wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

September 4, 2010

सभासद् किन्न महराद्वारा ५० करोड रुपैयाँ माग

प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ। वार्ताको विवरण :महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।






- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?


महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?


- तपाईंलाई हङकङ सजिलो पर्छ?


महरा : ऊ कोसँग भेट्न चाहन्छ?


- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।


महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।


- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?


महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।


- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।


महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।


- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।


महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।


- ... मलाई साथीसँग गफ गर्न दिनुस्।


महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।


- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?


महरा : फोनमा?


- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।


महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।


- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?


महरा : हुन्छ, म फोन गर्छु। 

महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्‍यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ।

FROM NAAGARIK NEWS.

Comments :

0 comments to “सभासद् किन्न महराद्वारा ५० करोड रुपैयाँ माग”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger