wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 27, 2010

आज ६१ औं ‘हलोक्रान्ति’ दिवस

११ साउन, । आज ६१ औं ‘हलोक्रान्ति दिवस’ । देशमा प्रजातन्त्रको उदय हुनु अघि वि.सं. २००६ साल साउन ११ गते लम्जुङको दुराडाँडा गाविस-६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामूहिकरुपमा हलो जोतेका थिए ।राणा सरकारको तानाशाही संस्कारसँगै मौलाएको ब्राहृमणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रेयाकान्त अधिकारी, मायाकान्त पौडेल लगायत २७ जनाले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।राणा शासनको विरोध गरेर हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेलसमेत चलान गरेको थियो ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि अन्य जिल्लामा पनि जोत्न सुरु गरिएको थियो । त्यही सालको पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा पनि हलो जोत्न सुरु गरिएको थियो ।बाहुनहरुले पहिलोपटक हलो जोतेको दिनको स्मरणमा लम्जुङको दुराडाँडा गाविस-६ अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानले हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मनाउन र पहिलोपटक हलो जोत्नेहरुलाई क्रान्तिकारीको सम्मान दिन माग गर्दै आएपनि सुनुवाई भएको छैन ।

Comments :

0 comments to “आज ६१ औं ‘हलोक्रान्ति’ दिवस”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger