होचा भनिएका खगेन्द्र थापा मगरलाई प्रमाणपत्र दिन गिनिजबुक अफ दि वर्ल्डको टोली मंगलबार पोखरा आएको छ । खगेन्द्रको स्वास्थ्य परीक्षण गरी बिहीबार उनलाई विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोसहितको एक टोली यहाँ आएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।खगेन्द्रको जन्म दिनको अवसर पारेर २८ गते उनलाई होचा व्यक्तिको प्रमाणपत्र दिइने प्रतिष्ठानका अध्यक्ष मिनबहादुर थापा मगरले जानकारी दिए । अक्टुबर १४ अर्थात असोज २८ गते खगेन्द्र १८ वर्ष पुरा हुने हुदाँ उनले औपचारिक रुपमा प्रमाणपत्र पाई विश्वकै होचा व्यक्तिको मान्यता पाउनेछन् ।
Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts
October 13, 2010
August 19, 2010
उडायो बाचा सबै हुरीले
२०६३ माघ १ गते अन्तरमि संसद्मा सहभागी हुने बेला तत्कालीन नेकपा माओवादीले 'हामी कांग्रेस-एमालेजस्तो विधायिका संसद्को बैठक चलिरहेका बेला अनुपस्िथत हुने छैनौँ । सबै बैठकमा हाम्रो अनिवार्य उपस्िथति हुनेछ' भन्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । प्रारम्भिक दिनमा उसले प्रतिबद्धता कायम गर्ने प्रयत्न पनि गर्यो । जस्तो- बैठकका दिन सबै एउटै गाडी चढेर सिंहदरबार जाने, एकै किसिमको लुगा लगाउने, सामूहिक रूपमा बस्ने आदि ।
August 2, 2010
सरकारका लागि तीन विकल्प
सरकार निर्माणका लागि आवश्यक पर्ने सामान्य बहुमत जुटाउन प्रधानमन्त्रीका उम्मेदवारद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र रामचन्द्र पौडेल दुई/दुईपटक असफल भइसकेपछि आज तेस्रोपटक निर्वाचन हुादैछ। तेस्रोपटकको निर्वाचनमा पनि दुवै उम्मेदवारले सामान्य बहुमत पुर्या उन नसक्ने लगभग निश्चित भएको छ। यस्तो अवस्थामा के हुन्छ त? राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ।संविधानअनुसार हो भने जहिलेसम्म यी दुई उम्मेदवारमध्ये एकले आवश्यक बहुमत पुर्यानउन सक्दैनन्, त्यसबेलासम्म यही प्रक्रिया जारी नै रहन्छ। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको एक महिना बितिसकेको अवस्थामा यो अन्त्यहीन यात्रामा मुलुकलाई फसाउनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुादैन। यो गााठो फुकाउन राष्ट्रिय सहमतिबाहेक अर्को विकल्प छादा पनि छैन। सतहबाट हेर्दा मुलुक यसरी अनिर्णयको बन्दी हुनुको प्रमुख कारकका रुपमा नेकपा एमाले देखिए पनि राजनीतिक गहिराईमा पुगेर हेर्दा मुख्य कारक कांग्रेस र माओवादी नै हुन्। आफ्नो पार्टीको स्पष्ट बहुमत भएको अवस्थामा अपनाइने परम्परा र पद्धतिअनुसार नै कांग्रेस र माओवादीले प्रधानमन्त्री पदको उम्मेदवार बनाएका कारण यो समस्या उत्पन्न भएको हो।
July 20, 2010
बढी श्रीमती र सन्तान हुने सभासदहरु
६ सय एक सभासद्मध्ये केही यस्ता छन्, जसका आधा दर्जनभन्दा बढी सन्तान छन् भने केहीको दुईवटा परिवार।संविधानसभामा रहेका सदस्यमध्ये एक दर्जन सभासद्ले दुईवटा विवाह गरेका छन् भने १५ जना सभासद्को आधा दर्जन र सो भन्दा बढी सन्तान छन्। त्यसो त मन्त्रिपरिषद्मा दुई/दुई परिवार हुने दुई सदस्य र आधा दर्जनभन्दा बढी सन्तान हुने दुई सदस्य पनि वर्तमान कामचलाउ मन्त्रिपरिषद्मा छन्।
May 24, 2010
रमाइलो बिहे बेहुला-बेहुली जुम्ल्याहा

पोखरा, जेष्ठ १० - उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु । जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।'जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९ वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो ।'जुम्ल्याहा दिदीबहिनी नै बिहे गर्ने सोच थियो,' राम-लक्ष्मणले भने, 'आज पूरा भयो ।'
Subscribe to:
Posts (Atom)

































.jpg)