
यो मानब चोला पनि कस्तो अनौठो छ हगी अनि कति भाग्यमानी पनि जसलाई आज विश्वले हेरिरहेको छ उसलाई प्रत्यक्ष हेर्न विश्व आतुर छ जसले आफुलाई त विश्व सामु चिनाएनै आफु जन्मेको देश नेपाल लाइ समेत चिनाउन सफल भए ति अरु कोहि नभएर गिनिज बुकमा विश्वको सबै भन्दा होचा व्यक्तिको रुपमा नाम लेखाउन सफल खगेन्द्र थापा मगर हुन् त्यसैले त " विश्वको नजर खगेन्द्र थापा मगर " हजुर पनि खगेन्द्र लाइ हेर्न आतुर हुनुहुन्छ भने यहि आउदो २०११ फेब्रुअरी २ तारिख म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा हुन् लागिरहेको म्याग्दी सास्कृतिक सौगातमा सहभागी हुन नाछुटाउनुहोस ल खगेन्द्र थापा मगर संगै अत्यन्तै ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ , यसपाली म्याग्दी समाजले आयोजना गरेको कार्यक्रम मा म्याग्देली युबा हरुको प्रत्यक्ष संलग्नतामा बिल्कुलै नया कलाकारहरुलाई कोरियाली भूमिमा प्रवेश गराई हामीलाई भरपुर मनोरंजन र कलाकार हरुको आफ्नो नया प्रतिभा प्रस्तुत गर्ने जमर्को गरेका छौ .
हामीले नया प्रतिभा र नया कलाकारहरुलाई अवसर दिनु पर्छ भनेर नै नया कलाकारहरूप्रति जोड दिएका छौ हजुरहरुले हाम्रो मूल्यांकनलाई अबस्यनै मनन गर्नु हुनेछ भन्ने मा हामि आसाबादी छौ .।
सो कार्यक्रम मा खगेन्द्र थापा मगर सहित अन्य ५ जना कलाकार हरुको बेजोड प्रस्तुति रहने छ.। पप तथा आधुनिक गायक शिब परियार ,लोक आधुनिक र रिमिक्स गीतमा अत्यन्तै चर्चाको शिखरमा रहेकी गायिका अन्जना गुरुङ चर्चित नृत्यकार , मोडेल तथा नायिका गरिमा पन्त ,नेपालि हास्य जगतमा अत्यन्तै दरिली र सबैको मन मा बस्न सफल (हास्यकार तथा उद्घोषिका ) दिपा श्री निरौला अनि चर्चित लोक दोहोरि गायिका कृष्ण परियारको साथमा स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ कोरियाको महान् पर्व सलनालको पहिलो दिन अर्थात २०११ फेब्रुअरी २ तारिख बुधबारको दिन आयोजना गरिने उक्त सांगितिक सौगात आयोजना गर्नुको मूल उद्देश्य म्याग्दी जिल्लाको एक मात्र म्याग्दी अस्पतालमा अति आबश्यक आकष्मिक कक्ष (ईमर्जन्सी भवन ) निर्माण गर्नु रहेको छ ।.
हामीले यो कार्यक्रम गर्नु रहर होइन बाध्यता हो किननी हामीले म्याग्दी जिल्ला अस्पतालमा बचन गरिसकेका छौ आकस्मिक भबन निर्माण गरिदिन्छौ भनेर सो भबन सो म्याग्दी जिल्ला अस्पताललाई अतिनै आबस्यक रहेको पनि छ.हाम्रो यो कार्यक्रमको पूर्व सन्ध्यामा हामीले सो भबन बनाउनु पर्छ सो आकस्मिक भबन जिल्ला अस्पताललाई आबस्यक छ भनेर सल्लाह दिनु हुने भू. पु . अध्यक्ष बिरु रोका ज्यु लाइ गुमाउनु परेको छ.यस्तो अबस्थामा पनि हामीलाई यो कार्यक्रम नगरी नहुने भएको छ . किनकि यदि हामीले बिरु रोका ज्यु को सपनालाई साकार पर्न सकेनौ भने उहाको आत्माले हामीलाई कहिल्यै पनि माफि गर्ने छैन .तसर्थ मेरो ब्लग तथा फेसबुक मा पाल्नु हुने सबै र बिशेस गरि नेपाल जन्मथलो भै कोरियामा कर्मथलो बनाउदै आउनुभएका सम्पूर्ण नेपालि दाजु भाइ दिदि बहिनि साथि भाइ इस्टमित्र हरुमा म म्याग्दी समाज समिति दक्षिण कोरिया को सहसचिब को नाताले मेरो व्यक्तिगत तथा सिङ्गो समाजको तर्फ बाट यहाहरु समक्ष सहयोगको लागि अनुरोध गर्दछु. हरुरको सानो सहयोगले गरिब जनता हरुको भलो हाम्रो लक्ष अनि मृत आत्माको शान्ति हुनेछ. सो कार्यक्रम बाट हजुरले सेवा मात्र होइन भरपुर मनोरंजन पनि लिन सक्नुहुनेछ ।
कलाकारहरुको विवरण यस यस प्रकार छ -:
१) खगेन्द्र थापा मगर
२) दिपा श्री निरौला
३) अन्जना गुरुङ
४) गरिमा पन्त
५ ) शिब परियार
६) कृष्ण परियार



























.jpg)
Comments :
0 comments to “विश्वको नजर ,खगेन्द्र थापा मगर ( हजुरहरुकै अगाडी हेर्ने होइनत फेब्रुअरी २ तारिखमा )”
Post a Comment