गत बर्षको खाना महोत्सवको निरन्तर स्वरुप आगामी पौष २९ देखि माघ तिन गते सम्म म्याग्दीमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ ।बुधबार उद्योग वाणिज्य संघ म्याग्दीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानिय उत्पादनको प्रचारप्रसारका साथै पर्यटन बर्ष २०११मा जिल्लाका विभिन्न क्षेत्रमा पर्यटकहरुलाई पुर् याउन खाना महोत्सवलाई निरन्तरता दिइएको आयोजक म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिकी अध्यक्ष ताराकुमारी भण्डारीले बताउनुभयो ।खाना महोत्सवमा म्याग्दीमा उत्पादन हुने विभिन्न बस्तुका साथै छन्त्यालनेवारी र गुरुङ खानाका परिकारका साथै मुस्ताङी बिशेषता बोकेका स्याउ र याकको सुकुटीसहित छन्त्याल र गुरुङको जातिय खानालाई समेत प्राथामिकता दिने जनाएको छ ।
महोत्सबको उद्देश्य जैबिक खानाको प्रचार आन्तरिक पर्यटन र स्थानिय ब्यापारको प्रबद्र्धन गर्नु रहेको बताइएको छ । महोत्सव बेनीबजारको हुलाक चोक देखि विरेन्द्रचोक सम्म सचालन गरिने महोत्सबमा आधुनिक स्वेदेशी तथा बिदेशी खाना पनि प्रदर्शनीमा राखिने प्रचारप्रसार संयोजक सुनिता केसीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल उद्योग बाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठ म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी प्रथम उपाध्यक्ष बिजयकुमार श्रेष्ठ दितिय उपाध्यक्ष कुबिरकुमार श्रेष्ठ महिला उद्यम विकास समितिका पदाधिकारीका साथै जिल्लामा कृयासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।राष्ट्रिय कलाकारका साथै स्थानिय सांगीतिक समूहहरुले सांस्कृतिक कार्यक्रमका प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । आयोजकले महोत्सबमा १ लाख पर्यटक भित्र्याउने र ५० लाख कारोबार गर्ने लक्ष्य लिएका छन् ।महोत्सबको उद्देश्य जैबिक खानाको प्रचार आन्तरिक पर्यटन र स्थानिय ब्यापारको प्रबद्र्धन गर्नु रहेको बताइएको छ । महोत्सव बेनीबजारको हुलाक चोक देखि विरेन्द्रचोक सम्म सचालन गरिने महोत्सबमा आधुनिक स्वेदेशी तथा बिदेशी खाना पनि प्रदर्शनीमा राखिने प्रचारप्रसार संयोजक सुनिता केसीले जानकारी दिनुभयो ।





















.jpg)
Comments :
0 comments to “फेरी हुने भयो म्याग्दीमा सडक खाना महोत्सब”
Post a Comment