रोजगारको शिलशिलामा बेलायत पुगेका म्याग्दीबासीहरूले जिल्लामा एम्बुलेन्स खरिद गरेर सञ्चालनका लागि आर्थिक संकलन गर्न सुरु गरेका छन् ।म्याग्दी प्रवासी नेपाली संघ -मोना) युकेले सांस्कृतीक कार्यक्रम गरेर सहयोग संकलन गर्न सुरु गरेको हो । म्याग्दी र काली भेगका बासिन्दाको सुबिधाका लागि एक एक वटा एम्बुलेन्स उपलब्ध गर्राईने मोना युकेका उपाध्यक्ष कमल पुर्जाले जानकारी दिनुभयो ।एम्बुलेन्स खरिद गर्न गत शनिबार म्याग्दीका लोकगायक खड्ग गर्बुजाको उपस्थितीमा बेलायतको फार्नबरो स्थित ओकफार्क कम्युनिटी विद्यालयमा संस्कृतीक कार्यक्रम गरिएको थियो । नयाँ वर्षो शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा १७ जनाले प्रतिव्यक्ति १ लाख रुपैया भन्दा बढी सहयोग गरेका थिए ।
Showing posts with label प्रबाशमा नेपाली खबर. Show all posts
Showing posts with label प्रबाशमा नेपाली खबर. Show all posts
April 9, 2011
March 24, 2011
कोरियामा १० बर्ष नाघेका अवैधानिक बिदेशीले भिसा पाउने कुरा निराधार
१० बर्ष वा सो भन्दा बढी अवैधानिक रुपमा बसोवास गरिरहेका बिदेशीहरुलाई अब कोरियन सरकारले स्थायी बसोवास दिने अथवा भिसा दिने भएको छ भन्ने हल्ला केही दिन यता कोरियामा बसोवास गर्ने नेपालीहरुमा ब्याप्त छ । यहि हल्ला कै कारण १ दशक भन्दा बढी कोरिया बसेर स्वदेश फर्कन लागेका केही नेपालीले किनिसकेको आफ्नो हवाई टिकट पनि क्यान्सिल गरे । कति जनाले बिदेशीहरुको हकहितका लागि लड्ने संघसंस्थाहरुमा सदस्य बनिरहेका छन् ।तर कोरियन सरकारले भने त्यस किसिमको कुनैपनि जानकारीहरु दिइएको छैन । नेपाली जनमानसमा ब्याप्त हल्ला अनुसार १० बर्षभन्दा बढी अवैधानिक रुपमा कोरियामा बसेको छ भने सो ब्यक्तिले एमनेष्टी ईन्टरनेशनलमा आफ्नो नाम दर्ता गराई स्थायी बसोबास गर्ने अधिकारको दावी गर्न पाउने भन्ने रहेको छ ।
March 1, 2011
अनुराधालाई कोरियाको प्रसिद्ध पुरस्कार
सीएनएन हिरो अनुराधा कोइराला कोरियाको प्रसिद्ध'मान्हे ग्राण्ड पुरस्कार'बाट सम्मानित हुने भएकी छन् ।कोइरालाको सक्रियतामा स्थापित माइति नेपालले चेलिबेटी बेचबिखनविरुद्ध महत्त्पूर्ण योगदान दिएको भन्दै उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको दक्षिण कोरियाको सेग्ये इल्बो पत्रिकाले जनाएको छ । पुरस्कार आगामी अगष्ट १२ गते प्रदान गरिने पत्रिकामा उल्लेख छ ।'मान्हे पुरस्कारका लागि सेलेक्सन गरेका छौं भनेर आयोजकले खबर गरेको छ,' माइति नेपालका निर्देशक विश्व खड्काले मंगलबार साँझ भने, 'कार्यक्रमबारे थप जानकारी केही दिनमै पठाउने इमेल पनि आएको छ ।
December 22, 2010
विश्वको नजर ,खगेन्द्र थापा मगर ( हजुरहरुकै अगाडी हेर्ने होइनत फेब्रुअरी २ तारिखमा )

यो मानब चोला पनि कस्तो अनौठो छ हगी अनि कति भाग्यमानी पनि जसलाई आज विश्वले हेरिरहेको छ उसलाई प्रत्यक्ष हेर्न विश्व आतुर छ जसले आफुलाई त विश्व सामु चिनाएनै आफु जन्मेको देश नेपाल लाइ समेत चिनाउन सफल भए ति अरु कोहि नभएर गिनिज बुकमा विश्वको सबै भन्दा होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल खगेन्द्र थापा मगर हुन् त्यसैले त " विश्वको नजर खगेन्द्र थापा मगर " हजुर पनि खगेन्द्र लाइ हेर्न आतुर हुनुहुन्छ भने यहि आउदो २०११ फेब्रुअरी २ तारिख म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा हुन् लागिरहेको म्याग्दी सास्कृतिक सौगातमा सहभागी हुन नाछुटाउनुहोस ल खगेन्द्र थापा मगर संगै अत्यन्तै ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ , यसपाली म्याग्दी समाजले आयोजना गरेको कार्यक्रम मा म्याग्देली युबा हरुको प्रत्यक्ष संलग्नतामा बिल्कुलै नया कलाकारहरुलाई कोरियाली भूमिमा प्रवेश गराई हामीलाई भरपुर मनोरंजन र कलाकार हरुको आफ्नो नया प्रतिभा प्रस्तुत गर्ने जमर्को गरेका छौ .
हामीले नया प्रतिभा र नया कलाकारहरुलाई अवसर दिनु पर्छ भनेर नै नया कलाकारहरूप्रति जोड दिएका छौ हजुरहरुले हाम्रो मूल्यांकनलाई अबस्यनै मनन गर्नु हुनेछ भन्ने मा हामि आसाबादी छौ .।
December 2, 2010
किन गर्दै छ म्याग्दी समाज समिति दक्षिण कोरियाले फेब्रुअरी २ तारिखमा कार्यक्रम
सन् २०११ फेब्रुअरी २ तारिख कोरिया को दोश्रो ठुलो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ . यसकोलागी नेपालबाट आउने कलाकारहरुको पनि निच्श्चित भैसकेको छ . सलनालको अवसर पारेर ३ ओटा संघ सस्थाले कार्यक्रम गर्दै छन् . बर्षेनी नेपालबाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने फेसन जस्तै भैसकेको छ कोरिया मा . विभिन्न बाहानामा कार्यक्रम गर्ने अनि आर्जन गरेको रकम जुन बहानामा कार्यक्रम गरिन्छ त्यसमा खर्च भने कमै संघ सस्थाले गर्ने गरेको पाइएको छ. च्याउ सरि उम्रिएका छन् अहिले संघ सस्थाहरु कोरिया मा जात जाति जिल्लाबासी राजनीतिक विभिन्न बहानामा धेरै संघ सस्थाहरु संचालित छन् कोरिया मा कोहि ले मापदण्ड पुरा गरेका छन् भने कोहिले आफु खुसि संचालन गरिरहेका छन् . तर जेहोस जुन बहाना मा संघ सस्थाहरु खोलिए पनि माइ खाने भाडो नबनाइयोस धेर थोर जति सकिन्छ आफु जन्मेको जन्मभूमि प्रति केहि योगदान दिन सके कहिले पनि अरुको भनाइ भने पक्कै पनि खानु पर्ने छैन .
किन म्याग्दी समाज समितिले आउदो फेब्रुअरी २ तारिख क़ा दिन कार्यक्रम गर्दै छ. हजुरहरुको चासोको बिषय पनि हुन सक्छ . म्याग्दी जिल्ला भौगोलिक बिबिधताले भरिपुर्ण र सरकारी पहुच वाट पछाडी परेको जिल्ला हो म्याग्दी. यहाको शिक्षा र स्वास्थ्य मा सरकारको नजर त्यति गएको पाइदैन . एउटा जिल्ला अस्पताल छ त्यहिँ पनि भौतिक सामाग्री बिहिन, प्रयाप्त आकस्मिक कक्ष समेत छैन यो अस्पतालमा . यो अबस्थाले गर्दा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ. यो पीडालाई मध्यनजर गर्दै सम्पूर्ण कोरियामा रहनुहुने म्याग्देलीहरु र म्याग्दी समाज समिति अब म्याग्दी जिल्ला अस्पतालमा केहि गर्नु पर्छ भनेर लागि परेका हौ यसै मुताबिक म्याग्दी जिल्ला अस्पतालको पत्र अनुसार आकस्मिक कक्ष निर्माणको लागि म्याग्दी समाज ले यो कार्यक्रम गर्दै छ. यो कार्यक्रम बाट नै हामीले सम्पूर्ण रकम जुटाउन सकिन्छ भन्ने नै होइन . यो कार्यक्रम वाट धेरै आम्दानि हुन्छ नै भन्ने पनि त छैन .तर म्याग्दी समाज भने पछि हट्ने छैन . यहि कार्यक्रम मा हजुरहरुको न्यानो माया पाइयो भने धेर थोर आम्दानि गर्न सफल हुने छौ. यो भन्दा अगाडी भलिबल आयोजना गरेर केहि रकम आर्जन गरिसकेका छौ . सो आकस्मिक कक्ष निर्माण गर्नको लागि नेपालि रुपैया १५ लाख लाग्ने अनुमान गरिएको छ.
सो आकस्मिक कक्ष निर्माण भयो भने धेरैले अकालमा भने पक्कै ज्यान गुमाउनु पर्ने छैन.
यदि हजुरहरुलाई म्याग्दी समाज समिति प्रति बिस्वास लाग्दैन भने तलको पत्र हेर्नुहोस . यो पत्र बाटनै प्रस्ट हुन्छ कि म्याग्दी समाजले किन यो कार्यक्रम गर्दै छ भनेर.तसर्थ हजुरहरुको सहयोगी पाइला अबस्य पनि फेब्रुअरी २ तारिखको कार्यक्रम मा लम्कने छन् भन्ने मा हामि आसाबादी छौ .
November 27, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाको कार्यक्रममा शिव परियारले धमाका मच्चाउने
सन् २०११ फेब्रअरी २ तारिख कोरियाको दोश्रो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्दै छ । नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएर भरपुर मनोरंजन दिने तयारीमा म्याग्दी समाज समिति र सम्पूर्ण म्याग्देली हरु लागि परेका छ्न म्याग्दी समाज समिति भिन्दै र रोचक पूर्ण तरिकाले नेपालमा जन्म भै कोरियामा कर्म थलो बनाउदै आएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित पारि मनोरंजन दिने तयारीमा रहेको छ .केहि कलाकार हरु छनोट भै सकेका छन् भने कोहि छनोट प्रक्रिया मा रहेका छन् यसै बीच म्याग्दी समाज समिति को आग्रहलाई स्वीकार्दै लोक पप तथा आधुनिक गाएक शिव परियार आउने पक्का भैसकेको छ। शिव परियारले कोरियामा रहेका नेपालीहरुका बीच उनका सुपर हिट गीतहरुबाट कोरियामा धमाका मच्चाउने छन् उनका सुपरहिट गीतहरु " धेरै पल्ट मरे मत", "क्या दामी भो" "माया यो कस्तो माया" " कोहिले चादी राम्रो भन्छन कोहिले सुन " " तिम्रो निम्ति मखमली चोली लीइ आउला"..... आदि गीतहरु उनले तपाइँ हामि माझ पस्कने छन्. । म्याग्दी समाज समितिले कार्यक्रम आयोजना गरि आर्जन गरेको रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माण मा खर्च गर्ने छ ।October 19, 2010
Dashain Celebration in China of Nepalies
2010 Oct. 17 Anil Suvedi, Om Prakash Adhakari

Medical students in China Three Gorges University, Yichang Hubei China along with Chinese and foreign students celebrated the greatest Hindu festival Dashain by receiving tika and blessings from elders and teachers. The program organized by CTGU Foreign Students’ Volunteer Group involved all the students from Nepal, India, Maldives and China. The program became more interesting when the Chinese students and non-Hindu students from other countries joined and received the tika and blessings from the Nepalese teachers teaching in China Three Gorges University.
October 14, 2010
कोरियामा रहेका नेपालिहरुले बडा दशै मनाउने भब्य तयारि, राजदुत कोइराला ज्युबाट टिका लगाउने तयारी
रघु त्रिपाठी,दक्षिण कोरिया
नेपालीहरुको महान् चाड दशैंको पूर्वसन्ध्या शुरु भएको छ । नेपालको अस्थीर राजनीति र गिर्दो आर्थिक अवस्थाबाट वर्षभरि दुःख भोगेका नेपालीहरु अब त दशैं आयो केही समय भए पनि दुःख र मनमुटाव बिर्सी आराम गरौं भन्दै आ आफ्नो घर फर्कन शुरु गरेका छन् । तर टाढा प्रवासमा भएका नेपालीहरु चाहे अनुसार भन्नासाथ कहाँ घर जान सक्छन र ? बरु प्रवासमै भए पनि नेपालीहरु जम्मा भई विभिन्न कार्यक्रम सहित एकसाथ दशैं मनाई घरको सम्झना मेटाउछन् रयस्तो दशैं कार्यक्रमा सहभागी भई सबै नेपालीहरु एक परिवार भएको अनुभूति गर्छन ।
यसै क्रममा दक्षिण कोरियाका नेपालीहरु पनि प्रत्येक वर्ष सामुहिक रुपले दशैं मनाउने तयारीहरु भईरहेको छ । राजधानी सउलमा सामूहिक दशैं समारोहको आयोजना एन आर एन कोरियाले गर्ने भएको छ
August 23, 2010
कती निस्ठुरी महिला सात तलाबाट आफ्नै बच्चा हुत्याइ हत्या
बैदेशीक रोजगारीका लागि घरेलु कामदारको रुपमा कुवैत पुगेकी नेपाली महिलाले अवैध बच्चा जन्माई फर्वानिया स्थित आफु बसेको बिल्डिङको सात तला माथिबाट फ्याकेकी हुन् । एक बर्ष अघि भारतको बाटो हुँदै कुवैत पुगेकी झापाकी ३५ बर्षीय दोल कुमारी एक हप्ता पहिला मात्रै नेपाली दूतावास कुवैतमा शरण लिन पुगेकी हुन र दूतावासले राखेको सुरक्षित ठाउँ (घुम्टी सेल्टर) फर्वानियामा बसेको बेला नवजात शिशु जन्माई गत शुक्रबार हत्या गरेकी थिइन् । कुवैत पुलिसले अज्ञात बच्चाको लाश भेटाए पश्चात् छानबिन गर्दा नेपाली महिलाले आफु बसेको बिल्डिङको सातौं तल्लाको ट्वाइलेटमा बच्चालाई जन्म दिएको र उक्त बच्चा जन्मे पश्चात टवाइलेटको झ्यालबाट बाहिर फाली हत्या गरेको पुष्टी गरेको छ ।
July 27, 2010
दक्षिण कोरियामा नेपाली काव्य महोत्सव भब्यरुपमा सम्पन्न (फोटो फिचर सहित)
नेपाली साहित्य, कला, संगीतलाई विश्व परिवेशमा पुर्याउने उद्देश्य लिएर नेपालबाट होङ्कङ्, हुँदै दक्षण कोरिया आइपुगेका नेपाली श्रष्टाहरुले आइतबार आफ्नो तेस्रो कार्यक्रम दक्षिण कोरियामा प्रस्तुत गर्यो ।नेपाली साहित्य-संगीत सुन्न र कलाकृति हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली पाहुनाहरुले कार्यक्रमको बारेमा खुलेरै प्रसंशा गरे ।संगीत र कलासँगै कला काव्य प्रस्तुती कार्यक्रममा उनीहरुले महाकवि देवकोटाको कविता वाचनदेखि लिएर नेपाली गीत गाएर नृत्यसमेत प्रस्तुत गरे ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतबार साउलको छोगेसा गुम्बामा आयोजित उक्त महोत्सवको आइतबार कोरियाका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालले उदघाटन गर्नुभयो ।January 27, 2010
एनसीसी कप म्यग्दीसामाज कोरियाले चुम्यो
January 20, 2010
थप २ बर्षको लागि नेपालीकामदारहरु कोरिया आउन पाउने नयाँ रोस्टर तयार हुँदै
मिती २०१० जनवरी १८ तरिखका दिन २ देशका श्रम मन्त्रिबिच थप् २ बर्षका लागि कोरियन रोजगारदाताको मागानुसार नेपाली कामदारहरु निर्बाध रुपले कोरिया आउन पाउने छन भनी श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।हस्ताक्षर गर्नु पुर्व २ मन्त्री बिच नेपाली कामदारको संख्या, स्तर बृदि एंव व्यबस्थापन् बिषय मा कुराकानी भएको थियो । कोरियन मन्त्रिले आर्थिक मन्दिको कारणले कोरियामानै रोजगारिको समस्याले बिदेशिकामदारहरु उलेख्यरुपमा आउने सम्भावना कम भएपनी नेपाली कामदारको प्रभाब राम्रै भएकोले नेपालबाट कामदारहरु आउन सक्ने बताउनु भयो।
January 17, 2010
कोरियामा एक नेपालीको रहस्यमय मृत्यु
कोरिया को छनान भन्ने ठाउमा जनवरि १६ शनिबारका दिन् एक नेपालीको अर्को रहश्यमय मृत्यु भएको छ।
नेपाली राहदानि नम्बर २५३९५८९ रहेको ज्ञानु प्रसाद रेग्मी बर्ष ३० घर रौतहत जिल्ला चन्द्र नीगाहपुर वडा ६ रहेको रहदानिबाट बुझिएको छ। ४ महिना अघि मात्र डिग्री अध्ययन गर्दा गर्दै धन् कमाउने सुन्दर् सपना बुनेर उनि कोरिया भित्रीएका थिए। कोरिया को गार्हो काम बाट उनिलाइ मनसिक पिर भएको उनका साथिहरु बाट बुझिएको छ।
Subscribe to:
Posts (Atom)





































.jpg)