wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket
Showing posts with label धौलागिरी अखबार सेरोफेरो. Show all posts
Showing posts with label धौलागिरी अखबार सेरोफेरो. Show all posts

July 23, 2011

कालीगण्डकी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् ।

DSC00897beगलेश्वरबाट म्याग्दी सदरमुकामतर्फ आइरहेको ग १ ज १२३९ नम्बरको ट्याक्सी नदीमा खस्दा एकै परिवारका ४ जनासहित सवै आठ यात्रु बेपत्ता भएका छन् । 

चालक गलेश्वरका बेदप्रसाद सुवेदी र यात्रु ट्रयाक्सी सहित कालिगण्डकी नदीमा खसेको हो ।बेनी नगरपालिमा पर्ने घटान गलेश्वरको डाडाँबाट खसेको ट्याक्सी करिव डेढ किलोमिटर तल जलेश्वरमा नदीमा ढुङ्गामा अड्कीएको छ ।
नदीमा रहेको ट्याक्सी बाहिर निकाल्ने प्रयास भइरहेको भएपनि समस्या भइरहेको छ । घटनास्थलमा प्रहरी, सेना, नेपाल रेडक्रस सोसाइटीका साथै र्सवसाधरण परिचालन गरिएको छ । नदीमा पानीको बाहव उच्च भएकाले ट्याक्सीलाई बाहिर निकाल्न समस्या भएको छ ।

April 8, 2011

स्वामी राजा परदेशै जानाले, घर बिग्रियो मोबाईल फोनले… … … !


म्याग्दी ज्यामरुककोट माइतीघर भएकी विमला शर्मा १२ वर्ष पहिला बागलुङ मालिका-७ का रामजी शर्मासँग वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् । तर मोवाइलकै कारण उनको घरबार बिग्रियो । वैवाहिक जीवन सुरु गरेपछि दुई बच्चासहित श्रीमती पाल्न बिमलाका पति रामजी मलेसिया गएका थिए । मलेसिया गएपछि रामजीले कमाएको धनबाट घरखर्ची चलाउँदै बागलुङ बजारमा घडेरी किने । पतिको कमाइबाट विमलाले आफ्नै नाममा घडेरीसमेत पास गरिन् ।पतिकै कमाइबाट शहरमुखी र सुविधाभोगी बन्दै गएकी विमलाले श्रीमान्को कमाइबाटै मोवाइल फोन किनिन् । त्यही मोवाइल फोन रामजी र विमलाको घरबारै बिगार्ने कडी बन्यो ।श्रीमान् विदेश भएको समयमा पर्वत धाइरिङ गाविसको एक केटासँग मोवाइल सम्पर्क गरेकी विमलाको फोन संवाद अनैतिक सम्बन्धमा परिणत भयो । श्रीमान्को कमाइ केटालाई समेत बाँड्न थालेकी उनले आफ्ना माइती घरका दाजुभाइ सबै भुलेर मोवाइलले भेटाएको केटालाई विश्वास गरिन् ।बिरामी भएर पोखरा जाँदा पनि त्यही केटा उनको साथी बन्यो ।

April 7, 2011

‘इको-पदमार्ग’ भनेर चिनिने म्याग्दीको ‘नागी-नारच्याङ’ पदमार्गमा पर्यटकको चहलपहल उत्साहजनक

पर्यटन दिवसको अवसरमा सरकारले गत कात्तिक महिनामा घोषणा गरेको ‘नागी-नाच्र्याङ’ पदमार्ग उद्घाटन नहुदै पर्यटकको उत्साहजनक चहलपहल सुरु भएको छ । आन्तरिक व्यवस्थापन उचित प्रचार-प्रसार र आकर्षक गन्तव्यका कारण छोटो समयमै पर्यटकको आगमन सुरु भएको हो ।पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले पर्यटन मन्त्रालयले यो सँगै सिन्धुपाल्चोकको पाँचपोखरी-भैरबकुण्ड र बागलुङको ढोरपाटन पदमार्ग पनि खुल्ला गरेको थियो । लामो र छोटो दुईवटा रुट प्रयोग गर्न सकिने ुनागी-नाच्र्याङु पदमार्गलाई स्थानीयबासिन्दाले पर्वत म्याग्दी इको पदमार्ग भनेर बुझ्ने गरेका छन् । ६० किलोमिटर लामो पदमार्गले पर्वतको दुई र म्याग्दीको सात गाविसलाई समेटेको छ ।म्याग्दीको पिप्ले-१ घुमाउने तालबाट सुरु हुने पर्वत बाँसखर्क डाडाँकटेरी-नागी-महरेडाँडा-डाडाँखर्क-हिस्तान-घराम्दी-खिवाङ-ख्रोपा-नारच्याङबेशी हुदै भुरुङतातोपानी आईपुग्न ९ दिन लाग्छ ।

April 5, 2011

भन्छन स्वर्ग मरेपछि देखिन्छरे तर हाम्रा लागि यहि धौलागिरि महोत्सव जिउदै स्वर्ग


क्या राम्रो ताकम गाउ 

पर्यटन बर्ष२०११ को अवसरमा म्याग्दीको ताकममा आगामी बैशाख २१ देखि २५ गतेसम्म  पहिलो धौलागिरि महोत्सव हुने भएको छ । यसको तयारीमा अहिले ताकम गाबिसका ९ वटै वडा का स्थानीय हरु लागि परेका छन्  लगभग तयारि अन्तिम चरणमा रहेको आयोजकले समितिले जानकारी दिएको छ हुन् त पर्यटन बर्षमा महोत्सब हुनु कुनै नौलो कुरा होइन तर पनि यस अर्थमा यो धौलागिरि ताकम महोत्सब नौलो छ कि यस महोत्सबमा ताकम गाबिसका ९ वटै वडा बाट नया प्रतिभा हरु को जन्म गराएर यसबाट नेपाल लगायत धौलागीरिलाई बिस्वमै चिनाउने प्रयत्न समेत भैरहेको छ यसको लागि सो क्षत्र वरिपरी फिल्म शुतिंग समेत भैरहेको छ भने नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक हरुबाट ताकम गाबिसका ९ वटै वडाका बिद्यार्थीहरुलाई आधुनीक तथा पुरानो नृत्य तालिम समेत दिई रहेको छ सबै बिध्यार्थीहरुले प्रति व्यक्ति रु २०० मा नृत्य तालिम समेत लिइरहेको सो प्रचार प्रसार समितिले जनाएको छ । 

March 23, 2011

बावियाचौर चोरीरीकाण्डः अभियुक्तले बयान फेरे

फागुन ३ गते बाबियाचौर खुम्ल्याहमा भएको चोरी घटनाका अभियुक्त कमल किसानले प्रहरीले यातना र दवावमा माओबादीका सचिव लालु किसान सहित माओबादीको नाम लिएको बताएका छन् ।सोमबार जिल्ला अदालतमा बयान दिने क्रममा किसानले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार र राजनितिक दलका प्रतिनिधीसँग दिएको बयान फेरेका हुन् । किसानले अदालतसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी लालु किसानको भने संलग्नता नरहेको बयान दिएका हुन् । उनले यस अघि प्रहरीको रोहवरमा पत्रकार र राजनितिक दलका प्रतिनिधी समक्ष चोरी गरेको सामान माओवादी सेक्रेटरी किसानलाई बुझाएको बयान दिएका थिए । प्रहरीले यातना दिएर लालु किसानको घटनामा संलग्नता रहेको बताउन दवाव दिएको उनले बयानका क्रममा बताएका छन् । पिडित नरबहादुर गुरुङको घरबाट आफूले ३६ हजार रुपैया नगद चोरी गरेको र

March 17, 2011

हावाहुरीले म्याग्दीका आठ विद्यालयमा क्षति


सोमबार रातीदेखि चलेको हावाह’री मंगलबार दिउँसोसम्म नरोकिएर व्यापक रुप लिँदै गएपछि दिउँसोसम्म म्याग्दीका आठ विद्यालयका भवनसहित छाना उडाएको छ ।गाउँगाउँमा रहेका विद्यालयका छाना उडाउँदा ति विद्यालयको लाखौं रुपैयाँ म’ल्य बराबरको भौतिक सम्पती नस्ट ह’न’का साथै विद्यालयले सञ्चालन गरेको वाषिर्क परिक्षा समेत स्थगित भएको छ ।सोमबार रातीदेखि निरन्तर चलेको ह’रीले रातभरमा गाउँभरि सामान्य क्षती पुर्‍याएको र मंगलबार दिउँसो परिक्षा चलिरहेका बेला विद्यालयको चारकोठे भवनको छानोसहित पर्खालसमेत भत्काएपछि विद्यार्थीहरूको वाषिर्क परिक्षा स्थगित गरिएको सिद्धशान्ती मावि का का प्रधान अध्यापक ह’मनाथ पाण्डेले बताए ।त्यस्तै मंगलबार नै चलेको हावाह’रीका कारण जिल्लाको पाखापानी गाविसमा रहेको अमर मावि, सोहि गाविको कोटगाउँमा रहेको जनआदर्स प्रावि, नारच्याङको प्रभा मावि, चिमखोलाको अमर मावि, दानामा रहेको सरस्वती प्रावि, झिँ गाविसको महेन्द्र मावि र ज्ञानप्रकास मावि दानाको छाना समेत हावाह’रीले उडाइदिएको छ ।

March 12, 2011

म्याग्दी लगायत धौलागिरीमा भुकम्प धक्का

जापानको मियागो शहरमा हिजो ८..९ रेक्टरस्केलको भूकम्प जाँदा सयौंले ज्यान र हजारौं बेपत्ता भइरहेको अवस्थामा पहाडी जिल्ला म्याग्दीमा पनि भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार राति ११ बजे र शनिबार बिहान ५ बजेर ७ मिनेट र बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्काको महशुस गरिएको अर्थुङ्गेका ठाकुर आर्चायले बताए । भूकम्पको धक्का महशुस गरिएको भएपनि कुनैपनि क्षती भने हुन पाएको छैन् । यसैविच शुक्रबार राति १० बजेर ३३ मिनेट जाँदा गुल्मी, पर्वत र बाग्लुङ्गको सीमा क्षेत्रमा केन्द्र बिन्दु रहेको ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

March 4, 2011

पर्वत महोत्सवमा २० प्रतिशत स्टल खालि


धौलागिरी अञ्चलको पर्यटन, लघु उद्यम र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तेस्रो पर्वत महोत्सवम राखिएका २० प्रतिशत स्टल खाली रहेका छन् ।महोत्सवमा निर्माण गरीएका कुल १ सय २५ मध्ये २५ वटा स्टल खाली रहेका हुन । शुरुमा विभिन्न क्षेत्रका व्यावासायी, उद्यमी तथा कृषकले आ-आफ्ना बस्तु तथा सामान विक्रिका लागि बुकिङ्ग गरेपनि पछि नआएका हुन् । उत्पादक, कृषक तथा व्यावसायीहरुले न्युनतम तीन हजारदेखि १५ हजारसम्ममा स्टल बुक गराएका हुन् । खाली रहेका स्टलहरु बुक गर्ने संस्था वा व्यावसायीले पनि अग्रिम भुक्तानी दिइसकेको तर सामानहरु किन नराखेको भन्ने जानाकारी प्राप्त नभएको महोत्सवका मुख्य संयोजक होमनारायण श्रेष्ठले बताए ।

चोरीमा माओबादीका जिल्ला स्तरका नेता रहेको आरोपको खण्डन


केहि दिन अगाडी म्याग्दीको बाबियाचौर गाविसमा भएको चोरीमा संलग्न भएको आरोप लागेका व्यक्तिले एकिकृत नेकपा माओबादीका जिल्लास्थीत एक नेतालाई लगाएको आरोपको उक्त पार्टर्ीी खण्डन गरेको छ ।
फागुन ३ गते बाबियाचौर गाविसको वडा नंवर ३ निबासी नरबहादुर गुरुङको घरबाट साढे दुइलाख नगद र छ तोला सुन चोरेको आरोपमा स्थानीय कमल किसानलाई प्रहरीले पक्राउ गरेको थियो ।फागुन ८ गते एकिकृत माओबादीको पार्ट र्यालयबाट पक्राउ परेका किसानले आँफुले उक्त पार्ट जिल्ला सचिव लालु किसानको अनुरोधमा चोरी गरेको र उक्त नगद तथा जिन्सी सम्पर्ुण्ा एकिकृत माओबादीको पार्टर्ीर्यालयमै बुझाएको बयान दिएको प्रहरीले दाबी गरेको छ ।

March 2, 2011

आज महाशिवरात्रि पर्ब धुमधामका साथ मनाइदै


महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको घतान गाविसमा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा श्रद्धाभक्तिपूवर्क पूजा आराधना गर्नेको बुधबार विहान देखिनै भिड लागेको छ ।हिन्दु धर्मालम्बीहरुले मनाउने ४ प्रमुख रातहरू मध्ये महत्वपुर्ण रातको रुपमा चिनिने महाशिवरात्रिको अवसरमा गलेश्वर मन्दिरमा जिल्लाका विभिन्न भागका साथै बाग्लुङर्,पर्वत,कास्की,गुल्मी,पाल्पा,बुटवल लगायतका क्षेत्रबाट पुजाआजा गर्न करिव १६ हजार भन्दा बढि भक्तजनहरू आएको कोषले जनाएको छ ।

ग्रामिण खानेपानी र साना सिँचाईको ७३ लाख ५० हजार बजेट बजेट बाँडफाड


जिल्ला विकास समिति म्याग्दी मा मंगलबार बसेको र्सवदलीय संयन्त्रको बैठकले चालु आर्थिक वर्षा प्राप्त विभिन्न शिर्षका बजेट बाँडफाँड र नयाँ योजनाका लागि बजेट माग गरेको छ । बैठकले चालु आर्थिक वर्षा प्राप्त बाँडफाँड हुन बाँकी ग्रामिण खानेपानी र साना सिँचाई आयोजना शिर्षको ७३ लाख ५० हजार रुपैया बजेट विभिन्न योजनाका लागि बिनियोजन गरेको हो ।ग्रामिण खानेपानी शिर्ष अन्तरगत चालु आर्थिक वर्षो ४३ लाख ५० हजार रुपैया मध्ये स्वास्थ्य र सरसफाईका लागि ९ लाख, र्सर्वेक्षणका लागि दर्ुइ लाख, संयुक्त क्षेत्र सहयोगका लागि तीन लाख र मर्मतका लागि ६ लाख ५० हजार बिनियोजन गर्ने निर्ण्र्ााभएको छ ।
जस अनुसार अर्थुङ्गेको एकपाटे, गलेश्वर लगायत तीन ठाउँमा योजना निर्माण हुनेछ । यसैगरी बाबियाचौरको सेरा, सिम र बजार क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरिने खानेपानी योजनाका लागी १२ लाख ५० हजारका साथै बिम र ताकम गाविसमा खानेपानीका लागि पाँच लाख ५० हजार रुपैयाका दरले बिनियोजन गरिएको निमित्त स्थानीय विकास अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो ।

March 1, 2011

बागलुङ मा जीप दुर्घटना ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु


आईतबार राति बागलुङ पाण्डवखानी गाविसबाट हटिया आउदै गरेको ना १ ज १२८६ नंको जीप राति ९ ३० बजेको समयमा मल्म गाविसको वडां नं ९ को चितथानबाट करिब २०० मिटर तल खोलामा खसेर दुर्घटना हुंदा ५ जना यात्रुको घट्नास्थलमा नै मृत्यु भएको छ भने अन्य ५ जना घाईतको अवस्था गंभीर रहेको छ ।गल्कोट हटिया स्थित गल्कोट उमाबिको बार्षिकोत्सवमा आयोजना गरिएको बास्केटबल प्रतियोगितामा भाग लिन पाण्डवखानीबाट आउदै गरेका खेलाडीहरु सो दुर्घटनामा परेका हुन् ।
मृत्यु हुनेहरुमा पाण्डवखानी ६ का वर्ष ४४ का हर्क बहादुर पुन २५ वर्षीय श्याम काउचा मगर, २३ वर्षीय दिनेश श्रीष, २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन रहेको बताईएको छ ।

February 23, 2011

कालीगण्डकीले बगाएर बेपत्ता भएका बालकको क्षतिपूर्ती ११ लाख ! कति जायज ?

बागलुङ फागुन ९ । गत माघ २९ गते कालीगण्डकी नदीमा नुहाउन गएका ट्वीङकल होस्टेलमा बसेर पढ्ने विद्यार्थी सुनिल गैरे अझैसम्म फेला पर्न सकेका छैनन । टवीङ्कल होस्टेलले युएस एक्याडेमी कक्षा ६मा पढ्ने नरेठाँटी-३ का सुनिल गैरे फेला नपरेपछि मोटो रकम तिर्ने आईतवार सहमति जनाएको छ ।
होस्टेलले राहत स्वरुप आठ लाख रुपैयाँ नगद बालकले होस्टेलमा तिर्न बाँकी रहेको ७० हजार रुपैयाँ मिनाहा गर्ने र बालकको खोजी कार्यमा लागेको करिव दुई लाख रुपैयाँ तिर्ने सहमति जनाएको बेपत्ता बालकका आफन्त अनिल गैरेले बताएका छन् ।रकमबाट बच्चाको स्मृती कोष बनाउने र सोही रकम बाट वेपत्ता बालकका एक मात्र दाजुलाई दश दुई जोडसम्म अध्ययनकोलागि व्यवस्था मिलाउने सहमति भएको पनि जनाईएको छ ।

जिल्ला स्तरीय भलिबलको उपाधि घतान र नारच्याङको हातमा


नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको आयोजनामा शनिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा साचालन भएको जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
मंगलबार बेनीको खुल्ला माचमा भएको फाइनल खेलमा पुरुष तर्फ घतान गाविस प्रथमबावियाचौर गाविस द्धितिय र नारच्याङ गाविस तृतिय भएका छन् ।त्यस्तै महिला तर्फ नारच्याङ गाविस प्रथम िसंङ्गा गाविस द्धितिय र बरंजा गाविस तृतिय भएको युवा संघ नेपाल नगर कमिटी संयोजक नारायण बरालले जानकारी दिनुभयो ।

February 17, 2011

पर्यटकलाई गाईड गर्न ११ जिल्लाका ६० जनालाई टेर्किङ तालिम


विदेशी पर्यटकलाई गाइड गर्न पद पर्दशन गर्ने प्रयाप्त दक्ष जनशक्ति नभएपछि ट्रेकिङ तालिम सम्पन्न भएको छ ।ट्रेकिङ एसोसिएसन अफ -टान) र लघु उद्यम विकास कार्यक्रमको आयोजनामा म्याग्दीको बेनीमा दुइ हप्ता देखि गरिएको तालिमा मंगलबार सम्पन्न भएको हो ।तालिममा पश्चिमाञ्चलका चितवन, नवलपरासी, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, लमजुङ, कास्की, सोलुखुम्वु लगायत ११ जिल्लाका करिव ६० जनाको सहभागिता रहेको थियो ।तीन हप्तासम्म सञ्चालन हुने तालिममा ट्रेकिङ रुटमा पर्ने संस्कृती, भुगोल, नक्सा , पर्यटन, संरक्षण, माउन्टेनिक, हाईजेनिक, हावापानी लगायतको बारेमा प्रशिक्षण दिइएको थियो ।र् पर्यटन प्रवर्द्धन गर्नकोलागि प्रयाप्त पथ पर्दशक नभएकोले तालिम सञ्चालन गरेको नेपाल एकेडेमिक तथा होटल मेनेजमेन्टका कार्यकारी निर्देशक प्रदिप कोइरालाले बताउनुभयो ।

February 14, 2011

म्याग्दी समाजले जुन ५ तारिख आईतबार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । आज बसेको कार्य समितिको बैठकले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने निर्णय गरेको हो । प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने स्थानको निश्चित भई नसकेको भएता पनि एक दुई हप्ता भित्र नै हलको निश्चित हुन सक्ने कुरा   म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ ।

December 25, 2010

फेरी हुने भयो म्याग्दीमा सडक खाना महोत्सब


गत बर्षको खाना महोत्सवको निरन्तर स्वरुप आगामी पौष २९ देखि माघ तिन गते सम्म म्याग्दीमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।बुधबार उद्योग वाणिज्य संघ म्याग्दीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानिय उत्पादनको प्रचारप्रसारका साथै पर्यटन बर्ष २०११मा जिल्लाका विभिन्न क्षेत्रमा पर्यटकहरुलाई पुर् याउन खाना महोत्सवलाई निरन्तरता दिइएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिकी अध्यक्ष ताराकुमारी भण्डारीले बताउनुभयो ।खाना महोत्सवमा म्याग्दीमा उत्पादन हुने विभिन्न बस्तुका साथै छन्त्यालनेवारी र गुरुङ खानाका परिकारका साथै मुस्ताङी बिशेषता बोकेका स्याउ र याकको सुकुटीसहित छन्त्याल र गुरुङको जातिय खानालाई समेत प्राथामिकता दिने जनाएको छ ।

June 7, 2010

रु ५० हजारको बिटो म्याग्दी समाज समितिका उपाध्यक्ष नारायण बरुवाल लाइ

म्याग्दी रनिंग कप २०१० को आयोजना संगै म्याग्दी जिल्ला अस्पताल सहयोगार्थ खोलिएको नेपाली रु ५० हजार प्रथम पुरस्कार रहेको सो भाग्यशाली चिठा उपहार कार्यक्रममा ५० हजारको बिटो  चुम्न म्याग्दी समाज समितिका  उपाध्यक्ष श्री नारायण बरुवाल  सफल हुनु भएको छ ( चिठा न. ००१६०४) तेसै गरि  , दोश्रो पुरस्कार  सनम पुन  ( चिठा न. ०००३८०) तेस्रो पुरस्कार रोजिना तामांग ( चिठा न. ००१८७५) लाइ परेको छ भने सान्त्वना क्रमस अनिल के.सी. ( चिठ न. ००११८४) जन कल्याण मा.बि. पुलाचौर ( चिठा न. ००१८६८) र हरि बनिया  ( चिठा न. ०००७८१) परेको छ यदि तपाइँ हरु कसैलाई पुरस्कार परेको छ भने टिकटको अर्ध कट्टी लिएर पुरस्कार लिनको लागि म्याग्दी समाज समितिले अनुरोध गरेको छ सो भाग्यशाली चिठा सबै भन्दा बढी १०० ओटा  चिठा कटाउन म्याग्देली चेली  चिना पुन सफल भएकी थिइन् 

म्याग्दी रनिंग कप २०१० बाग्लुंग सम्पर्क समितिले चुम्यो

मिति २०१० जुन ६ मा सौल स्थित माओल्साको सिन होंग युनिभर्सिटी हलमा म्याग्दी समाज समिति कोरियाको आयोजनामा  सम्पन्न अन्तिम चरणको खेलमा म्याग्दी समाज कोरिया लाइ सोझो सेट मा हराउदै बाग्लुंग सम्पर्क समिति कोरियाले म्याग्दी रनिंग कप २०१० चुम्न सफल भएको छ  प्रतियोगितामा बाग्लुंग ले रुपन्देही सम्पर्क समिति र नेपाल मगर संघ  लाइ पछि पार्दै अन्तिम चरणको फाइनल खेलमा प्रवेश गरेको थियो भने म्याग्दी समाज ले स्यांजा परिवार ए लाइ पछि पार्दै अन्तिम चरणको  फाईनलमा बाग्लुंग संग भिड्न पुगेको थियो त्यस्तै सो प्रतियोगितामा क्रमस  म्याग्दी सम्पर्क समिति  दोश्रो र नेपाल मघर संघ तेस्रो स्थान हासिल गरेका छन्

June 1, 2010

म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा

म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार अर्थात जुन ६ तारिख आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको तयारी प्राय: पूरा भएको छ । उक्त दिन हुने आयोजनामा कोरियामा कृयाशिल संघ संस्थाहरुका ११ टीम बिच दरिलो प्रतिस्प्रर्धा हुने निश्चित भएको छ भने आयोजना संग सम्बन्धित सम्पूर्ण अत्याबशेक  सामग्रीहरुको जोहो भई सकेको छ ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger