भारतको सिलगुडीमा जन्मिएकी नम्रता दाहाल स्कुले जीवनको शिक्षा त्यहीं पूरा गरी कलेज शिक्षाका लागि नेपाल आइन् । मीनभवनमा एमबीए दोस्रो वर्षकी २२ वर्षे नम्रताको मूलघर बिर्तामोड, झापा हो । विगत दुई वर्षदेखि मोडलिङ क्षेत्रमा लागे पनि उनी यो क्षेत्रलाई पार्टटाइमका रूपमा मात्र लिएको बताउँछिन् । नम्रतालाई गायक दीपेशकिशोर भट्टराईको सो फर एल्बमको मेरो माया गीत हुँदै अहिले गायक फुरी लामाको माफी एल्बमको माफी देऊ मलाई गीतमा पनि देख्न सकिन्छ ।
कान्तिपुर टेलिभिजनको लाइफ इज ब्युटिफुल कार्यक्रमको आइ एम ब्युटिफुल सेगमेन्टमा पनि हामी नम्रतालाई देख्न सक्छौं । नम्रताले आफ्नो कार्य क्षेत्र यतिमा मात्र सीमित गरेकी छैनन् । नम्रतालाई टीभीसीको सफारी आयल तथा यु एण्ड मी चिजबल्सको विज्ञापनमा पनि देख्न सकिन्छ । नम्रता भन्छिन्-नेपाली मोडलहरूमा जति अङ्ग प्रदर्शन गर्यो त्यति सुपर मोडल भइन्छ भन्ने सोच छ, तर यो कुरा गलत हो ।
(अनलाइन बाट )
Comments :
0 comments to “के भन्छिन त नम्रता ..........................?”
Post a Comment