wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 20, 2010

बढी श्रीमती र सन्तान हुने सभासदहरु

६ सय एक सभासद्मध्ये केही यस्ता छन्, जसका आधा दर्जनभन्दा बढी सन्तान छन् भने केहीको दुईवटा परिवार।संविधानसभामा रहेका सदस्यमध्ये एक दर्जन सभासद्ले दुईवटा विवाह गरेका छन् भने १५ जना सभासद्को आधा दर्जन र सो भन्दा बढी सन्तान छन्। त्यसो त मन्त्रिपरिषद्मा दुई/दुई परिवार हुने दुई सदस्य र आधा दर्जनभन्दा बढी सन्तान हुने दुई सदस्य पनि वर्तमान कामचलाउ मन्त्रिपरिषद्मा छन्।
 
दुई परिवार हुने सभासद् ११  
संविधानसभा सचिवालयमा सभासद्हरूले बुझाएको व्यक्तिगत विवरणमा उनीहरूले दुवै परिवारको नाम उल्लेख गरेका छन्। यसरी दुईवटा विवाह गरी दुई परिवार बनाउनेमध्ये कांग्रेस र राप्रपाका सबैभन्दा बढी तीन/तीन सभासद् छन् भने माओवादीका दुई, चुरे भावरका एक, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका एक/एक सभासद्साग पनि दुई परिवार छ। संविधानसभामा प्रतिनिधित्व गर्ने २५ पार्टीमध्ये तीन प्रमुख पार्टीका नेताले दुई विवाह गरेका छन्।
आफूसाग दुई परिवार रहेको भनी संविधानसभा सचिवालयमा विवरण बुझाउनेमा नेकपा संयुक्तका अध्यक्ष समेत रहेका समानुपातिक सभासद् चन्द्रदेव जोशी पनि एक हुन्। उनका माया जोशी र लक्ष्मी जोशी नामका दुई परिवार छन्। त्यस्तै, राप्रपाका आठ सभासद्मध्ये तीन सभासद्ले दुई परिवार बनाएका छन्। सोही पार्टीका वरिष्ठ नेता तथा बैतडीबाट समानुपातिक सभासद् लोकेन्द्रबहादुर चन्दको सुभद्रा चन्द र दुर्गेश्वरी चन्द गरी दुई परिवार छन् भने राप्रपाकै अर्जुन राईका पनि दुई परिवार छन्। खोटाङका समानुपातिक सभासद् राईका मनशिला राई र लक्ष्मी राई गरी दुई श्रीमती छन्। त्यस्तै राप्रपाका चलनबहादुर तामाङका माया तामाङ र फूलसानी तामाङ गरी दुई श्रीमती छन्। त्यसो त दुई परिवार हुने सभासद्हरूमा नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ पनि पर्छन्। स्याङ्जा–२ बाट विजयी सभासद् श्रेष्ठका झलककुमारी श्रेष्ठ र सावित्री श्रेष्ठ गरी दुई परिवार छन्। त्यस्तै, नेपाली कांग्रेसकै कुमार राईका मिठुमाया राई र मनु राई गरी दुई श्रीमती छन्। भोजपुरका राई समानुपातिकका तर्फबाट संविधानसभामा आएका हुन्। वर्तमान माधव नेपाल नेतृत्व कामचलाउ सरकारका स्थानीय विकासमन्त्री समेत रहेका पूर्णकुमार शेर्माका पनि दुई परिवार छन्। पाँचथर–१ बाट प्रत्यक्षमा विजयी नेपाली कांग्रेसका सभासद् शेर्माका इन्द्रमाया शेर्मा र जनीमाया शेर्मा गरी दुई श्रीमती छन्।
संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीका दुई सभासद्को पनि दुई परिवार छ। यसरी दुई परिवार बनाउने माओवादी सभासद्मा डिल्लीमान तामाङ र बाबुलाल पासवान छन्। रामेछाप–२ का सभासद् तामाङका चन्द्रकुमारी र कमला गरी दुई श्रीमती छन् भने पासवानका श्यामावती र लालोदेवी गरी दुई श्रीमती छन्। पासवान मोरङबाट समानुपातिक सभासद हुन्।
त्यस्तै, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्षसमेत रहेका प्रेमबहादुर सिंहको पनि दुई परिवार छ। वर्तमान सरकारका कानुनमन्त्रीसमेत रहेका सिंहका ज्ञानुकुमारी सिंह र पदमा सिंह गरी दुई श्रीमती छन्। त्यस्तै, चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत रहेका केशवप्रसाद मैनालीको पनि दुई परिवार छ। उनका सुभद्रा र वीर अस्पतालमा कार्यरत सामाना मैनाली गरी दुई श्रीमती छन्। त्यसो त कतिपयले दुई परिवार भए पनि त्यसको विवरण संविधान सचिवालयमा बुझाएका छैनन् भने कतिपयले श्रीमान् वा श्रीमतीको देहान्त भएपछि पुनः विवाह गरेको उल्लेख गरेका छन्। माओवादी सभासद् इन्द्रजित थारुले पहिलो श्रीमतीको युद्धकालमा निधन भएपछि दोस्रो विवाह प्रतिमा थापासाग गरेको जनाएका छन् भने माओवादीकै सभासद् सरला रेग्मीले पति ज्ञानप्रसाद रेग्मीको ०५८ सालमा निधन भएपछि पुनः माओवादी केन्द्रीय सदस्य गुणकर लोहनीसाग विवाह गरेको संविधानसभा सचिवालयलाई जानकारी गराएकी छन्। त्यसै सभामुख सुवासचन्द्र नेम्वाङको दुईवटी परिवार भए पनि संविधानसभा सचिवालयमा एक श्रीमतीको मात्र नाम राखेर विवरण बुझाएका छन्।

आधा दर्जन सन्तानका धनी १५ सभासद्

संविधानसभा सचिवालयमा सभासद्हरूले बुझाएको व्यक्तिगत विवरणअनुसार आधा दर्जन र सो भन्दा बढी सन्तानको धनी हुने सभासद्को संख्या १५ छ। एमालेका दुई, कांग्रेसका चार, माओवादीका चार, राप्रपाको दुई, लोकतान्त्रिक फोरमका दुई र तमलोपा एक सभासद् आधा दर्जन र सो भन्दा बढी सन्तानका धनी छन्।
संविधानसभामा नौजना सन्तानका धनी (पिता) हुने सभासद्हरू तीनजना छन्। जसमध्ये एमालेका नजिर मियाा पनि एक हुन्। अर्घाखााचीका मियााका ६ भाइ छोरा र तीन छोरी छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या सहायक मन्त्री समेत रहेका खड्गबहादुर बस्यालका पनि नौ सन्तान छन्। उनका एक छोरा तथा आठ छोरी छन्।  सुर्खेतबाट समानुपातिक सभासद् बस्याल नेपाली कांग्रेसका हुन्। त्यस्तै, नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठका तीन छोरा तथा ६ छोरीसहित नौ सन्तान छन्।
यता, राप्रपाका चलनबहादुर तामाङका दुई परिवारबाट आठ सन्तानको भएको उनले संविधानसभा सचिवालयलाई जानकारी दिएका छन्। उनले दिएको जानकारीअनुसार उनका तीन छोरा र पााच छोरी गरी आठ सन्तान छन्। त्यस्तै, सात सन्तानका धनी ६ सभासद्मध्ये बााके–१ बाट निर्वाचित एनेकपा माओवादीका तिलक परियारका तीन छोरी तथा चार भाइ छोरा छन्। माओवादीकै  समानुपातिक सभासद् बाबुलाल पासवानका पााच छोरी तथा दुई छोरा छन्। त्यस्तै, दुई परिवारका धनी स्थानीय विकासमन्त्री समेत रहेका शेर्माका पााच छोरी र दुई छोरासहित सात सन्तान छन् भने सात सन्तानका अर्का पिता सभासद्मा राप्रपाका लोकेन्द्रबहादुर चन्द पनि हुन्। उनका दुई छोरा र पााच छोरी छन्कस््। यता, कपिलवस्तुबाट समानुपातिक कोटामा संविधानसभामा आएका तमलोपाका सलाउद्दिन मुसलमानका एक छोरी तथा ६ भाइ छोरा छन् भने नेपाली कांग्रेसकी सुनदेवी जोशी सात सन्तानकी आमा हुन्। चितवनकी समानुपातिक सभासद् सुनदेवीका तीन छोरा तथा चार छोरी छन्।
यता, आधा दर्जन सन्तानका पिता हुने सभासद्को संख्या चार छ। पाल्पा–३ बाट प्रत्यक्ष विजयी सभासद् कुलप्रसाद नेपालका चार छोरा र दुई छोरी छन्। उनी नेकपा एमालेका हुन्। एनेकपा माओवादीका रामचरण चौधरी पनि ६ सन्तानको पिता हुन्। बर्दिया–४ बाट संविधानसभाका लागि विजयी सभासद् चौधरीका चार छोरी तथा दुई भाइ छोरा छन् भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका समानुपातिक सभासद्हरू क्रमशः रामवचन यादव र शिवनारायण उरााव पनि ६ सन्तानका पिता हुन्। नवलपरासी–५ वाट प्रत्यक्ष विजयी यादवका पााच भाइ छोरा तथा एक छोरी छन् भने कपिलवस्तुका समानुपातिक सभासद् उराावका दुई छोरा तथा चार छोरी छन्। माओवादीका सभासद् विष्णुकुमारी राईको पनि तीन छोरा र तीन छोरी गरी ६ सन्तान छन्। उनी इलामबाट समानुपातिक कोटामा संविधानसभामा आएकी हुन्।
यस तथ्यांकले सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्न नपाउने कानुनी व्यवस्थालाई र दुई सन्तान ईश्वरको वरदान भन्ने नारालाई खिस्याएको लागे पनि त्यसबेलाको परिस्थिति भने बेग्लै रहेको बुझनुपर्ने तर्क केही हदमा ठीक पनि छ। तर, ११ सभासद्ले दुई परिवार बनाएको र १५ सभासद् आधा दर्जन र सो भन्दा बढी सन्तानका धनी भएको तथ्यांक भने आगामी दिनका लागि पाठ हुन सक्छ। जनसंख्या नियन्त्रणको सवाल विश्वव्यापी रूपमा उठिरहेका बेला आगामी दिनमा नेताहरूले यही परम्परा दोहोर्या ए भने उनीहरूबाट के सिक्ने? त्यो प्रश्न फेरि पनि नउठ्ला भन्न सकिन्न।

Comments :

0 comments to “बढी श्रीमती र सन्तान हुने सभासदहरु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger