wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

December 25, 2010

फेरी हुने भयो म्याग्दीमा सडक खाना महोत्सब


गत बर्षको खाना महोत्सवको निरन्तर स्वरुप आगामी पौष २९ देखि माघ तिन गते सम्म म्याग्दीमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।बुधबार उद्योग वाणिज्य संघ म्याग्दीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानिय उत्पादनको प्रचारप्रसारका साथै पर्यटन बर्ष २०११मा जिल्लाका विभिन्न क्षेत्रमा पर्यटकहरुलाई पुर् याउन खाना महोत्सवलाई निरन्तरता दिइएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिकी अध्यक्ष ताराकुमारी भण्डारीले बताउनुभयो ।खाना महोत्सवमा म्याग्दीमा उत्पादन हुने विभिन्न बस्तुका साथै छन्त्यालनेवारी र गुरुङ खानाका परिकारका साथै मुस्ताङी बिशेषता बोकेका स्याउ र याकको सुकुटीसहित छन्त्याल र गुरुङको जातिय खानालाई समेत प्राथामिकता दिने जनाएको छ ।

सम्पूर्ण लाई क्रीसमस को शुभकामना

HAPPY CHRISTMAST DAY OF ALL MY FRIENDS & BLOG / FACEBOOK VISITORS.

December 22, 2010

विश्वको नजर ,खगेन्द्र थापा मगर ( हजुरहरुकै अगाडी हेर्ने होइनत फेब्रुअरी २ तारिखमा )


यो मानब चोला पनि कस्तो अनौठो छ हगी अनि कति भाग्यमानी पनि जसलाई आज विश्वले हेरिरहेको छ उसलाई प्रत्यक्ष हेर्न विश्व आतुर छ जसले आफुलाई त विश्व सामु चिनाएनै आफु जन्मेको देश नेपाल लाइ समेत चिनाउन सफल भए ति अरु कोहि नभएर गिनिज बुकमा विश्वको सबै भन्दा होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल खगेन्द्र थापा मगर हुन् त्यसैले त " विश्वको नजर खगेन्द्र थापा मगर " हजुर पनि खगेन्द्र लाइ हेर्न आतुर हुनुहुन्छ भने यहि आउदो २०११ फेब्रुअरी २ तारिख म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा हुन् लागिरहेको म्याग्दी सास्कृतिक सौगातमा सहभागी हुन नाछुटाउनुहोस ल खगेन्द्र थापा मगर संगै अत्यन्तै ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ , यसपाली म्याग्दी समाजले आयोजना गरेको कार्यक्रम मा म्याग्देली युबा हरुको प्रत्यक्ष संलग्नतामा बिल्कुलै नया कलाकारहरुलाई कोरियाली भूमिमा प्रवेश गराई हामीलाई भरपुर मनोरंजन र कलाकार हरुको आफ्नो नया प्रतिभा प्रस्तुत गर्ने जमर्को गरेका छौ .

हामीले नया प्रतिभा र नया कलाकारहरुलाई अवसर दिनु पर्छ भनेर नै नया कलाकारहरूप्रति जोड दिएका छौ हजुरहरुले हाम्रो मूल्यांकनलाई अबस्यनै मनन गर्नु हुनेछ भन्ने मा हामि आसाबादी छौ .

December 7, 2010

सम्झनामा बिरु दाइ

बिरु दाइ को धेरै सम्झना आइरहेको छ. आज केहि लेख्नै सकिन किनकि मन मा उहाको सम्झना बाहेक केहि पनि आउन सकेन भोलि लेख्ने छु ल

December 2, 2010

किन गर्दै छ म्याग्दी समाज समिति दक्षिण कोरियाले फेब्रुअरी २ तारिखमा कार्यक्रम

सन् २०११ फेब्रुअरी २ तारिख कोरिया को दोश्रो ठुलो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले  भब्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ . यसकोलागी नेपालबाट आउने कलाकारहरुको पनि निच्श्चित भैसकेको छ . सलनालको अवसर पारेर ३ ओटा संघ सस्थाले कार्यक्रम गर्दै छन् . बर्षेनी नेपालबाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने फेसन जस्तै भैसकेको छ कोरिया मा . विभिन्न बाहानामा कार्यक्रम गर्ने अनि आर्जन गरेको रकम जुन बहानामा कार्यक्रम गरिन्छ त्यसमा खर्च भने कमै संघ सस्थाले गर्ने गरेको पाइएको छ. च्याउ सरि उम्रिएका छन् अहिले संघ सस्थाहरु कोरिया मा जात जाति जिल्लाबासी राजनीतिक विभिन्न बहानामा धेरै संघ सस्थाहरु संचालित छन् कोरिया मा कोहि ले मापदण्ड पुरा गरेका छन् भने कोहिले आफु खुसि संचालन गरिरहेका छन् . तर जेहोस जुन बहाना मा संघ सस्थाहरु खोलिए पनि माइ खाने भाडो नबनाइयोस धेर थोर जति सकिन्छ  आफु जन्मेको जन्मभूमि प्रति केहि योगदान दिन सके कहिले पनि अरुको भनाइ भने पक्कै पनि खानु पर्ने छैन .
किन म्याग्दी समाज समितिले आउदो फेब्रुअरी २ तारिख क़ा दिन कार्यक्रम गर्दै छ. हजुरहरुको चासोको बिषय पनि हुन सक्छ . म्याग्दी  जिल्ला  भौगोलिक बिबिधताले भरिपुर्ण र सरकारी पहुच वाट पछाडी परेको जिल्ला हो म्याग्दी. यहाको शिक्षा र स्वास्थ्य मा सरकारको नजर त्यति गएको पाइदैन . एउटा जिल्ला अस्पताल छ त्यहिँ पनि भौतिक सामाग्री बिहिन, प्रयाप्त आकस्मिक कक्ष समेत छैन यो अस्पतालमा . यो अबस्थाले गर्दा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ. यो पीडालाई मध्यनजर गर्दै  सम्पूर्ण कोरियामा रहनुहुने म्याग्देलीहरु र म्याग्दी समाज समिति अब म्याग्दी जिल्ला अस्पतालमा केहि गर्नु पर्छ  भनेर लागि परेका हौ यसै मुताबिक म्याग्दी जिल्ला अस्पतालको पत्र अनुसार आकस्मिक कक्ष निर्माणको लागि म्याग्दी समाज ले यो कार्यक्रम गर्दै छ. यो कार्यक्रम बाट नै हामीले सम्पूर्ण रकम जुटाउन सकिन्छ  भन्ने नै होइन . यो कार्यक्रम वाट धेरै आम्दानि हुन्छ नै भन्ने पनि त छैन .तर म्याग्दी समाज भने पछि हट्ने छैन . यहि  कार्यक्रम मा हजुरहरुको न्यानो माया पाइयो भने  धेर थोर आम्दानि गर्न सफल हुने छौ. यो भन्दा अगाडी भलिबल आयोजना गरेर केहि रकम आर्जन गरिसकेका छौ . सो आकस्मिक कक्ष निर्माण गर्नको लागि  नेपालि रुपैया  १५ लाख लाग्ने अनुमान गरिएको छ.
सो आकस्मिक कक्ष निर्माण भयो भने धेरैले अकालमा भने पक्कै ज्यान गुमाउनु पर्ने छैन.
यदि हजुरहरुलाई म्याग्दी समाज समिति प्रति बिस्वास लाग्दैन भने तलको  पत्र हेर्नुहोस . यो पत्र बाटनै प्रस्ट हुन्छ  कि म्याग्दी समाजले किन यो कार्यक्रम गर्दै छ भनेर.तसर्थ हजुरहरुको सहयोगी पाइला अबस्य पनि फेब्रुअरी २ तारिखको कार्यक्रम मा लम्कने छन् भन्ने मा हामि आसाबादी छौ . 
    

December 1, 2010

किम्फ फेस्टिवलमा ६२ चलचित्र

विगत दश बर्षदेखि हिमालयन एसोशिएसनले अयोजना गर्दै आएको अर्न्तराष्ट्रिय हिमालयन चलचित्र  महोत्सव (किम्फ)मा यो बर्ष प्रतिष्पर्धा, गैर प्रतिष्पर्धा र पानारोमा गरी जम्मा ६२  वटा फिल्म देखाईने भएको छ । 
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विश्वभरबाट सहभागी हुन आएका  ६२ मध्ये ३५ मुलुकबाट छानिएका फिल्मलाई  सहभागी गर्राईनुको साथै पानारोमा अर्न्तगत  नेपालका  ६ वटा चलचित्र समावेश गरी कुल ६२  वटा चलचित्र देखाईने आयोजकले जानकारी दिएको छ । यस्तै पत्रकार सम्मेलनमा दिएको जानकारी  अनुसार पानारोमा बाहेकका  ५६ मध्ये  २० वटालाई प्रतिष्पर्धा र ३६ वटालाई  गैर प्रतिष्पर्धा अर्न्तगत देखाईने छ । जस मध्ये नेपालबाट केशङ छिरिङको शेरिङ डोल्मा भन्ने चलचित्र पनि  प्रतिष्पर्धा अर्न्तगत छनौटमा परेको छ । 
काठमाण्डौको भृकुटी मण्डप स्थित राष्ट्रिय सभा गृह तथा टुरिजम बोर्डको हलमा आगामी मंसिर २३ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा ब्रिटेन, चीन र नर्वेका जुरीहरू रहने छन् । प्रतिष्पर्धामा सर्वोत्कृष्ट हुने एक चलचित्रलाई १५ हजार अमेरिकन डलर, दृत्तियलाई १० हजार र तृतियलाई ५ हजार डलर प्रदान गरिने छ र दर्शक छनौटको आधारमा एक चलचित्रलाई पनि सम्मान गरिने छ । 
यस्तै पानारोमा अर्न्तर्गत नेपालका ६ वटा फिल्म मध्ये उत्कृष्ट हुने एकलाई नगद रू २५ हजार समेत  प्रदान गरिने किम्फले जनाएको छ । आँठौ भनिएको उक्त महोत्सवमा  चलचित्र हेर्न  अन्यले ३० रूपैया र विद्यार्थीले १० रूपैया तिर्नु पर्ने छ । 

November 27, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको कार्यक्रममा शिव परियारले धमाका मच्चाउने

सन् २०११ फेब्रअरी २ तारिख कोरियाको  दोश्रो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्दै छ । नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएर भरपुर मनोरंजन दिने तयारीमा म्याग्दी समाज समिति र सम्पूर्ण म्याग्देली हरु लागि परेका छ्न म्याग्दी  समाज समिति  भिन्दै र रोचक पूर्ण तरिकाले नेपालमा जन्म भै कोरियामा कर्म थलो बनाउदै आएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित पारि मनोरंजन दिने तयारीमा रहेको छ .केहि कलाकार हरु छनोट भै सकेका छन् भने कोहि छनोट प्रक्रिया मा रहेका छन् यसै बीच म्याग्दी समाज समिति को आग्रहलाई स्वीकार्दै लोक पप तथा आधुनिक गाएक शिव परियार आउने पक्का भैसकेको छ। शिव परियारले कोरियामा रहेका नेपालीहरुका बीच उनका सुपर हिट गीतहरुबाट कोरियामा धमाका मच्चाउने  छन् उनका सुपरहिट गीतहरु " धेरै पल्ट मरे मत", "क्या दामी भो" "माया यो कस्तो माया" " कोहिले चादी राम्रो भन्छन  कोहिले सुन " " तिम्रो निम्ति मखमली चोली लीइ आउला"..... आदि गीतहरु उनले तपाइँ हामि माझ पस्कने छन्. । म्याग्दी समाज समितिले कार्यक्रम आयोजना गरि आर्जन गरेको रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माण मा खर्च गर्ने छ ।

November 16, 2010

नेपाल पर्यटन वर्ष २०११ लाइ लक्षित गरेर धौलागिरी अन्चलका पर्यटकीय चिनारी ( गजल मार्फत )

धौलागिरि हासेकी छन् चार जिल्ला परेपछि ।
धर्म कर्म हुन्छ भन्छन तिर्थ गरेपछि ।
पर्बत गुप्तेश्वर , बाग्लुंग कालिका दर्शन गर्दै 
मुस्ताङ्ग जाने गाडी पाउछ बेनी बजार झरेपछि । 
सबै भन्छन विश्वको त्यो गहिरो गल्छी होरे 
हेर्नु होला आउछ नि त्यो गलेश्वर तरेपछि ।
यहि बाटो कागबेनी कालिगन्डगी  हुदै 
खानुहोला मार्फाको स्याउ अल्ली पर सरेपछि ।
माथि मन्दिर ,१०८ धारा  पानि भित्र बत्ति बल्ने
सबै हेर्नु मौका फेरी आउदैन है भरेपछी।
धौलागिरि हासेकी छन् चार जिल्ला परेपछि ।
धर्म कर्म हुन्छ भन्छन तिर्थ गरेपछि । 

November 12, 2010

नेपालमा सम्बिधान लेखिन्छ लेखिन्न थाहा छैन्, २९ गते आउछ कि आउदैन त्यो पनि थाहा छैन तर'...२९ गतेसम्म पर्खनुस'

गोप्य वार्ताको सिलसिलामा रहेका प्रमुख तीन दलका नेताहरुले कात्तिक २९ गते हुने तेस्रो चरणको बैठकले राजनतिक निकास निकाल्ने दावी गरेका छन्। राजनीतिक गतिरोधको गाँठो कहिले फुस्कन्छ भनेर सोधिएको प्रश्नको छोटो जवाफ दिदै कङ्ग्रेस सभापति सुशील कोइरालाले भने, '२९ गतेसम्म पर्खनुस्।'माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि तीन् दल सहमतिको नजिक पुगेको बताए। 'हामी सहमतिको नजिक नजिक पुगेका छौ' दाहालले भने, 'हात्तिवन र गोकर्णमा भएको बैठकले हामीलाई नजिक पुर्‍याउने काम गरेको छ।' कांग्रेसले शान्ति प्रक्रियाको जटिल विषयको रुपमा रहेको माओवादी लडाकू समायोजनको एउटा चरण पार नगरेसम्म माओवादी सहितको सरकार गठन हुन नसक्दै अडान राख्दै आएको छ। बुधबार गोकर्ण रिसोर्टमा भएको तीन दलको बैठकमा कांग्रेसले समायोजन र पुनस्थापना हुने माओवादी लडाकूहरुलाई छुट्टाएर दुई शिवरमा राखेपछि मात्रै माओवादी सहितको सरकार वा उसको नेतृत्वको सरकारका बारेमा छलफल गर्न सकिने अडान राखेको छ।

November 7, 2010

तिहारमा तीन फिल्म


तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको फिल्म 'गोर्खा पल्टन' शुक्रबार नेपालभर रिलिज हुने भएको छ। गोपाल भुटानी, सुनिल थापा, कविता आले, रञ्जिता गुरुङ लगायतले अभिनय गरेको यो फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन्।

कार्यक्रमको सिलसिलामा अमेरिका रहेका प्रशान्त फिल्मको प्रचार प्रसार गर्न काठमाडौं आएको निर्माता राजेश वंशलले जानकारी दिए। करिब ६० वटा हलमा फिल्म रिलिज हुने उनले बताए। फिल्ममा लाहुरे जीवन चित्रण गरिएको बंशलको भनाइ छ।
काठमाडौंका हलहरूबाट फिल्म 'गुरु दक्षिणा' उत्रिएको एक सातामै यसका निर्देशक रामराजा दाहालको अर्को फिल्म 'बसमा छैन यो मन' रिलिज हुने भएको छ। यसमा करिश्मा मानन्धर, विराज भट्ट, राजवल्लभ कोइराला, नन्दिता केसीलगायतले अभिनय गरेका छन्। निर्देशक दाहालले फिल्मलाई 'सस्पेन्स लभस्टोरी' बनाउन खोजेको जानकारी दिए।

November 4, 2010

खतरामा छ, पृथ्वीको भविष्य

पृथ्वी पनि अन्य ग्रह वा नक्षत्रहरू झैं हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, नियान, कार्वोन, सिलिकन, सोडियम, म्याग्नेसियम, फलाम, गन्धक आदि तत्वहरूद्वारा निर्मित ग्रह हो । पृथ्वीलाई भूमण्डल, जलमण्डल र वायुमण्डल गरी मोटामोटी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार भूमि भएको भागलाई भूमण्डल, पानी भएको भागलाई जलमण्डल र वायु भएको भागलाई वायुमण्डल भनिन्छ । पृथ्वीको भूमण्डल विभिन्न किसिमका चट्टान र धातुहरूद्वारा बनेको छ । जसमा पहाड, हिमाल, तराई, उपत्यका, पठार आदि क्षेत्रहरू पर्छन् । त्यसैगरी पोखरी, ताल, नदी, सागर र महासागरहरूबाट जलमण्डल बनेको छ । दुई तिहाइ भाग पानीले ढाकिएको पृथ्वीको भित्रपट्टी पनि कैयौं ठाउँमा पानी विद्यमान छ । प्रशान्त महासागर, एट्लान्टिक महासागर र आर्कटिक महासागर जलमण्डलका प्रमुख भाग मानिन्छन् ।

November 1, 2010

बास्तबमा तिहारको के महत्व छ,किन मनाइन्छ ?यो कसरी मनाइन्छ ।

पाँच दिनसम्म मनाइने चाड तिहार एउटा ठूलो पर्व हो। तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ। बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको हो। किंवदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन्। यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए। बहिनीले दाजुको खुब सेवा गरिन्। यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसे। यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो। यसबाहेक तिहारसँग अन्य अनेकौं प्रसङ पनि जोडिएका छन्। तिहारका पाँचै दिन उत्तिकै महत्त्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष हर्षोल्लासपूर्वक मनाउने चलन छ।

October 27, 2010

नम्रता र दीलिप एउटै ओच्छ्यानमा


जोरपाटीको घरमा नायक दीलिप रायमाझी र नायिका नम्रता श्रेष्ठलाई एउटै ओच्छायानमा सुतिरहेको अवस्थामा  फेला पारिएको छ । निकै राम्रो साडीमा सजिएकी नम्रता र दीलिपको निधारमा रातो अक्षताको डाम पनि थियो । अक्षताको त्यो डामलाई झट्ट हेर्दा लाग्थ्यो उनीहरूले मन्दिरमा  सुटुक्क बिवाह गरे तर त्यो खबर भने फिल्म इन्डस्ट्रीजमा कसैलाईपनि थाहाँ हुन सकेको  छैन । कोठा चिटिक्क थियो । झ्यालका पर्दाहरू सबै झारिएको थियो । बेड देखि तन्न सबै नयाँ थिए । छेउमै एक जोर परेवाको स्टाचु थियो साथमा बासबाट निर्मित सानो हस्तकले मन्दिर पनि ।

October 24, 2010

साच्चै यो बिज्ञान प्रबिधी पनि अनौठो छ्, प्रविधिमार्फत दाम्पत्य

एउटा अंक मात्रै गलत डायल नभएको भए नेपाल टेलिकमको विराटनगर शाखामा कार्यरत संखुवासभाका विक्रम भट्टराईले सायद लुनालाई जीवन संगिनीका रूपमा पाउने थिएनन् । झापास् िथत काकाको घर नजिकैको पीसीओमा फोन गर्दा नम्बर गलत थिचियो र विक्रमको कहिल्यै नचिनेकी झापा, सुनगाभाकी लुनासँग कुराकानी गर्ने अवसर जुर्‍यो । त्यही अवसर अन्ततः उनीहरूको प्रेमसम्बन्धको आधार मात्रै बनेन, विवाहको कारक पनि बन्यो । 'तपाईंको बिहे भएको छ कि छैन, छैन भने गर्लप|mेन्ड छ कि छैन, म तपाइर्ंलाई मन पराउँछु ।' नौलो नम्बरबाट पहिलोपटक आएको एसएमएसको बेहोरा पढेपछि काठमाडौँका गोपाल अर्याल, ३५, धेरैबेर सोचमग्न भए । अर्की एउटी केटीसँगको मधुर प्रेमसम्बन्धमा बाँधिएका गोपाललाई एसएमएसको बेहोराले बेचैन बनायो । एसएमएस गर्ने केटी आफ्नै विद्यार्थी भएको थाहा पाएपछि उनको बैचनी झनै बढ्यो । त्यसपछि उनले एसएमएस गर्ने प्रतिमा पाण्डेलाई भेटे, लामो कुराकानी गरे । एकाध महिनासम्म हरेक साँझ हुने प्रेमिल कुराकानीपछि गोपाल र प्रतिमाबीचको प्रेम प्रगाढ बन्यो । जसको प्रतिफल थियो, केही महिनामै उनीहरू विवाहबन्धनमा बाँधिए । अिचानक फेसबुकमा भेटिएका एउटी केटी देखेपछि कान्तिपुर टीभीका कार्यक्रम प्रस्तोता एवं भिजे सुदिन पोखरेलको मन बिथोलियो ।

October 22, 2010

'कसले चोर्‍यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको कामप्रति चलचित्रकर्मीको प्रतिक्रिया

साहयक निर्देशक हुदै ठूलो ब्यानरको चलचित्र 'कसले चोर्‍यो मेरो मन' निर्देशन गर्ने मौका पाएका नव निर्देशक सबिर श्रेष्ठको निर्देशन क्षमता हेरिसकेपछी चलचित्रकर्मीले विभिन्न प्रतिक्रिया दिएका छन् ।

रिलिज भएको एक सातापछी बिहिबार राजधानीमा प्रेस मिट सहितको गरिएको फेमिली शो हेरिसकेपछी चलचित्रकर्मीले निर्देशक सबिरको विभिन्न मूल्याकंन गरेका हुन । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको पाँचौ चलचित्र कसले चोर्‍यो मेरो मनको केही पक्षलाई माफ गर्दै अधिकाशं चलचित्रकर्मीले स्ट्यार्ण्डड चलचित्रको संज्ञा दिएका छन् । पहिलो ब्याटिङ्गमा छक्का मार्ने प्रयास गरेका निर्देशक सबिरको निर्देशन क्षमतालाई कसले के भने र १०० पूर्णाङ्कको पहिलो परीक्षामा उनलाई कसले कति नम्बर दिए ?

October 20, 2010

बजेट ल्याएरै छाड्छौं:सरकार्/बजेट ल्याउनै दिदैनौ मओबादी

३ कार्तिक, सरकारका प्रवक्ता एवं संचारमन्त्री शंकर पोखरेलले माओवादी अवरोधका बावजुद पनि कामचलाउ सरकारले पूर्णबजेट ल्याएरै छाड्ने बताएका छन । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता पोखरेलले बजेटका कारण मुलुक आर्थिक बन्दी नहुने बताए । माओवादीले कुनै पनि हालतमा यो सरकारलाई बजेट ल्याउन नदिने चुनौती दिइरहेको बेला सरकारका प्रवक्ताको यस्तो धारणा आएको हो ।बजेट ल्याउन अवरोध गरेर माओवादीले केटाकेटीपन देखाएको बताउदै उनले संविधानका विवादित बुदाँमा सहमति नबन्दासम्मयाँ  सरकार गठन हुन नसक्ने बताए भने उता एकिकृत नेकपा माओवादीले कुनै पनि हालतमा कामचलाउ सरकारलाई नयाँ बजेट ल्याउन नदिने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँवजारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

October 19, 2010

Dashain Celebration in China of Nepalies

2010 Oct. 17 Anil Suvedi, Om Prakash Adhakari

Medical students in China Three Gorges University, Yichang Hubei China along with Chinese and foreign students celebrated the greatest Hindu festival Dashain by receiving tika and blessings from elders and teachers. The program organized by CTGU Foreign Students’ Volunteer Group involved all the students from Nepal, India, Maldives and China. The program became more interesting when the Chinese students and non-Hindu students from other countries joined and received the tika and blessings from the Nepalese teachers teaching in China Three Gorges University.

October 14, 2010

कोरियामा रहेका नेपालिहरुले बडा दशै मनाउने भब्य तयारि, राजदुत कोइराला ज्युबाट टिका लगाउने तयारी


रघु त्रिपाठी,दक्षिण कोरिया 
नेपालीहरुको महान् चाड दशैंको पूर्वसन्ध्या शुरु भएको छ । नेपालको अस्थीर राजनीति र गिर्दो आर्थिक अवस्थाबाट वर्षभरि दुःख भोगेका नेपालीहरु अब त दशैं आयो केही समय भए पनि दुःख र मनमुटाव बिर्सी आराम गरौं भन्दै आ आफ्नो घर फर्कन शुरु गरेका छन् । तर टाढा प्रवासमा भएका नेपालीहरु चाहे अनुसार भन्नासाथ कहाँ घर जान सक्छन र ? बरु प्रवासमै भए पनि नेपालीहरु जम्मा भई विभिन्न कार्यक्रम सहित एकसाथ दशैं मनाई घरको सम्झना मेटाउछन् रयस्तो दशैं कार्यक्रमा सहभागी भई सबै नेपालीहरु एक परिवार भएको अनुभूति गर्छन ।

यसै क्रममा दक्षिण कोरियाका नेपालीहरु पनि प्रत्येक वर्ष सामुहिक रुपले दशैं मनाउने तयारीहरु भईरहेको छ । राजधानी सउलमा सामूहिक दशैं समारोहको आयोजना एन आर एन कोरियाले गर्ने भएको छ

October 13, 2010

बेनीको पोल राजधानीमा

सात वर्षअघि माओवादी र सेनाको दोहोरो भिडन्तका बेला गोलीले छियाछिया पारेको एउटा बिजुलीको पोल राजधानी ल्याइएको छ।मदन पुरस्कार पुस्तकालयको पहलमा आइतबार पोल आइपुगेको हो।१२ वर्षे द्वन्द्वको झलक दिने उक्त पोल पुस्तकालयमातहतै स्थापना हुन लागेको 'युद्ध संग्रहालय'मा लोगोका रुपमा रहनेछ। द्वन्द्व अवधिका सामग्री संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने पहल कतैबाट नभएको र त्यस्ता सबै सामग्री नष्ट हुँदै गइरहेका बेला पुस्तकालयले 'नेपाल शान्ति संग्रहालय' को योजना सुरु गरेको छ।'हामी नेपालीको चाँडै बिर्सने बानी छ,' संग्रहालय तयारीमा लागेका पत्रकार कुन्द दीक्षितले नागरिकसँग भने, 'त्यस्तो बेला लडाइँका चिह्न र अवशेषहरुलाई जोगाएर राखिएन भने भोलि यसबारे अध्ययन सामग्री रहने छैनन्।'आफ्नै सम्पादनको 'लडाइँमा जनता' पुस्तक तयारीकै क्रममा उक्त तस्बिर आइपुगेको र बेनी भ्रमणमा प्रत्यक्ष देखेपछि गहिरो प्रभाव परेको दीक्षितले बताए।

खगेन्द्रलाई होचा व्यक्तिको प्रमाणपत्र दिन गिनिजबुक टोली पोखरामा


होचा भनिएका खगेन्द्र थापा मगरलाई प्रमाणपत्र दिन गिनिजबुक अफ दि वर्ल्डको टोली मंगलबार पोखरा आएको छ ।  खगेन्द्रको स्वास्थ्य परीक्षण गरी बिहीबार उनलाई  विश्वकै होचा व्यक्तिको प्रमाणपत्र दिन मार्कोसहितको एक टोली यहाँ आएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।खगेन्द्रको जन्म दिनको अवसर पारेर २८ गते उनलाई होचा व्यक्तिको प्रमाणपत्र दिइने प्रतिष्ठानका अध्यक्ष मिनबहादुर थापा मगरले जानकारी दिए । अक्टुबर १४ अर्थात असोज २८ गते खगेन्द्र १८ वर्ष पुरा हुने हुदाँ उनले औपचारिक रुपमा प्रमाणपत्र पाई विश्वकै होचा व्यक्तिको मान्यता पाउनेछन् ।

October 12, 2010

दासढुङ्गा फिल्मका अमर लामा

रंगकर्मी दयाहाङ राईलाई फिल्म खेल्ने अफर आयो। एमाले नेता मदन भण्डारीको रहस्यमय दुर्घटनामाथि बन्न लागेको फिल्म 'दासढुंगा'को नाम नै उनलाई रहरलाग्दो लाग्यो। अमर लामाको भुमिका भनेपछि उनी अझ लोभिएका थिए। चिनेकै मान्छेले बनाउन लागेको फिल्ममा सजिलै खेल्न पाइन्छ भन्नेमा उनी आशावादी थिए।तर, सोचे जस्तो भएन। 'ज्यान अलि मोटो भन्दै मलाई नराख्ने कुरा भयो। अडिसन पनि दिन पाइनँ,' फिल्म 'दासढुंगा'मा निकै रुचाइएका कलाकार दयाहाङ राईले भने। एक महिनापछि उनलाई फेरि बोलाइयो। शरीर 'मेन्टेन' गरे भूमिका मिल्ने भयो उनलाई। 'त्यसपछि त दौड र अमर लामाबारे अध्ययन एकैपटक सुरु गरेँ,' गुमिसकेको भुमिका पाउँदा उनी सहजै यो कठिनाइ मोल्न तयार भए।  एक त मृत्यु भइसकेको मान्छे। त्यसमाथि एकपटक पनि नभेटेको। रोल निकै चुनौतीपूर्ण थियो। 'लामाले लेखेको 'दासढुंगा दर्पण' पढेर बोल्ने शैली बनाएँ। उनीसँग काम गरेका दुई जनालाई भेटेँ। र, केही बोलेर सुनाएँ। सुहायो नभनुन्जेल यो काम जारी राखियो,' २५ दिनको तयारीपछि अभिनय गर्ने हिम्मत पलाएको उनी सम्झन्छन्।

September 19, 2010

गजल "सपनामै देखे पनि "

सपनामै देखेपनी आफ्नै मान्छे ठानेको छु ।
जेसुकै भन तिमी प्रेमको नजरले हानेको छु ।
गन्तब्य बिनाको यात्री मत हिंड्नु धेरै बाकी छ
जिबनको सहयात्री तिमीलाईनै मानेको छु ।
एकछिनपनी तिमीबिना टाढा हुन सक्दिन म
परपर हुन खोज्दा मन मुटुले तानेको छु ।
मन पराउदा तिमीलाई अपरिचित मान्छे भन्छौ
तिम्रो बारे धेरै कुरा मैलेपनी जानेको छु ।
कस्तो होला तिम्रो रुप्,मन मख्खै पर्छु बोली सुन्दा
प्रत्यक्ष नदेखेनी धरोधर्म दिलकै रानी मानेको छु ।
कस्तो तिमी मलाई नबुझी मनमा सजाउने भन्छौ 
त्यसैले तिम्रो बारे बुझ्न जरुर ठानेको छु ।
बाबुराम शर्मा दक्षिण कोरिया 

September 4, 2010

सभासद् किन्न महराद्वारा ५० करोड रुपैयाँ माग

प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण :महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।

August 31, 2010

कामदार कोटा बढाउन कोरिया सकारात्मक,३६ हजार १ सय ८१ जनाले KLT परीक्षा दिए

कोरिया कामदारको कोटा बढाउन सकारात्मक देखिएको छ। सरकारले केही दिन अघि कोरियासँग नेपाली कामदारको कोटा बढाउन आग्रह गरेको थियो।कोरिया जानको लागि आवेदन दिएका प्रशिक्षार्थीको परीक्षा हेर्न आएको कोरिया मानव संशाधन विभागका उपाध्यक्ष किम चोङ ह्योले कोटा बढाउन सकारात्मक रहेको जवाफ दिएका हुन्।'कोटा बढाइदिन हामीले गरेको आग्रहलाई कोरियाले सकारात्मक रुपमा लिएको छ,' श्रम तथा यातायात मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'उनीहरुले सकेसम्म पहल गर्ने प्रतिवद्धता जनाएका छन्।'भट्टराईका अनुसार नेपालमा सबैभन्दा बढीले आवेदन दिएको र कोटा बढाउन आग्रह गरेको आफ्नो सरकारलाई जानकारी दिने प्रतिवद्धता गरेका छन्।मन्त्रालयले केही दिनअघि काठमाडौंस्थित कोरियाली राजदूतावासलाई पत्र पठाएको हो। पछिल्लो समयमा रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान ४२ हजार ४७ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए। कोरियाले इपिएसअन्तर्गत १५ मुलुकमध्ये सबैभन्दा बढी आवेदन दिनेमा नेपाल परेको छ।कोरियाले यीमध्येबाट चार हजार कामदार लिने घोषणा गरेको थियो। पहिलोपल्टको भाषा परीक्षामा ३२ हजारमात्र सहभागी भएका थिए। भाषा परीक्षामा सहभागीमध्ये उत्कृष्ट छनोट गरेर रोस्टरमा राख्ने र कोरियाको मानव संशाधन विभागले कामदार माग गरेपछि पठाउने प्रक्रिया थालिन्छ।

August 27, 2010

संसद् असफल कि प्रचण्ड ?


विश्वप्रकाश शर्मा
गिरिजाप्रसाद कोइरालाले मृत्युशय्याबाट स्नेहपूर्वक सम्झाउनुभएको थियो, 'पुष्पकमलजी तपाईंको काँधमा दायित्व छ जिम्मेवार भएर अगाडि बढ्नुहोस् ।' कोइरालासँग त्यतिबेला न प्रधानमन्त्रीको पद  थियो, न कांग्रेस सभापतिको सक्रिय अभिभारा तर पनि मुलुककै अभिभावकत्वको उचाइबाट उहाँले सम्झाउनुभयो । देहत्याग गरिरहँदा जम्माजम्मी देशको चिन्ता प्रकट गरेर कोइरालाले शान्तिको 

नायकत्व र सम्भवतः आफूपछि त्यही अभिभावकत्वको दायित्व हस्तान्तरण गर्न चाहनुभएको थियो दाहालमा । तर दुर्भाग्य दल, गुट, पद र प्रतिष्ठा चिन्ताको बदौलत उहाँ 'प्रचण्ड' रहिरहनुभयो, 'पुष्पकमल' भएर फक्रन सक्नुभएन, साझा नेताका रूपमा ।विस्तृत शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता कोइरालाले सहहस्ताक्षरकर्ता दाहाललाई 'अब सम्हाल्नुहोस्' भन्नुको अर्थ प्रधानमन्त्रीको पदमा ज्यान फाल्नुहोस् भन्ने पक्कै थिएन । प्रमुख हस्ताक्षरकर्ताको देहावसानपछि यदि मुलुकले आशाको नजरले सहहस्ताक्षरकर्तातर्फ हेरेको थियो भने त्यो सान्दर्भिक नै थियो । लडखडाएको शान्ति यात्रालाई सम्हालेर दोस्रो स्थानका नेता दाहालले रिक्त प्रथम स्थान ओगट्न सक्नेछन् र ओगटेमा आपत्ति हुनेछैन भन्ने मनोविज्ञानमा थियो मुलुक । तब मुलुकले नवीन राजनेता प्राप्त गर्ने थियो र गत जेठ १४ मै नवीन संविधान पनि ।

August 26, 2010

हेर बाढिको बिजोग

गत सोमबारदेखि परेको अविरल वर्षाको कारण मुलुकभर गएको बाढीपहिरोमा दर्जनको ज्यान गएको छ । आज विहानै रौतहटमा २० घर बगाएको समाचार प्राप्त भएको छ । रौतहटको पश्चिम तर्फको गाविसमा लालबकैया नदिले २० घर बगाएको हो ।विगत चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट चितवनमा एक जनाको मृत्यु र एक महिला वेपत्ता भएकी छिन् । सो बाढीका कारण चितवनको माडीसँग सदरमुकाम भरतपुरको यातायात सम्बन्ध बिच्छेद भएको छ भने गर्दी र बघौँडा गाविस जलमग्न भएको छ बताइएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त गौतमका अनुसार सो क्षेत्रका मानिसहरूसँग मोबाइल सम्पर्क भइरहेको छ । बाढीले बगाएर दक्षिण अयोध्यापुरी ६ मा स्थानीय खोलाले बगाउँदा ५२ वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको हो । उनको शव स्थानीयबासीले फेला पारेका छन् ।

माओवादी बैठकमा शिर्ष ३ नेताको आ-आफ्नै प्रतिबेदन प्रस्तुत

९ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन मध्यमार्गी भएको भन्दै उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराइले पनि छुट्टा-छुढ्टै राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको निर्बाचनमा बहुमत पुग्न नसकेको अवस्था, अवरुद्ध शान्तिप्रक्रिया र संविधान लेखन तथा बढ्दो बैदेशिक हस्तक्षेपलगायत विषय समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।पोलिटव्युरो सदस्य अग्नी सापकोटाका अनुसार यसअघिको पोलिटव्युरो बैठकले पारित गरेको दस्तावेज थप व्याख्या सहित बैठकमा प्रस्तुत गरिएको छ । प्रचण्डले सापकोटाको सहयोगमा काभ्रेको धुलीखेलस्थित मिराबेल होटेलमा बसेर केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज तयार पार्नुभएको थियो ।

August 25, 2010

आज गाईजात्रा पर्व बिभिन्न कार्यक्रम गरी मनाइदै


९ भाद्र, काठमाडौं । दिवङ्गत हुनेहरुको आत्मशान्तिका लागि बुधबार काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साँस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । गाईजात्रामा एक वर्ष भित्र दिवङ्गत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी टोलमा परिक्रमा गराउने प्रचलन छ । यसरी परिक्रमा गरिएकाहरुलाई श्रद्धालुहरुले अन्न र पैसा दान गर्छन् । गाईजात्रा निकाल्दा वर्षभरी दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी तर्छन् भन्ने जनविश्वास छ ।तत्कालीन मल्लकालीन राजा प्रताप मल्लले पुत्र वियोगले शोकविह्ल भएकी आफ्नी रानीलाई अरुका सन्तान पनि मेरका हुन्छ भनि सान्त्वना दिलाउन भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा निकाल्न नगरबासीलाई निर्देशन दिएपछि यो पर्व सुरु भएको मानिन्छ ।

August 24, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/ दुर्घटनामा १४ जनाको मृत्यु, सेनाको हेलिकप्टर उद्धारका लागि तयार, मौसमले साथ दिएन


अग्नि एयरको ट्वीनअटर विमान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा मंगलबार विहान दुर्घटना हुँदा  १४ जनाको मृत्यु भएको छ । विमानमा ६ जना विदेशी, ५ जना नेपाली र क्याप्टेन लक्की शाह नेतृत्वमा चालक दलका तीन जना सदस्य थिए ।घटनास्थलमा लक्की शाह र नवल सुनामको परिचय पत्र फेला परेको छ ।काठमाडौंबाट विहान सात बजे पाँच मिनेट जाँदा लुक्लाका लागि उडेको विमान खराब मौसमको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा विहान साढे सात बजे दुर्घटना भएको हो ।विमान शिखरपुर गाविस-२ बस्तीपुरमा ठाकुर प्राथमिक विद्यालय नजिक जमिनमा सिधै धसिएको स्थानीयबासीले बताएका छन् ।

August 23, 2010

आज पनि मुलुकले प्रधानमन्त्री नपाउने /अर्को चुनाव २ साता पछी

भाद्र ७ - पाँचौं चरणको निर्वाचनबाट प्रधानमन्त्री चयन नहुने निश्चित भएपछि प्रमुख दलहरू समय लिएर सहमति प्रयासमा जुट्ने भएका छन् ।सभामुख सुवास नेम्वाङको पहलमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूको आइतबारको बैठकले प्रधानमन्त्री पदका लागि सोमबार हुने मतदानबाट जे परिणाम आए पनि विवादित राजनीतिक मुद्दामा सहमति खोज्न 'घनिभूत' छलफल गर्ने समझदारी गरेका हुन् ।
'सदनबाट प्रधानमन्त्री निर्वाचित हुन नसक्दा जनतामा लोकतान्त्रिक प्रणाली, दलहरू र संविधानसभाप्रति आशंका र वितृष्णा उत्पन्न हुन गएको छ । यस्तो अवस्था कहिलेसम्म रहन्छ भनी दलहरूको गम्भीर ध्यानाकर्षण गराएको छु,' बैठकपछि सभामुख नेम्वाङले भने, 'शीर्ष नेताहरूले सोमबारको निर्वाचनबाट परिणाम निस्किएन भने पनि मंगलबारदेखि मुलुकसामु रहेका विवादित विषयमा छलफल गरी सहमति कायम गर्न तयार छौं भन्ने प्रतिबद्धता जनाउनुभएको छ ।'

कांग्रेस नेतृत्वका लागि युवाहरुको 'प्यानल' बन्ने तयारी


काठमाडौं, भाद्र ७ - कांग्रेस नेतृत्वका लागि आंकाक्षी युवाहरु एकताका साथ उम्मेदवारी घोषणा गर्ने प्रयासमा जुटेका छन् । पार्टीको १२ औं महाधिवेशन कार्यबाहक सभापति सुशिल कोइराला र पार्टीका बरिष्ठ नेता शेरवहादुर देउवाबीच विभाजित भएपनि युवा प्रतिनिधित्व सुनिश्चित बनाउन एकले अर्कोलाई सहयोग गर्ने रणनीति उनीहरुको छ ।
त्यसको तयारीका लागि उनीहरुले संयुक्त सम्पर्क कार्यालय खोलेर एकताका साथ उम्मेदवारी घोषणा गर्ने तयारीमा लागेका हुन् । सभापतिका लागि उम्मेदवार घोषणा गरेका भीमबहादुर तामाङले भने आफू प्यानल खडा नगर्ने बताएका छन ।
 केन्द्रीय सदस्यका लागि खुला, अंचल र समावेशी कोटामा समेत झन्डै ५० युवाहरु आंकाक्षी देखिएका छन । विधान अनुसार खुलाबाट निर्वाचित हुने २५ सिटमा दशभन्दा बढी युवाहरुले उम्मेदवारी नदिने प्रयासमा उनीहरुको जोड छ । खुलातर्फ २५ सिटमा चन्द्र भण्डारी, महादेव गुरुङ, गगन थापा, एनपी सावद, शंकर भण्डारी, गोविन्द भट्टराई, विनोद कायस्थ आंकाक्षि देखिएका छन् ।
 त्यस्तै प्रत्येक अंचलबाट एक/एक जना, समावेशी कोटाअन्तर्गत महिलाबाट ६, दलित, आदिबासी जनजाती, मधेशीबाट दुई महिलासहित ५/५ र मुश्लिमबाट एक जना निर्वाचित हुने व्यवस्था छ । अंचल र समावेशी कोटामा पनि युवाहरुको उल्लेख्य उम्मेदवारी पर्ने भएको छ ।
 अंचलबाट उम्मेदवार दिनेमा भेरीबाट हृदयराम थामी, किशोर राठौर र महेन्द्र शर्माको नाम चर्चामा छ । उनीहरु मध्ये एकजनाको नाममा सहमती गरी अन्य दुईलाई खुला कोटमा उठाउने प्रयास भएको छ । राप्ती अंचलबाट दीपक गिरीले उम्मेदवारी घोषणा गरेका छन । त्यस्तै गण्डकीबाट सुरेन्द्र पाण्डे, बागमतीबाट नविन्द्रराज जोशी, विनोद कायस्थ र धुव्र अधिकारी आंकाक्षीस् देखिएका छन । सगरमाथाबाट रामहरि खतिवडा, शिव बस्नेत, कोशीमा उमेशजंग रायमाझी र गुरु घिमिरे, मेचीबाट विश्वप्रकाश शर्मा उम्मदवारी दिने सोच बनाएका छन ।
त्यस्तै समावेशी अन्तर्गत महिलातर्फको ६ सिटमा महिला युवा महालक्ष्मी-डिना) उपाध्याय, पुष्पा भूषाल, सरिता प्रसाई, अनिता देवकोटा र उमा दाहालले आंकाक्षा देखाएका छन । महिला जनजातीमै रत्ना शेरचन, ममता थेवे छन । जनजातीको कोटाको पुरुषमा धनराज गुरुङ, भिष्म आङदम्भे, दीलमान पाखि्रन, सिवी लामा, दुर्गावहादुर रानाले उम्मेदवारी दिने सोच बनाएका छन । मेधेशी युवाहरुमा रामकृष्ण यादव, महेन्द्र यादव, राकेश सिंह, अजय द्धिविधि, अजय चौरासिहा चर्चामा छन । दलिततर्फ स्थिरबाबु परियार, मिन विश्वकर्मा, विजल विश्वकर्मा, शम्भु हजारा देखिएका छन भने मुश्लिममा मुख्तार अहम्मद चर्चामा छन ।
युवाहरुले शिर्ष नेता कोइराला, देउवा र उपसभापति रामचन्द्र पौडेललाई भेटेर पार्टीलाई बैचारिक रुपमा अघि बढाउन युवाहरुको प्रतिनिधित्व सुनिश्चित बनाउन आग्रह गरेका छन । 'हामीले तीनै जना नेताहरुलाई भेटौ, उहाूहरुको धारणापनि युवाहरुलाई समायोजन गरेर अघि बढ्नुपर्छ भन्नेनै छ' युवा नेता चन्द्र भण्डारीले कान्तिपुरसंग भने-'हामी पैसा र प्यानलप्रति सचेत छौ । प्यानल र पैसाका कारण युवाहरु पछि नपरुन भन्नका लागि हामी ध्रुविकरणतर्फ नहोस भन्नेमा लागेका छौ ।' उनले धेरै युवाहरुको उम्मेदवारी परेर युवायुवा बीचको भिडन्त नगराउन उम्मेदवारी मिलाउने प्रयासमा रहेको समेत बताए ।
 युवा दीपक गिरी, रामहरि खतिवाडा र सुरेन्द्र पाण्डेले कमजोर नेतृत्व र अवसरवादीहरुले गर्दानै पार्टीले बैचारिक नेतृत्व गर्न नसकेको बताउदै बिचारको नेतृत्वका लागिपनि कम्तिमा चालिस प्रतिशत युवाहरुको प्रतिनिधित्व केन्द्रीय समितिमा हुनुपर्ने बताए । मुलकभर निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि समेत चालिस प्रतिशत रहेको बताउदै उनीहरुले त्यही अनुपातमा युवा प्रतिनिधित्व हुनुपर्ने माग गरे । 'हामी जतातिरको भएपनि एक भएर चुनाव लड्छौ' गिरीले भने- त्यसले पार्टी एकताका लागि पनि राम्रो सन्देश दिनेछ ।'
 महाधिवेशनमा युवा उपस्थिती निणर्ायक भएकाले सभापतिका उम्मदेवारहरु समेत युवाहरुलाई आ- आफ्नो प्यानलमा राख्ने कसरतमा छन । तर, आंकाक्षिहरु धेरै भएकाले नेताहरुलाई समेत  प्यानल खडा गर्न समस्या परेको एक युवा नेताले बताए ।

बुटवल होटलमा एक मृत जोडी फेला

भाद्र ६ - बुटवलको सिन्दुर होटलमा आइतबार एक जोडी मृत भेटिएका छन् । करिव तीस वर्षिय तनहुँका काशीनाथ पण्डित र तनहुँकै ढोरचीर्दी गाविस ५ की करिव ३० वर्षिय सीता राना मृत अवस्था फेला परेका हुन् ।कास्कीको गगनगौडा वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पण्डीत झ्यालको भेण्टिलेसनमा ट्रयाकसुटको पासो लगाएर र राना बाथरुममा मृत अवस्थामा आइतबार दिउँसो फेला परेका हुन् ।
शनिबार दिउँसो बास वस्न आएका उनीहरु बिहान खाना खाने समयसम्म पनि बाहिर ननिस्केपछि होटल मालिक प्रताप तुलाचनले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरु बसेको २०१ नम्वरको कोठा खोली हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी निरीक्षक माधव गौतमका अनुसार कोठामा चारवटा बिषका शिषा समेत भेटिएकाले प्रहरीले विष सेवनपछि आत्महत्या गरेको प्रारम्भिक अनुमान छ ।

कती निस्ठुरी महिला सात तलाबाट आफ्नै बच्चा हुत्याइ हत्या

बैदेशीक रोजगारीका लागि घरेलु कामदारको रुपमा कुवैत पुगेकी नेपाली महिलाले अवैध बच्चा जन्माई फर्वानिया स्थित आफु बसेको बिल्डिङको सात तला माथिबाट फ्याकेकी हुन् । एक बर्ष अघि भारतको बाटो हुँदै कुवैत पुगेकी झापाकी ३५ बर्षीय दोल कुमारी एक हप्ता पहिला मात्रै नेपाली दूतावास कुवैतमा शरण लिन पुगेकी हुन र दूतावासले राखेको सुरक्षित ठाउँ (घुम्टी सेल्टर) फर्वानियामा बसेको बेला नवजात शिशु जन्माई गत शुक्रबार हत्या गरेकी थिइन् । कुवैत पुलिसले अज्ञात बच्चाको लाश भेटाए पश्चात् छानबिन गर्दा नेपाली महिलाले आफु बसेको बिल्डिङको सातौं तल्लाको ट्वाइलेटमा बच्चालाई जन्म दिएको र उक्त बच्चा जन्मे पश्चात टवाइलेटको झ्यालबाट बाहिर फाली हत्या गरेको पुष्टी गरेको छ ।

August 22, 2010

कांग्रेसमा तेस्रो धारको जन्म

nc
६ भाद्र, काठमाण्डौ । कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच पार्टी नेतृत्व लिने होडबाजी चलिरहेका बेला नेपाली कांग्रेसभित्र औपचारिक रुपमै तेस्रो धारको जन्म भएको छ ।कार्यवाहक सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच महाधिवेसनमा सभापतिका लागि कडा प्रतिष्पर्धा हुने अनुमान भइरहेका बेला नेता भिमवहादुर तामाङले आइतबार सभापतिमा र नरहरि आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएपछि कांग्रेसमा तेस्रो धारको जन्म भएको हो ।

August 21, 2010

संसदीय प्रणाली असफल भयोः प्रचण्ड

prachanda-int-1
६ भाद्र, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संसदीय प्रणाली असफल भएको बताउनुभएको छ ।

संसदीय प्रणालीको असफलताका कारण नै पटक पटकको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘चार पटकसम्म प्रधानमन्त्री चुन्न राजनीतिक दलहरु असफल हुनु भनेको संसदीय प्रणाली असफल हुनु हो ।’
केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न धुलीखेल पुग्नु भएका प्रचण्डले राजधानी र्फकने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै पाँचौ पटकको चुनावमा मधेसीमोर्चामा रहेका दलहरुले माओवादीलाई सहयोग गर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो, -’सोमबारसम्म मधेशवादी दलहरुले निर्णय परिवर्तन गरेनन भने माओवादीको राम्रो सम्भावना छ ।’
राष्ट्रिय सहमति बन्यो भने माओवादी सोमबारको चुनाव अघि नै उम्मेद्वारी फिर्ता गर्न तयार रहेको बताउनुभयो । धुलिखेलस्थित मिरावेल रिसोर्टमा एक रात आरामपछि उहाँ आइतबार राजधानी र्फकनु भएको हो ।

August 20, 2010

ईश्वरसँग मेरो ठूलो गुनासो छ

महको नाम लिनेबित्तिकै मुख रसाउँछ। हास्यव्यंग्यमा मदनकृष्ण र हरिवंश यही रसिला स्वादका कारण चर्चित छन्। ३१ वर्ष लामो सहकार्यमा हजारौं व्यङ्ग्यात्मक प्रस्तुति दिइसकेको महजोडी एक-अर्काबिना अपुरो मानिन्छ। यो जोडीमा उमेरले मदनकृष्ण ठूलो भएकाले हरिवंश मदनलाई महत्त्व दिन्छन्। मदनकृष्ण भने आफूभन्दा बढी प्रतिभा भएको भन्दै हरिवंशलाई महत्त्व दिन्छन्। यी दुईबीच बेला-बेलामा सहकार्य तोडिने चर्चा चले पनि दर्शकहरूले उनीहरूको जोडीलाई छुटि्टन दिएका छैनन्। तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गरेयता उनीहरू लगातार लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन्। विभिन्न सर्वेक्षणले महको जोडीलाई नेपालका सबैभन्दा लोकपि्रय कलाकार मानेको छ। ३१ वर्षअघि गाईजात्राको अवसर पारेर राष्ट्रिय बैंकको कार्यक्रममा प्रहसन देखाएपछि उनीहरूले लगातार गाईजात्रे कार्यक्रम देखाए। त्यसैले जब-जब गाईजात्रा आउँछ, उनीहरूको कार्यक्रम हेर्न दर्शकहरू मरिहत्ते गर्छन्। यही मेसोमा यसपटक बुढानिलकण्ठस्थित उनीहरूको स्टुडियोमा पुगेर साप्ताहिकले हरिवंश आचार्यसँग लामो कुराकानी गर्‍यो। 
गाईजात्रा आएको छ, तर केही वर्षयता दर्शकले तपाईंहरूको गाईजात्रे कार्यक्रम हेर्न पाएका छैनन्, यो दर्शकप्रति अन्याय भएन ?

August 19, 2010

उडायो बाचा सबै हुरीले




२०६३ माघ १ गते अन्तरमि संसद्मा सहभागी हुने बेला तत्कालीन नेकपा माओवादीले 'हामी कांग्रेस-एमालेजस्तो विधायिका संसद्को बैठक चलिरहेका बेला अनुपस्िथत हुने छैनौँ । सबै बैठकमा हाम्रो अनिवार्य उपस्िथति हुनेछ' भन्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । प्रारम्भिक दिनमा उसले प्रतिबद्धता कायम गर्ने प्रयत्न पनि गर्‍यो । जस्तो- बैठकका दिन सबै एउटै गाडी चढेर सिंहदरबार जाने, एकै किसिमको लुगा लगाउने, सामूहिक रूपमा बस्ने आदि ।

क्षमा सहित अपडेट हुने जानकारी

आदर्णिय नेपालको सम्झना लाई माया गर्ने सम्पूर्णमा म हिर्दय  देखी नै क्षमा चाहान्छु  मेरो कम्प्युटरको   जभा स्कृप्ट्मा  समस्या आएकोले मैले नियमितकार्यक्रम तथ समाचार हरु नियमित सम्प्रेशण गर्न सकिन भोली देखी नियमित कार्यक्रम हरु र समाचार हरु अपडेट हुने जानकारी गराउदछु साथै नेपाली दिदी बहिनी हरु को लागी तिज बिशेष गीत हरु उअपडेट हुने समेत जानकारी गराउदछु भिजिट गर्दै गर्नु होला नेपालको सम्झना 
सम्पादक नेपालको सम्झना

August 2, 2010

सरकारका लागि तीन विकल्प

सरकार निर्माणका लागि आवश्यक पर्ने सामान्य बहुमत जुटाउन प्रधानमन्त्रीका उम्मेदवारद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र रामचन्द्र पौडेल दुई/दुईपटक असफल भइसकेपछि आज  तेस्रोपटक निर्वाचन हुादैछ। तेस्रोपटकको निर्वाचनमा पनि दुवै उम्मेदवारले सामान्य बहुमत पुर्या उन नसक्ने लगभग निश्चित भएको छ। यस्तो अवस्थामा के हुन्छ त? राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ।संविधानअनुसार हो भने जहिलेसम्म यी दुई उम्मेदवारमध्ये एकले आवश्यक बहुमत पुर्यानउन सक्दैनन्, त्यसबेलासम्म यही प्रक्रिया जारी नै रहन्छ। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको एक महिना बितिसकेको अवस्थामा यो अन्त्यहीन यात्रामा मुलुकलाई फसाउनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुादैन। यो गााठो फुकाउन राष्ट्रिय सहमतिबाहेक अर्को विकल्प छादा पनि छैन। सतहबाट हेर्दा मुलुक यसरी अनिर्णयको बन्दी हुनुको प्रमुख कारकका रुपमा नेकपा एमाले देखिए पनि राजनीतिक गहिराईमा पुगेर हेर्दा मुख्य कारक कांग्रेस र माओवादी नै हुन्। आफ्नो पार्टीको स्पष्ट बहुमत भएको अवस्थामा अपनाइने परम्परा र पद्धतिअनुसार नै कांग्रेस र माओवादीले प्रधानमन्त्री पदको उम्मेदवार बनाएका कारण यो समस्या उत्पन्न भएको हो।

July 27, 2010

दक्षिण कोरियामा नेपाली काव्य महोत्सव भब्यरुपमा सम्पन्न (फोटो फिचर सहित)

नेपाली साहित्य, कला, संगीतलाई विश्व परिवेशमा पुर्याउने उद्देश्य लिएर नेपालबाट होङ्कङ्, हुँदै दक्षण कोरिया आइपुगेका नेपाली श्रष्टाहरुले आइतबार आफ्नो तेस्रो कार्यक्रम दक्षिण कोरियामा प्रस्तुत गर्यो ।नेपाली साहित्य-संगीत सुन्न र कलाकृति हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली पाहुनाहरुले कार्यक्रमको बारेमा खुलेरै प्रसंशा गरे ।संगीत र कलासँगै कला काव्य प्रस्तुती कार्यक्रममा उनीहरुले महाकवि देवकोटाको कविता वाचनदेखि लिएर नेपाली गीत गाएर नृत्यसमेत प्रस्तुत गरे ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतबार साउलको छोगेसा गुम्बामा आयोजित उक्त महोत्सवको आइतबार कोरियाका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालले उदघाटन गर्नुभयो ।

आज ६१ औं ‘हलोक्रान्ति’ दिवस

११ साउन, । आज ६१ औं ‘हलोक्रान्ति दिवस’ । देशमा प्रजातन्त्रको उदय हुनु अघि वि.सं. २००६ साल साउन ११ गते लम्जुङको दुराडाँडा गाविस-६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामूहिकरुपमा हलो जोतेका थिए ।राणा सरकारको तानाशाही संस्कारसँगै मौलाएको ब्राहृमणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रेयाकान्त अधिकारी, मायाकान्त पौडेल लगायत २७ जनाले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।राणा शासनको विरोध गरेर हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेलसमेत चलान गरेको थियो ।

July 26, 2010

फेसबुकले ५० करोड पार गर्‍यो


सामाजिक सञ्जाल वेभसाइट फेसबुकको सदस्य संख्या ५० करोड पुगेको छ । सन् २००४ मा सुरु भएको यो वेभसाइटले गत ६ महिनामा १० करोड नयाँ सदस्य थपिएका छन्।फेसबुकले भनेको छ कि यसले यो संख्यालाई एउटा ‘महत्वपूर्ण मूल्यको पत्थर’ मानेको छ। र उसले आफ्ना सदस्यका किस्सासँग विनम्र र प्रेरित महसुस गरिरहेको जनाएको छ।टेक्नोलजीका एक ब्लग ‘पकेट लिट’ का स्टुअर्ट माइल्सका अनुसार आजभोलि धेरै मानिस इन्टरनेटको प्रयोग गरिरहेका छन् र उनीहरु आफ्ना मित्रहरुलाई जानकारी बाँड्न चाहन्छन् ।स्टुअर्ट भन्छन्-फेसबुकको सुरुवात सामान्य थियो तर विस्तारै विस्तारै यसको लोकप्रीयता बढिरहेको छ र अचानक एकअर्कालाई फेसबुकमा आउनका लागि प्रेरित गर्न लागे ।


July 23, 2010

प्रचण्ड र रामचन्द्र दोश्रोपटक पनि हरुवा प्रधानमन्त्री

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल फेरि अस्वीकृत हुनु भएको छ ।विहीबारको संसद बैठकमा दुवै दलका नेताले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि नयाँ प्रधानमन्त्रीमा प्रचण्ड र पौडेलको उम्मेदवारी दोस्रो पटक अस्वीकृत भएको घोषणा सभामुख सुवासचन्द्र नेम्वाङले गर्नुभएको हो ।माओवादी अध्यक्ष प्रचण्डलाई उपस्थित ५ सय ७२ सभासद मध्ये २ सय ४१ मत परेको थियो भने विपक्षमा १ सय १३ मत परेको थियो । यस्तै २ सय १८ सभासद तटस्थ बसेका थिए ।

प्रधानमन्त्रीको टुंगो आज नलागे साउन १७ मा निर्वाचन

व्यवस्थापिका संसद अन्तर्गत कार्याव्यवस्था परामर्श समितिले नयाँ प्रधानमन्त्रीको टुंगो आज नलागे आगामी साउन १७ गते पुनः तेस्रो पटक निर्वाचन गर्ने मिति तोकेको छ ।तेस्रो चरणको मिति तोक्ने विषयमा मुख्य तीन दलवीच मतभेद भएपछि मध्यान्ह सवा १२ बजे डाकिएको परामर्श समितिको बैठक साँझ मात्र बसेको हो ।

विहीबार साँझ बसेको परामर्श समिति बैठकले आजको संसदमा हुने दोस्रो पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसके तेस्रो पटकका लागि आगामी १७ गतेको मिति तोकेको चुरेभावर एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले जानकारी दिनुभयो ।

July 22, 2010

प्रधानमन्त्रीको टुंगो लागेन, अर्को निर्वाचन शुक्रबार

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले स्पष्ट बहुमत हासिल गर्न नसके पछि बुधबार प्रधानमन्त्रीको टुंगो लाग्न सकेन । एमालेले भने अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।प्रधानमन्त्रीका प्रत्यासीहरुले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि आगामी शुक्रबार दिउँसो १ बजे बस्ने संसदको अर्को बैठकले नयाँ प्रधानमन्त्रीको टुंगो लगाउने छ ।

संसदमा मतविजनका आधारमा गरिएको निर्वाचनमा माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त गर्न सक्नु भएन ।दुई तिहाई बहुमत हासिल गर्न नसक्ने अवस्था आएपछि एमालेले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।संसदमा उपस्थित ५ सय ९७ सभासद मध्ये माओवादी अध्यक्ष प्रचण्डको पक्षमा २ सय ४२ र विपक्षमा १ सय १४ मत परेको थियो ।

July 20, 2010

प्रधानमन्त्रीका लागि उम्मेदवारी आज

४ साउन, काठमाण्डौ । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गर्ने प्रकि्रया मंगलबार हुँदैछ । संसद सचिवालयले विहान ११ बजेदेखि साँझ ५ बजेसम्म दर्ताको समय तोकिएको छ । मंगलबार दर्ता प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धी प्रस्तावमा बुधबार संसदमा मतदान हुनेछ । मतदान मतविभाजनका आधारमा हुनेछ । उम्मेदवारी प्रस्तावको रुपमा दर्ता हुनेछ ।

बढी श्रीमती र सन्तान हुने सभासदहरु

६ सय एक सभासद्मध्ये केही यस्ता छन्, जसका आधा दर्जनभन्दा बढी सन्तान छन् भने केहीको दुईवटा परिवार।संविधानसभामा रहेका सदस्यमध्ये एक दर्जन सभासद्ले दुईवटा विवाह गरेका छन् भने १५ जना सभासद्को आधा दर्जन र सो भन्दा बढी सन्तान छन्। त्यसो त मन्त्रिपरिषद्मा दुई/दुई परिवार हुने दुई सदस्य र आधा दर्जनभन्दा बढी सन्तान हुने दुई सदस्य पनि वर्तमान कामचलाउ मन्त्रिपरिषद्मा छन्।

July 18, 2010

माओवादी उम्मेदवारलाई भोट नदेऊ : ओली

५ भाद्र, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले हिंसाको राजनीति नत्यागेको माओवादीका उम्मेदवारलाई प्रधानमन्त्री निर्बाचनमा मतदान नगर्न दलहरुसँग आग्रह गर्नुभएको छ । हिंसात्मक गतिविधि नत्यागेसम्म माओवादी नेतृत्वमा कुनै पनि हालतमा सरकार बन्न नदिइने उहाँले उदघोष गर्नुभयो ।
ओखलढुङ्गाका एमाले कार्यकर्ता छबि कार्कीको ४५ औं दिनको पुण्य तिथिका अबसरमा शनिबार राजधानीमा आयोजित श्रद्धान्जली कार्यक्रममा नेता ओलीले प्रधानमन्त्री निर्बाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा मतदान नगर्न अन्य दलका सभासदहरुलाई आग्रह गर्नु भएको हो । विगतका सम्झौता पूरा नगरेकोले माओवादीलाई सरकारको नेतृत्व दिन नसकिने उहाँको भनाई थियो ।
‘हिंसा, बलजफ्ती र लुटपाट गर्दै हिँड्ने माओवादीले सरकारको दाबी गर्न सुहाउँदैन,’ नेता ओलीले प्रश्न गर्दै भन्नुुभयो, ‘माओवादीका उम्मेदवारलाई प्रधानमन्त्री निर्बाचनमा किन भोट दिने ?’ नागरिक पार्टीको रुपमा रुपान्तर नभएसम्म माओवादी नेतृत्व कसैलाई पनि स्वीकार्य नहुने ओलीको भनाई थियो ।
नेता ओलीले जात-जाति भाषा-भाषिबीच फाटो ल्याउने काम गरेर माओवादीले राष्ट्रिय विखण्डन निम्त्याउन चाहेको आरोप समेत लगाउनुभयो ।

कोरियाको राजधानी सउलमा नेपाली कविता र संगीत गुन्जने

यही जुलाई २५ तारिकका दिन अपरान्ह १ बजे दक्षिण कोरियाको राजधानी सउल स्थित जोगेसा वौद्द मन्दिरको हलमा वर्तमान नेपाली साहित्यका हस्तीहरुले कविता वाचन गर्ने भएका छन् । नेपाल कला साहित्य डट कम प्रतिष्ठानको संयोजकत्वमा विदेश भ्रमणमा हिंडेको साहित्यकारहरुको उक्त टोली हङ्गकङ्ग ,चीन हुँदै दक्षिण कोरियामा आउन लागेका हो । भ्रमण टोलीमा कविहरुको अलावा सुकर्म ब्याण्डमा संगीतकारहरु पनि हुनुहुन्छ र उहाँहरुले कविहरुको काव्याचनको साथमा श्रोताहरुलाई सांगीतिक प्रस्तुति पस्कनु हुनेछ । कार्यक्रममा नेपालबाट पाल्नुहुने साहित्यकारहरुमा शंकर प्रसाद कोइराला , डा. विमल प्रसाद कोइराला , डा. गोविन्दराज भट्टराई , महेन्द्र बहादुर गुरुङ्ग , डा. धुर्वेशचन्द्र रेग्मी , सरुभक्त , कृष्ण प्रसाईं , मोमिला जोशी, जयदेव भट्टराई , राजेश्वर कार्की , अरुण वैद्य , प्रमोद उपाध्याय , श्याम नेपाली , महेश पौड्याल , नरेन्द्रराज गुरुङ्ग र उषा शेरचन हुनुहुन्छ ।

अनमिनलाई अहिले नै विदा गरे शान्ति प्रक्रिया भंग हुने र मुलुक द्वन्द्वमा धकेलिने छ - शर्मा


 नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जनार्दन शर्मा प्रभाकरले अनमिनलाई अहिलेनै विदा गरे नेपालमा जारी शान्ति प्रक्रिया भंग हुने दावी गरेका छन् । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले
अनमिनलाई नेपालीहरुले नै शान्ति प्रक्रियामा सहयोग गर्न बोलाएको उल्लेख गर्दै उनले शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दै अनमिनलाई विदाई गरे शान्ति प्रक्रिया भंग हुने र मुलुक द्वन्द्वमा धकेलिने चेतावनी दिए ।
उनले राजनीतिक सहमतिको आधारमा सेना समायोजनसहित शान्ति प्रक्रियाको कार्ययोजना बनाएर सोही आधारमा अनमिनको म्याद थप गर्नु पर्ने बताए । 'अनमिनको म्याद नथपे मुलुकमा गंभिर संकट आउन सक्छ । दलहरुले सहमतिको आधारमा अनमिनको म्याद थप्न पहल गर्नु पर्छ । यसको विकल्प छैन', उनले भने । अनमिनलाई नेपालको शान्ति प्रक्रियाबाट अलग बनाउन विभिन्न पक्षको प्रेसर रहेको दावी गर्दै उनले शान्ति प्रक्रियालाई निश्कर्षमा नपुर्याई अनमिनलाई हटाउन नहुने तर्क गरे ।

कांग्रेस महाधिवेशनमा को कुन पदमा प्रतिस्पर्धा गर्दै छन् ?

५ भाद्र, काठमाडौं । यसअघि सभापति पदमा दावेदारी प्रस्तुत गरेका नेपाली काङ्ग्रेसका महामन्त्री केबी गुरुङले आसन्न १२ औं महाधिवेशनमा पुनः सोही पदमा उम्मेदवारी दिनुहुने भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी गुरुङले महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुहुनेछ ।

यसअघि काङ्ग्रेस नेतृ सुजाता कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिने बताइसक्नु भएको छ भने केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि सोही पदका लागि उम्मेदवारी दिने संकेत गर्नुभएको छ ।

सभापति पदका लागि भने कार्यबाहक सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने निश्चित छ ।

उम्मेदवारी विवरण
————

सभापति : शेरबहादुर देउवा, सुशील कोइराला
महामन्त्री : केबी गुरुङ, विमलेन्द्र निधि, खुमबहादुर खड्का, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला ।
कोषाध्यक्ष : चित्रलेखा यादव, मीना पाण्डे, उमा अधिकारी ।
केन्द्रीय सदस्य : रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामकृष्ण ताम्राकार, बालकृष्ण खाण, डा.प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, भीमबहादुर तामाङ, जीपछिरिङ शेर्पा, चक्र बास्तोला, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, विनयध्वज चन्द, बलदेव मजगैंया, लक्ष्मणप्रसाद घिमिरे, गोपालराज पहाडी, सुप्रभा घिमिरे, नरहरि आचार्य, प्रदीप गिरी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, अमरराज कैनी, डा.शेखर कोइराला, डा.शशांक कोइराला, शुक्रराज शर्मा, पुरुषोत्तम बस्नेत, डा.नारायण खड्का, तारानाथ रानाभाट । ढुण्डीराज शास्त्री, ओमकार श्रेष्ठ, मोहनबहादुर बस्नेत, शोभाकर पराजुली, चन्द्र भण्डारी, रामकृष्ण घिमिरे, मधु आचार्य, पुष्प पराजुली, उदयशमशेर राणा, रामहरि खतिवडा, शंकर भण्डारी, प्रदीप पौडेल, सुरेन्द्रप्रसाद चौधरी, विनोद कायस्थ, गगन थापा, फरमुल्लाह मन्सुर, भिखारी मन्सुर, मोहम्मद अफताव आलम, डा.यज्ञ अधिकारी, तारानाथ दाहाल, देवप्रकाश त्रिपाठी, लक्ष्मण बस्नेत, केदारनरसिंह केसी, पुष्कर ओझा, गुरु घिमिरे, गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, सुरेन्द्र पाण्डे, चन्द्रसिंह भट्टराई, किरण पौडेल, शंकर पाण्डे, मित्रसेन दाहाल ।

अञ्चल सदस्यका लागि को को ?

महाकाली : रमेश लेखक, दिलेन्द्र बडू, नन्दकृष्ण जोशी, अर्जुनजंगबहादुर सिंह
सेती : सुनिलकुमार भण्डारी, वीरबहादुर बलायर, गोविन्दबहादुर शाह
कणाली : लाल हमाल, जीवनबहादुर शाही
भेरी : गणेशबहादुर खड्का, हृदयराम थानी, शिवराज जोशी, किशोरसिंह राठौर
राप्ती : दीपक गिरी, कृष्णकिशोर घिमिरे, माधव आचार्य, गोपालजीजंग शाह, सुरेन्द्र हमाल
लुम्बिनी : हरि नेपाल, दुर्योधनसिंह चौधरी, देवेन्द्र काडेल, रुद्रमणि भण्डारी, दीपकुमार उपाध्याय, राजन पन्त
धवलागिरी : अर्जुन जोशी, सुशीलमान शेरचन, हरि आचार्य, निरज पुन, किरण पौडेल
गण्डकी : ध्रुव वाग्ले, धनराज गुरुङ, कमल पंगेनी, महादेव गुरुङ, देवराज चालिसे, चीनकाजी श्रेष्ठ
बागमती : जगदीशनरसिंह केसी, नवीन्द्रराज जोशी, लोकेश ढकाल, इन्द्रमणि अधिकारी, शिव हुमागाईं
नारायणी : रमेश रिजाल, अजय द्विवेदी, राजेन्द्रबहादुर अमात्य
जनकपुर : आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामचन्द्र तिवारी, महेन्द्र मिश्र, बिपीन कोइराला, रामकृष्ण यादव
सगरमाथा : दिनेश यादव, अर्जुन खड्का, रामकुमार चौधरी
कोसी : आमोदप्रसाद उपाध्याय, रामबहादुर बस्नेत, हरिनाथ बास्तोला, डिकबहादुर लिम्बू, रमेशजंग रायमाझी, सीताराम मेहता
मेची : केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, बेनुप प्रसाईं, केशव थापा
दलित - स्थिरबाबु परियार, मीन विश्वकर्मा, मीठाराम विश्वकर्मा दुःखी, शम्भुहजारा पासवान, मानबहादुर विश्वकर्मा, प्रतापराम लोहार, जीवन परियार, पूर्णकुमारी विश्वकर्मा (नवलपरासी), बिजुल विश्वकर्मा, खड्गबहादुर बस्याल सार्की, सुजाता परियार, कल्पना सोव (डोटी), विमला नेपाली (दाङ), कृष्णकुमारी परियार (कास्की), लक्ष्मी परियार ।
जनजाति महिला - हीरा गुरुङ, उषा गुरुङ, सीता गुरुङ, ललिता किङरिङ, कृष्ण अमात्य, जीवन डंगोल, रत्ना शेरचन, सुवर्ण ज्वारचन, लीला सुब्बा, प्रमिला राई, टीका चौधरी,
मुस्लिम - शेख रसिद, अब्दुल सत्तार (निर्विरोधको प्रयास)
मधेसी महिला- सीता यादव, कविता सरदार बातर, किरण यादव, मीनाक्षी झा, रामवती चौधरी, सरस्वती चौधरी, सावित्री सिंह, मोहम्मदी सिद्दिकी ।
महिला - अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रुक्मणि कोइराला, चेतकुमारी दाहाल, रीता खनाल, सुशीला स्वाार, भीमकुमारी बूढा, पुष्पा भूषाल, सावित्री बोगटी, सुवर्ण ज्वारचन, कमला पन्त, कृष्ण अमात्य, कमला थापा, डीना उपाध्याय, मोहम्मदी सिद्दिकी, लक्ष्मी परियार, प्रतिमा गौतम, उषा गुरुङ, लीला कोइराला, मञ्जु खााण, किरण कोइराला, कल्याणी रिजाल, सीता गुरुङ, रिना उपे्रती ।
मधेसी - शिवचन्द्र मिश्र, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, रामपल्टन साह, अजय चौरासिया, पद्यनारायण चौधरी, स्मृतिनारायण चौधरी, रामकुमार चौधरी, फूलकुमार लालवानी, वीरेन्द्र कनौडिया, डा.मंगलप्रसाद गुप्ता ।
जनजाति - वसन्तकुमार गुरुङ, भीष्म आङ्दम्बे, पूर्णकुमार शेर्मा, दीनबन्धु श्रेष्ठ, आनन्दसन्तोषी राई, कबेलबहादुर लामा, पासाङ शेर्पा, दिलमान पाखि्रन, ध्यानगोविन्द रञ्जित, टेकप्रसाद गुरुङ, इन्द्रबहादुर गुरुङ, रामबहादुर गुरुङ, डा.टकराज गुरुङ, नरेन्द्रविक्रम नेम्वाङ, रोमी गौचन, श्यामलाल श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ, पाल्तेन गुरुङ, थलकुमार लिंखा ।

July 12, 2010

ए रेखा ! भो अब नदेखा


निर्देशक श्याम भट्टराईको नजरमा नायिका रेखा
खुसी परे साउनको झरी हुने, बेखुसीमा साउन नै लुकी बस्ने कहिलेकाँही भेल भई उर्लिदिने, पागलजस्तै डुली हिँड्ने बादल हौ तिमी बादल हौ …
लाहुरे फिल्मको यो गीतका भाव कसरी नायिका रेखा थापाको स्वभाव बनेर घरिघरी उर्लिरहन्छ, यसको चर्चा म एकछिनमा गर्नेछु । त्यसभन्दा अघि अहिलेकी यी चर्चित नायिकाको अन्य अन्तरंग यात्रामा लैजाने अनुमति चाहन्छु म ।

रेखा पहिलोपटक हिरो फिल्ममा डेब्यु गर्दा त्यसवेलाकी स्टार नायिका निरुता सिंह गुन्युचोली लगाएर नेपाली नारीको प्रतिनिधित्व गर्दै थिइन् । निरुताले लगाएको गुन्यु अलिकति मात्रै माथि तन्किँदा सिटी फुकेर हलै थर्काउने दर्शक यतिखेर नतमस्तक भएर रेखाको पछि लागे जतिखेर रेखाले निसंकोच ह्वात्तै आफ्नो तिघ्रा देखाइदिइन् । यदाकदा झुक्किएर देखिने निरुताको पिडुला मात्रै हेर्नुभन्दा सोझै देखिने रेखाका तिघ्रा नै दर्शकलाई प्यारो लाग्न थाल्यो । अनि फिल्मको भाषामा बोलिएजस्तै बिस्तारै निरुताको गुन्युचोली फेज आउट हुँदै गयो भने रेखाको नयाँ अन्दाज फेज इन हुँदै आउन थाल्यो । एक दशकपछि निरुता अचेल यही अन्दाजमा देखिन थाल्नुले रेखा रजतपट कि स्टार नायिका हुन् भन्ने पुष्टि गर्छ । रेखा आज स्टार नायिका मात्रै होइनन्, स्टार अभिनेत्रीका रूपमा स्थापित छन् भन्दा पनि फरक पर्दैन । किनभने अहिले चलेका स्टार हिरोहरू बराबरकै डिमान्ड र लोकपि्रयता आज रेखाको पनि भएको कुरा फिल्म-बुज्रुकबाट नै सुनिन्छ ।

रेखा यसरी यो इमेजमा स्थापित हुनुको पछाडि निखिल उपे्रती भन्ने नायकको ठूलै गुण छ भन्ने लाग्छ मलाई । यदि यो रहस्यदेखि कोही अनभिज्ञ हुनुहुन्छ भने म बुझाउने अनुमति चाहन्छु ।

एकताका फिल्म क्षेत्रमा निखिल उप्रेतीको खुब चर्चा भयो । बलिउड नगरीमा दिनेश नामले फाट्टफुट्ट स्टन्टको काम गर्दै गरेका ती व्यक्तिलाई कलाकार पवन मैनालीले पिँजडा फिल्मबाट निखिल बनाइदिए । निखिलको प्रवेशपछि केही वर्ष नेपाली फिल्म निर्माणको धार पनि अलग्गियो । एक्सनको एउटा छुट्टै प्रस्तुति दिएर डेब्यु गरेका निखिलको जादुले झन्डै एक दशक समग्र फिल्म उद्योगलाई यही धारमा अघि बढ्न बाध्य बनायो । यही समयमा रेखा पनि आफूलाई स्थापित गराउने दौडमा थिइन् । तर, दुर्भाग्य त्यो जादुको छडीसँग सामान्य विवाद के भएको थियो, निखिलले एउटा उर्दी नै लगाए- म अबदेखि त्यो देखा थापासँग फिल्म खेल्दिनँ ।

निखिलको त्यो उर्दीपछि केही समय रेखाको करिअरमा झन्डै शून्यता नै छायो भन्दा पनि हुन्छ किनभने त्यो वेला बन्ने गरेका झन्डै ९० प्रतिशत फिल्ममा निखिल नै नायक हुन्थे । निखिलको ठूलो मोल लाग्ने टाउको रुँघ्ने निर्माता निर्देशकले रेखाको पछि लाग्ने हिम्मत गरेनन् । उनीहरूको दृष्टिकोणबाट हेर्दा त्यो कुरा त्यतिवेला स्वाभाविक थियो होला सायद ।

निखिलको त्यो उर्दीले त्यसवेला रेखालाई मात्र हैन रेखाका पति निर्माता छवि ओझालाई पनि ठूलै झट्का लागेको थियो । कारण हिम्मत फिल्ममा छविले उनै निखिललाई नायकका रूपमा अनुबन्धित गरेका थिए । तर, रेखासँग फिल्म नखेल्ने घोषणा गरेका निखिल हिम्मत खेल्न आउने त कुरै थिएन । चार आनाको हिसाब पनि नबिर्सने छविले निखिलबाट डबल पैसा असुलेर भए पनि उनको झट्काको ठूलै जवाफ दिएका थिए ।

उद्योगमा छुट्टै पहिचान बनाएका निर्माता छविलाई निखिलबाट डबल पैसा असुलेर मात्रै चैनको निद्रा मिलेको थिएन । अब उनमा पनि निखिलप्रति ठूलो इगो जन्मिसकेको थियो भने रेखाप्रति जिम्मेवारी । रेखालाई जस्तै निखिलको उर्दी लागेर टोलाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको कान छवि ओझाले एकपटक फुकेका मात्रै के थिए, अब त्यही हिम्मत फिल्ममा रेखाको उपस्थिति निखिललाई चुनौती दिने मात्रै होइन माथै गर्ने खालको हुने निश्चित भयो । नभन्दै रेखा फिल्मस्को ब्यानरमा बनेको हिम्मतमा रेखाले त्यही-त्यही गरेर देखाइन्, जेजे गरेर निखिल फिल्म क्षेत्रमा स्थापित भएका थिए । रेखा यसरी हिरोझैँ प्रस्तुत हुँदै छिन् भन्ने समाचार त्यो वेला निकै रमाइलो गसिफ बनेको थियो । त्यस्तै एउटा गसिफ म यहाँ उल्लेख गर्न चाहन्छु ।

कुनै समय निर्माता छविसँग नङ र मासुको सम्बन्ध भएर पनि पछि अलग्गिन पुगेका अथवा भनौँ रेखाले नै डेब्यु गरेको फिल्म हिरोका निर्देशक नरेश पौडेलले एक दिन सुनेछन्- हिम्मत फिल्मका लागि आज रेखा थापाले भोटेकोसीमा बन्जीजम्प गरी रे । त्यसको प्रतिक्रियास्वरूप नरेशले धेरैलाई टेलिफोन गरेर भनेछन्- सुन्यौ तिमीहरूले ? रेखाले आज भोटेकोसीमा बन्जीजम्प गरिछे, आज त्यसको खुट्टामा डोरी थियो । हिम्मत रिलिज भएको पहिलो दिन नै छवि गएर त्यही भोटेकोसीमा बन्जीजम्प गर्छ तर त्यो दिन छविको खुट्टामा डोरी हुँदैन, हा हा हा… ।

पौडेलको आशय के थियो त्यो उनै जानून् तर हिम्मत समूहको त्यो प्रयास भने सतप्रतिशत सफल भयो । नेपाली फिल्मकै इतिहासमा एउटी नारीले यति ठूलो साहसिक कार्य गरेर सबैलाई आश्चर्यमा पार्ने काम मात्रै गरिनन्, सधैँ रोनाधोना, सासु-नन्द अत्याचार, आम प्रमुख पात्र नायकको वरिपरि नाच्ने वेलामा मात्रै प्रवेश पाउने नारी चरित्रले अवसर पाए भने आफूलाई यसरी पनि प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिन् रेखाले ।

हिम्मत फिल्मले पाएको सफलतासँगै रेखा रातारात स्टार भइन् । उनलाई एकपछि अर्को राम्रो ब्यानरका फिल्मबाट अफर आउन थाले । हिम्मतकै सफलताबाट रेखाका पति छविले पनि थप हिम्मत बटुले । कुनै वेला अजम्बरी नाता फिल्म बनाउँदा निरुतालाई लिड रोल गराएर केही दृश्यमा मात्रै रेखालाई सीमित राखेका छविले त्यसपछिका आफ्ना सबै फिल्ममा रेखालाई नै प्रमुख भूमिका दिए, ती सबै फिल्म सफल पनि भए ।

पछिल्ला धेरै फिल्ममा शीर्षक रोल गरी आफूलाई अब्बल नायिकाको पंक्तिमा राख्न सफल रेखाको प्रतिभा आजका दिनसम्म आइपुग्दा बहुआयामिक भइसकेको छ । रेखाको नाइटो र तिघ्रातिर मात्रै दौडिने दर्शकका आँखाले रेखाको साहसिक चरित्र र भावुक अभिनयलाई पनि अझ सहर्ष नै स्विकारेर भन्न थालेका छन्,- ए रेखा ! भो अब नदेखा ।

राजेश हमालको बिकेको टाउकोसँगै जोडिएर आएकी रेखाको टाउको पनि भारी दाममा बिक्न थालेको आज धेरै समय भैसक्यो । यति मात्र होइन, रेखाको बिकेको टाउकोसँगै झुन्डिन आएका अन्य टाउकाले समेत आज आफ्नो टाउको भारी दाममा बिकाउन थालिसकेका छन् । एकदशक अगाडि मोरङको सलकपुरमै हुँदा फिल्मको रंगीन दुनियाँमा एकदिन म नम्बर एक हिरोइन बन्छु भनेर आफ्ना साथीभाइलाई गफ हाँक्ने रेखाको सपना आजको दिनसम्म आइपुग्दा साँच्चै नै साकार भएको छ । आज सलकपुरले मात्र होइन, अधिराज्यभरका लाखौं नेपाली रेखाको विषयमा जानकार छन् । अझ माओवादी आन्दोलनताका माओवादी अध्यक्ष प्रचण्डसँग ‘कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, निरा नलाऊ दुई तिर’ भन्दै छमछमी कम्मर मर्काएपछि त उनी फिल्म क्षेत्रमा मात्रै होइन, देश-विदेशमा समेत परिचित भइन् ।

यति भएर पनि रेखाको करिअरको यो एक दशकको लामो यात्रामा उनी विवादरहित हुन भने सकेकी छैनन् । सुरुमा उल्लेख गरिएको गीतको हरफ रेखाको स्वभाव बनेर वेलावेलामा उर्लिदिनाले उनी कहिलेकाहीँ उल्झनमा पनि परिरहन्छिन् । सम्बन्ध गाँस्न सजिलो छ । त्यसलाई तोड्न अझ सजिलो हुन्छ । तर, मुस्किल छ त त्यसलाई निभाउन भनेजस्तै रेखाको सबभन्दा ठूलो कमजोरी भनेकै सम्बन्धलाई निभाउन नसक्नु नै हो भन्ने मलाई लाग्छ । चाहे सहकर्मी हुन् या त उनका साथीभाइसँग उनी छिनमै औंसी त छिनमै पूणिर्माको रूपमा प्रस्तुत भइरहन्छिन् । रेखालाई खुसी हुन न कुनै कारण चाहिन्छ न दुःखी हुन नै । हुन त सृजनात्मक व्यक्ति प्रायशः मुडी हुन्छ भन्छन् । मुडीहरूले मुड चलेको वेलामा केके गर्छन्, त्यसको पत्तो हुँदैन । यस्तै मुडी स्वभावकी लाग्छिन्, रेखा पनि । को मान्छे कतिखेर चाहिन्छ भन्ने हेक्का नराख्ने रेखाले आफ्नो यो कमजोरीलाई पनि सच्याउन सकिन् भने अझै केही वर्ष उनको रंग यो रजतपटमा गाढा रहिरहनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

अन्ततः कुशल अभिनेत्रीसँगै अब्बल निर्मात्रीको समेत छवि बनाएकी रेखाले बुझ्नुपर्ने गाँठी कुरा के हो भने उनलाई आफ्नो आदर्श बनाई घरपरिवारसँग विद्रोह गरिरहेका धेरै जुनियर रेखाहरू अवसरको खोजीमा काठमाडौंमा भांैतारिरहेका छन् । खाली म नवप्रवेशी कलाकारकी आमा हुँ मात्र भनेर हुँदैन, आमाले पुरुषलाई मात्र होइन, नारीलाई पनि जन्माउँछिन् भन्ने यथार्थलाई निर्मात्री रेखाले बुझ्नुपर्छ ।

आज रेखाको जन्म दिन, उनका समस्त दर्शक, पाठक, शुभेच्छुक र सहकर्मीसँगै म उनको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । – नयाँ पत्रिकाबाट

नेपाली र बर्मेली श्रमिकबीच झडप, पाँच नेपाली पक्राउ


४ भाद्र, इपो (मलेसिया) । मलेसियाको इपोमा रहेको एक कम्पनीमा म्यानमार र नेपाली श्रमिकहरुबीच विहीबार झडप भएको छ । इपोको श्रीजया कम्पनी एसडिएन विएचडिमा भएको झडपमा  नेपाली श्रमिकहरु इन्द्रदीप मण्डल र जगतवहादुर पुलामी मगर घाईते भएका छन् । मगरको टाउकोमा ११ वटा र मण्डलको टाउकोमा ४ वटा टाँका लगाईएको छ ।
रात्रीकालीन डिउटीले दिनको डिउटीलाई पालो दिने क्रममा सामान्य भनाभन भएपछि विवादले उग्र रुप लिएको हो । विवाद मिलाउन बसेकोे बैठकमा समेत पुनः झडप भएपछि स्थानीय प्रहरीले पाँच जना नेपालीसहित पाँचजना म्यानमार श्रमिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने नेपालीहरुमा इन्द्रदीप मण्डल, जगतबहादुर मण्डल, रामबहादुर राई, विसराम महतो र दिपक विक छन् । प्रहरीले नियन्त्रणमा लिएका दुवै देशका श्रमिकहरुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
कम्पनीले पक्राउ परेका श्रमिकको अवस्था पत्ता लगाउन कुनै चासो नदेखाएको नेपाली श्रमिक पूर्णबहादुर पोख्रेलले जानकारी दिनुभयो । नेपाली अन्य श्रमिकहरुले पनि दुतावासलाई कुनै खबर नगरेको बताएका छन् ।
विद्युत सामाग्री उत्पादन हुने उक्त कम्पनीमा नेपाल, म्यानमार, भियतनामका श्रमिकहरुले काम गर्छन् ।

July 8, 2010

काठमाण्डौंका चोक चोकमा सिसि टिभि

काठमाण्डौमा पहिलोपटक महानगरीय ट्राफिक प्रभाग दरवारमार्ग र महानगरीय प्रहरी प्रभाग दरवारमार्गले सिसि टिभि क्यामेरा मार्फत ठमेल चोक, केशरमहल चोक, दरवारमार्ग चोकको गतिविधि निगरानी गर्न थालेको छ।

सिसि टिभि मार्फत विभिन्न क्षेत्रका संकास्पद गतिविधिको निगरानी गर्नुका साथै सडक र्दुघटनाका कारण पत्ता लगाउन सहयोग पुगेको बताउछन् महानगरीय प्रहरी प्रभाग दरवारमार्गका प्रहरी निरिक्षक सुदिपराज पाठक।

जडान गरिएको सिसिटिभीले सडक दुर्घटना, सडकमा सवारी चाप, प्रहरी कर्मचारीको ड्यूटी लगायतका विषयमा समेत निगरानी राख्ने भएको हो। एकै ठाँउ बसेर थुप्रै स्थानको अवलोकन, अनुगमन एवं कर्मचारी परिचालन गर्न सिसिटिभि क्यामेरा मार्फत सहयोग पुगेको वताउँछन् ट्राफिक प्रहरी प्रभाग दरवारमार्गका प्रमुख सिताराम हाछेथु।

त्यसै गरी ट्राफिक प्रहरी प्रभाग दरवारमार्गको प्रयासमा दरवारमार्ग चोक, नागपोखरी चोक, केशरमहल चोक लगायतका पाँच स्थानमा सिसिटिभि अनुगमन संयन्त्र जडान गरेको छ । यस्तै सिसिटिभि क्यामेराको विश्वसनियता र प्रभावकारिताका कारण ट्राफिक भ्यान र ट्राफिक मोटरसाइकलमा समेत सिसिटिभि क्यामेरा मार्फत दृश्य अनुगमन गर्न थालिएको छ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger