्ने षड्यन्त्र थियोरे


• चक्र बास्तोला- राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। त्यहाँ 'फायरिङ' पनि भएको थियो, गिरिजाबाबुको गाडीमा।

ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टीमा भेटेका थिए। यो तथ्य हो
दिस म्यान क्यान नट डु, इट्स टाइम फर यु। यु सुड- गिरिजाबाबुलाई सायद दरबारले उचाल्यो। दरबार कांग्रेसलाई भाँड्न चाहन्थ्यो।
२०१७ सालपछिको लामो जेल जीवनबाट मुक्त भएर गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) बनारस जानुभएको थियो। सुषमा कोइरालालाई सन् १९६७ मा भेट्न बनारस पुग्दा मैले गिरिजाबाबुलाई पहिलोपटक त्यहीँ भेटको हो।

March 30, 2010

हेर्नुस त कोमल वली त दुलईको भेषमा चिरीच्याट्ट पर्नु भएछ नि


तपाईं दुलहीको लुगामा सजिन खासै रुचाउनुभएन नि ?
मलाई थाहा छ, बेहुलीको भेषमा म निकै राम्री देखिन्छु । सबैले 'कस्ती राम्री देखिएकी,' भनेर जिस्क्याउँछन् पनि । त्यसैले लगाउन मन नलागेको । मलाई भेट्ने सबैले विवाहबारे सोध्छन्, 'बिहे कहिले गर्ने ?' उनीहरूलाई जवाफ दिँदा-दिँदा म थाकिसकेँ । यो लुगामा देखिएपछि मैले अनेकखाले प्रतिक्रिया बेहोर्नुपर्छ 
योभन्दा पहिले बेहुलीको लुगा लगाउनुभएको थियो ? यो लुगामा राम्री देखिन्छु भनेर कसरी थाहा पाउनुभयो ?
दुलहीको लुगामा सबै नारी राम्री देखिन्छिन् । यसभन्दा पहिले म्युजिक भिडियो सुटिङका वेला मैले यो लुगा लगाएकी थिएँ । पछि, त्यो भिडियो हेरेर म आफँै दंग परेकी थिएँ । एउटा रमाइलो कुरा, त्यस भिडियोमा म दुलही बनेको देख्दा मेरा आफन्त र साथीहरू रोएका थिए रे । मलाई माया गर्ने साथीहरू मेरो यो फोटो देखेर फेरि रुनेछन् 
आज बिहेको यो लुगा लगाउँदा कस्तो लाग्यो ?
रमाइलो । एकपछि अर्को पहिरन लगाउँदै, शृंगार गर्दै जाँदा आज म साँच्चिकै दुलही बन्दै छु कि जस्तो अनुभूति भइरहेको छ । मेरो मुटु नै ढक्क फुलेजस्तो, कता-कता डर लागेजस्तो भएको छ । म त साँच्चिकै दुलही बनेर बिहे गरेर कतै जाँदै छु कि जस्तो अनुभव हुँदै छ 
यो लुगामा मन परेको कुरा (जस्तो चुरा, सिन्दूर, साडी) के हो ?
सबै लुगा र शृंगारका साधन मन परेको छ । किनभने बेहुली हुन सबैको उत्तिकै महत्त्व छ । यी पहिरन मैले निकैपटक लगाएकी छु 
पहिलोपटक तपाईं कुनै दुलहीको नजिक कहिले बस्नुभएको थियो ? त्यसवेला कस्तो लागेको थियो  ?





March 25, 2010

मेलिनाको पहिलो आइ लभ यु कस्लाई?

February 9, 2010

कलम छाड्दिन–टिका बिष्ट


बाबा पहिल्यै बित्नुभयो । त्यसपछि मलाई पढ्न धेरै दुःख भयो । बुबाको मृत्युअघि म स्टाफनर्स बन्ने सपना देख्थेँ । तर, आर्थिक अवस्था बिस्तारै नाजुक पनि बन्दै गयो । मेरा रहर र सपनामा पनि बिस्तारै ताल्चा लाग्दै गए । मेरो स्टाफनर्स बन्ने रहर भनूँ कि सपना हुरीसरि नै उडेर गयो ।
दुःखसुख गरी दाइहरूले मलाई पढ्न सघाउनु भयो । स्कुलमा छँदा म कविता लेख्थेँ । सबैले प्रशंसा गर्थे । रुकुमको साह्रै दुर्गममा पर्छ- हाम्रो घर । घरदेखि ज्यामिरे मावि पढ्न आउँदा सधैं सानु भेरी नदी तर्नुपथ्र्यो । स्कुल पुग्न बिहान तीन घन्टाभन्दा बढी हिँडेर पनि अझै आधा घन्टा सानु भेरी नदीमा पौडनुपथ्र्यो ।

January 4, 2010

मुख बिगार्नेको पछि को लाग्छ र ?



नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिश्रृंखला ‘ट्वाक्क-टुक्क’बाट पहिचान बनाएका जितु नेपाल हास्य अभिनेताको रुपमा स्थापित भइसकेका छन् । दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका उनले अहिले ‘जिरे खुर्सानी’ नामक हाँस्य टेलिश्रृंखलामार्फत दर्शकलाई हसाई रहेका छन् । दिनेश डि.सी र सन्तोष पन्तको प्रभावबाट कलाकारिता क्षेत्रमा लागेका जितु पछिल्लो समय दमन रुपाखेतीसंगको जोडी तोडेर ‘जिरे खुर्सानी’मा शिवहरि पौड्यालसँग अभियनमा जमेका छन् ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger