wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket
Showing posts with label रोचक जानकारी. Show all posts
Showing posts with label रोचक जानकारी. Show all posts

July 25, 2011

मलाई डीभी परेछ !~~~~~~~~~~~~~~~~~हुर्रे ~~~~~~~~~


अमेरिकी विदेश मन्त्रालयकै ठेगानाजस्तो बनाएर भाषासमेत आकर्षक बनाई यस्ता इमेल आउने गरेका छन् । नबुझी पैसा तिर्दा धेरै ठगिएका पनि छन् ।
श्री बाबुराम शर्मा 
डाइभर्सिटी भिसा (डीभी) प्रोग्रामका १ करोड २१ लाख निवेदकमध्ये कम्प्युटर र्‍यान्डम ड्रबाट छानिएका ५० हजार विजेतामा तपाईं पनि पर्नुभएको छ । डीभी अमेरिकी कंग्रेसद्वारा स्विकृतप्राप्त स्थायी आवास कार्ड उपलब्ध गराउने चिट्ठा कार्यक्रम हो । यसलाई ग्रिन कार्ड लोटरी पनि भनिन्छ ।
विजेताको विवरण
स्वीकृत मिति: बुधबार, २० जुलाई, २०११, अपराह्न ०१:४८:१४
विजेता: बाबुराम शर्मा 
देश: नेपाल
डीभीबारे जानकारी
डीभीबाट तपाईंले स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरजस्ता अमेरिकी स्थायी आवासका सम्पूर्ण सुविधा र फाइदा पाउनु हुनेछ । एकपटक यो पाएपछि तपाईं जहिले सुकै अमेरिका आउन वा यात्रा गर्न सक्नु हुनेछ । यो भिसालाई १० वर्षमा नवीकरण गर्नुपर्नेछ ।
अमेरिकी सरकारले तपाईंलाई स्वास्थ्य बीमा, आवास सुविधा, कामको ग्यारेन्टी (तपाईंको दक्षता मिल्दो ता कि अमेरिका आएको साता नै काम सुरु गर्न सक्नुहोस्) र शिक्षाको व्यवस्था मिलाउने छ । अमेरिकी कलेज वा विश्वविद्यालयमा स्थानान्तरणसमेत हुनेछ र तपाईंले पढाइलाई निरन्तरता दिन सक्नुहुनेछ । यसबारे थप जानकारीका लागि हेर्नुस्- एजुकेशनयुएसए डट स्टेट डट जीओभी
प्रोसेसिङ फी : ८१९ अमेरिकी डलर

July 14, 2011

सम्झनामा भानुभक्त "भानुभक्त आचार्य कसरि आदि कबि भए"

मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि' चलेन । १९९७ सालमा जुद्धशमशेर राणाले 'भानुभक्तलाई आदिकवि भने पनि हुन्छ' भन्ने हुकुम दिएपछि मात्र तमामको जीव्रोमा भानुभक्त आदिकवि हुन थाले ।अनि सूर्ययविक्रम ज्ञवालीले भानुभक्तबारे मोतीराम भट्टले पूरा गर्न नसकेका प्रायः धेरै काम गरे । साथै बाबुराम आचार्यले पनि भानुभक्तबारे लेखे । अनि भानुभक्तको व्यक्तित्वको परिमार्जन गर्ने काममा ब्रह्ममशमशेर, बालकृष्ण सम, शम्भुप्रसाद ढुङ्ग्याल, विष्णुमायादेवी, धरणीधर कोइराला, पारसमणि प्रधान, भाइचन्द्र प्रधान, हृदयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, नरनाथ आचार्य, मुक्तिनाथ आचार्य, व्रतराज आचार्य, गिरिराज आचार्य, नारायणदत्त शास्त्री, बालचन्द्र शर्मा, श्रीभद्र शर्मा, जुननाथ शर्मा, सुमन ढकाल, चन्द्रेश्वर दुवेआदि लागे ।उनीहरूले भानुभक्त आचार्यका गाथामा सिङ्गासिङ्गै किताब लेखे । भवानी घिमिरेले पनि उनका बारे बृहत् विशेषाङ्क निकाले । यादव खरेलले पनि भानुभक्तको जीवनीमा आधारित कथानक चलचित्र बनाए । म्युजिक नेपालले रामायणका सातकाण्डकै गीतिसीडी प्रकाशमा ल्यायो । जगदीशशमशेर राणाजस्ता नेपाली साहित्यका महारथीहरू पनि भानुभक्तको सम्पूर्ण कीर्ति फैलाउन मन, वचन र कर्मले समर्पित भए । त्यसपछि भानुभक्त झनै चहकिलो रूपमा प्रस्तुत भए ।मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् ।

March 20, 2011

स्विमिङ खेल्दा केटी गर्भवति


एक जवान युवती गर्भवती हुन के हुनु वा गर्नुपर्छ भन्ने तपाईहामी अधिकांशलाई थाहा भएकै कुरा हो । प्राकृतिक यौनसम्पर्कबाट गर्भवती नभएकाहरु आजभोली टेष्टट्युव बेवी पनि जन्माउन थालेका छन् ।तर पोल्याण्डकी एक युवती भने तारे होटलमा स्वीमिङ खेल्दा गर्भवती भएकी छन, कुनै पुरुषसंगको संसर्गबिनै ।फुर्सदको समयमा इजिप्ट घुम्न आएकी पोल्याण्डकी माग्डालेना क्विटकोस्का नाम गरेकी १३ वषिर्य युवती एक स्विमिङ पुलमा पौडी खेलेपछि गर्भवती भएको उनकी आमाले दावी गरेकी छन् ।आफ्नी आमासँग इजिप्ट घुम्न आएकी क्विटकोस्का स्विमिङ पुलमा तैरिएर रहेको पुरुषको विर्यका कारण गर्भबती भएको बुझिएको छ । कुनचाहिं पुरुषले पाँच तारे होटलको पौडी पोखरीमा बिर्य छाडे भन्ने खुलेको छैन् । होटेलको नाम पनि खुलाइएको छैन । केहि दिनको घुमघामपछि घर फर्किएकी क्विटकोस्का अब चाँडै आमा बन्ने भएकी छिन् ।

July 27, 2010

आज ६१ औं ‘हलोक्रान्ति’ दिवस

११ साउन, । आज ६१ औं ‘हलोक्रान्ति दिवस’ । देशमा प्रजातन्त्रको उदय हुनु अघि वि.सं. २००६ साल साउन ११ गते लम्जुङको दुराडाँडा गाविस-६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामूहिकरुपमा हलो जोतेका थिए ।राणा सरकारको तानाशाही संस्कारसँगै मौलाएको ब्राहृमणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रेयाकान्त अधिकारी, मायाकान्त पौडेल लगायत २७ जनाले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।राणा शासनको विरोध गरेर हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेलसमेत चलान गरेको थियो ।

June 18, 2010

नेपाली संगीतको जगेर्नामा ‘सेलरोटी डटकम’


नेपाली संगीतको अन्तर्राष्ट्रिय स्तरमा जर्गेना गर्ने योजनासहित डीजीटेन्मेन्ट कम्पनीले  सेलरोटी डटकम सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपाली गीतको सीआरबीटीलाई भारतका ८ वटा दूरसञ्चार कम्पनीमार्फत डाउनलोड गर्ने व्यवस्था मिलाएको जनाएको छ ।कम्पनीका प्रबन्धक निरञ्जन रेग्मीले वेबसाइटमा पूर्ण सांगीतिक सामग्रीका बारेमा जानकारी राखिएको बताए । कम्पनीले नेपाली डायस्पोरामा ठूलो जमात रहेकाले उनीहरूको पहुँचका लागि सांगीतिक साइट सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले भारतका टाटा, एयरटेल, रिलायन्ससहित आठवटा कम्पनीका फोन प्रयोगकर्ताले नेपाली सीआरबीटी डाउनलोड गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यसबाट प्राप्त हुने रोयल्टी सम्बन्धित कम्पनी र गायक–गायिकालाई उपलब्ध गराइने रेग्मीले जानकारी दिए । कम्पनीले अब छिट्टै युरोप, अमेरिका, मलेसिया, सिंगापुरलगायतका देशका दूरसञ्चार कम्पनीमार्फत त्यस किसिमको व्यवस्था मिलाउने जनाएको छ, साथै ‘आईट्युन्स’ अनलाइन सेवामा समेत नेपाली संगीत संग्रहित गरेर वैधानिक रूपमा नै गीत डाउनलोड गर्न सक्ने व्यवस्था मिलाएको छ ।

May 26, 2010

मेरो बेहोसी पर्दा भयो

नाम त अर्कै हो तर मैले यहाँ उनलाई रवि भनेर चिनाएकी छु  । त्यो दिन हामी एउटा पार्टीमा थियौं । थरीथरीका पेय पदार्थले पार्टीको रौनक बढाएको थियो । मेरो ध्यान रविको क्रियाकलापमा केन्दि्रत भयो । ऊ मतिर पीठ फर्काएर बसेको थियो । ऊ धमाधम वाइनका गिलास रित्याउँदै थियो । रक्सीको गफ चर्कै हुन्छ । गफैगफमा उसले कति गिलास रित्यायो थाहा भएन तर एकछिनपछि ऊ असामान्य भएर मेरा सामु आयो । आˆनो हातको गिलास देखाउँदै भन्यो, 'दिज्यू, हजुरले लिनुभएन ?'

May 21, 2010

पुरुषका बत्तीस लक्षण

पूर्वीय गोलार्द्ध प्राचीन कालदेखि नै सौन्दर्यप्रति सजग पाइन्छ । यहाँका मनिषीहरूले कस्ता नरनारी सुन्दर एवं शुभदर्शना हुन्छन् भनेर धेरै कृतिमार्फत् वर्णन गरेका  छन् । धेरै मात्रामा नारी सौन्दर्यलाई नै महत्त्व दिइएको पाइए पनि पूर्वीय शास्त्रमा पुरुष सौन्दर्यलाई पनि पर्याप्त स्थान दिइएको छ । पूर्वीय दर्शनमा विशिष्ट व्यक्तिहरूका शरीर एवं स्वभावमा हुने प्रसिद्ध बत्तीसवटा शुभलक्षण बताइएको छ । यस्ता लक्षण वा लच्छिन हुने पुरुष प्राचीन भारतवर्षमा आदर्श मानिन्थ्ये ।

March 29, 2010

'श्रीमति राम्री नदेखिए पुरुषले बाहिर आँखा डुलाउँछन्'


घरमा श्रीमती राम्री देखिएन भने पुरुषहरूले बाहिर आँखा डुलाउने सम्भावना हुन्छ भन्दै हिरोइन मेलिना मानन्धरले नारीहरूलाई सचेत गराइन्। नारायणगोपाल चोकमा भ्यु ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै मेलिनाले भनिन्, 'त्यसैले हामी श्रीमतीहरू सुन्दर भइरहनुपर्छ र त्यसका लागि ब्युटिपार्लर जानुपर्छ।'पबि गुरुङ, रश्मी गुरुङ र दीपा कुँवरले सञ्चालन गरेको पार्लरको उद्घाटन मेलिनाले अर्की हिरोइन करिश्मा मानन्धरसँग मिलेर गरेकी थिइन्। हरेक नारीले सौन्दर्यसम्बन्धी ज्ञान हासिल गर्न जरुरी रहेको बताउँदै करिश्माले भनिन्, 'आर्थिक रूपमा कमजोर नारीहरूलाई पनि सहुलियतमा सौन्दर्य ज्ञान दिइनुपर्छ।

March 11, 2010

मेरी बास्सै को भन्दा त बास्तबिकता फरक रहेछ माग्ने बुढाको


 नेपाल टेलिभिजनको हास्य टेलिसिरियल 'मेरी बास्सै'का 'माग्नेबुढा' देख्दा तपाईंमा दया पलाउँछ होला। सुकुम्बासी जीवन, पारिवारिक तनाव र समाजको अपहेलनाका बीच तपाईंलाई हँसाउने यी कलाकारको वास्तविक जीवन भने सिरियलमा देखेजस्तो दयनीय छैन।'घर एक सपना'को नारा बोक्ने राजधानीमा केदार घिमिरे यस्ता कलाकार हुन्, जसले 'माग्ने बुढा'को भूमिका खेलेरै घर ठड्याएका छन्। ललितपुरको इमाडोलमा छ, उनको तीन तले घर।

March 8, 2010

संसारकै तगडा बच्चो


हावामा कावा खाने खेल देखाउँदै एक ५ वषर्ीय बालकले संसारकै सबैभन्दा तगडा बच्चाको कर्ीर्तिमान कायम गरेको छ । रोमानियाका गिलियानो स्ट्रोईले यो कर्ीर्तिमान कायम गरेका हुन् ।त्यसो त उनका बुवा पनि कम तगडा चाहिँ होइनन् । उनै तगडा बुवाले आफ्नो छोरालाई संसारकै तगडा बच्चोका रुपमा गिनिज बुकमा नाउँ लेखाउन रुचाएका थिए । त्यसैले आफ्नै जिममा छोरालाई सानै उमेरदेखि जिम गराउँथे । अब भर्खर हिँड्न थालेदेखि नै जिममा दौडाएका उनका बुवा यतिबेला आफ्नो छोरो गिलियानोले कर्ीर्तिमान बनाउँदा निकै खुशी देखिएका छन् ।

February 20, 2010

महिला पुरुष जुन बेला लिप्त हुन्छन त्यहीबेला झुट बोल्छन

के तपाईं सोंच्नुहुन्छ कि तपाईको सहयात्री (पार्टनर) तपाईसंग सधैं सांचो बोल्छिन् या बोल्छन् ?खासगरी जब तपाई पार्टनरका साथ बिस्तरामा यौनकि्रयामा लिप्त रहनुहुन्छ । भलै, यो झूठ सबैकालागि लागुभने नहुन सक्छ । तर यहां साधारणतया बिस्तरामा सेक्सको समय बोलिने झूठहरुको चर्चा गरिएको छ । यसमा खासगरी तीन सबभन्दा ठुला झूठहरु छन् । आउनुस जानौं ती झूठहरु के हुन ?

February 7, 2010

महानायक


एउटा मोडमा पुगेपछि मानिस बितेका कुरा सम्झन्छ,' राजेश हमालले भने, 'वर्तमान बितेका कुराको प्रडक्ट हो।'
त्यही वर्तमानमा हामी काठमाडौंको जोरपाटीमा छौं, एउटा दुईतले घरको छतमा। जाडोको घाम मलिन हुँदै गएको छ। बेलाबेला राजेशको अनुहार पनि मलिन हुन्छ। उनी दिनभर दुलाहाको भेषमा छन्, चलचित्रका लागि। खरानी रंगको कोट-पाइन्टमा चिटिक्क परेका छन् तर अनुहारमा थकान देखिन्छ, जुन मेकअपले छोप्न सकेको छैन। अनुहारको त्वचा बिस्तारै माकुराको जालझैं झोल्लिदै गएजस्तो लाग्छ। कन्चटका रौं फुलिसकेका छन्।

February 5, 2010

९ बर्षीय बालिका आमा बनिन

 चीनमा एक ९ वर्षीय स्कूले छात्राले ६ पाउण्डको बच्चा जन्माएकी छिन्। शल्यक्रिया गरेर शिशु निकालिएको उनी विश्वकै सबैभन्दा कम उमेरकी आमामध्ये एक हुन्।उत्तर पूर्वी प्रान्त जिलिनको चाङचुनस्थित अस्पतालमा ती बालिकाले साढे ८ महिनाको गर्भधारणपछि जनवरी २७ मा बच्चा जन्माएको स्थानीय समाचारपत्रहरूले जनाएका छन्।

February 4, 2010

प्रेम लिला गर्ने उपयुक्त ठाउको खोजीमा हुनुहुन्छ भने तल पढ़नुहोला

एक नयाँ अनुसन्धानका अनुसार अफिस प्रेमलिलाका लागी सबभन्दा उपयुक्त ठाँउ मानिएको छ । त्यसैले भन्ने तथा गर्ने गर्छन, आज भोली प्रेमलिलाको उपयुक्त ठाँउ नै अफिस हो । अष्ट्रेलियामा गरिएको एक अनुसन्धानमा अफिसका कर्मचारीहरुले आफ्नै सहकर्मीहरुसंग प्रेमलिला गर्न सजिलो तथा मन पराउने गरेको पाईयो ।यो तथ्य न्युजिल्याण्डमा पनि लागु भएको थियो । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको मुख्य कारण अफिसमा लामो समयसम्म एक अर्का संग सामिप्य हुने हुँदा एक अर्कालाई सहज रुपमा चिन्ने वातावरण मिल्ने भएको तथा एक अर्कासंग हरेक प्रकारका कुराहरु आदान प्रदान वा साटासाट हुने भएकाले सहकर्मी बीच प्रेमलिला हुने सम्भावना बढी भएको देखिन्छ।

February 1, 2010

तपाईंको आँखालाई एउटा सन्देश



हाम्रो शरीरको सबैभन्दा महत्वपूर्णअंग आँखाको बारेमा भने हामी मध्ये कमैले मात्र सोँच्ने गर्दछौं। आँखा हाम्रो शरीरको निकै नै संवेदनशील अंग भएको कारण संक्रमण पनि सजिलै हुने गर्दछ। यसलाई धूलो, धूवाँ, कीटाणु, जीवाणु आदिले सजिलै क्षति पुर्याअउन सक्छ। हामीहरू मध्ये धेरै जसोमा एउटा खराब बानी छ, समस्या नआई हल नखोज्ने। आँखाको कुरा गर्न हो भने पनि त्यस्तै छ। हामी आँखामा समस्या नपरेसम्म कहिले पनि जाँच गराएका हुँदैनौ जुन एकदम गलत हो। स्वास्थकर्मीहरूको अनुसार, हामीले नियमित रुपमा आँखाको जाँच गर्ने नगरेपनि भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि केही नभए पनि २० देखि ३० वर्षमा कम्तिमा एक पटक र ३० देखि ४० वर्षमा दुई पटक आँखाको जाँच गराउनुपर्छ।

January 30, 2010

के हजुरपनी बिदेशमा हुनुहुन्छ? सोच्नुस हजुर को कमाई सहि ठाउमा प्रयोग भएको त छ?


राजधानीसँग जोडिएको धादिङ जिल्लाको जोगीमारा गाविसमा एक साधारण परिवारमा मेरो जन्म भएको हो। आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिकै कारण मैले पढाइ पनि बीचमै छोड्नुपर्यो । एसएलसी पास गरेपछि प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै आर्थिक अभावले सताएपछि जागिरको खोजीमा भौँतारिने क्रममा पढाइ छुटेको पत्तै भएन। अनेक प्रयत्नपछि धादिङ जोगिमाराको गोइराङ प्राथमिक विद्यालयमा पढाउने मौका पाएँ। त्यसै क्रममा ०४५ सालमा मेरो प्रेमविवाह भएको र ५–७ वर्षका दौरानमा दुई छोराको बाबुसमेत बनेँ म।

January 23, 2010

के भन्छिन त नम्रता ..........................?



भारतको सिलगुडीमा जन्मिएकी नम्रता दाहाल स्कुले जीवनको शिक्षा त्यहीं पूरा गरी कलेज शिक्षाका लागि नेपाल आइन् । मीनभवनमा एमबीए दोस्रो वर्षकी २२ वर्षे नम्रताको मूलघर बिर्तामोड, झापा हो । विगत दुई वर्षदेखि मोडलिङ क्षेत्रमा लागे पनि उनी यो क्षेत्रलाई पार्टटाइमका रूपमा मात्र लिएको बताउँछिन् । नम्रतालाई गायक दीपेशकिशोर भट्टराईको सो फर एल्बमको मेरो माया गीत हुँदै अहिले गायक फुरी लामाको माफी एल्बमको माफी देऊ मलाई गीतमा पनि देख्न सकिन्छ ।

January 8, 2010

हजुरको गर्ल्डफेण्डले हजुरलाइनै सबैभन्दा बढी माया गर्छिन त ?


गर्लफ्रेन्डका लागि तडि्पने युवाहरुका लागि दुःखद समाचार आएको छ। आजभोलि अधिकांश युवतीहरुले ब्वाँईफ्रेन्ड भन्दा पनि आफ्नो मोबाइललाई बढी माया गरेको देखिएको छ। अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणमा ४००० सुन्दरीलाई सामेल गएको थियो। उक्त सर्वेक्षणमा प्रत्येक दश महिला मध्ये चार महिलाले पुरुष बिना जिन्दगी बिताउन सक्ने तर मोबाइल बिना एकपल पनि जिउन नसक्ने बताएका थिए ।

January 3, 2010

विवाह बिच्छेदकै लागि हो त?

भनिन्छ विश्वास तोडिनैका लागि हो । भने के प्रेम टुट्नैका लागि र विवाह विच्छेदकै लागि हो ? टाढा किन जाने, सन् २००९ भरि बलिउडे जोडीका ‘ब्रेक अप’ सम्झने हो भने भन्नैपर्छ सम्बन्धहरु विच्छेद हुनैका लागि हो कि त !

यो वर्ष विछोडको पीडा झेल्न विवश बलिउड हस्तीहरूको सम्बन्ध सूचीको अग्रपंक्तिमा दीपिका पादुकोण र रणवीर कपुर, पि्रयंका चोपडा र हरमन बवेजा, कंगना रानावत र अध्ययन सुमन, पि्रयंका चोपडा र साहिद कपुर, कोकणा सेन र रणवीर सौरी, पि्रटी जिन्टा र नेस बाडिया परेका छन् ।सबैभन्दा बढी चर्चित ब्रेकअपको सूचीमा दीपिका पादुकोण र रणवीर कपुर रहे । कुनै बेला कस्तोसम्म हल्ला चल्यो भने दीपिका कपुर खानदानकी बुहारी बन्दै छिन् । तर वर्षको अन्त्यतिर आइपुग्दा उनीहरूको प्रेमको डोरी चुँडिएन मात्रै, एउटाले अर्काको मुखै पनि हेर्न नचाहने दिन आयो । हालै एक निर्माता र निर्देशक अफरलाई दीपिकाले अस्वीकार गर्दै ठाडै भनिन्, ‘रणवीर भएको फिल्ममा काम गर्दिनँ ।

January 2, 2010

जीवनमा सबभन्दा प्यारो कुरा के होला

मानिसको जीवनमा सबभन्दा प्यारो कुरा के होला ? कसैले धन भन्ला, कसैले काम, कसैले प्रेमिका त कसैले यौन। हालै गरिएको एक शोधमा मानिसलाई सबभन्दा प्यारो कुरा यी सबै नभई निद्रा रहेको खुलासा भएको छ।
रातभर मिठो निद्रा आउनु मानिसका लागी सबभन्दा महत्वपुर्ण रहेको यस शोधबाट निस्केको परिणाम हो। खाँटमा मिठो निद्रासंग सुत्ने सबैको चाहाना हरने यस शोधले देखाएको छ।मानिसहरुले यौनले मानिसलाई आनन्द दिएतापनि यसलाई निद्रासंग तुलना गर्नै नहुने बताए ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger